Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

भारतद्वारा दशगजामा एकतर्फी बाँध निर्माण शुरु

Posted by Ram Kumar Shrestha on May 16, 2014


आरपी सुवेदी

१ जेठ, नेपालगञ्ज । भारतले दशगजा क्षेत्रमा एकतर्फी रुपमा ३ मिटर अग्लो बाँध निर्माण गर्न थालेपछि गाँउ डुवानमा पर्ने भन्दै स्थानीयले हार गुहार गरेका छन् ।

एकलौटीरुपमा लक्ष्मणपुर बाँध निर्माण गरे लगत्तै डूवानमा पर्दै आएका बाँकेका गाविसहरुमा यो वर्ष तीन गाविस थपिएका छन् । केही वर्ष अघि सुरु गरेको लक्ष्मणपुर कलकलवा बाँध निर्माणलाई विस्तार गर्दै बाटोको रुपमा निर्माण गर्न थालेपछि बाँकेका हिरमिनियाँ, पिप्रहवा र भवानियाँपुर गाविसका केही वडाहरु डुवानमा पर्ने भएका हुन् ।

भारतले हिरमिनियाँको भंगोटना गाउँ नजिकै रहेको सीमा स्तम्भ नं २६/३ देखि पश्चिमतर्फ दशगजासंगै करिव १५ मिटर चौडाई भएको ३ मिटर उचाईको सडक निर्माण गर्न थालेकोले त्यहाँका स्थानीयबासिन्दाले आफुहरु डुवानमा पर्ने भएकोले सो निर्माणलाई रोक्नको लागि कुटनीतिक पहल गरिदिन बाँके निर्वाचन क्षेत्र नं २ का सभासद दिनेशचन्द्र यावदसंग आग्रह गरेका छन् ।

sima-prob-in-pepaljung-1

स्थलगत अवलोकन गर्न हिरमिनियाँको भंगोटना सीमा पिल्लर नं २६/३ पुगेका सभासद यादवसंग स्थानीय राजेन्द्र बर्माले भने-’सभासद् ज्यू भारतले दशगजामा नै पानीको निकासै थुनिने गरी बाटो बनाउन लागेको छ । यो कार्य तत्काल रोक्नलाई कूटनीतिक पहल गरिदिनु पर्‍यो । नत्र यो सबै गाउँ नै डुवानको चपेटामा आउछ ।’

उनको नजिकैमा रहेका हिरमिनिया कै छविलाल भण्डारीले सीमाकै दश गजामा गाँउको निकास थुनेर तीन मिटर अग्लो बाँध र बाटो निर्माण सुरु भएदेखि नै आफुहरुमा डुवानको त्रास उत्पन्न भएको गुनासो गरे । उनले सबै राजनीतिक दलले यो सार्वजनिक चासोको विषय बनाउदै सबैको ध्याकर्षण गराउनु पर्ने माग राखे ।

स्थलगत अवलोकनपछि सभासद यादवले निर्माणलाई रोक्न सक्दो पहल गर्ने बचन दिदै भने-’भारतले एकतर्फी रुपमा निर्माण गरेको यो बाटोको कारण मेरै निर्वाचन क्षेत्रको राप्तीवारीका ३ गाविस डुवानमा पर्ने देखियो । मैले यो निर्माण रोक्नको लागि सदन मार्फत कूटनीतिक पहल गर्ने छु ।’ उनले काठमाडौं जाने वित्तिकै बाटो निर्माण रोक्न वा पानीको निकासको लागि बैकल्पिक मार्ग खोल्नको लागि पहल गर्ने आश्वासन दिए ।

अवलोकन भ्रमणमा कांग्रेस नेता राजकुमार बर्मा, स्थानीय प्रहरी, सीमा सुरक्षा कायालय कालाबन्जर पोष्टका सशस्त्र प्रहरीको टीम लगायतको स्थानीयबासिन्दाहरुको सहभागिता रहेको थियो ।

@onlinekhabar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: