Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for December, 2009

लामो समयदेखि प्रतिक्षारत मेरो तेश्रो रुवाइ टक्क रोकियो

Posted by Ram Kumar Shrestha on December 30, 2009

By रामकुमार श्रेष्ठ *

(भारतद्धारा गरिएको सीमा अतिक्रमणका बिरुद्ध बिस्वब्यापी रुपमा गरिएको अन लाइन कार्यक्रमको समीक्षा)

श्रद्धेय मित्रहरु,
भारतद्धारा नेपाली भू-भागमा गरिएको अतिक्रमण र नेपालीमाथि गरिएका बिभिन्न किसिमका अमानबीय दुर्व्यबहारका बिरुद्ध यही जून १५, २००९ मा आयोजना गरिएको बिस्वब्यापी कार्यक्रमकै अंशको रुपमा फेसबूक मार्फत समेत अन्तरराष्ट्रिय रुपमा नै यस बिषयलाई अझ बढी लैजाने क्रममा ऐक्यबद्धता जनाएर नागरकीय कर्तब्य निभाउन सकिन्छ कि भन्ने किसिमको मेरो प्रस्ताबमा केही साथीहरुले सहमति जनाएपछि शुरु भएको फेसबूकको कार्यक्रम जे जस्तो तबरबाट सफल भयो, यस्का आधारमा तपसिलका कुराहरु सबैको सामू राख्न चाहन्छु :

सामान्य समिक्षा
१. यस कार्यक्रमको आयोजक नै भनेर भनिने कोही पनि छैनन यद्यपि संचारको माध्यमहरुमा “फेसबूक आयोजक कर्ता” उल्लेख गरेको पनि नपाईने भने होइन । यस कार्यक्रमको आयोजक भनेकै यस्मा कुनै न कुनै रुपमा सहभागी भएर सफल गराउनु हुने सबै नै भएकोले कार्यक्रम सफल गराउनु हुने सबैको तर्फबाट सबैलाई धेरै धेरै धन्यवाद !

२. यसरी बिना आयोजक सन्चालन गरिएको कार्यक्रम जे जस्तो तबरबाट सफल भएको छ यस्ले संसारभर छरिएर रहेका नेपालीहरु नेपाल र नेपालीमाथि भारतद्धारा गरिएका सबै खाले व्यबहारबाट कति मर्माहत भएका छन भन्ने कुरा छर्लंग्याएको छ ।
३. सीमा अतिक्रमण निरीक्षण गर्न गएको २ वटा संसदीय दलले सीमा अतिक्रमण भएको र जनताहरु बिभिन्न किसिमले मारमा परेको भनी भनि सकेको र संसारभर छरिएर रहेका हजारौं नेपालीहरुले ब्यस्त जीबनको बाबजूद जे जस्तो किसिमले भारतीद्धारा गरिएको सीमा अतिक्रमण र नेपालीहरुमाथि गरिएको बिभिन्न किसिमका आमानबीय कृयाकलापको बिरुद्धमा दर्शाइएको सहभागिताले नेपाल र नेपालीलाईभन्दा कुर्सीलाई महत्व दिएर “सीमा मिचिएको छैन” भन्ने आशिर्बादकर्ताको बोलीमा लोली मिसाउनेहरुको नैतीकतामाथि राम्रै धावा बोलेको देखिन्छ यद्यपि नैतीकताको खडेरी परेकाहरुमा त्यस्को प्रभाब शून्य पर्नु अस्वाभाबिक भने होइन नै ।
४. केही बिदेशी मित्रहरुले समेत प्रबाहित सामग्रीहरुमा समर्थनकै रुपमा भने पनि सहभागिता जनाएकोमा धन्यवाद प्रदान गर्दछौं (उनीहरुलाई अंग्रेजीमा छुट्टै पठाउनेछु )।
५. यस कार्यक्रम प्रचार प्रसार गर्न सहयोग पुर्याउनु हुने www.dcnepal.com, www.onlinekhabar.com, www.nagariknews.com, www.nepalarab.com, www.nepalisamachar.com, आदिलाई हार्दिक धन्यवाद । यस कार्यक्रमको लागि प्राप्त कबिता तथा गजलहरु उपलब्ध गराउने बित्तिकै प्रकाशित गरिदिएर कार्यक्रमको सान्दर्भिकतालाई महत्व दिने www.dcnepal.com लाई पुन: हार्दिक धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्न चाहन्छु ! अनलाइन कार्यक्रममा हातेमालो गर्ने माइसंसार (www.mysansar.com) र नेपाल डायरी (www.nepaldiary.com) दुबैप्रति आभार प्रकट गर्दछौं । माइ संसार मार्फत अत्यन्तै सान्दर्भिक थुप्रै पोस्टरहरु तयार भए । ती पोस्टर तयार गर्नु हुने सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।
६. कतिपय साथीहरुद्धारा उठाइएको यस किसिमको कार्यक्रमलाई दिइनु पर्ने निरन्तरताको प्रश्नले देशप्रतिको प्रेमको भावनालाई उजागार गर्छ र निस्चित रुपमा यस समस्याको समाधान नहुन्जेलसम्म यस किसिमको आबाज मत्थर गर्न सकिन्न र बेला बेलामा समय र परिस्थितिलाई मिलाएर यस किसिमका कार्यक्रमहरुलाई कुनै न कुनै रुपमा निरन्तरता दिइनु पर्ने देखिन्छ ।
७. अन्तमा, शुरुदेखि नै यस कार्यक्रम सफल गर्न निरन्तर सहयोग गर्नु हुने श्रद्धेय दाजु डा कबिताराम श्रेष्ठ, लेख तथा कबिता उपलब्ध गराउनु हुने नबिन गौतम (कोरिया), द्रुस्चन मगर र अन्तिम समयमा गरिएको आग्रहलाई पनि सुन्दर कबिता र गजल उपलब्ध गराएर सहयोग हुने सानु घिमिरे (अस्ट्रेलिया) र साबित्रा काफ्ले (अस्ट्रेलिया) लगायत अन्य सबै सहभागीहरुप्रति आभार प्रकट गर्दछौं । Read the rest of this entry »

Advertisements

Posted in लेख/ रचना/ निबन्ध/विचार | Tagged: , , , , , | Leave a Comment »

 
%d bloggers like this: