Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for the ‘समाचार’ Category

स्विडेनको पाठ्यक्रममा भएको बुद्धको जन्मस्थलबारेको गलत जानकारी सच्याइयो

Posted by Ram Kumar Shrestha on June 30, 2014

requesting to correction the textbook in sweden१५ असार, काठमाडौँ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमा भएको तथ्यविपरीत गलत जानकारी भएका पाठ्यपुस्तक सच्याउन लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट स्विडेनमा गरिएको कुटनीतिक प्रयासले सार्थकता प्राप्त गरेको छ ।

स्विडेनको पाठ्यक्रममा भगवान गौतम बुद्धको जन्म नेपालमा नभएर उत्तर भारतमा भएको भनिएका पाठ्यपुस्तकलाई सच्याउन स्विडेन सरकारलाई अनुरोध गर्न युरोपेली सङ्घका लागि नेपाली राजदूत राममणि पोखरेलको कार्यकक्षमा गत २७ मार्च २०१४ का दिन लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य, अभियानका बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपाने तथा साहित्यकार तथा अभियानका बेल्जियम सदस्य विमल गिरीसहितको तीन सदस्यीय प्रतिनिधिमण्डलले राजदूत पोखरेलसमक्ष कार्यन्वयनका लागि अनुरोधसहित पाठ्यपुस्तकलाई सच्याउन चाहिने आवश्यक तथ्यगत प्रमाणहरु प्रदान गर्दै स्विडेनको जिम्मेवारी सम्हाल्दै आउनु भएका राजदुत मुक्तिनाथ भट्टसँग आवश्यक कूटनीतिक प्रयासका लागि अनुरोध गरेको थियो । राजदुत पोखरेलले तत्कालै कार्यन्वयन प्रक्रिया अगाडि बढाउदै अभियानले सुम्पेका सम्पूर्ण कागजात राजदुत भट्टलाई पठाई दिनुभएको थियो ।

गत डिसेम्बर महिनामा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको पहल र समुपस्थितिमा स्विडेनमा अभियानको राष्ट्रिय समिति गठन भएको थियो । सो अवसरमा युरोप सल्लाहकार आचार्यले स्विडेनको पाठ्यक्रममा बुद्धको जन्मस्थल सम्बन्धमा गलत जानकारी भएको थाहा भएकोले त्यस्ता पाठ्यपुस्तक सच्याउन कुटनीतिक प्रयास आवस्यक रहेको धारणा व्यक्त गर्दै स्विडेन राष्ट्रिय समितिका राष्ट्रिय संयोजक कृष्णकुमार ढकालसमक्ष पुस्तकहरु अभियानलाई उपलव्ध गराई दिनु हुन अनुरोध गर्नु भए पछि स्टकहोम विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता डा. कटक मल्ल तथा अभियानका सदस्य शङ्कर गौतमको सहयोगमा अभियानको स्विडेन राष्ट्रिय समितिका राष्ट्रिय संयोजक ढकालमार्फत अभियानका युरोप सल्लाहकार आचार्यलाई दुई पुस्तकहरु उपलव्ध भएका थिए । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

तेरिया मगर बनिन “लुम्बिनी वालिका शान्ति दूत”

Posted by Ram Kumar Shrestha on June 29, 2014

teria_dpm_sing१५ आषाढ, ग्वार्खो, ललितपुर: आज लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा आयोजित डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरको स्वागत र सम्मान कार्यक्रममा अभियानद्धारा प्रदान गरिएको “लुम्बिनी वालिका शान्ति दूत” उपाधी कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गर्नु भयो । उक्त कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शान्ति दुतको सम्मान गर्दै तेरिया मगरले नेपालको नाम विश्वमा चिनाउने काम गरेको बताए ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले अस्ट्रेलियाबाट कार्यक्रमलाई सम्बोधन गर्दै बिलक्षण प्रतिभा एबं बेजोड जादुमय विस्व स्तरीय नृत्य कलाका कारण ११ बर्षीया तेरिया मगरले झण्डै ४ लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि परेर बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको यस क्षेत्रबाट चुनौतिपूर्ण  डीआईडी लिटिल मास्टर्सको सेसन ३ को बिजेता भएर राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकीले अभियानले सम्मान स्वरुप तेरियालाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको “लुम्बिनी वालिका शान्ति दूत” को रुपमा नियुक्त गर्ने निर्णय गरेको बताए । तेरिया मगरले प्राप्त गरेको पुरस्कारको नियमानुसार तिर्नु पर्ने कर एउटी ११ बर्षीया वालिकाले राष्ट्रिय प्रतिस्ठा बढाउन गरेको उल्लेख्य योगदानमाथि बिचार गरेर राज्यका तर्फबाट मिनाहा गर्न सकिए त्यस्लाई देशले उनीप्रति गरेको सम्मान पनि ठहरिने भएकोले अभियान यस बिषयमा नेपाल सरकारको ध्यान आकृस्ट गर्न चाहन्छ – श्रेष्ठले अगाडि भने । ब्यक्ति बिशेषको छोरीभन्दा पनि नेपालकी छोरी भैसकेकी तेरियाको संस्थागत अभिभाबकको हैसियतमा उनीमा भएको अद्धितीय अदभूत कलाको बिभिन्न देशमा प्रबर्धन गर्नुलाई पनि अभियान आफ्नो दायित्वको रुपमा लिनेछ – श्रेष्ठले थपे । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

मेची–महाकाली रेलमार्ग सिमरा–बर्दिवास खण्डबाट काम शुरु

Posted by Ram Kumar Shrestha on June 14, 2014

TRAIN–nepal

काठमाडौँ, ३१ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभागले मेची–महाकाली अन्तर्गत सिमरा बर्दिवास खण्डको काम सुरु गर्ने भएको छ ।

एक सय आठ किलोमिटर लम्बाइ रहेको सो खण्डअन्तर्गत सर्लाहीको लालबन्दीमा पाँच किलोमिटरका लागि टेन्डर आह्वान भई निर्माण कार्य सुरु गर्न मुआब्जा वितरण कार्यका लागि मूल्य निर्धारण कार्य सम्पन्न भइसकेको विभागका महानिर्देशक अनन्त आचार्यले जानकारी दिनुभयो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

फेरिँदै राजधानीका सडक

Posted by Ram Kumar Shrestha on May 31, 2014

मकर श्रेष्ठ

KTM Roads

काठमाडौ, जेष्ठ १७ – बूढानीलकण्ठका सुदर्शन पौडेललाई वर्षअघिसम्म लैनचौर-बूढानीलकण्ठ बसपार्कसम्मको नौ किलोमिटर यात्रा गर्न डेढ घन्टासम्म लाग्थ्यो । तर, अब आधा घन्टामा आउजाउ गर्छन् । ‘अझ आफ्नै साधन भएकाले १५ मिनेटमै बूढानीलकण्ठबाट लैनचौर पुग्छु,’ उनले भने । उनी हिंड्ने सडक विगत र अहिले उही हो । तर, १२ मिटरबाट १८ मिटर फराकिलो भएपछि सडकको रूप फेरिएको छ ।

दायाँ-बायाँ २/२ मिटरको फुटपाथ पनि बनेको छ । विगतमा जस्तो जामको सामना गर्नु नपर्ने भएको छ । ‘त्यो सडकमा अहिले जाम शून्य छ,’ महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक सीताराम हाछेथुले भने । ‘बाटो फराकिलो भएपछि सहरको मुहार नै परिवर्तन भएको छ,’ चपली-९ गणेश चोकका विश्व खड्काले भने, ‘घरमा स्टार्ट गरेको गाडी निश्चित गन्तव्यमा पुगेपछि बन्द गरे हुन्छ ।’ ७० करोडको लागतमा निर्मित यो सडकमा विस्तारितमध्येकै सबैभन्दा लामो र बढी खर्च भएको छ । नारायणगोपाल चोकदेखि गंगालाल अस्पतालसम्म बाहेक अन्यत्र पिच भइसकेको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Bhutan’s Forgotten People Part 1

Posted by Ram Kumar Shrestha on May 24, 2014

In the 1990s, the Himalayan Shangri-La of Bhutan expelled a sixth of its population. Today these refugees are struggling to accept life in exile. 101 East is Al Jazeera’s weekly Asian current affairs programme covers a dynamic region with diverse cultures and conflicting politics. With special reports, interviews and debates, 101 East tackles the issues that unify and divide Asia. Here is a special report from 101 East on Bhutan’s forgotten people:

Posted in भिडिओ, समाचार, Video | Tagged: , , , , | Leave a Comment »

भारतद्वारा दशगजामा एकतर्फी बाँध निर्माण शुरु

Posted by Ram Kumar Shrestha on May 16, 2014

आरपी सुवेदी

१ जेठ, नेपालगञ्ज । भारतले दशगजा क्षेत्रमा एकतर्फी रुपमा ३ मिटर अग्लो बाँध निर्माण गर्न थालेपछि गाँउ डुवानमा पर्ने भन्दै स्थानीयले हार गुहार गरेका छन् ।

एकलौटीरुपमा लक्ष्मणपुर बाँध निर्माण गरे लगत्तै डूवानमा पर्दै आएका बाँकेका गाविसहरुमा यो वर्ष तीन गाविस थपिएका छन् । केही वर्ष अघि सुरु गरेको लक्ष्मणपुर कलकलवा बाँध निर्माणलाई विस्तार गर्दै बाटोको रुपमा निर्माण गर्न थालेपछि बाँकेका हिरमिनियाँ, पिप्रहवा र भवानियाँपुर गाविसका केही वडाहरु डुवानमा पर्ने भएका हुन् ।

भारतले हिरमिनियाँको भंगोटना गाउँ नजिकै रहेको सीमा स्तम्भ नं २६/३ देखि पश्चिमतर्फ दशगजासंगै करिव १५ मिटर चौडाई भएको ३ मिटर उचाईको सडक निर्माण गर्न थालेकोले त्यहाँका स्थानीयबासिन्दाले आफुहरु डुवानमा पर्ने भएकोले सो निर्माणलाई रोक्नको लागि कुटनीतिक पहल गरिदिन बाँके निर्वाचन क्षेत्र नं २ का सभासद दिनेशचन्द्र यावदसंग आग्रह गरेका छन् ।

sima-prob-in-pepaljung-1

स्थलगत अवलोकन गर्न हिरमिनियाँको भंगोटना सीमा पिल्लर नं २६/३ पुगेका सभासद यादवसंग स्थानीय राजेन्द्र बर्माले भने-’सभासद् ज्यू भारतले दशगजामा नै पानीको निकासै थुनिने गरी बाटो बनाउन लागेको छ । यो कार्य तत्काल रोक्नलाई कूटनीतिक पहल गरिदिनु पर्‍यो । नत्र यो सबै गाउँ नै डुवानको चपेटामा आउछ ।’ Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

मेलबर्नबाट लगातार २५ घण्टे वुद्ध र लुम्बिनी बिषयक ऐतिहासिक कार्यक्रम प्रसारण

Posted by Ram Kumar Shrestha on May 15, 2014

25 hour program snap

१५ मै, मेलबर्न: लुम्बिनी- कपिलवस्तु दिवस विस्व अभियानको सहयोगमा अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित नेपाली संचार रेडियोले गत बर्षको सफल २४ घण्टे रेडियो कार्यक्रमपस्चात यो बर्षको वुद्ध जयन्तीको पावन अबसरमा बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीमा आधारित २५ घण्टे कार्यक्रम सफलतापूर्बक संपन्नगरेको छ । कार्यक्रम १३ तारिखको रातको १२ बजेबाट शुरु गरी १५ तारिखको बिहान १ बजे समापन गरिएको थियो ।

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लोक दोहोरी गायिका मञ्जु महतको निधन (फोटो र भिडिओ )

Posted by Ram Kumar Shrestha on March 29, 2014

१५ चैत, काठमाडौं । सवारी दुर्घटनामा परि गम्भीर घाइते भएकी चर्तिक लोक तथा दोहोरी गायिका मञ्जु महतको निधन भएको छ । ग्राण्डी अस्पतालले शनिबार अपराहृन

manju-mahat-1

महतको निधन भएको घोषणा गरेको हो । महत बिहीबार काठमाडौंको गोल्कोपाखामा सवारी दुर्घटनामा परेकी थिइन् । स्कुटर चलाइरहेका उनलाई दुई बटा माइक्रोबसले बिचमा चेपेका थिए । लगतै उनलाई मनमोहन मेमोरियल अस्पताल लगेपनि उपचार हुन नसकेपछि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट ग्राण्डी रिफल भएको थियो । महतले पशुपति शर्मासँग मिलेर गाएको राष्ट्रियताको भावनाले ओतप्रोत स्रोह दुना आठ बोलको गीत अहिले निकै चर्चामा छ । लोक तथा दोहोरी गीत पछिल्लो समयमा नेपाली कला, संस्कृति जोगाउन तथा सामाजिक बिसंगतिप्रति प्रहार गर्ने र राष्ट्रियताको भावना जगाउने महत्वपूर्ण साधनको रुपमा बिकास भएको छ । उहाँको आत्माको चिर शान्तिको कामना !!! एक पटक फेरि हेर्नुहोश भिडियो

Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , | Leave a Comment »

स्वीडेनमा भएका गलत जानकारीका पाठ्यपुस्तक सच्याउन पहल सुरु

Posted by Ram Kumar Shrestha on March 28, 2014

दामोदरप्रसाद आचार्य

ब्रसेल्स । युरोपेली मुलुक स्वीडेनमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा भएको तथ्य विपरित गलत जानकारी भएका पाठ्य पुस्तक सच्याउन लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट कुटनीतिक प्रयासको लागि ब्रुस्सेल्सस्थित नेपाली राजदुतावासको कार्यकक्षमा एक औपचारिक कार्यक्रमबाट त्यसको सुरुवात भएको छ ।brasels

नेपालको तर्फबाट युरोपेली संघका लागि महामहिम राजदूत राममणि पोखरेलको कार्यकक्षमा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य, अभियानका बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपाने तथा साहित्यकार तथा अभियानका बेल्जियम सदस्य बिमल गिरी सहितको ३ सदस्यीय प्रतिनिधिमण्डलले राजदूत पोखरेल समक्ष गौतमबुद्धको जन्म नेपालमा नभएर भारतमा भएको भनिएका त्यस्ता पाठ्यपुस्तकहरुलाई सच्याउन तथा कोर्सबुकबाट हटाउन स्विडेन सरकारलाई अनुरोध गर्न चाहिने आवश्यक सबुध प्रमाणहरु प्रदान गर्दै आवश्यक कुटनीतिक प्रयासको लागि हार्दिक अनुरोध गर्यो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

अस्ट्रेलियाको पाको फेस्टामा लाखे नाच बिदेशीको आकर्षणको केन्द्र

Posted by Ram Kumar Shrestha on February 22, 2014

Group 5

२२ फेब्रुअरी, २०१४ जिलोङ अस्ट्रेलिया: बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका करीब ९० जातीय संस्था र अन्य संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित आफ्नो ३२ औं बार्षिकी भब्यताका साथ मनाउने क्रममा नेपाली समुदायद्धारा प्रदर्शन गरिएको नेपाली लाखे नाच बिदेशीहरुको लागि आकर्षणको केन्द्र बन्न पुग्यो । पाको फेस्टा अस्ट्रेलियाको भिक्टोरिया राज्यको प्रमुख बहु-सांस्कृतिक महोत्सबको रुपमा लिने गरिन्छ र गत चार बर्षदेखि यो कार्यक्रममा सहभागीहरुको संख्या एक लाखभन्दा बढी हुने गरेको छ भने यस महोत्सबले उक्त एक दिनमा नै करीब पच्चीस लाख अस्ट्रेलियन डलरको योगदान स्थानीय बजारमा दिने अनुमान गरिएको छ ।

LKDM Friend of Nepal Award to Brad Clarke

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

भारतीय अतिबादीको अर्को रुप

Posted by Ram Kumar Shrestha on February 20, 2014

Posted in समाचार | Leave a Comment »

अमेरिकामा पाण्डेयले ‘गिनिज वर्ल्ड रेकर्ड्स’मा नाम लेखाए (Videos)

Posted by Ram Kumar Shrestha on February 11, 2014


krishna-pandey

विजय थापा भर्जिनिया, माघ २९ – नेपाल बुटवल, रुपन्देही घर भै हाल अमेरिकाको क्यानसस सिटिमा बसोबास गरिरहेका कृष्ण पाण्डेयले उल्टो अक्षर हिज्जे उच्चारण गरि ”गिनिज वर्ल्ड रेकर्ड्स” मा नाम लेखाउन सफल भएका छ्न ।

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बुद्धजन्मस्थल दिग्भ्रम निस्तेजबारे अन्तरक्रिया सम्पन्न

Posted by Ram Kumar Shrestha on December 29, 2013

Former Minister Deep Kumar Upadhyay recognition by the Movement for his special contribution in the parliament for World Peace City proposal  Former Minister Deep Kumar Upadhyay recognition by the Movement for his special contribution in the parliament for World Peace City proposal

 अनिता भट्टराई, १३ मंसिर, काठमाडौ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा लुम्बिनी कपिलवस्तु दिवस अभियानले ‘गौतम बुद्धको जन्मस्थान लुम्बिनीको दिग्भ्रम: पाठ्यपुस्तकमा सुधारका उपाय तथा प्रयासहरु’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । लुम्बिनीको विकास तथा त्यहाँका बारेमा आउने गलत सूचनाको प्रवाह रोक्न सरकार संवेदनशील हुनुपर्नेमा विभिन्न वक्ताले जोड दिएका छन् ।

            Former Ambassador Kamal Prasad Koiralato Korea recognition by the Lumbini Kapilvastu Dayr Movement for his special contribution to correct Buddha birthplace misconception in Korean books and this is the milestone of the Movement
Former Ambassador Kamal Prasad Koiralato Korea recognition by the Lumbini Kapilvastu Dayr Movement for his special contribution to correct Buddha birthplace misconception in Korean books and this is the milestone of the Movement

कार्यक्रममा मन्त्री श्रेष्ठले संविधानसभाको निर्वाचन सम्पन्न गर्ने प्रमुख जिम्मेवारी लिएर वर्तमान सरकार गठन भएकाले मुलुकमा दीर्घकालीन प्रभाव पार्ने गरी बजेट ल्याउन नसकिएको भए पनि सो क्षेत्रको विकासका लागि लुम्बिनी विकास कोषलाई करिब रु २० करोड विनियोजन गरिएकोले आगामी ३ वर्षभित्र अब बन्ने सरकारले लुम्बिनी क्षेत्रको विकास पूरा गर्नेमा विश्वास ब्यक्त गर्नुभयो । कोषले ऐतिहासिकस्थलको संरक्षणलगायत कार्य गर्दै गएमा तुरुन्तै रु १० करोड दिन सकिन्छ भन्दै उहाँले लुम्बिनी कपिलवस्तुका बारेमा रहेका भ्रमलाई अन्त्य गर्न जनस्तरबाटै विभिन्न अभियान सञ्चालन हुँदै आएको र त्यसलाई सरकारले आवश्यक सहयोग गर्दै जाने विचार व्यक्त गर्नुभयो ।

         Bhikkshu Magar appointed as Peace Ambassador of the Movement
                                                          Bhikkshu Magar appointed as Peace Ambassador of the Movement

Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

अस्ट्रेलियामा लुम्बिनि कपिलबस्तु दिवस अभियानको पांचौ वार्षिक उत्सव मनाइयो

Posted by Ram Kumar Shrestha on December 4, 2013

मेलबर्न/सिडनी १ डिसेम्बर: वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले विश्वब्यापी रुप लिंदासम्म वुद्ध जन्मनुभएकै देशका तर्फबाट भने देखाइएको एक किसिमको सर्बक्षीय मौनताका कारण १ डिसेम्बर २००९ मा बिश्वभर छरिएर रहेका नेपालीले पहिलो पटक कपिलवस्तु दिवस बिश्व दिवसको रुपमा मनाएका थिए ।  यसलाई निरन्तरता दिन संस्थागत रुपमा स्थापना भएको लुम्बिनी कपिलवस्तु दिवसले आफ्नो पाचौं बाषिर्की बिभिन्न देशमा बिभिन्न कार्यक्र सहित मनाउने क्रममा अस्ट्रेलियाका दुई ठूला शहर सिडनी र मेलबर्नमा आयोजना गरिएको कार्यक्रम एउटै कार्यक्रको रुपमा सम्पन्न भएको छ ।

Opening

कार्यक्रमका प्रमुख अतिथि न्यू साउथ वेल्सका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम दीपक खडकाले नेपालीको पहिचान र भावनासंग जोडिएका बुद्ध, सगरमाथा जस्ता विषयको बारेमा प्रचार प्रसार गर्नु हरेक नेपालीको कर्तब्य भएको बताउनु भयो । यस्ता कार्यक्रमहरुमा महाबाणिज्यदूतको कार्यालयको सधै साथ रहने प्रतिवद्धता उहाँको रहेको थियो ।

National anthem

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

पाँचौं लुम्बिनी-कपिलवस्तु दिवस नेपालमा भब्यताका साथ सम्पन्न (Video)

Posted by Ram Kumar Shrestha on December 3, 2013

Banner3

अनिता भट्टराई, १७ मंसिर, काठमाडौ । गौतम बुद्ध जन्मस्थलसंम्बन्धि विश्वब्यापी भ्रम चिर्नका लागि सकृय भएर लागेको लुम्बिनी-कपिलबस्तु दिवश अभियान नेपाल च्याप्टरले आइतबार (१ डिसेम्बर २०१३) का दिन हजारौंको सहभागितामा बाजागाजा सहित र्याली तथा ऐक्यबद्धता सभा कार्यक्रम सम्पन्न गरेको छ ।

बुद्धको महापरिनिर्माण (देहान्त) भएको २०० वर्षपछि तत्कालीन भारतीय सम्राट अशोकले गौतम बुद्ध नेपालको लुम्बिीनीमा जन्मेका प्रमाण फेला पारेपछि लुम्बिनीमा स्थापना गरेको सो अभिलेखसहितको स्तम्भ(अशोका पिलर) केहि समय जंगलमा हराएको थियो । खडग सम्शेरले पुन: पत्ता लगाएको बुद्ध लुम्बिनीमा जन्मनु भएको भन्ने सबैभन्दा राम्रो प्रमाण उक्त अशोक स्तम्भलाई सन् १८९६ डिसेम्बर १ का दिन जर्मनीका पूरातत्वविद डा. एन्टोनफुररले बिस्वका सामू ल्याउने काम गर्नु भएकोले सो दिन (डिसेम्बर १) लाई उपयुक्त महत्व दिनु सान्दर्भिक हुने ठहर गरी सन २००९ देखि प्रत्येक वर्ष डिसेम्बर १ मनाउदैं आएको छ । यस दिवसको अवसरमा यो बर्ष नेपाल लगायत अष्ट्रेलिया, अमेरिका, नर्बे, बेल्जियम आदि देशहरुमा विभिन्न कार्यक्रमहरुका साथ मनाइने कुरा जनाइएको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »