Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for April, 2011

सीमा नक्सामा हस्ताक्षरको हतारो

Posted by Ram Kumar Shrestha on April 29, 2011

By बुद्धिनारायण श्रेष्ठ

नेपाल र भारतबीच १ हजार ८ सय ८ किलोमिटर सीमारेखाको ९८ प्रतिशत सीमांकनको काम सम्पन्न भएको छ । यसअन्तर्गत १ सय ८२ थान सीमा नक्सा (स्टि्रप म्याप) तयार भएका छन् । यी नक्सामा दुवै देशका पदाधिकारीले संयुक्त हस्ताक्षर गर्नुपर्छ भनी भारतद्वारा बराबर कुरा उठाइएको छ । भारतका विदेशमन्त्री एसएम कृष्णाको यसपटकको नेपाल भ्रमणका अवसरमा पनि यो कुरा उठ्यो । कृष्णाको भ्रमण दौरानमा वैशाख ९ गते वितरित प्रेस विज्ञप्तिमा नेपाल-भारतबीच सीमांकन भएको ९८ प्रतिशत स्टि्रप म्यापलाई हस्ताक्षर गर्न आवश्यक भएको कुरा उल्लेख गरिएको छ ।

यसअघि भारतीय विदेश सचिव निरूपमा रावले २०६७ माघ ४ तथा ०६६ भदौ २९, विदेशमन्त्री एसएम कृष्णाले ०६६ माघ १ र विदेश सचिव शिवशंकर मेननले ०६६ असार ७ मा नेपाल भ्रमण गर्दा पनि सीमा नक्सामा हस्ताक्षर गर्न नेपाललाई आग्रह गरेका थिए । यसैगरी नेपालका लागि भारतीय राजदूत राकेश सुदले यसै दैनिकको ०६६ जेठ ३ मा प्रकाशित अन्तर्वार्तामा ‘हामीले नेपाल सरकारलाई अन्तिम हस्ताक्षर गरेर स्टि्रप म्यापलाई औपचारिकता दिन अनुरोध गरेका छौं’ भनेका थिए । यसबाहेक भारतीय विदेशमन्त्रीको हैसियतमा प्रणव मुखर्जीले नेपाल भ्रमणका क्रममा ०६५ मंसिर १० मा ‘करिब ९८ प्रतिशत सीमाक्षेत्र रेखांकन भइसकेको छ र तिनलाई नक्सामा समेत राखिएको छ । ती नक्सामा केही निश्चित सुधारपछि सम्बद्ध अधिकारसम्पन्न अधिकारीले हस्ताक्षर गर्नेछन्’ भनेका थिए । (कान्तिपुर दैनिक, ०६५ मंसिर १३) ।

यसरी नक्सामा हस्ताक्षर गर्न भारतले पटकपटक आह्वान/आग्रह गरे तापनि नेपालले यसबारे ठोस जवाफ तथा प्रतिक्रिया दिएको पाइँदैन । यसले गर्दा ९८ प्रतिशत काम सम्पन्न सीमा नक्सामा संयुक्त हस्ताक्षर गर्नुपर्ने हो या होइन ? भन्ने जिज्ञासा उत्पन्न भएको छ । हस्ताक्षर गर्नुपर्ने हो भने नेपाल किन बोल्दैन ? हस्ताक्षर गर्न नमिल्ने हो भने भारतले बारम्बार किन दबाबरूपी आग्रह गरेको होला ? यस सम्बन्धमा अन्तर्राष्ट्रिय सीमा सिद्धान्त, प्रचलन र परम्परा के छ भन्ने कुरा नै यस मामिलाको छिनोफानो गर्ने मसला हुनसक्छ । सीमा नक्सा हस्ताक्षर गर्ने सम्बन्धमा दुई बुँदा रहेका छन्, प्रथमतः अन्तर्राष्ट्रिय सीमा सिद्धान्त र दोस्रो, पारम्पारिक प्रचलन ।

अन्तर्राष्ट्रिय सीमा सिद्धान्त

अन्तर्राष्ट्रिय सीमा अवधारणाअनुसार सीमा नक्सा तथा यससम्बन्धी दस्तावेजमा सिमानाको सम्पूर्ण कार्य -बोर्डर बिजनेस) सम्पन्न भएपछि संयुक्त हस्ताक्षर गर्नुपर्छ भन्ने प्रावधान रहेको छ । बोर्डर बिजनेस पूर्ण भयो भनी नक्साका साथै सीमा बडापत्र -बाउन्ड्री प्रोटोकोल) मा दुवै देशका अधिकारसम्पन्न पदाधिकारी -प्लेनी पोटेन्सियरी) ले संयुक्त हस्ताक्षर गर्ने चलन रहेको छ । यस्तो हस्ताक्षर गरेपछि ती कागजात आधिकारिक सामग्रीमा परिणत हुन्छन् । Read the rest of this entry »

Advertisements

Posted in लेख/ रचना/ निबन्ध/विचार | Tagged: , , , , , , , , , , , | Leave a Comment »

संविधानसभाका नेताहरूलाई खुला पत्र

Posted by Ram Kumar Shrestha on April 28, 2011

राजनीतिक दलहरूबीच लामो समयदेखि चलिआएको सत्तासञ्चालनको खिचातानी र संविधान निर्माण तथा शान्ति प्रक्रियासँग सम्बन्धित राजनीतिक असमझदारीका कारण जेठ १४ अर्थात् थपिएको एक वर्षे कार्यकालभित्र पनि संविधान निर्माणको काम सम्पन्न नहुने लक्षण प्रस्ट भएको छ । २०६२/६३ को जनआन्दोलन र अन्य विविध आन्दोलनहरूका उपलब्धि तथा बाह्रबुँदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र अन्य सरोकार समूहहरूसँग भएका सहमति तथा सम्झौताअनुसारको अग्रगामी र लोकतान्त्रिक संविधान जारी नहुने अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण त हुँदै हो, नागरिकहरूका लागि चिन्ताको विषय पनि हो ।

राजनीतिक दलहरूले सहमतीय चरित्रको भ्रष्टाचारमुक्त एवं जनउत्तरदायी सरकार निर्माण गर्नेजस्तो न्यूनतम राजनीतिक दायित्व पनि पूरा गर्न नसकेको अवस्था पनि हाल बेहोर्नु परिरहेछ । एकातिर जनताको दुःखकष्ट र असुरक्षाको स्थितिसमेत बढ्दै छ भने अर्कातिर तिनले नै तिरेको करको भरमा राज्यसञ्चालन गर्नेहरूको सरसुविधा र तडकभडक बढिरहेको असंवेदनशील स्थितिको विडम्बना बेहोर्नु परिरहेछ । दलहरू जनतासामु गरेका वाचा पूरा गर्न चुकेका मात्र होइन, तिनले त्यस दिशामा सार्थक प्रयत्नसम्म नगरेको नागरिकहरूले महसुस गरेका छन् । यस सन्दर्भमा कुन दल उन्नाइस बेठीक, कुन बीस बेठीक भन्नेमा दलहरूलाई चासो होला तर आम जनता भने जनादेशको अपहेलना गरी हालै उदीयमान मधेस आधारित दलहरूलगायत एनेकपा-माओवादी, एमाले र नेपाली कांग्रेस आदि सबैको सामूहिक व्यवहारबाट पीडित र चिन्तित छन् । मूलतः वीरवीराङ्गनाहरूको सहादत तथा जनआन्दोलनका घाइतेहरूको त्यागको प्रतिफलका रूपमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, दिगो शान्ति हासिल गर्न तथा सामाजिक न्याय र समतामा आधारित अग्रगामी समाज निर्माण गर्ने वातावरण तयार गर्नका लागि नयाँ संविधान जारी गर्ने दायित्वको दिशामा पत्यारलाग्दो प्रगति हुन नसक्नु जनआन्दोलनको नेतृत्व गर्ने, शान्ति प्रक्रियामा साझेदार हुने सबै दल तथा शक्तिका निम्ति पनि दुःख र चिन्ताको विषय हुनुपर्छ । त्यसैगरी दलहरू र समयसमयमा उदाएका र अस्ताएका सरकारहरूलेे देखाउनुपर्ने सुझबुझ र संवेदनशीलताको अभावका कारण नागरिकको शान्ति, सुरक्षा र वैयक्तिक जीवनमा संकट त छँदै छ, बढ्दो महँगी, अभाव तथा अनियन्त्रित बजारले गर्दा जनजीवन अति कष्टकर भएको मात्र होइन, अर्थतन्त्र नै कुनै पनि बेला धराशयी हुने अवस्थामा पुगेको छ । दलहरूले यस विषयमा समेत न्यूनतम चासो नदेखाउँदा जनतामा चरम नैराश्य, आक्रोश र उद्दीग्नता छाएको छ । यस्तै अवस्था सिर्जना होस् भनेर धमिलो पानीमा माछा मार्ने दाउमा बसेका प्रतिगामी र चरम दक्षिणपन्थी शक्तिहरूलाई यसबाट बल पुगिरहेको छ । वामपन्थका नाममा जडसूत्रवादी सोच राख्ने र सधैं विरोध तथा विप्लवका कुरामा रमाउने उग्रवादी हुंकारले पनि अन्ततः तिनै शक्ति र स्वार्थलाई सघाउने स्थिति उत्पन्न होला भन्ने चिन्ता छ ।  Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Nepal Grabs Bihar Land

Posted by Ram Kumar Shrestha on April 28, 2011

भारती नाटकको सक्कली रुप त थाहै छ । यसैले यो क्लिप हेरौं र हासौं:
यदि हेर्नु भएको छैन भने यो क्लिप पनि हेर्नुस त: please click here 
अनि यो लिंक पनि ।

Posted in Video | 1 Comment »

कपिलबस्तु: प्राचिन र बर्तमान

Posted by Ram Kumar Shrestha on April 28, 2011

सन् १८१६ को सुघौली सन्धीपछि नेपाल र भारत  ईस्ट इण्डिया कम्पनीका वीचमा सीमाड्ढन हुँदा प्राचीन कपिलवस्तुको दक्षिणतिरको करिब आधा जस्तोभू-भाग भारतमा पर्यो । त्यसैले मगध नरेश अशोकले पुनर्निर्माण गरेका पुराना गुम्बा र बौद्ध बिहारहरु, भिक्षु आवास गृह, प्रार्थना प्रवचन तथा सभास्थलहरुका भग्नावशेषहरु, बस्ति, नौगढ महाराजगंज जिल्लामा भेटिन्छन् । श्रावस्ती, कुशीनगर, बैशाली राजगृह, पाटलीपुत्र, सारनाथ, बोधगया यात्राका क्रममा गौतम बुद्ध बाटोमा बिश्राम गर्ने ठाँउहरुमा निर्मित कतिपय स्तूपहरु भविष्यमा अरु पनि भेटिन सक्ने संभावनालाई इन्कार गर्न सकिन्न । तिनैलाई लिएर भारतले कथित कपिलवस्तु र कपिलवस्तुको राजधानी भन्नु पुच्छरले सिंगो शरिरको दम्भगर्नु जस्तै हो ।
कवि माधव घिमिरेद्धारा रचित “गाँउछ गीत नेपाली ज्योतिको पंख उचाली” भन्ने लोकप्रिय राष्ट्रिय गीतबाट “बुद्धले यही ल्याएथे शान्तिको पहिलो बिहान” जस्ता नेपालको बुद्ध भन्ने महत्वपूर्ण वाक्यांश हटाई ने.टि.भी. र रेडियो नेपालबाट प्रसारण गराउन थालियो ।
बिपक्षीमा मन्त्री परिषद्को सचिवालय, प्रधान मन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय संस्क्रिति मन्त्रालय, त्रिभूवल बिश्व बिद्यालय-अंग्रेजी बिषय समिति, संस्क्रिति  बिषय समिति र इतिहास बिषय समितिलाई राख्न बाध्य हुन पर् यो । उत्प्रेषण रिट दिएको एक महिनापछि पाठ्यक्रमबाट उक्त अंश हटाएर पढाउने निर्णय त्रि.बि.बि. ले गर् यो ।
नारायणप्रसाद पौडेल
 (लेखक लुम्बिनि कपिलवस्तु बचाऔ अभियानका अध्यक्ष हुनुहुन्छ र यो लेख धेरै पहिला लेखिएको कारण नेपालको परिबर्तित सन्दर्भमा कतिपय कुरा असान्दर्भिक देखिए तापनि सामग्रीको एतिहासिकता कायम गर्न परिवर्तन नगरी यथाबत राखिएको छ । )

कपिलवस्तु शांख्य दर्शनका प्रणेता कपिलमूनिको तपोवन । कपिलवस्तु शाक्यबंशीय राजा शुद्धोधनको राजधानी । कपिलवस्तु सिद्धार्थ गौतम बुद्धले २९ बर्षसम्म जीवनयापन गरेको ठाउँ । कपिलवस्तु लुम्बिनी अन्चलको एउटा जिल्ला । यसको इतिहास नेपालभन्दा पुरानो छ । बुद्धभन्दा जेठो छ । कपिलवस्तु नेपाल नजानेकोले पनि जानेको छ । नेपाल नसुनेकोले पनि सुनेको छ । बरु नेपाल भित्रैका कपिलवस्तु जिल्ला भित्रैका बासिन्दाका लागि कपिलवस्तु अपरिचित होला, हुन पनि सक्छ, तर पुरातत्वबिद्, इतिहासकार, सांस्क्रितिक अन्वेषणकर्ता, बुद्ध धर्मावलम्बी, भौतिकवादी, मानव अधिकारवादी, बिश्व शान्ति र समानताका पक्षपाति अहिंसा र असांप्रदायिक बिचारका अनुयायिका लागि कपिलवस्तु  प्रेरणाको श्रोत हो । कपिलवस्तु प्राचीन सभ्यता र संस्क्रितिको अमूल्य नीधि हो । नेपाल र नेपालीको गौरव हो  कपिलवस्तु । समग्रमा भन्नु पर्दा संसारलाई दुई-दुईवटा दार्शनिक दिने ठाउँको नाउँ हो  कपिलवस्तु । संसारलाई हेर्ने दुईवटा आँखा दिने यस्तो ठाउँ शायदै अन्त कतै भेटिएला । पुरातात्विक संग्रहालय हो  कपिलवस्तु । डेढ अरब बुद्ध धर्मावलम्बीहरुको पवित्र आस्थाको केन्द्र हो  कपिलवस्तु । धार्मिक तीर्थस्थल हो कपिलवस्तु । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

India raises UTL unpaid Royalty issue, meets Nepal Army Chief, but why?

Posted by Ram Kumar Shrestha on April 25, 2011

Indian Military personnel be allowed to guard Nepal’s northern frontier with China, Nepal should be under India’s Security Umbrella, stationing of Indian Air Marshals at Tribhuwan International Airport, presence of Indian military officials at each and every districts of Nepal in the name Ex-Gurkha pension Camps and now a strange Indian proposal has come which is to permit India deploying its security machinery to guard embassy premises and their officials.

India- the self declared honest friend is apparently hell bent on destroying whatever image of Nepal remains in the comity of nations as a nation-state.

At a time when third country nationals feel more and more unsafe in the streets of Kathmandu due to frequently happening broad day light firing incidents with fatal casualties carried out by Indian state nurtured criminals who enter Nepal through the open border, Indian foreign minister S.M. Krishna claimed at the bilateral meeting held in Hotel Yak and Yeti upon his arrival that Nepal should allow his country to take care of its citizens in Nepal because they feel unsafe in Nepal.

Arm twisting of the highest order.

Krishna was right in what he said, “Either we need to be assured that we are safe, if not we should be allowed to take care of our officials.”

If Nepal allowed this facility to India then the next moment countries like China, Pakistan, France, Germany, United States of America and Israel and many others will follow suit and demand the same from Nepal. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , | Leave a Comment »

Nepal-India Boarder History: 800 BC to 2011

Posted by Ram Kumar Shrestha on April 25, 2011

[We decided to keep all these information without correction so that readers could go through them and use their intellectual muscles to correct them in different ways]
800 BC-2011  Search other dates

Posted in News | Tagged: , , , , , , , , , , | Leave a Comment »

Krishna holds ‘useful’ meetings in Nepal

Posted by Ram Kumar Shrestha on April 23, 2011

Mr. Krishna strongly conveyed concerns that the Maoist party was stoking “anti-Indian” sentiment, disrespecting and attacking the Indian ambassador, and harassing Indian investors.

Mr. Dahal is learnt to have replied that the party was not anti-Indian and instead wished to improve relations between Nepal and India “on a new basis.” He also cautioned the Minister about a rising “interference” by India in Nepal’s internal affairs.

External Affairs Minister S.M. Krishna wrapped up his three-day visit to Nepal on Friday. During his “useful and cordial” meetings with Nepal’s top political leadership, the Minister conveyed a range of concerns, emphasised the importance of completing the peace process, and expressed India’s commitment to assist Nepal in its “transition to a stable, inclusive, multi-party democracy”.

In his final political meeting with Unified Communist Party of Nepal (Maoist) chairman Puspa Kamal Dahal alias Prachanda on Friday morning, Mr. Krishna strongly conveyed concerns that the Maoist party was stoking “anti-Indian” sentiment, disrespecting and attacking the Indian ambassador, and harassing Indian investors. Read the rest of this entry »

Posted in News | Leave a Comment »

Gurkha hero and activist Tul Bahadur Pun dies in Nepal

Posted by Ram Kumar Shrestha on April 21, 2011

A former Gurkha soldier who won the Victoria Cross and later became the figurehead for a campaign on Gurkha’s rights

Joanna Lumley credited Mr Pun him as having saved her own soldier fathers life in 1944

to settle in the UK has died.

Tul Bahadur Pun died in his home village of Myagdi, in Nepal, aged 88.

He received the Victoria Cross for saving the lives of dozens of his comrades in Burma during WWII.

In 2009 he campaigned for Gurkhas’ rights alongside actress Joanna Lumley, who credited him as having saved her own soldier father’s life in 1944.

Although Mr Pun was listed as 88 years old when he died it is thought his real age was 92, because birth records were inaccurate in the country at the time.

He won the military decoration after he saved the lives of his comrades by single-handedly attacking a Japanese machine-gun position in Burma in June 1944. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , | Leave a Comment »

दसगजा नचलाउन प्रलोभन

Posted by Ram Kumar Shrestha on April 17, 2011

By लक्ष्मण सुवेदी

मैले आफ्नै भूमिमा टेकेर फोटो खिचिरहेको थिएँ । एक्कासि भारतीय सीमा सुरक्षा एसएसबीले आएर मलाई धम्क्यायो । मैले खिचेको फोटो डिलिट नगरेसम्म त्यहाँबाट उम्कन नदिने धम्की दियो । मैले आफ्नो भूमिमा उभिएर फोटो खिच्न नपाउनु भनेर तर्क गरेँ । तर, उनीहरूले मलाई देश तेरो भए पनि यहाँ शासन हाम्रो चल्छ भन्यो । मैले बाध्य भएर फोटो हटाउनुपर्‍यो ।

नवल खड्का राष्ट्रवादी फिल्म बनाउने निर्मातामा पर्छन् । भारतले गरिरहेको नेपालको सीमा अतिक्रमणको विषयमा दसगजा र त्यसअघि जनयुद्धको विषयमा आवाज नामक फिल्म निर्माण गरेका उनी अहिले दसगजाका कारण बढी चर्चामा छन् । दसगजा सार्वजनिक प्रदर्शनको संघारमा छ । सुरुमा अभिनयबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका नवल बीचमा निर्देशक हुँदै निर्माता बनेका हुन् । मायाप्रेमकै सेरोफेरोमा घुमेका फिल्ममा अभिनय गर्दागर्दै जान्ने-बुझ्ने भएपछि उनी आफ्नो अभिनय तथा निर्माणको धार बदलेको बताउँछन् । दसगजापछि सहिद भीमदत्तको जीवनीमा आधारित फिल्म भीमदत्त निर्माण गर्न लागेका नवलसँग उनको फिल्मयात्रा र परिवर्तित धारका बारेमा गरिएको कुराकानीः

विद्यार्थी राजनीति गरिरहेको मान्छे, फिल्म क्षेत्रमा किन लागेको ?

म सानैदेखि प्रगतिशील विचारधाराको थिएँ । खोटाङमा स्कुल पढ्दाखेरि नै म राजनीतिप्रति आकषिर्त भएँ । देश र जनताका लागि राजनीतिको माध्यमबाट केही गर्नुपर्छ भन्ने सोच थियो । तर, बुभ\mदै जाँदा कुरा अर्कै भएको सुइँको पाएँ । नेताको झोला बोकेर हिँड्दा व्यक्ति मात्र मोटाउने, देश र आमजनताका लागि केही फाइदा नहुने देखेँ । नेताहरूको अदूरदर्शिता, अक्षमता, पद लोलुपताले गर्दा देश र जनताप्रति जिम्मेवार नभएको पाएँ । जसले गर्दा राजनीतिदेखि वितृष्णा जाग्यो । तर, म सधैँ देशका लागि केही गर्नैपर्छ भन्ने कुरामा अडिग थिएँ । राजनीति गतिलो लागेन । अनि मैले सोचेँ, फिल्मको माध्यमबाट आमनेपालीमा पुग्न सकिन्छ । फिल्म आमनेपालीसमक्ष पुग्ने सशक्त माध्यम भएकाले मैले फिल्म क्षेत्रमा लाग्ने निर्णय गरे । मेरा साथीभाइले पनि मलाई फिल्म क्षेत्रमा लाग्नु प्रेरित गरे । आफूले चाहेको सन्देश फिल्ममार्फत दिन सकिन्छ भन्ने लागेर यो क्षेत्रमा प्रवेश गरेँ । मलाई विश्वास थियो कि म फिल्ममा जसरी प्रवेश गरे पनि कालान्तरमा मैले लक्ष्य हासिल गर्नेछु ।

सुरुमा त लभस्टोरी फिल्ममै मस्त हुनुभयो, हैन ?

मैले ०५३ सालमा गुन्युचोली नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेको हुँ । त्यसै क्रममा मैले अधुरो प्रेम, चन्द्र-सूर्यलगायतका भिडियो फिल्ममा अभिनय गरेको थिएँ । पहिला फिल्म क्षेत्रमा कसरी प्रवेश गर्ने र कसरी स्थापित हुने भन्नेमै तनाब भयो । त्यतिवेला फिल्ममा प्रवेश गर्न अहिलेजस्तो सहज थिएन । म जहिले पनि प्रगतिशील विचारको भएकाले नेपाली मौलिक भेषभुषा गुन्युचोली नाममै बनेको फिल्मबाट ठूलो पर्दाको अभिनय सुरु गरेँ । त्यसपछि पनि मैले मनै त हो, तिम्रा लागि, क्रान्ति, किन माया लाएछु, देशद्रोही, माया बसेछलगायतका मायाप्रेमकै विषयका फिल्ममा अभिनय गरेँ । ती फिल्मबाट मैले धेरै कुरा सिकेँ । फिल्मको प्राविधिक ज्ञानदेेखि लिएर भाषा पनि जान्न र बुझ्न पाएँ । बीचमा मैले विश्वासघात नामक फिल्म पनि निर्देशन गरेँ । तर, त्यो फिल्मका निर्माता विदेशतिर लागेकाले अहिलेसम्म रिलिज हुन सकेको छैन । यी सबै भोगाइले नै मलाई अनुभवी बनाए । जसकारण मैले आवाज र दसगजा निर्माण गर्न सफल भएँ । Read the rest of this entry »

Posted in अन्तरबार्ता | Tagged: , , , , , , , , , , , , | Leave a Comment »

भारतले १५ करोड मालपोत नेपाललाई तिरेन

Posted by Ram Kumar Shrestha on April 17, 2011

By रामनारायण विश्वास

सन् १९५४ मा कोसी ब्यारेज निर्माण गर्दा भारतले मालपोत र मुआब्जा तिर्ने सर्तमा नेपालको सप्तरी र सुनसरीका झन्डै १३ हजार नौ सय बिघा जग्गा अधिकरण गरेको थियो, तर कोसी सम्झौताको करिब ५६ वर्ष बितिसक्दा पनि भारत सरकारले एक पैसा बुझाएको छैन। अधिकरण गरिएको जग्गा भारतले एक सय ९९ वर्षसम्म प्रयोग गर्ने र त्यसको मालपोत भारत सरकारले नेपाल सरकारलाई तिर्नुपर्ने कोसी सम्झौतामा उल्लेख छ।

सप्तरी, २ वैशाख : सप्तकोसी ब्यारेज निर्माणका निम्ति अधिकरण गरेको हजारौँ बिघा नेपाली भूमिको मालपोत भारत सरकारले तिरेको छ्रैन ।

मालपोत जहिले बुझाए पनि जुन सालमा जति दररेट हुन्छ सोहीबमोजिम बुझाउनुपर्ने मालपोत ऐनमा उल्लेख छ । ०२९ देखि ०४९ सालसम्म अब्बल -उच्चकोटिको) ५१, दोयम -मध्यमस्तरको) ४४ र सिमसार -कमसलको) ३५ रुपैयाँ प्रतिबिघा रहेको थियो । ०५० सालमा यो दर बढेर ८०, ७२ र ६० रुपैयाँ प्रतिबिघा तथा ०५१ सालपछि ७०, ६२ र ४० रुपैयाँ प्रतिबिघा कायम छ । समयमा मालपोत नतिर्नेलाई वर्षैपिच्छे २५ प्रतिशतको दरले जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ । मालपोतबापत उठेको रकमको ६५ प्रतिशत रकम गाविस र ३५ प्रतिशत जिल्ला विकासले विकासका काममा खर्च गर्न सक्ने स्थानीय स्वायत्त शासन ऐनमा उल्लेख छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

पोखराका १४ बर्षे तालाङ्कले जहाज बनाए (फोटो फिचर सहित)

Posted by Ram Kumar Shrestha on April 16, 2011

३ बैशाख, पोखरा । किशोर उमेरमै रोबार्ट बनाएर चर्चामा आएका पोखराका तल्लज बरालका भाइले पनि जहाज बनाएका छन् ।

तल्लजका भाइ तालाङ्क बरालले निर्माण गरेको गोइङ ६०१ नामक जहाज शनिबार सार्वजनिक गरिएको हो । पोखरा मासबार स्थित बाबु चुडामणि र आमा तारा बरालका कान्छा छोरा तालाङ्क रत्नज्योति इंग्लिस बोर्डिङ्ग स्कूलमा कक्षा ९ मा अध्ययन गर्दछन् । संविधानसभाका ६ सय एक जना सभासदहरुलाई शान्ति र संबिधान निर्माणको लागि दवाव दिन जहाजको नाम गोइङ ६०१ राखिएको तालाङले वताए ।

राइट दाजुभाइको १ सय ४४ औं जन्मजयन्तीको अवसर पारेर रोबर्ट सार्वजनिक गरेका तालाङ्कले दाइको प्रेरणाबाट आफू रोबर्ट निर्माणमा आकषिर्त भएको जनाए । बल्ल १४ बर्ष उमेर पुगेका तालाङ्कले करिब दुई वर्ष लगाएर जहाज बनाएका हुन् । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

ANGLO-NEPAL War with East India Company

Posted by Ram Kumar Shrestha on April 15, 2011

By Mira

ANGLO-NEPAL WAR (Gorkha &; British East India Company war):-
By the end of the 18th century, the British East India Company was firmly established in India. The East India Companyhad occupied almost all the princely States of India. They were looking for an opportunity to enter Nepal. The British were welcomed to Nepal during the Malla rulers. But Prithvi Narayan Shah did not allow them to stay in Nepal and a troop of British soldiers under the command of General Kinloch was badly defeated by the army of Prithvi Narayan Shah at Sindhuli in 1765 A.D. So, the British were aware of the strength and courage of the Gorkha soldiers. During the regency period of Bahadur Shah, East India Company put forward a proposal that the British might be allowed to tradein the boarder areas between Nepal and Tibet. But Bahadur Shah rejected that proposal. In 1792 A.D., a commercial treaty was concluded between Nepal and British India, but that was not enforced. Later, when Rana Bahadur Shah was in Banaras, Damodar Pande concluded a commercial treaty in 1801 A.D. That treaty did not favour British interest. East India Company always tried to maintain friendly relations with Nepal.

Posted in Article, Documents | Tagged: , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | 1 Comment »

एउटा पत्र आमालाई

Posted by Ram Kumar Shrestha on April 14, 2011

मेरी प्यारी नेपाल आमा,
हजुरको खुट्टामा ढोग छ।

आमा, मलाई हजुरको माया कति लाग्छ भनेर सोध्नु भयो भने, संख्याले भनु, अपुग होला; आकारले देखाउँ ब्रम्हाण्ड सानो होला । तर आमा म आज हजुरलाई केही प्रस्न सोध्दै छु? आमा यादव दाईलाई के भा’को ? अनि त्यो सोझो राईलाई कस्ले भड्काको ? खै आजकाल त के- के भन्छन् के-के?

मेरो बाजे-पुर्खाको यो धरोहरको अब बटुवारा गर्ने रे । उनीहरु हेपिये रे आमा? खै कस्ले हेपेछ? मैले हेपें कि आमा? म दोषी भए आमा, म आज हजुरलाई भन्दै छु; आमा म सब छोडिदिन्छु- छन त मेरो के नै छ र? तर नि आमा सब छोडिदिन्छु – तर एक्चोटी त्यो बिर्खे राई अनि यदव दाईलाई सपना जुराइस्योस आमा- त्यो राईलाई गोर्खाको सुन्तलबारीमा अनि त्यस्ले खाएर हुर्केको सुन्तलामा; मनाङमा स्याउ मात्र खान पाउने चरो डोल्माको पनि हक लाग्छ भनी सम्झाइदिस्योस आमा, यादव दाईलाई बुझाईदिनु आमा, हप्प तराइको खेतमा मेरा बाले नि तेत्ति नै पसिना  बगाएकाछ्न् जति तेस्का बाले बगाएका होलान। आमा, यदव दाईलाई संझाइदिनु – तराईमा बाढि आउँदा, मेरो घर नि पहिरोले पखालेर लग्या हुन्छ; पानी यहाँ पनि पर्छ, फरक यत्ति हो कि त्यहाँ बाढि आउँदा यहाँ पहिरो जान्छ। अनि म पनि रुन्छु आमा, यादव दाई मात्र हैन। Read the rest of this entry »

Posted in बिबिध | Leave a Comment »

नयाँ बर्ष २०६८ को शुभ-कामना

Posted by Ram Kumar Shrestha on April 11, 2011

श्रद्धेय मित्रहरु,
“अब त केही सुधार होला कि” भन्ने आशा र सकारात्मक सोंचका साथ शुभ-कामनाको आदान प्रदानबाट शुरु भएर पुन: निराशै निराशामै सकिएको वर्षको सूचिमा २०६७ पनि अपबाद बन्न नसकी नयाँ बर्ष २०६८ शुरु हुँदैछ केही दिनमा नै ।
राजनीति गर्नेहरुमा जनताद्धारा ठूलो पाठ सिकाइंदा समेत नानीदेखी लागेको बानीमा रत्तिभर सुधार देखा नपर्नु तथा स्वार्थपूर्ण भावनाका कारण लोकतन्त्रलाई अत्यन्तै हास्यतन्त्रमा परिणत गरिदिनु, राष्ट्रियतासम्बन्धी अत्यन्तै संबेदनशील बिषयमा पूर्ण रुपले सरकारी मौनता दर्शाउने मात्र नभएर अझ अनाबस्यक कुरामा भने निसंकोच झन झन बल मिच्याइ गर्नु, प्राप्त गणतन्त्रलाई मजबूत बनाउँदै लैजानुको अलावा झन झन कम्जोर बनाउँदै लगेको आभास दिलाउनु जस्ता यथार्थताहरुको सामना गर्नु पर्‍यो देशले । एकातिर भोकमरी, जीवन जलको लागि तडपिएका, सीमा क्षेत्रमा सीमा अतिक्रमणका अतिरिक्त अमानबीय व्यबहार सामना गर्नेहरुले अनाथ भएको महसूस गर्न पर्‍यो भने त्यही बेला जिम्मेवारी बहन गर्नु पर्नेहरु आवश्यकताभन्दा बढी हुल बाधेर बिदेश शयर गर्न र समस्यामा पर्नेहरुको लागि आबस्यक पर्ने औषधी र खाद्यान्न ब्यबस्था गर्नभन्दा हतियार किन्ने गोप्य कार्य गर्नतिरै ब्यस्त देखिनुले “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भनाइ चरितार्थ गराउँदै आफूहरुमा लागेको दाग मेटाउने सुबसरलाई बुझ्न नसकेको देखियो । निहत्था सर्ब साधारणलाई हत्या गरेर हत्या गरेको प्रमाण नस्ट गर्ने सेनाको प्रयासलाई ढाक छोप गर्ने मन्त्रीको प्रयासले गणतन्त्रमा  पन्चायती मानसिकताको आभास दिलायो । झन्डै साढे दुई दशकपछि देश भित्रिनेभन्दा बाहिरिने रकम बढेर शोधनान्तर घाटा खेप्न बाध्य भएको छ । यसअघि ०४१ मा शोधनान्तर घाटा हुँदा नेपाली रुपैयाँ नै अवमूल्यन भएको थियो ।  आफन्तलाई राजनीतिक नियुक्ति दिन नियम मिच्ने तथा नाम नै समेत परिवर्तन गर्ने र नियमानुसार आबस्यक योग्यता नपुगेकाहरुलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउने कार्य समेत हुनुले “नेपालका कानून दैबले जानून” भन्ने संस्कारलाई अझै हामीले बिदा दिनुको सट्टा झन सिदा दिएर पालन पोषण गरेको भन्न हिचकिचाउन नपर्ने अवस्था यथावत भएको पाइयो । ज्यान मार्ने उद्योग, फिरौतीको अभियोग लगाइएको ब्यक्तिलाई मन्त्रिपरिषदबाटै मुद्दा फिर्ता लिने मात्र नभएर तत्कालै संयुक्त राष्ट्रसंघको महासभामा ससम्मान प्रतिनिधिको रुपमा लैजाने, घुमिफिरी रुम्जाटार भने झैं जति गरे पनि भ्रस्ट भनेर चिनिएकाहरु र जनताबाट पाखा लगाइएकाहरु नै सरकार सन्चालनका प्रत्यक्ष परोक्ष रुपमा हर्ताकर्ता हुने जस्ता यथार्तताहरुले गर्दा सतीको श्राप परेको देश भन्ने कुरालाई नचाहेरै पनि बारंबार संझनु पर्ने अवस्था छ । हरेक क्षेत्रमा यस्तै हास्यास्पद तर अत्यन्तै पीडादायक बिसंगतिहरुका कारण सकारात्मक कुराहरु खोज्न चाहेरै पनि अत्यन्तै दुर्लभ जस्तै बनाइएर हरेक दृष्‍टिकोणबाट देशलाई बदनाम र असफल बनाउँदै गणतन्त्र पस्चातका बर्षहरु हामीबाट बिदा भएका छन । Read the rest of this entry »

Posted in बिबिध | Tagged: , , , , , | Leave a Comment »

 
%d bloggers like this: