Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for January 31st, 2013

मनपरि गर्ने भारतीय विद्यालयबारे सरकारले छानबिन गर्ने

Posted by Ram Kumar Shrestha on January 31, 2013

-प्रकाश सिलवाल

Indian school

१७ माघ, काठमाडौँ । नेपालमा भारतीय सम्बन्धनबाट सञ्चालित कतिपय विद्यालयले भारतीय राष्ट्रियतामा आधारित पाठ्यपुस्तक पढाइरहेको भन्ने गुनासो आएपछि शिक्षा मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ ।

नेपालको विद्यमान कानुनी व्यवस्थाअनुसार विद्यालय तहसम्म कुनै पनि विदेशी शिक्षण संस्थाको सम्बन्धनबाट विद्यालय सञ्चालन गर्न मिल्दैन । ललितपुरस्थित डिएभी सुशील केडिया विश्व भारती उमाविले कक्षा ६ को ‘इन्टि्रगेटेड सोसल स्टडी’ विषयमा भारतको राष्ट्रियगान जन गण मन, राष्ट्रिय जनावर बाघ, लुम्बिनी भारतमा पर्ने र गौतम बुद्ध भारतमा जन्मेको जस्तो आपत्तिजनक पाठ्यपुस्तक पढाइरहेकोे भनी अखिल नेपाल शिक्षक सङ्गठनले आन्दोलन प्रारम्भ गरेपछि सो विषय नेपाल र भारतबीचको उपल्लो तहमा पुगेको छ ।

भारतीय दूतावासले हालै शिक्षा मन्त्रालयमा पत्राचार गरी भारतीय शैक्षिक बोर्डअन्तर्गत चार विद्यालयको विधिवत् मान्यताका लागि आवश्यक समन्वय गर्न आग्रह गरेको मन्त्रालयका सहप्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँले सो विषयको किनारा लगाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको बुझिएको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »