Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

जंगलमा भेटिए हराएका ११ सीमास्तम्भ

Posted by Ram Kumar Shrestha on December 19, 2010


बच्चु विक

नयाँ पत्रिका

महेन्द्रनगर, ३ पुस:

चर्चित प्याराताल नेपालकै भएको पुष्टि

नेपाल-भारतको सीमा क्षेत्रमा हराएका मुख्य र सहायक गरी ११ वटा स्तम्भ भेटिएका छन्। भारततिरको जंगलमा स्तम्भ भेटिएपछि चर्चित प्याराताल नेपालको भएको पुष्टि भएको छ ।

 

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले भारततर्फको जंगलमा सीमास्तम्भ भेटेको हो। बिहीबार दिनभरि पेट्रोलिङमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बेसक्याम्प बेलौरीको टोलीले कञ्चनपुरको दक्षिणी क्षेत्र परासन गाविसको सिमानामा हराएका सीमास्तम्भ भेटेको छ। ‘अभिलेखमा नरहेका सीमास्तम्भहरू भेटिएका छन्,’ सशस्त्र प्रहरी बेलौरीका डिएसपी अर्जुन खत्रीले भने।

भारतको दुधवा टाइगर रिजर्भ र नेपालको प्यारातालबीचको जंगलमा सीमास्तम्भहरू भेटिएका हुन्। सीमा स्तम्भ नं. १९५ ढलेको अवस्थामा र अन्य स्तम्भ खडा अवस्थामै भेटिएका छन्। त्यस्तै मुख्य सीमास्तम्भ ७६५ र ७६६ दुधवा टाइगर रिजर्भको जंगलमा खडा भेटिएका छन्। हराएको भनिएका तथा अभिलेखमा नरहेका सहायक सीमास्तम्भ ७६४-३), ७६४-५) र ७६४-६) तथा ७६५-३), ७६५-६), ७६५ -८), ७६५-९) र ७६५-१०) पनि भारततिरकै जंगलमा भेटिएको छन्। ‘यी सबै मुख्य र सहायक स्तम्भ अभिलेखमा थिएनन्,’ सशस्त्र प्रहरीका डिएसपी खत्रीले भने, ‘तीन मुख्य र आठ सहायक स्तम्भ जंगलमा भेटिएका छन्।’

बिहीबार दिनभरि सशस्त्र प्रहरीको टोलीले भारतको दुधवा टाइगर रिजर्भ र नेपालको प्यारातालबीचमा सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको थियो। सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्रसिंह पालको नेतृत्वमा रहेको टोलीले सो क्षेत्रमा रहेको एसएसबीको पोस्टसँग समन्वय गरेर खोजी गरेको डिएसपी खत्रीले बताए। यसअघि ती स्तम्भहरू नभेटिएको अवस्थामा भारतले जैविक विविधता रहेको प्याराताल आफ्नो भन्दै अतिक्रमण गरेको थियो। अहिले पनि भारतले प्याराताल क्षेत्रको नेपाली भूमिमा खेतीपाती गर्न दिएको छैन।

यी स्तम्भ भेटिएपछि अब प्यारातालको विवाद सकिने सीमासम्बन्धी जानकार एवं अखिल नेपाल किसान महासंघका राष्ट्रिय सदस्य खेम सुवेदी बताउँछन्। ‘यसले प्याराताल नेपालकै हो भन्ने पुष्टि गरेको छ,’ सुवेदीले भने। प्यारातालबाट दक्षिणतिर भारतको दुधवा टाइगर रिजर्भ र भारतीय जंगलमा सीमास्तम्भहरू भेटिएका हुन्। सशस्त्रको टोलीले सीमास्तम्भ नं. १९४ बाट तीन-चार घन्टा हिँडेर भित्र जंगलमा सीमास्तम्भ भेटेको हो। ‘दुधवाको क्षेत्र हो, बाघको पनि डर हुन्छ,’ डिएसपी खत्रीले भने। सीमास्तम्भ भेटिएको बारेमा एसएसबीको टोलीले पनि जानकारी लिएको छ।

मुख्य र सहायक सीमास्तम्भ भेटिएको विषयमा सशस्त्र प्रहरीले स्थानीय प्रशासन तथा सरकारलाई जानकारी गराइसकेको छ। पटकपटक प्यारातालका बारेमा दुई देशका स्थानीय बासिन्दा र अधिकारीहरूबीच विवाद पनि हुँदै आएको थियो। जैविक विविधताले भरिपूर्ण प्याराताल दुई लाख २५ हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ। परासन गाविस-८ मा रहेको यो तालमा बाह्रै महिना एकनासको पानी रहने गरेको छ। यहाँ ३२ जातका माछा, २९ जातका चराचुरुंगी रहेका छन्। दुधवा टाइगर रिजर्भका वन्यजन्तुका लागि भारतले यो ताल आप\mनो भएको दाबी गर्दै आएको हो।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: