Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

बुद्धजन्मस्थल दिग्भ्रम निस्तेजबारे अन्तरक्रिया सम्पन्न

Posted by Ram Kumar Shrestha on December 29, 2013


Former Minister Deep Kumar Upadhyay recognition by the Movement for his special contribution in the parliament for World Peace City proposal  Former Minister Deep Kumar Upadhyay recognition by the Movement for his special contribution in the parliament for World Peace City proposal

 अनिता भट्टराई, १३ मंसिर, काठमाडौ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा लुम्बिनी कपिलवस्तु दिवस अभियानले ‘गौतम बुद्धको जन्मस्थान लुम्बिनीको दिग्भ्रम: पाठ्यपुस्तकमा सुधारका उपाय तथा प्रयासहरु’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । लुम्बिनीको विकास तथा त्यहाँका बारेमा आउने गलत सूचनाको प्रवाह रोक्न सरकार संवेदनशील हुनुपर्नेमा विभिन्न वक्ताले जोड दिएका छन् ।

            Former Ambassador Kamal Prasad Koiralato Korea recognition by the Lumbini Kapilvastu Dayr Movement for his special contribution to correct Buddha birthplace misconception in Korean books and this is the milestone of the Movement
Former Ambassador Kamal Prasad Koiralato Korea recognition by the Lumbini Kapilvastu Dayr Movement for his special contribution to correct Buddha birthplace misconception in Korean books and this is the milestone of the Movement

कार्यक्रममा मन्त्री श्रेष्ठले संविधानसभाको निर्वाचन सम्पन्न गर्ने प्रमुख जिम्मेवारी लिएर वर्तमान सरकार गठन भएकाले मुलुकमा दीर्घकालीन प्रभाव पार्ने गरी बजेट ल्याउन नसकिएको भए पनि सो क्षेत्रको विकासका लागि लुम्बिनी विकास कोषलाई करिब रु २० करोड विनियोजन गरिएकोले आगामी ३ वर्षभित्र अब बन्ने सरकारले लुम्बिनी क्षेत्रको विकास पूरा गर्नेमा विश्वास ब्यक्त गर्नुभयो । कोषले ऐतिहासिकस्थलको संरक्षणलगायत कार्य गर्दै गएमा तुरुन्तै रु १० करोड दिन सकिन्छ भन्दै उहाँले लुम्बिनी कपिलवस्तुका बारेमा रहेका भ्रमलाई अन्त्य गर्न जनस्तरबाटै विभिन्न अभियान सञ्चालन हुँदै आएको र त्यसलाई सरकारले आवश्यक सहयोग गर्दै जाने विचार व्यक्त गर्नुभयो ।

         Bhikkshu Magar appointed as Peace Ambassador of the Movement
                                                          Bhikkshu Magar appointed as Peace Ambassador of the Movement

मन्त्री श्रेष्ठले गौतम बुद्धबारे विभिन्न छिमेकि मुलुकका मिडियामार्फत आएका गलत समाचारहरुबारे दु:ख ब्यक्त गर्दै भारतीय राजदुतसमक्ष छलफल गर्दा भारत सरकार यस विषयबस्तुमा प्रष्ट भएको बताउँदै गौतम बुद्धको देश नेपाल हो भनेको बताउनुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय पाठ्यक्रमहरुमा पाइएका बुद्धबारे दिगभ्रमित सूचनाहरुलाई निश्तेज पार्नका लागि नेपाल सरकार तत्पर रहेको बताउदै शान्तिदूतको जन्मस्थान लुम्बिनीको विकास सम्पन्न गरिनु अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यले सो क्षेत्र सम्पूर्ण बौद्ध अनुयायीका लागि पवित्र तीर्थस्थल रहेको हुँदा त्यहाँको ऐतिहासिक तथा वास्तविकतामा आधारित सूचनालाई विश्वभर फैलाउन जरुरी छ भन्दै बौद्ध शिक्षा तथा दर्शनलाई विद्यालय तथा विश्वविद्यालयमा महत्व दिएर अध्यापन गराउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्याय तथा नेकपा (एमाले) का नेता घनश्याम भुसालले लुम्बिनी तथा कपिलवस्तुमा अशोकस्तम्भ तथा बुद्धले टेकेको ढुङ्गालगायत बलियो प्रमाण रहेकाले बुद्ध नेपालमा जन्मेको भन्ने विषयमा कुनै अन्योल नरहेको र अहिले फैलिएका भ्रम चाँडो हट्ने विश्वास व्यक्त गर्नुभयो ।

कोषका सदस्यसचिव अजिमान तामाङ, बौद्धगुरु भिक्षु कोडण्य, बौद्धदर्शनका ज्ञाता केदार शाक्य, पूर्वराजदूत कमल कोइरालालगायतले नेपालमा पछिल्लो समयमा लुम्बिनी कपिलवस्तुका बारेमा उठेका दिग्भ्रमप्रति सम्पूर्ण नेपाली सतर्क हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पुरातात्विक तथा ऐतिहासिक प्रमाणका बारेमा राम्रो प्रचारप्रसार गर्नुपर्ने सुझाव दिनुभयो ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा प्रेषित अभियानका गतिबिधि र उपलब्धिका फेहरिस्त सहितको शुभ-कामना सन्देश ऐक्यब्द्धता एबं संसारन्यूजकी संपादिका मिना शर्माले वाचन गर्नु भएको थियो ।

कार्यक्रममा अभियन्ता निलकण्ठ तिवारीले यस अभियानले बुद्धबारे गलत सूचना हटाउन तथा नेपाल, बुद्ध र लुम्बिनीको प्रवर्दनका लागि गरेका कार्यक्रमहरुबारे जानकारी दिनुभयो । अभियन्ता तिवारीका अनुसार अभियानले हालसम्म निम्नलिखित उपलब्धिहरु हासिल गरेको छ –
१. लुम्बिनी कपिलवस्तु दिवस अभियानको गठन भएको वर्ष सन् २०१० मा गुगललाई अभियन्ताहरुले निकै नै पृष्टपोषण, रायसुझाव दिएअनुसार गुगल म्यापमा बुद्धको जन्मस्थलको विवरण भारतको सट्ठा नेपाल राख्न सफल ।
२. Newsweek का सम्पादक फरिद जाकारियाको किताब ““The Post-American World” मा बुद्धलाई भारतीय भनी परीचय दिईएकोमा अभियानले सो गल्तीप्रति क्षमा याचना गरी गल्ति सुधार गर्न अभियन्ताहरुको दवाव सृजना गरेको ।
३ PBS ले सन् २०१० अप्रिल ७ मा विमोचन गर्न लागेको ““The Buddha”” नामक डकुमेन्ट्रीमा बुद्धको बारेमा भएको गलत सामग्रीहरुलाई सच्याउन यसका विश्वभरका अभियन्ताहरुलाई परिचालन गरेको ।
४. अभियानले नेपालका तत्कालिन प्रधानमन्त्री श्री माधवकुमार नेपाललाई विभिन्न देशमा भएका कोर्षका किताबहरुमा बुद्धको जन्मस्थान बारेमा भएको गलत कुराहरुको कुटनीतिक तवरले समाधानको लागि अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको ।
५. ब्रिटिस म्युजियममा “the life of the Buddha” मा बुद्धको जन्मस्थान उत्तर भारत भनी उल्लेख भएको कुरा जानकारीमा आएपछि अभियानका करिब ११ सय अभियन्ताहरुले त्यसको बिरोध गर्दै सच्याउन जनदवाव दिए पश्चात ब्रिटिस म्युजियम ।
सच्याउने निर्णय गरेको ।
६ त्रि।वि। नेपालको एमए अंग्रेजी दोस्रो वर्षका बिद्यार्थीहरुलाई बुद्ध उत्तर भारतको राजकुमार भनी पढाईने गरिएको पाठ्यपुस्तक “A History of Kknowledge” त्रि.वि.को पाठ्यपुस्तकबाट हटाउनको लागि ज्ञापनपत्र बुझाएको ।
७. सन् २०११ डिसेम्बर १ का दिन अभियानले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बोर्डकै हलमा एक अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सन्चालन गरी यसको प्रतिवेदन सम्बन्धित मन्त्रालय, संघ, संस्था र प्रधानमन्त्री कार्यालयमा बुझाउनुको साथै पत्रकार सम्मेलन गरी सार्वजनिकीकरण गरिएको ।
८. अभियानको अनलाईन सोभिनियर प्रकाशन गरेको ।
९. सन् २०१२ फेब्रुअरीमा अभियानका स्थानीय तथा विश्व अभियन्ताहरुको पहलमा लुम्बिनी प्रवेशद्वारमा नेपाल झल्कने कुनै जानकारी नभएकोले व्यानरमा ““Welcome to Nepal, the Birthplace of Lord Buddha” लेखी झुण्ड्याएको ।
१०. स्कुलका विद्यार्थीहरुले लुम्बिनीमा गेट निर्माणको लागि विद्यार्थी किशोर कुईंकेलको नेतृत्वमा आफ्नो खाजा खर्चबाट रु. १ कटाई यस अभियानलाई प्रति व्यक्ति रु. १ संकलन गरिएको । यसमा एक्यबद्धता जनाउँदै अष्ट्रेलियाका विद्यार्थीबाट पनि केही रकमा प्राप्त भएको र युकेका विद्यार्थीहरुबाट पनि सँकलन भएको जानकारी प्राप्त । यो रकम अभियानले नेपाल सरकारलाई बुझाउनेछ ।
११. कोरियाका तत्कालिन नेपाली राजदूत महामहिम कमलप्रसाद कोईरालाको नेतृत्वमा त्यहाँका राष्ट्रपतिसमक्ष कोरियाको पुस्तकमा बुद्धको जन्मस्थान बारेमा गलत जानकारी भएकोले उक्त गल्ती सच्याउन आग्रह गरिएकोमा बुद्धको जन्मस्थान लुम्बिनी, नेपाल भनी उल्लेख गर्ने निर्णय भइसकेको ।
१२. यो अभियान र गैर आवासीय नेपालीको सहयोगमा अन्तर्राष्ट्रिय न्यायालय, हेगमा बुद्धको जन्मस्थान लुम्बिनी, नेपाल उल्लेख भएको मुर्ति स्थापना भएको ।

सो अवसरमा अभियानद्धारा यसअघि आयोजित अन्तरविद्यालय निबन्ध, कविता तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई मन्त्री श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । भुपू संस्कृति मन्त्री दिपकुमार उपाध्यायलाई लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर घोषणा गर्न सँसदमा पहल र लुम्बिनी तथा यस अभियान विकासमा सहयोग गरेकोमा , कोरियाका भुपू राजदूत कमल कोईरालालाई कोरियाको पाठ्यपुस्तकमा बुद्धको जन्मस्थान भारत लेखिएकोमा सच्याई (नेपाल भनी) सरकारी निर्णय गराउन अग्रणी भुमिका र लुम्बिनी तथा सो अभियान विकासमा सहयोग पुर्याएकोमा, विगेन तुलाधर र सौगात आसकलाई रेडियो कार्यक्रममार्फत लुम्बिनी र बुद्धको प्रबद्र्धनको लागि पहिलो पटक २४ घण्टे रेडियो कार्यक्रम सन्चालनमा उल्लेख्य योगदान गरेकोमा सम्मान र विश्व यात्री हरि श्रेष्ठ, भिक्षु नारायणबहादुर मगर, सरोज अर्याल र चेतनराज पन्तलाई उहाँहरुले लुम्बिनी, नेपाललाई वुद्धको जन्मस्थलको रुपमा बिभिन्न देशमा परिचय दिन उल्लेख्य योगदान पुर्‍याउनु भएकोमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको शान्ति दूतको नियुक्ति पत्र मन्त्री श्रेष्ठद्धारा हस्तान्तरण गरिएको थियो ।

अभियानको नेपाल च्याप्टरका संयोजक डा. हरिकुमार श्रेष्ठले आगामी दिनमा यस अभियान थप शसक्त भएर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा पूर्व संस्कृति मन्त्री दिपकुमार उपाध्याय, लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा रविन्द्रकुमार शाक्य, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा संस्थापक जीवा लामिछाने, नेकपा एमालेका घनश्याम भुसाल, बुद्ध विहार, भृकुटी मण्डपका भिक्षु कौडन्य तथा विभिन्न विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहहरु, पत्रकार लगायतको उपस्थिति थियो ।
फोटोः दिनेश लुईटेल

One Response to “बुद्धजन्मस्थल दिग्भ्रम निस्तेजबारे अन्तरक्रिया सम्पन्न”

  1. Лидеры проката!

    Смотрите фильмы онлайн

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: