Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for January 26th, 2013

सौरवले ईयूमा चिनाए गौतम बुद्ध र सगरमाथालाई

Posted by Ram Kumar Shrestha on January 26, 2013

Saurabhबेल्जियम – विश्व साईकलयात्री सौरव दाहालले बेल्जियम स्थित यूरोपियन यूनियनका प्रतिनिधिसँग भेट गरेका छन् । उनले यूनियनका एसिया विभाग निर्देशक मारिआ कास्तिलो फेर्नान्डेज र उपनिर्देशक रिन्से तिरिङ्क सँग भेट गरि “सगरमाथा नेपालमा पर्छ, गौतम बुद्ध नेपालमा जन्मिएका हुन” भन्ने जानकारी गराउँदै सगरमाथाको फोटो र बुद्धनेपालमा जन्मिएको लुम्बिनीको पोस्टर उपहार स्वरुप प्रदान गरे ।

Saurabh2

भेटको क्रममा उनीहरुले दाहालको अभियानको प्रशंसा गर्दै वातावरण संरक्षणको लागि ईयुले नेपालको सुदुर पश्चिममा हालै दश मिलियन लागतको ईयू नविकरणीय उर्जाको परियोजना सम्पन्न गरेको समेत जानकारी गराए । नेपाली दूतावास बेल्जियमले भेटको यो अवसर मिलाईदिएको थियो ।

 

दूतावासका दिप्तिय सचिव लक्ष्मण खनाल सँगै दाहाल ईयू कार्यलय पुगेका थिए । उनले यस भन्दा अगाडी उनले जेनेभास्थित राष्ट्रसंघको कार्यालयको साथै यूरोपियन देशहरु अष्ट्रिया, स्विजरल्याण्ड, जर्मन, फ्रान्स र लक्जेम्वरका विभिन्न निकायका उच्च व्यक्तिसँग भेट गरि बुद्ध बारे प्रचार गरेका थिए । उनले प्रचार अभियानमा थुप्रै स्थानीयहरुलाई पनि भेटेका छन् । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »