Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

राष्ट्र संघको हेगस्थित अन्तराष्ट्रिय न्यायालयमा बुद्धको मूर्ति स्थापना गरिने

Posted by Ram Kumar Shrestha on May 21, 2013


OLYMPUS DIGITAL CAMERA

Buddha Statue Design to be kept in Peace Palace

अन्तरराष्ट्रिय मुद्धा मामिलाहरुको अन्तिम निर्णय गर्ने संयुक्त राष्ट्रसंघको अभिन्न अङ्गका रुपमा रहेको नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice), जस्लाई शान्ति दरबार (Peace Palace) को रुपमा पनि चिनिन्छ, को एक कक्षमा विश्वकै ख्याति प्राप्त ब्यक्तिहरुको पूर्ण तथा अर्धकदका प्रतिमाहरु रहेकोमा शान्तिका प्रतिमूर्ति बुद्धको प्रतिमा नभएकोले सो राख्न नेपाल सरकार मार्फत प्रकृया अगाडि बढाइएपस्चात न्यायालयले नेपाल सरकारलाई न्यायालयमा न्यायाधिशहरु बस्ने कोठा अगाडि बुद्धको मूर्ति राख्न अनुमति दिएको छ ।न्यायालयमा चाँदीको आवरणमा सुनको जलप सहितको धातुको साँढे दुई फिट अग्लो करीब २० किलोग्रामको ध्यान मुद्रामा रहेको बुद्धको मूर्ति प्रतिस्थापन गर्ने काम आगामी जुनको तेश्रो हप्तामा गरिनेछ । सो मूर्तिमा बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमका कारण सो दिग्भ्रम निस्तेज पार्ने काममा नागरिक स्तरबाट बिस्व अभियानमा कार्यरत लुम्बिनी-कपिलवस्तु दिवस अभियानले बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमका कारण बुद्धको प्रतिमाका साथमा बुद्ध नेपालमा जन्मनु भएको सन्देश कुनै न कुनै किसिमबाट समाबेश गरिनु पर्ने सुझाब अनुसार अभियान र गैरआवासीय नेपाली संघभित्र बिभिन्न बुद्धिजीबीहरुसंग भएका छलफलको निचोडको रुपमा बुद्धको जन्मस्थान नेपाल भएको जानकारी समेत यसरी राखिनेछ:

Lord Buddha was born in 623 BC in Lumbini, Nepal.
“Three things cannot be long hidden: the sun, the moon, and the truth.”                Lord Buddha

अन्तराष्ट्रिय न्यायालयबाट बुद्धको मूर्ति अन्तराष्ट्रिय न्यायलय परिसरमा राख्ने अनुमति नेपाल सरकारलाई प्राप्त भएपछि त्यस्को लागि आबस्यक संपूर्ण खर्च गैरआवासीय नेपाली संघले ब्यहोर्ने गरी बुद्धको प्रतिमा स्थापनासम्बन्धी संपूर्ण कार्यको संयोजनका लागि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका तर्फबाट सुरेन्द्र श्रेष्ठलाई संयोजकमा तोकेको थियो र यस्को लागि संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार करीब १० लाख लाग्ने अनुमान छ ।

प्रकृयाको शुरुवात:

१७ नोभेम्बर २०११ मा लन्डनस्थित नेपाली दूतावास हाताभित्र तेश्रो कपिलवस्तु दिवस कार्यक्रममा मन्तब्य दिने क्रममा कपिलवस्तु दिवस अभियान वेलायतका राष्ट्रिय संयोजक सुरेन्द्र श्रेष्ठले “नेदरल्याण्डको हेगस्थित Peace Palace (International Court of Justice) भवनभित्र बिस्वकै ख्यातीप्राप्त ब्यक्तिहरुको पूर्ण तथा अर्धकदका शालिकहरु देखिंदा नेपालको भने केही नदेखिएकोले त्यहाँ अहिंसाका प्रतिक बुद्धको मूर्ति राख्न कसरी सकिएला भनी सम्बन्धित ब्यक्ति र निकायसंग कुराकनी गर्न थालेको र त्यहीं एउटा ठूलो कोठामा वार्षिक छलफल गर्नको लागि सबै सदस्य राष्ट्रको मेचमा आफ्नो देशको नाम र झन्डा राखिएको तर आफ्नो देशको भने नपाएकोले हीनताबोध गर्नु परेको” बताउनु भएपछि १ डिसेम्बर मा काठमाण्डौंमा पूर्व प्रधानमंत्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक प्रचन्डको प्रमुख आतिथ्यमा हुने तेश्रो कपिलवस्तु दिवस  (यही कार्यक्रमको दिन अभियानको नामको अगाडि लुम्बिनी थपिएको हो) कार्यक्रमको दोश्रो सत्रमा हुने “लुम्बिनी बिकास- संभाबना र चुनौतिहरु” नामक अन्तराष्ट्रिय संगोस्ठीमा सो बिषय उठान गरी त्यसबाट तयार गरिने सुझाबहरुमा सो बिषयलाई प्राथमिकतामा पारी सरकारलाई बुझाईने भन्ने अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठको प्रत्युत्तर अनुरुप नै बिभिन्न देशका प्रतिनिधिहरु र राष्ट्रिय स्तरका ब्यक्तिहरुको सहभागितामा भएको सो अन्तराष्ट्रिय संगोस्ठीले तयार पारेको ४३ पेज लामो प्रतिबेदन (प्रतिबेदनमा जान यहाँ क्लिक गर्नुहोस) को पेज २७ को बुँदा ७.१४ मा उल्लेख गरी प्रतिबेदन नेपाल सरकार र ठूला पार्टीहरुलाई समेत बुझाइएको थियो । पूर्व प्रधानमंत्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल प्रचन्डले उहाँका निकट सहयोगी सांसद केशव नेपाल र समीर दाहाललाई अन्तराष्ट्रिय न्यायलयको कक्षमा बुद्धको प्रतिमा राख्ने सम्बन्धमा अभियानसंग सहकार्यको लागि खटाउनु भएको थियो ।

Buddha Statue Design to be kept in Paece Palace

यस्को लागि सम्बन्धित देशको सरकार मार्फत मात्रै प्रकृया अगाडि बढाउन मिल्ने भएकोले गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेद्धारा हस्ताक्षरित पररास्ट्र मन्त्रीलाई सम्बोधन र प्रधानमन्त्रीलाई बोधार्थ गरी लेखिएको अनुरोधात्मक पत्रपस्चात पररास्ट्र मन्त्रालयले अन्तराष्ट्रिय न्यायालयमा बुद्धको मूर्ति राखनको लागि लेखेको पत्रानुरुप अन्तराष्ट्रिय न्यायालयले नेपाल सरकारलाई बुद्धको मूर्ति राख्न अनुमति दिएको हो ।

 प्रकृया अगाडि बढाउने सिलसिलामा महामहिम राजदूत राममणी पोखरेलले हेगस्थित अन्तराष्ट्रिय न्यायालयका रजिस्ट्रार फिलिप डे कौभ्रेअर (Philippe de Couvreur) संग भेटी कस्तो बुद्धको मूर्ति के कसरी राख्न सकिने भन्नेबारे बिस्तृत रुपमा बुझ्नु भएको थियो । त्यसरी नै नेपालको नाम सहितको कुर्सी राख्ने कामको लागि पनि बेल्जियमस्थित नेपाली दूताबासले नै नेदरल्याण्डको पनि काम हेर्ने भएकाले बेल्जियमस्थित नेपाली दूताबास यस कार्यमा लागिरहेको छ आबस्यक प्रकृयाको लागि ।

One Response to “राष्ट्र संघको हेगस्थित अन्तराष्ट्रिय न्यायालयमा बुद्धको मूर्ति स्थापना गरिने”

  1. kedar shakya said

    बुद्धको यो मुर्ति भुमिस्पर्स मुद्रा हो . मार विजय को अवस्थामा धर्तीलाई साछी मानेको हो

Leave a comment