Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for June, 2010

भारतिय हस्तक्षेपका विरुद्दमा इजरायलमा लुम्बिनी समाज इजरायलको गठन

Posted by Ram Kumar Shrestha on June 26, 2010

इजरायल,  जुन, २१ । ओझेलमा परेको बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसारको साथै भारतिय हस्तक्षेप र बुद्धको जन्मस्थलको बारेमा भारतले गरेको बिबादास्पद प्रचारको बिरोध गर्ने उद्धेश्यका साथ एक भब्य समारोहका बीच चिरन्जिबी पाण्डेको अध्यक्षतामा २५ सदस्यिय कार्य समिति रहेको लुम्बिनी समाज इजरायलको गठन भएको छ ।

समाजको उपाध्यक्षमा मिना मैनाली, सचिबमा बिष्णु प्रसाद भट्टराई, सहसचिब मिलन थापा, कोषाध्यक्ष नारायण चापागाई र सदस्यहरूमा  शिब के. सी., गोपाल पौडेल, दिनश श्रेष्ठ, राजन रिजाल, आक्रोश काफ्ले, कृष्ण चापागाई, मनोज प्रधान, साबित्रा घिमिरे, सुधना देबकोटी, संगिता नेपाल, मुकुन्द घिमिरे, केशब कार्की, माया खनाल, जुना चापागाई, धना गुरूङ, क्रिष क्षेत्री, शुशिला लुइटेल, प्रकाश आचार्य, गोपाल कुँवर, गोमा उप्रेती हुनुहुन्छ ।

साथै उक्त भेलाले ६ सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको छ जसमा तेन्जिन सेर्पा, बिशाल ज्ञवाली,  छेसाङ लामा,  नमराज खड्का, बिष्णु तिमल्सिना र श्रीमती ऋतु गिरी रहनुभएको छ ।

Posted in समाचार | Leave a Comment »

Nepal India’s crown: Indian leaders

Posted by Ram Kumar Shrestha on June 23, 2010

Republica

KATHMANDU, June 21: Two Indian leaders who are in Kathmandu on Monday said they are here to help form a national consensus government in Nepal.

Speaking at an interaction, General Secretary of Indian National Congress DP Tripathi and General Secretary of Samajwadi Janata party HN Sharma said Nepal is India´s crown and peace can prevail in India only if peace prevails in Nepal.

Sharma said democracy cannot be strengthened without the people´s support and democracy can be protected only if the parties and people go together or else the country sees revolt.

Sharma suggested Nepali political parties to work together on national issues and select a leader acceptable to all to head the consensus government. Sharma was political advisor of Chandra Shekhar when he was prime minister in India back in the nineties.

At the interaction, Tripathi said parties must reach consensus to institutionalize democracy, take peace process to a logical end, clear mistrust and forge consensus on constitution building.

He said national consensus government can be formed and lasting peace can be realized in Nepal if the parties honestly implement all past agreements including the 12-point understanding and the three-point deal.

On a query, Tripathi said he met Maoist chairman Pushpa Kamal Dahal and suggested him to become Pushpa Kamal and not the war-era Prachanda. He said all treaties with India including the 1950 treaty can be reviewed and amended if Nepal government feels the need for it.

He said he hopes for the formation of a national consensus government in Nepal soon.

Posted in News | Leave a Comment »

Anup Paudel Won Worldwide Video Contest

Posted by Ram Kumar Shrestha on June 22, 2010

Kathmandu June 22, 2010- A story of a proud Nepali, A result of positive thinking and creativity, Anup Paudel of Kavre Nepal won the title of a video contest that organized by US Government.

A US state Department for Democracy was organizing worldwide video contest in the topic of “Democracy” and Anup’s simple but pristine clear visionary video describing what is democracy is won the title.

Anup’s video “Democracy is Black” was selected the winner among 2,200 participants from 89 countries around the world. The 1minutes 30 second video explains the meaning of democracy. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , , | Leave a Comment »

ISSUES OF THE GREATER NEPAL: HISTORICAL REFERENCE AND LEGAL QUESTIONS

Posted by completenepal on June 12, 2010

By Shastra Dutta Pant, PhD

1. Political Situation of the Eastern Society
The eastern administration system was decentralized with Rajauta, Raja, Maharaja, and Badamaharaja ruling villages and states respectively as per the norms of Dharma Rajya. State was not concerned to planning and development, which was a common feature of entire south Asian region. There were more than 565 principalities in the present India alone. Nepal too did have over six dozen Rajya and Rajauta, called Bayeese and Chaubise.
Because of the loose union of eastern system, Europeans started colonizing those principalities, taking advantage of the weak political situation. Considering the importance of eastern philosophy, culture and Dharma, King Prithivi Narayan Shah tried to unify Nepal. In those days, Nepal was divided into small kingdoms and kingships. Read the rest of this entry »

Posted in Article | 6 Comments »

YCL Submitted Letter to Indian Embassy

Posted by Ram Kumar Shrestha on June 10, 2010

Posted in भिडिओ, समाचार | Leave a Comment »

Gorkhaland in Greater Nepal

Posted by Ram Kumar Shrestha on June 10, 2010

Posted in समाचार | 5 Comments »

Anglo Nepal war (1814-16): Kazi Sardar wrote to Bhimsen Thapa

Posted by Ram Kumar Shrestha on June 9, 2010

The Himalayan Beacon

ANGLO NEPAL WAR (1814-16): Kazi Sardar from Bijayapur writes to the famous commanding General (and Prime Minister) Bhim Sen Thapa that the British forces are advancing on Nagari and will come via Bijayapur (located in the South East corner of Nepal (dated 1815) (The violet writing are Nepalese archive filing notes.)

Posted in Miscellaneous | 2 Comments »

अप्रेषित पत्र – भाइलाई दाइको चिठ्ठी

Posted by Ram Kumar Shrestha on June 9, 2010

By चन्द्र घर्ती मगर

प्यारो भाइ
मुटुभरिको माया ।

यो पत्र लेखेर हुलाकीको जिम्मा लगाउँदासम्म ‘म सकुशल छु’ भन्ने विश्वाश गर्नेछौ भन्ने आशा गरेको छु । अब त तिमी पनि ठूलो भैसक्यौ, धेरै कुरा बुझ्ने भैसक्यौ । त्यसैले, मेरो मनमा लागेको केही कुराहरु तिमीलाई भन्न मात्र यी शब्दहरु कोरिरहेकोछु । मैले आजको कुरा आज नै भनिनँ भने फेरि मेरो लागि भोली कहिल्यै नआउन सक्छ भन्ने डर छ मलाई, किनभने म प्रदेशमा मात्र छैन, युद्धभूमिमा पनि छु । युद्धमा जतिबेला जे पनि हुनसक्छ अर्थात दिनका हरेक पल र रातका हरेक प्रहर मार्न र मर्न तयार रहनु पर्छ । दुश्मनलाई मारियो भने जीत हुन्छ, मरियो भने हार हुन्छ । हामी सिपाहीहरु युद्धमा मर्यौं भने युद्ध हार्छौ, कसम हार्छौ, प्रतिबद्धता हार्छौ, जिम्मेवारीमा हार्छौ, आफ्नै जीवनसँग पनि हार्छौ । हामी सधैं सधैंका लागि, सबै सबैका नजरमा सिर्फ हरुवा मात्र हुनेछौ । Read the rest of this entry »

Posted in बिबिध | Leave a Comment »

भारत ! नेपालको आन्तरिक मामलामा नबोल : वाइसिएल

Posted by Ram Kumar Shrestha on June 7, 2010

वाइसिएलले भारत सरकार र भारतीय कूटनीतिज्ञद्वारा नेपालको आन्तरिक मामलामा बोल्नु राजनीतिक हस्तक्षेप हो भन्दै त्यस्ता अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उसले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएकाले सोहीअनुरूप व्यवहार गर्न भारत सरकारलाई सजग पनि गराएको छ।  भारतीय राजदूतलाई वाइसिएलले सोमबार बुझाएको ज्ञापनपत्रमा उसले कन्चनपुर, सुस्ता, पशुपतिनगरलगायतका नेपालका विभिन्न स्थानमा भारतले नेपाली भूमि अतिक्रमण गरी सीमास्तम्भ गाडेको उल्लेख गर्दै यस्तो कार्य तुरुन्त रोक्न पनि भारतीय सरकारलाई भनेको छ।

ज्ञापनपत्रको पूर्ण पाठ-
महामहिम राजदूत ज्यू,
भारतीय राजदूतावास,
लैनचौर, काठमाडौ।

विषयः ज्ञापन–पत्र

महोदय,
नेपाल र भारतका जनताको बीचमा परापूर्वकालदेखि नै अत्यन्तै सुमधर सम्वन्ध रहँदै आएको छ। लाखौको संख्यामा नेपालीहरू भारतका विभिन्न क्षेत्रहरूमा आफ्नो व्यावसायसहित स्थायी र अस्थायी बसोवास गरी आएका छन् भने भारतीय नागरिकहरू प्नि नेपालमा सोही तरिकाले बसोवास गरिआएका छन्। यसमा यदाकदा सामान्य समास्या देखा परेता पनि गम्भीर प्रकृतिका समस्याहरू देखापरेका थिएनन्।

समानता र भातृत्वको आधारमा आपसी सहकार्यबाटै सम्बन्धहरू  विकास र विस्तार गर्दै आएको कुरा दिनको घाम झैं छर्लङ छ। तर, केही समययता भारतको मेघालयमा नेपालीभाषीहरूमाथि उच्शृङ्खल समूहद्वारा भएको ज्यादती, आगजनी, बर्बरता, हत्या र लुटपाटका घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस क्रममा झण्डै १९ जनाको हत्या र हजारौंको संख्यामा विस्थापित भएका छन्। यसले पूरै सभ्य दुनियालाई स्तब्ध पारेको छ। यी र यस्तै नेपालीहरूले झेल्नु परेका जल्दा वल्दा सवालहरूलाई तपसिलबमोजिम यो ज्ञापनपत्रमार्फत पेश गरेका छौं :
Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

कहिलेसम्म यस्तो ज्यादती सहेर बस्ने ? भारतले सीमा स्तम्भ सार्‍यो

Posted by completenepal on June 6, 2010

२२ जेठ, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रको रौतेलीबिचवा-९ झिलमिलानजिक रहेको नेपाल-भारत सीमा स्तम्भ नम्बर २८ भारतीय पक्षले नेपालतर्फ सारेका छन् ।

स्थानीय वासिन्दाका अनुसार केही दिनअघि मात्र सीमाक्षेत्रमा रहेको सीमा स्तम्भ नेपालतर्फको भूभागमा मिचेर सारिएको हो ।  सीमा स्तम्भलाई जमिनभन्दा एक फिटमाथि देखिने गरी गाडिएको स्थानीय रामबहादुर बस्नेतले बताउनुभयो ।

यसैगरी नेपाल-भारत सीमा स्तम्भ नम्बर २९ नजिकको नेपालतर्फको किसान मध्यवर्ती सामुदायिक वनको पाँच बिघा बढी क्षेत्रमा भारतीय टांटरगञ्ज निवासी गुरुदयाल सिं -सरदार) ले खनजोत गरी उखु लगाएका छन् ।

फागुन महिनादेखि उक्त भूभाग भारतमा पर्ने भन्दै उनले खनजोत गरी उखु लगाएको स्थानीय दीपेन्द्र बस्नेतले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय, बेलौरीका प्रहरी नायव निरीक्षक मनोहर चन्दले सीमास्तम्भ सारेको बारे जानकारी नभएको बताउनुभयो ।
उहाँले नेपालतर्फको सामुदायिक वनमा खनजोतको जानकारी आएकाले सत्यतथ्य बुझ्न प्रहरीको एक टोली त्यसतर्फ पठाइएको बताउनुभयो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

ताइवानमा पहिलोपटक २५५४औं बुद्ध जयन्ति भब्यताका साथ सम्पन्न

Posted by completenepal on June 5, 2010

यसवर्ष ताइवानमा बस्ने नेपालीहरुले ‘कपिलबस्तु दिवस विश्व कार्य समिति र गैरआवासीय नेपाली संघ ताइवान’ को संयुक्त तत्वावधानमा पहिलो पटक बुद्ध जयन्ति धुमधाम मनाएका छन् ।

उक्त कार्यक्रमको लागि एनआरएनए ताइवानका साथीहरुको एक आयोजक तयारी समिति बनेको थियो । जसका संयोजकमा सोनाम शेर्पा र सदस्यहरुमा कपिल अधिकारी, कर्साङ लामा, विनोद डि.सी., देव गुरुंग, नरेश गुरुंग, नोनो फुर्बासोनाम शेर्पा, राजु गुरुंग र हरिकुमार श्रेष्ठ संलग्न थिए । यसको अलावा एनआरएनए ताइवानका कोषाध्यक्ष मिङमा शेर्पाको सहयोग पनि विशेष उल्लेखनीय रह्यो । कार्यक्रम २ चरणमा सम्पन्न भएको थियो ।

पहिलो दिन:  मे २७, २०१०

विश्व शान्तिका अग्रदूत बुद्धको जन्म दिनमा ताइपेई ताइवानको इङकमा भेन खेम्पो रिम्पोचे साड्गे राड्चुङ मुख्य गुरुबाट संचालित नेपाली बुद्ध मन्दिर निग्मा पालयुल डी. एन. बज्र धर्मचक्र सेन्टर  इङक ताइपेई ताइवानमा गै विधिपूर्वक पूजापाठ सम्पन्न भयो । पूजामा संयोजक सोनाम शेर्पासहित १४ जनाको उपस्थिति थियो । पूजाको कार्यक्रमपछि प्रसाद पनि वितरण गरिएको थियोभने केही सामग्रीहरु भने दोस्रो चरणको कार्यक्रमलाई राखिएको थियो । त्यसपछि अन्तमा विशेष समय लिई हरिकुमार श्रेष्ठ र कर्साङ लामाबाट उक्त मन्दिरको गुरु फुर्वा रिम्पोचेसंग ताइवानमा Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

India Should Return the Nepalese Missed Land from 1816

Posted by completenepal on June 4, 2010

By D.R. Prasai [1]


We, the Nepalese people cordially request the Indian government to return the missing Land of Nepal from the Sugauli Treaty of 1816 with the British. But, why is the Indian Government minimizing the demands of the Nepalese people?

The Sugauli Treaty insolently imposed by the East India Company demanded that the Nepali territory from Tista in the East to Kangada in the West. It would be appropriate and justifiable to consider the East India Company’s ulterior motive beforehand in invading Nepal at various eastern, southern and western lands. They had pre-planned objectives in spreading the colonial domination throughout the Indian subcontinent. To this end they covertly prepared themselves and launched war against Nepal. They succeeded to some extent in dominating the Gorkhali fighting patriots at great cost. Read the rest of this entry »

Posted in Article | 1 Comment »

गजल

Posted by completenepal on June 3, 2010

By उमा सुबेदी*, इजरायल

फुटी सक्यो देश हेर, सबै मिली जोड नेता
नयाँ नेपाल बनाउने, कैल्ये लिन्छौ मोड नेता?

देश भरी भोकमरी, अन्धकारै अन्धकार
तिम्रो घरमा दिपावली, मनाउन छोड नेता

आफ्ना आफ्नै लडेपछि, जीत हैन हारैहार
अविवेकी तिम्रो घैंटो, विवेकले फोड नेता

शान्ति क्षेत्र मेटाएर, कुरूक्षेत्र पारी छाड्यौ
जनलाश तिम्रो शयन, सुत लाशै ओड नेता

बन्द गर घातै घात, आफ्ना माथि धोकाबाजी
सक्छौ भने देश खाने, ऐजेरु चैँ गोड नेता

* उमा सुबेदी यसपाली भएको अन्तरराष्ट्रिय गजल प्रतियोगितामा प्रथमा हुनु भएको थियो ।

Posted in गीत/ कविता/गजल | 1 Comment »

राष्ट्रिय स्वाधीनता र कपिलबस्तु दिवस अभियान

Posted by completenepal on June 3, 2010

By हरि नेपाली [1]

केही समय अघि मात्र भारतको सीमावर्ती बजार कवाडीबाट खाने तेल ल्याउने विषयमा विवाद भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले नेपालभित्रै पसेर मोरङ्ग अमाही बरीयातीका ५५ बर्षीय बासुदेब शाहलाई घरमै गोली हानी हत्या गरेका छन् । त्यसैगरी हातहतियार र सुरक्षाकर्मी सहित नेपालमा छिरेकी भारतको उत्तर प्रदेशकी महिलामन्त्री विन्दया चौधरी नेपालको कुनै पनि निकायको अनुमति नलिइ तथा जानाकारी समेत नगराइ कपिलबस्तुको चन्द्रौटा आइपुगेपछि नेपाल प्रहरीले गिरफ्तार गरी भारतीय प्रहरीको जिम्मा लगाएको घटना अझै सेलाइ सकेको छैन भने बारम्बार हातहतियार सहित भारतीय सुरक्षाकमीहरु बलजफती नेपालको भूमिमा आउने क्रम अझै पनि जारी छ । अझ सीमा क्षेत्रमा रहने नेपाली बस्तीहरुमा भारतीयहरुबाट हुने भू-अतिक्रमण, लुटपाट र बलात्कारका घटनाहरु त झन प्रसस्त नै छैन । भारतको मेघालयमा नेपाली भाषीहरुमाथि त्यहाँका खासी समुदायहरुले चरम उत्पीडन अत्याचार मच्चाइरहदा र जिउँदै आगोमा हालेर हत्या गर्ने काम समेत भइरहँदा  पनि भारतीय सरकारले आन्तरिक मामिला भन्दै नेपाली भाषीमाथि भएको आक्रमणलाई प्रोत्साहन दिइरहेको छ । त्यसैगरी भारतले नेपालको कुनै पनि निकायसंग समन्वय नै नगरी एकतर्फी रुपमा कोशीको धार बदल्नको लागि पाइलट च्यानलको निर्माण कार्य पुरा गरेको जनाएको छ जसले गर्दा नेपालका सप्तरीका दर्जनौ बस्तीहरुमा बर्षायाममा डुबानको खतरा बढेर गएको छ । सीमामा भारतीय पक्षबाट भएका यी अतिक्रमणका श्रृखलाहरु त अनगिन्ती छन् नै अझ नेपाललाई आफ्नै देशको कुनै एक प्रान्तको रुपमा ब्यवहार गर्दै आएको साउथ ब्लक र दिल्ली सरकारले पछिल्लो समयमा संपूर्ण रुपमा राजनैतिक हस्तक्षेप गरि नेपालको भविष्य र समग्र शान्ति प्रक्रिया, राजनैतिक, सामाजिक तथा आर्थिक प्रगतिका विषयहरुलाई समेत संकटमा पारिदिएको छ । जुन कुरा बेलायती अन्र्तराष्ट्रिय विदेश मन्त्री अलान डङकनको नेपाल भ्रमणका क्रममा नेपालका लागी बेलायती राजदूतले भारतीय हस्तक्षेपको कारण नेपालको शान्ति प्रक्रियामा गतिरोध उत्पन्न भएको भनी दिएको रिपोर्टबाट पनि प्रमाणित हुन्छ नेपालमा कतिसम्म विस्तारवादी हस्तक्षेप भएको छ भन्ने कुरा । जसले गर्दा अलिकति पनि राष्ट्रप्रेम र देशप्रति जिम्मेवारी बोध हुने नेपाली नागरिकहरुले नेपाली राष्ट्रियता माथिको नाङ्गो भारतीय हस्तक्षेपको विरोध नगरीरहन कदापी सक्तैन । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

कपिलवस्तु दिवस अभियान: किन, कसरी र कता?‏

Posted by completenepal on June 1, 2010

By रामकुमार श्रेष्ठ,

पृष्ठभूमि:
२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर र नेपाली समाचार पत्रिकाहरुमा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” समाचार प्रकाशमा आएपछि बिभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरु बीच ईमेल मार्फत पत्राचार हुने क्रम शुरु हुन थाल्यो यो बिषयलाई लिएर । कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले युद्धस्तरमा काम गरिरहेको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। राजनीतिक, आर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन सक्तैन । यसर्थ, हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर भन्ने सहमति बन्यो । उपयुक्त दिनको लागि छलफल गर्ने क्रममा मेल मार्फत बिभिन्न ब्यक्तिहरुसंग बुझ्ने क्रममा  रेडियोकर्मी राजेन्द्र शाक्यले १ डिसेम्बर उपयुक्त हुन सक्छ कि भन्ने सल्लाह दिनु भयो उपयुक्त कारण सहित र त्यसैलाई स्वीकारी तदनुरुप अगाडि बढने काम भयो । यसरी इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा कपिलबस्तु दिवस विस्व दिवसको रुपमा मनाउने निर्णय भयो । यो निर्णयले नेपालको बिकास र राष्ट्रियताको दृष्‍टिकोणले मात्र नभएर विस्व शान्तिको दृष्‍टिकोणले समेत ऐतिहासिक महत्व राख्न सक्छ ।
Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Tagged: , , , , , , , , , , , , | Leave a Comment »