Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for December, 2010

चन्द्रे नेपालीको मृत्यु

Posted by Ram Kumar Shrestha on December 31, 2010

By चन्द्र चिन्तन                                                                                                                      

हिमाल हाँस्दा
दन्ते लहर फिजाएर
मुसुक्क हाँस्छ चन्द्रे ।

पहाड फुल्दा
नौरङी भेषमा
ढकमक्क फुल्छ चन्द्रे ।

तराई नाँच्दा
कम्मर मर्काउदै
बयेली नाच्छ चन्द्रे । Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

कहाँ गयो हाम्रो राष्ट्रियता ?

Posted by Ram Kumar Shrestha on December 30, 2010

विश्वमा सम्भवतः नेपालमात्रै यस्तो मुलुक देखिएको छ, जहाँका मान्छे आफ्नो देशको माटो अरूलाई सुम्पेर आफ्नो निजी स्वार्थपूर्ति गर्न हिचकिचाउँदैनन्

नेपालको पूर्व, पश्चिम तथा दक्षिणतर्फको सीमा सुरक्षित भएन । नेपाल र भारतबीच औपचारिक र आधिकारिक रूपमा सीमा छुट्टयाई दुवै पक्षको सहमतिमा गाडिएका सीमास्तम्भहरूमध्ये सयौँ स्तम्भहरू बेपत्ता भएका छन्, हिजोसम्मको नेपालको भूभागमा आज विदेशीले घर, टहरा बनाएका छन्, हिजोसम्म नेपालभित्रको बस्ती आज भारततिर परेको छ, सीमास्तम्भहरू ग्ााडिएकै अवस्थामा भारतले केही समयअघिदेखि भोगचलन गर्दै आएको जंगल र भूमिमा भेटिएका छन्, भारतीय नागरिकहरू हुलका हुल भएर नेपालभित्र सीमा सारिरहेका छन्, र तिनलाई भारतीय सुरक्षाकर्मीहरूले सुरक्षा दिइरहेका छन् । अस्ति भर्खरै प्यारातालसमेत नेपालकै भएको तथ्य उजागर भएको छ । किनभने प्यारातालभन्दा दक्षिणतर्फ गाडिएकै अवस्थामा सीमास्तम्भहरू भेटिएका छन् ।

वरिष्ठ सीमाविशेषज्ञ बुद्धिनारायण श्रेष्ठले नेपालको सीमाको दयनीय अवस्थाबारे एक तथ्यपूर्ण पुस्तकै लेखेका छन् । तर, नेपालको सीमाको अतिक्रमणबारे नेपालको सरकार, सेना, राजनीतिक दलहरू र तिनका भ्रातृ संगठन, नागरिक समाज यसरी संवेदनाविहीन छन् कि मानौँ हाम्रो सीमा मिचिनु चर्चा र चासोयोग्य विषय नै होइन ।

सरकारको पहिलो कर्तव्य आफ्नो मुलुकको सीमा सुरक्षा गर्नु हो । मानव समाजको विकासक्रममा जब राज्यको उत्पत्ति भयो, त्यसवेला राज्यको प्रथम दायित्व सके क्षेत्र विस्तार गर्ने र नसके भएको क्षेत्र रक्षा गर्ने थियो । क्षेत्र विस्तारकै लागि आरम्भिक वर्षमा राज्यराज्यबीच घमासान युद्ध हुन्थे । पृथ्वीनारायण शाहले पनि त्यसै गरेका थिए । त्यही प्रयोजनका लागि सेना राखिन्थ्यो । प्रत्येक राज्यले आवश्यक बजेट उपलब्ध गराएर सेनाको भरणपोषण गथ्र्यो र त्यसलाई चुस्तदुरुस्त राख्थ्यो । सेनाको रचना राज्यभित्रको प्रयोजनका लागि नभएर केवल बाहिरी आक्रमणबाट आफ्नो राज्यको संरक्षण गर्ने उद्देश्यले गरिएको थियो । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

कपिलबस्तु दिवस अभियानबारे बिएफबिएससंग भएको कुराकानीको क्लिप

Posted by Ram Kumar Shrestha on December 30, 2010

Read the rest of this entry »

Posted in भिडिओ, समाचार | Leave a Comment »

Kapilvastu Day Movement Tourism Year Banner

Posted by Ram Kumar Shrestha on December 30, 2010

The most important responsibility for Kapilvastu Day Movement is to promote Lumbini as pilgrimage and archaeological tourism destination for World Buddhists and followers of new age faith. Kapilvastu Day Movement activities in promoting Lumbini and its surroundings including Tilaurakot and Devdaha would help government of Nepal in implementing its strategies in exploring of new tourism market segments and marketing Nepali destinations on regional markets.

 

Government of Nepal has set target of increasing number tourists visiting from non-SAARC nations from current level to one million per year. Existing situation must change to if Nepal wants some of the wealthiest people spend their vacation in Nepal. Lumbini can be one of the key attractions that help meeting goals and hence Kapilvastu Day Movement needs to play double role in Nepal Tourism Year 2011.

 

Posted in News | Leave a Comment »

गजल (होश गरौं )

Posted by Ram Kumar Shrestha on December 20, 2010

By तुल्सी पौडेल (प्रकृति प्रेमी )
छिमेकिको लुते कुकुर भुक्ला फेरी होश गरौ ,
नेपालीको अझै शिर झुक्ला फेरी होश गरौ !

बुद्धिजीबि हाम्रा नेता लुछाचुँडी गर्ने कुर्ची ,
पराईले थुक निल्दै ढुक्ला फेरी होश गरौ !

सबको प्यारो सगरमाथा अलग्गिन खोज्यो भने ,
हाम्रा सबै खोला- नाला सुक्ला फेरी होश गरौ ! Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | 1 Comment »

जंगलमा भेटिए हराएका ११ सीमास्तम्भ

Posted by Ram Kumar Shrestha on December 19, 2010

बच्चु विक

नयाँ पत्रिका

महेन्द्रनगर, ३ पुस:

चर्चित प्याराताल नेपालकै भएको पुष्टि

नेपाल-भारतको सीमा क्षेत्रमा हराएका मुख्य र सहायक गरी ११ वटा स्तम्भ भेटिएका छन्। भारततिरको जंगलमा स्तम्भ भेटिएपछि चर्चित प्याराताल नेपालको भएको पुष्टि भएको छ ।

 

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले भारततर्फको जंगलमा सीमास्तम्भ भेटेको हो। बिहीबार दिनभरि पेट्रोलिङमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बेसक्याम्प बेलौरीको टोलीले कञ्चनपुरको दक्षिणी क्षेत्र परासन गाविसको सिमानामा हराएका सीमास्तम्भ भेटेको छ। ‘अभिलेखमा नरहेका सीमास्तम्भहरू भेटिएका छन्,’ सशस्त्र प्रहरी बेलौरीका डिएसपी अर्जुन खत्रीले भने।

भारतको दुधवा टाइगर रिजर्भ र नेपालको प्यारातालबीचको जंगलमा सीमास्तम्भहरू भेटिएका हुन्। सीमा स्तम्भ नं. १९५ ढलेको अवस्थामा र अन्य स्तम्भ खडा अवस्थामै भेटिएका छन्। त्यस्तै मुख्य सीमास्तम्भ ७६५ र ७६६ दुधवा टाइगर रिजर्भको जंगलमा खडा भेटिएका छन्। हराएको भनिएका तथा अभिलेखमा नरहेका सहायक सीमास्तम्भ ७६४-३), ७६४-५) र ७६४-६) तथा ७६५-३), ७६५-६), ७६५ -८), ७६५-९) र ७६५-१०) पनि भारततिरकै जंगलमा भेटिएको छन्। ‘यी सबै मुख्य र सहायक स्तम्भ अभिलेखमा थिएनन्,’ सशस्त्र प्रहरीका डिएसपी खत्रीले भने, ‘तीन मुख्य र आठ सहायक स्तम्भ जंगलमा भेटिएका छन्।’ Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Text of Memorandum submitted to Rahul Gandhi by GJM President today

Posted by Ram Kumar Shrestha on December 17, 2010

The Himalayan Beacon

To,

Shri Rahul Gandhi
Hon’ble General Secretary
All India Congress Committee
New Delhi

Hon’ble Sir,

The Gorkha Janmukti Morcha (GJM) makes an earnest appeal to the Central Government and to your esteemed authority to show empathy and understanding towards the justified demand of Indian Gorkhas for a separate state of Gorkhaland. The demand, originating in 1907 enjoyed the popular support of the people in the Hills and Dooars. It is a demand based on our identity and political aspirations for self-rule within the framework of the Indian Constitution. In the past, several political parties, groups and leaders have reiterated the demand which culminated in 1980’s in the form of violence, bloodshed, loss of lives and property. but all proved to be futile due to misunderstanding, misinterpretation, misrepresentation and disinformation as orchestrated by the scheming left front government of West Bengal. A separate state of Gorkhaland has been the political aspiration of the Gorkhas for more than 100 years. The late Prime Minister Sri Rajiv Gandhi was well aware of the plight of Gorkhas and the ambiguous status that they suffered at the hand of the State Government hence was sympathetic to the cause. Read the rest of this entry »

Posted in News | Leave a Comment »

गजल (मेरो हो सुस्ता!!)

Posted by Ram Kumar Shrestha on December 15, 2010

By पोष्टराज चापागाइ

लौन भारत, सत्य बोल् त, तेरो हो सुस्ता ?
इतिहास पढी हेर् त , मेरो हो सुस्ता !

नेपालीको रासोबासो सबै लुटदै,
तेरा डाका आई बस्ने डेरो हो सुस्ता ?

विशाल त्यो नेपालको छाती रेटेर,
मेरी आमा ! भनी लाको बेरो हो सुस्ता !

आफ्नो देश रक्षा गर्दै मर्ने पुर्खाले,
रगतले कोरी लेको घेरो हो सुस्ता !

नालापानी जस्ता कैयौं युद्ध लडेर,
किल्लाभित्र पार्या सेरो-फेरो हो सुस्ता !

लौन भारत, सत्य बोल् त, तेरो हो सुस्ता ?
इतिहास पढी हेर् त , मेरो हो सुस्ता !

२०६७-०८-२६
कीर्तिपुर

@www.dreamlandnepal.com

 

Posted in गीत/ कविता/गजल | Leave a Comment »

ताइवानमा कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति गठन तथा दोस्रो कपिलबस्तु दिवस कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on December 15, 2010

डा. हरिकुमार श्रेष्ठ ताइपेई ताइवानः  भगवान गौतम बुद्धको जन्म कपिलबस्तु नेपालमा भए तापनि उहां विश्वव्यापी हुनुभयो । उहांको जन्मथलोको बारेमा भने भारतले निकै भ्रम फैलाउदै आएको छ । यही भ्रम निवारण गरी बुद्धको वास्तविक जन्मस्थान कपिलबस्तु नेपाललाई विश्वव्यापीरुपमा प्रचार प्रसार गरी सत्यतथ्य जानकारी दिने बौद्ध धर्माबलम्बीहरुको पवित्र तीर्थस्थल कपिलबस्तुको संरक्षण तथा सम्बद्र्धन गर्ने,  नेपालमा पर्यटन विकासमा सहयोग गर्ने जस्ता उद्देश्यले कपिलबस्तु दिवस अभियान विश्व कार्य समितिको स्थापना पनि भैसकेको छ । प्रत्येक वर्ष डिसेम्बर १ को दिन कपिलबस्तु दिवस मनाउने प्रचलनको शुभारम्भ गत बर्ष प्रथम कपिलबस्तु दिवस मनाएर भएको छ ।

यसै सिलसिलामा पोतला ताइपेई ताइवानमा मिति नोभेम्बर २८ २०१० मा १३ सदस्सीय कपिलबस्तु दिवस राष्ट्रिय कार्य समितिको गठन पनि भएको छ । हाल राष्ट्रिय कार्य समितिमा राष्ट्रिय संयोजक  डा.  हरिकुमार श्रेष्ठ ( ताइवान संयोजक कपिलबस्तु दिवस अभियान विश्व कार्य समिति) हुनुहुन्छ भने अन्य संयोजकहरुमा सोनाम शेर्पा,  कपिल अधिकारी, कसा्रङ्ग लामा, विनोद डी. सी. , मिङ्गमा शेर्पा,  फूर्बासोनाम शेर्पा,  नरेश गुरुङ्ग, राजु गुरुङ्ग, नोनो श्री देव गुरुङ्ग,  नबिन अधिकारी र डा. लेखनाथ कापुले हुनुहुन्छ । त्यस्तै गरेर सल्लाहकारमा एनआरएनए ताइवानका अध्यक्षलाई पदेन सल्लाहकारमा राखिने ब्यवस्था गरिएअनुसार हाल श्री बीरेन्द्रबहादुर ताम्राकार हुनुहुन्छ । त्यस्तैगरेर विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने गरी इच्छुक तथा महत्वपूर्ण ब्यक्तिहरुबाट थप सल्लाहकार तथा संयोजक सदस्य चयन गरिनेछ ।

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

स्वर्ण शिक्षा स्कूलले दिएका अमूल्य सन्देशहरु

Posted by Ram Kumar Shrestha on December 14, 2010

By रामकुमार श्रेष्ठ,
कपिलबस्तु दिवस अभियान बिस्व संयोजक

काठमाण्डौंको गोकर्णको स्वर्ण शिक्षा स्कूलले गत बर्ष पहिलो पटक कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा मनाउँदा आफ्ना ५०० बिद्यार्थीहरुलाई कपिलबस्तु दिवस कार्यक्रममा सरीक गराएको थियो भने यसपाली पनि स्वत: स्फूर्त रुपमा  त्यत्तिक्कै सकृयताका साथ आफ्ना बिद्यार्थीहरुलाई सरीक गराएर बुद्धसम्बन्धी लेख रचना लेख्न र चित्रहरु बनाएर बिद्यार्थीहरुमा राष्ट्रियताको भावना जगाउने र राष्ट्रिय बिभूति गौतम बुद्धप्रति सच्चा अर्थमा आदर गर्न सिकाउने महान कार्य गरेको छ (अर्को लिंकको लागि यहाँ क्लिक गर्नु होस ) ।  देशका यस किसिमका अमूल्य निधिहरु र बिभूतिहरुप्रति निम्नतम औपचारिकता मात्र त्यो पनि वाध्यताबश जनाउने वाताबरण भएको यस्तो अवस्थामा भोलीका कर्णधार यस किसिमका बिद्यार्थीहरुलाई यसरी यस किसिमका कार्यक्रमहरुमा सरीक गराउनुको महत्व महसूस गर्न सकिन्छ ब्यक्त गर्न होइन । स्वर्ण शिक्षा स्कूलको यस किसिमका कार्य अत्यन्तै अनुकरणीय छ र आज बुद्धको जन्मस्थलबारे हाम्रो सर्ब पक्षीय लामो मौनताका कारण दिग्भ्रमले विश्वब्यापी रुप ग्रहण गरिसकेको सन्दर्भमा अन्य शिक्षालयहरुले पनि यो अनुकरणीय कार्यलाई अबलम्बन गर्नु भनेको देशप्रतिको जिम्मेवारी बोध गरेको रुपमा लिइनु पर्ने हुन्छ ।

Posted in लेख/ रचना/ निबन्ध/विचार | 1 Comment »

Greater Nepal Clips

Posted by Ram Kumar Shrestha on December 14, 2010

Posted in Video | Tagged: | Leave a Comment »

कपिलबस्तु दिवस: स्वर्ण शिक्षा स्कूलका बिद्यार्थीहरुले तयार गरेका केही सामग्रीहरु

Posted by Ram Kumar Shrestha on December 14, 2010

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

VC HOLDER RIFLEMAN LACHHIMAN GURUNG 93 IS DEAD

Posted by Ram Kumar Shrestha on December 13, 2010

DEATH CONFIRMATION

This IS to confirm with great sorrow that Rifleman Lachhimn Gurung, Victoria Cross holder is dead at 12.40 PM onSunday the 12th December 2010 at Charing Cross Hospital, Respiratory Medicine Ward, Fulham Palace Road, London, W6 8RF. He was under the care of Dr Graeme Wilson. When and where his body would be cremated that details we will confirm after have taking death certificate from the Hospital. According family sources his body may take to Nepal also. At the time of death his wife, his grandson Chitra Gurung and granddaughter Miss Amrita was nearby his bed side. Lachhimn VC was admitted in the Hospital on 19th November. He died at Respiratory Medicine, 9 South Ward B Bay bed. He was born on 1st January 1917 at Dahakhani village, district of Chitawan, 20 mts motor drive from Mugling, then climb over the hill and one hour walk a beautiful hill overlooking to Devighat Narayani river. His first medical report stated:

‘This is to confirm that Lachhiman Gurung, date of birth 1st January 1917 of Chiswick War Memorial Homes, Burlington Lane, London, W5 3EU, is currently an inpatient at Charing Cross Hospital on the Acute Admissions Unit. He is currently seriously unwell with pneumonia secondary to aspiration and given his age and co-morbidities there is a chance that he may not recover…’. Read the rest of this entry »

Posted in News | Tagged: , , , | 1 Comment »

सीमा स्तम्भ हराए

Posted by Ram Kumar Shrestha on December 13, 2010

टीकापुर, मंसिर २६ –
नेपाल-भारत सीमा क्षेत्रमा रहेका ९८ देखि १ सय ८ नम्बरसम्मका सीमा स्तम्भ निरीक्षण गर्दा ६ वटा हराएको पाइएको छ ।

दुई देशका अधिकारीको संयुक्त टोलीले सीमा स्तम्भ निरीक्षण गर्दा फेला नपरेको बताइएको छ । इलाका प्रशासन, टीकापुरका प्रमुख धनबहादुर चन्दका अनुसार निरीक्षण गरिएका ११ सीमा स्तम्भमध्ये १०२, १०३, १०४, १०६, १०७ र १०८ नम्बरका हराएको पाइएको हो । बाढीका कारण कतिपय सीमा स्तम्भ बगाएको निरीक्षणमा सहभागी अधिकारीले बताएका छन् । अनुगमनमा जिल्ल्ाा प्रशासन, सुरक्षाकर्मी, वन अधिकारी नापी शाखाका कर्मचारी संलग्न थिए ।

करिब १ महिनाअघि कैलालीको धनगढीमा भएको दुई देशबीचका अधिकारीको बैठकको निर्णयअनुसार सीमा अनुगमन हुन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक नरेन्द्र चन्दले भने, ‘सीमा अनुगमन कार्य कैलाली र कञ्चनपुर जिल्लामा हुनेछ ।’ Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बुद्ध जन्मस्थललाई बिस्व जनता बीच लैजान सकिने संभाबित उपायहरुबारे छलफल

Posted by Ram Kumar Shrestha on December 10, 2010

राजदूत डा चालिसे महारानी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा । उहाँले महारानीलाई प्रदान गर्नु भएको बुद्धको मूर्ति देख्न सकिन्छ ।

९ डिसेम्बर, लण्डन: वेलायतमा दोस्रो कपिलबस्तु दिवस मनाउने क्रममा दोस्रो कपिलबस्तु दिवसको अबसरमा प्रकाशित कपिलबस्तु दिवस अभियान बिद्युतीय स्मारिका २०१० मा बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई अभियानका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा सुरेश चन्द्र चालिसेद्धारा उपहार दिने कार्यक्रम रहेकोमा उपहार दिनु पर्ने सामग्री हङ्कङबाट आइपुग्नु पर्नेमा समयमा नआइपुगेका कारण आज लण्डनस्थित नेपाली दूताबासमा आयोजित एक कार्यक्रममा महामहिम राजदूतद्धारा बिज्ञापनदाताहरुलाई उपहार प्रदान गर्नु भयो । स्मारिकालाई North West College, London र Asia Express Indian and Oriental Buffet Restaurant Romford, Essex प्रत्येकबाट ३००-३०० पाउण्ड, So Asia, Slough र Oriental Buffet, Folkestone प्रत्येकबाट १००-१०० पाउण्ड र Gorkha Security Services Ltd Farnborough बाट ५० पाउण्डको बिज्ञापन प्राप्त भएको थियो । महामहिम राजदूतले बिज्ञापनदाताहरुलाई अभियानका तर्फबाट उपहार प्रदान गरिनु अघि अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले महामहिम राजदूत डा सुरेशचन्द्र चालिसे र अभियानका बिस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठलाई अभियानका तर्फबाट उपहार प्रदान गर्नु भयो । दूताबासमा आयोजित कार्यक्रममा अभियानका बिस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ, बिस्व संयोजक रामकुमार श्रेष्ठ, कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय संयोजक सुरेन्द्र श्रेष्ठ, कपिलबस्तु दिवस अभियान यूके संयोजक बिकल आचार्य र अमर गुरुङको उपस्थिति थियो ।

Posted in समाचार | 1 Comment »