Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for May, 2013

मेलबर्नमा बिध्यार्थीहरुले बुद्ध जयन्ती मनाए धुमधामसंग

Posted by Ram Kumar Shrestha on May 29, 2013

2

ला ट्रोब युनिभर्सिटी, बण्डुरा, मेलबर्न २८ मइ, २०१३: मेलबर्नको बण्डुरास्थित ला ट्रोब यूनिभर्सिटिमा अध्ययनरत बिध्यार्थीहरुको संस्था ला ट्रोब यूनिभर्सिटी नेपालिज एसोसियसनले युनिभर्सिटी हाताभित्र पहिलो पटक बुद्ध जयन्ती धुमधामका साथ मनाएको छन । यो बर्षको बुद्ध जयन्ती बिदाको दिन परेकोले र बुद्धको जन्मस्थलका बिषयमा अनाबस्यक तवरबाट दिग्भ्रम सिर्जना गरिएकोले बिदेशीहरुका बीच पनि नेपाल र बुद्ध जन्मस्थलबारे जानकारी दिने अभिप्रायले कार्यक्रम बुद्ध जयन्तीपछि बिस्वबिध्यालय खुल्ने दिन आयोजना गरिएको थियो ।

7

कार्यक्रममा ठूलो संख्यामा बिदेशीहरुको पनि उपस्थिति थियो । कार्यक्रममा बिस्वबिध्यालयको नियमानुसार एक घण्टा मात्रै श्रब्य सामग्री बजाउन मिल्ने भएकोले एक घण्टा बुद्धसम्बन्धी गीत र भजनहरु बजाइएको थियो । कार्यक्रमस्थल नेपाली झन्डा, बुद्ध नेपालमा जन्मनु भएको सन्देश सहितका पोस्टर, बुद्धको मूर्तिले सजाइएको थियो । मैनबत्ती, धुप, फलफूल र कार्यक्रममा उपस्थित हुनेहरुको चहल पहलले कार्यक्रम आयोजना गरिएको बिस्वबिध्यालयको ठूलो प्रांगडले बुद्ध मन्दिरको आभास दिलाएको थियो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

An interview with Ram Kumar Shrestha by Nepal Israel

Posted by Ram Kumar Shrestha on May 29, 2013

32नेपाल इजरायल डट नेटको कार्यक्रम प्रवासी आवाजको पाँचौ Ramअंक वुद्ध जयन्ती विषेश लुम्बिनी -कपिलबस्तु दिवश अभियानका बिश्व संयोजक राम कुमार श्रेष्ठसंग

A Complete News Portal-www.nepalisrael.net.

Posted in अडिओ, अन्तरबार्ता | Tagged: , | Leave a Comment »

60 years on, climbing challenges remain

Posted by Ram Kumar Shrestha on May 29, 2013

NICOLE PRYOR

ON TOP: Sherpa Tenzing Norgay and Sir Edmund Hillary after their triumph.
ON TOP: Sherpa Tenzing Norgay and Sir Edmund Hillary after their triumph.

https://www.youtube.com/watch?v=fq3_77Nyni4

No fancy new gear can take away the “man versus mountain” element of climbing, says one of Sir Edmund Hillary’s climbing contemporaries on the 60th anniversary of the climbing great’s conquest of Everest.

Wellingtonian Brian Wilkins, 88, was part of a New Zealand Alpine Club expedition to the Himalayas, led by Hillary in 1954, which tackled a series of mountains – Mr Wilkins himself summited six and survived a fall into a crevasse on one of the climbs with Hillary. He also made the first ascent of the northeast ridge of Mt Aspiring, in the Southern Alps. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , | Leave a Comment »

पोल्याण्डमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको सोर्हौं राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on May 26, 2013

-दामोदरप्रसाद आचार्य

Design

विश्व मानचित्रमा नेपाल दक्षिण एसियामा रहेको सानो र हालसम्म गरिब मुलुक भनेर चिनिएको छ । वास्तवमा सानो मुलुक भए पनि राष्ट्रको विकाशको लागि प्रचुर सम्भावनाहरु भएको देश पनि नेपाल हो भनेर अन्तर्राष्ट्रिय समुदायले समेत भन्ने गर्दै आएको सत्यता लुकेको छैन । नेपाल र नेपालीको विकाश सम्भव छ तर हामी नेपालीले राष्ट्रिय भावनाबाट ओतप्रोत नहुने र देशप्रतिको मोहबाट ओझेलिने हो भने त्यो सम्भव पनि हुदैन । किनकि एउटाले मात्रै देशलाई राम्रो र समृद्ध बनाउन चाहँदैमा त्यो सम्भव हुदैन । आम नेपालीले राष्ट्रप्रतिको जिम्मेवारी बोध गरेर हातेमालो गर्दै अगाडि बढ्नु त्यसको लागि अपरिहार्य हुन्छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

राष्ट्र संघको हेगस्थित अन्तराष्ट्रिय न्यायालयमा बुद्धको मूर्ति स्थापना गरिने

Posted by Ram Kumar Shrestha on May 21, 2013

OLYMPUS DIGITAL CAMERA

Buddha Statue Design to be kept in Peace Palace

अन्तरराष्ट्रिय मुद्धा मामिलाहरुको अन्तिम निर्णय गर्ने संयुक्त राष्ट्रसंघको अभिन्न अङ्गका रुपमा रहेको नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice), जस्लाई शान्ति दरबार (Peace Palace) को रुपमा पनि चिनिन्छ, को एक कक्षमा विश्वकै ख्याति प्राप्त ब्यक्तिहरुको पूर्ण तथा अर्धकदका प्रतिमाहरु रहेकोमा शान्तिका प्रतिमूर्ति बुद्धको प्रतिमा नभएकोले सो राख्न नेपाल सरकार मार्फत प्रकृया अगाडि बढाइएपस्चात न्यायालयले नेपाल सरकारलाई न्यायालयमा न्यायाधिशहरु बस्ने कोठा अगाडि बुद्धको मूर्ति राख्न अनुमति दिएको छ ।न्यायालयमा चाँदीको आवरणमा सुनको जलप सहितको धातुको साँढे दुई फिट अग्लो करीब २० किलोग्रामको ध्यान मुद्रामा रहेको बुद्धको मूर्ति प्रतिस्थापन गर्ने काम आगामी जुनको तेश्रो हप्तामा गरिनेछ । सो मूर्तिमा बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमका कारण सो दिग्भ्रम निस्तेज पार्ने काममा नागरिक स्तरबाट बिस्व अभियानमा कार्यरत लुम्बिनी-कपिलवस्तु दिवस अभियानले बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमका कारण बुद्धको प्रतिमाका साथमा बुद्ध नेपालमा जन्मनु भएको सन्देश कुनै न कुनै किसिमबाट समाबेश गरिनु पर्ने सुझाब अनुसार अभियान र गैरआवासीय नेपाली संघभित्र बिभिन्न बुद्धिजीबीहरुसंग भएका छलफलको निचोडको रुपमा बुद्धको जन्मस्थान नेपाल भएको जानकारी समेत यसरी राखिनेछ:

Lord Buddha was born in 623 BC in Lumbini, Nepal.
“Three things cannot be long hidden: the sun, the moon, and the truth.”                Lord Buddha

अन्तराष्ट्रिय न्यायालयबाट बुद्धको मूर्ति अन्तराष्ट्रिय न्यायलय परिसरमा राख्ने अनुमति नेपाल सरकारलाई प्राप्त भएपछि त्यस्को लागि आबस्यक संपूर्ण खर्च गैरआवासीय नेपाली संघले ब्यहोर्ने गरी बुद्धको प्रतिमा स्थापनासम्बन्धी संपूर्ण कार्यको संयोजनका लागि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका तर्फबाट सुरेन्द्र श्रेष्ठलाई संयोजकमा तोकेको थियो र यस्को लागि संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार करीब १० लाख लाग्ने अनुमान छ ।

प्रकृयाको शुरुवात:

Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

NAV Excellence Award 2013: Movement Activists Overwhelmed

Posted by Ram Kumar Shrestha on May 17, 2013

Lumbini-Kapilvastu Day Movement activists this year overwhelmed after NAV Excellence Award 2013 announcement as its Global Coordinator, Solangture (one of its Directors Raju Shakya is in Lumbini Promotion International Committee), Nepali Sanchar Media (its Managing Director Promod K. Soni in Lumbini-Kapilvastu Day Movement Victoria Committee), Sahitya Sangeet Jamaghat (some active members of this Jamaghat Anupam Sayar, Sabin Thapa and Ramjee Poudel are in Lumbini-Kapilvastu Day Movement Victoria Committee), United Football Club (one of the most active members of the club Mahesh K. Shrestha is the Vice president of Geelong Nepalese Association that played active role in this year Pako Festa) were awarded and Miss Nepal Australia 2012 Deepashree Shah, who played active role in this year Pako Festa got appreciation for her active role in community activities. NAV Excellence Award 2013 winner Rohan Khanal topped this year VCE with score 99.4%.

Award to Peter MacCallum Cancer Centre for its Commendable Service to Nepalese Community
Award to Peter MacCallum Cancer Centre for its Commendable Service to Nepalese Community

Nepalese Association of Victoria (NAV), on behalf of Nepalese Community in Victoria, has successfully concluded a year round program with presentation of the NAV Excellence Award 2013 in an event on 12th May 2013 at Thornbury Theatre, Thornbury, Victoria, Australia. The event was packed with cultural program and Gala Dinner serving Nepalese traditional food.

The Gala Dinner and the Award presentation event was presented by Nepalese Association of Victoria (NAV) and managed by Solangture. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , , , , , , , , | 3 Comments »

“हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो ?”

Posted by Ram Kumar Shrestha on May 11, 2013

नेपालको सरकारी टेलीभिजन NTV , PLUS र अन्य नीजि टेलिभिजन च्यानलले प्रतिबंध लगाएको रास्ट्रिय भाब बोकेको “The Axe Band”को गीत “हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो ?” – शायदै नेपाल सरकारसंग यो प्रश्नको उत्तर होला । सरकारको अलावा जबाफ खोज्नु पर्ने अन्य बिभिन्न अंगहरुले पनि यस्को जबाफ खोज्नुलाई नागरिकीय दायित्वको रुपमा लिने छैनन । खुट्टा कमाउँदै “घ्याम्पो डरायो म त डराएन” भन्नेहरु चिन्न बाँकी छैनन अब हाम्रो सामु । ती सबै जमाना अनुसार बाँच्न जान्नेहरुका बीच बाँच्न नजान्नेहरुको दायित्व बन्न आएको छ “बेचेको हो वा मिचेको हो ?” प्रश्नको जबाफ खोज्ने जिम्मेवारी ।

सिमाना

हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो ?
पहिलो कुरा यो बुझ्नु छ चक्रब्युह कसले रचेको हो ?
टनकपुर र कालापानी मिचेको हो कि बेचेको हो ?
दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो ?

पुर्खाले लडे नालापानी अब हामी लड्छौं कालापानी
नत्र हामी बाँच्नु नै धिक्कार हुन्छ
सधै छिमेकीको डर मानी मानी Read the rest of this entry »

Posted in समाचार | Tagged: , , | 1 Comment »

सीमा स्तम्भ सार्दै अतिक्रमण(नेपालप्रति भारतको हेपाहा प्रवृत्ति) (भिडियो)

Posted by Ram Kumar Shrestha on May 8, 2013

नेपालमा ईतिहासकाल देखिनै सीमा सम्वन्धमा विवाद नभएको होईन। उत्तरमा चीन र दक्षिणतर्फ भारतको खुला सीमानासँग जोडीएको नेपाली भूमि अझै पनि वेला–वेलामा सीमा अतिक्रमणको चपेटामा पर्ने गरेको छ। नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै भारततर्फको सीमा क्षेत्रमा सीमा विवाद हुँदै आएको पाईन्छ। गुलरिया नपा थपुवा गाउँवासीका जग्गा भारतीय सुरक्ष्ाकर्मीले सीमा स्तम्भ सार्दै अतिक्रमण गरेका छन् । बर्दिया जोडिने भारतीय सीमाको अधिकांश दशगजा देखिन छाडेको छ । स्थानिय सीमावासी पिडित नेपालीहरुले स्थानिय सरकारलाई जानकारी गराए पनि वेवास्ता गर्ने गरेको स्थानियको आरोप छ । वास्तममै नेपालको गृह प्रशासन भारतबाट हुने गरेको ज्यादतीलाई केही पनि नभएको उद्घोष गर्न पछि पर्दैन । के यो सीमा विवाद होईन ? सीमामा वसेका नेपालीले कहिले न्याय पाउने यसतर्फ राज्य गम्भीर हुनु जरुरी छ  ।

llp

Posted in समाचार | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा थप दुई सांस्कृतिक दूत

Posted by Ram Kumar Shrestha on May 5, 2013

Speech before to give Ambassador Certificate
४ मइ, २०१३ साइप्रस हल मेलबर्न । नेपाली जनप्रगतिशील मन्च अस्ट्रेलियाद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा एनेकपा माओबादीका पोलिटब्युरो सदस्य एबं बिदेश बिभाग प्रमुख राम कार्कीले बिभिन्न कारणबश अस्ट्रेलिया आएर अस्ट्रेलियालाई कर्मभूमि बनाए तापनि आफ्नो आमाको तुलनामा अरुको आमा जतिसुकै सम्पन्न र सुन्दरी भए पनि आफ्नो आमा भनेको आफ्नै आमा हुने र वास्तबिक माया आफ्नै आमासंग नै हुने भएकोले जन्मभूमि नेपाल आमाप्रतिको आफ्नो दायित्वबोध बिर्सन नहुने बताउनु भयो ।

Mass dance

सोही कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका तर्फबाट जन-गायक जीवन शर्मा र बद्री पंगेनीलाई अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले प्रमाण-पत्र दिंदै जनादेशका सांगितिक दूतद्धयलाई अभियानको सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको घोषणा गर्नु भएको थियो । अभियानले यस अघि बरिस्ठ हास्य कलाकार मनोज गजुरेललाई वेलायतको एक सांस्कृतिक कार्यक्रममा अभियानका बिस्व कार्य समितिका सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठले र नेपालको तर्फबाट संयुक्तराज्य अमेरिकाको दुई राज्यहरु मेरिल्याण्ड र पेन्सिलभानियाका लागि अबैतनिक महाबाणिज्य दूत रहनु भएका लोक गायक प्रेमराजा महतलाई नेपालमा तेस्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल प्रचन्डले अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको प्रमाण-पत्र प्रदान गर्नु भएको थियो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

दामोदर आचार्य अभियानको यूरोप सल्लाहकार

Posted by Ram Kumar Shrestha on May 2, 2013

Damodar Acharyaलुम्बिनी-कपिलवस्तु दिवस अभियानको यूरोप संयोजक डा मधु माधुर्यको सहमति अनुरुप बेल्जियमका दामोदर आचार्यलाई यस अभियानको यूरोप सल्लाहकार बनाउने निर्णय गरिएको छ । उहाँले अभियानको शुरुदेखि नै अभियानलाई बिभिन्न किसिमबाट सहयोग गर्दै आउनु भएको छ र आगामी दिनमा अभियानको तर्फबाट प्राप्त यस जिम्मेवारी अनुरुप अभियानलाई उल्लेख्य योगदान दिनु हुनेछ भन्ने कुरामा अभियान बिस्वस्त छ । यस अघि उहाँले लुम्बिनी-कपिलवस्तु दिवस अभियान बेल्जियमा राष्ट्रिय समितिका सल्लाहकारको भूमिका निर्बाह गर्दै आउनु भएको थियो ।

हालै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले आयोजना गरेको एकल नृत्य प्रतियोगिताका साथै पहिलो अनेकस उत्कृष्ट नेपाली फिल्म अवार्ड्स २०१३ कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट लुम्बिनी-कपिलवस्तु दिवस अभियान बेल्जियम राष्ट्रिय समितिका सल्लाहकारका हैसियतमा दामोदर आचार्य जर्मन जानु हुँदा बिभिन्न देशबाट आउनु भएका साथीहरुसंग अभियानबारे कुरा गरिसक्नु भएकोले यस निर्णयका कारण  यूरोपका देशहरुमा अभियानका थप राष्ट्रिय समिति गठन प्रकृया सहज हुनेछ ।

अभियानको यसरी क्षेत्रीय सल्लहकार यसभन्दा अघि सार्कको लागि मात्रै निर्णय गरिएको थियो र उहाँ हुनुहुन्थ्यो गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी बिस्वबिध्यालयका पूर्व रजिस्टार बुद्ध बाङ्मयका बिद्धान केदार शाक्य ।

Why Kapilvastu Day – as Global Day ? By Damodar Acharya

Posted in समाचार | 1 Comment »