Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for August, 2010

Gurkha regiment in Britain may be axed

Posted by Ram Kumar Shrestha on August 30, 2010

IBNLIVE BY H. S. RAO

London, Aug 29 (PTI) World-famous Gurkha regiment, part of the British army for almost 200 years, may be among

Gurkhas from the 1st Batallion The Royal Gurkha Rifles perform a Khukuri fighting demonstration at Sir John Moore Barracks in Folkestone, England, Thursday July 19, 2007. The 1RGR will be deployed to Afghanistan in autumn 2007. The MOD has announced improved pensions for Gurkhas and a review of the mechanism for increasing Gurkha pensions. (AP Photo/Kirsty Wigglesworth)

those axed unless the Ministry of Defence’s demands for more money to fund the replacement of Trident nuclear missile submarines are answered. Last night, hopes for extra funding were fading as Chief Secretary to the Treasury Danny Alexander rejected demands for extra money from Tory Defence Secretary Liam Fox and insisted the 20 billion pounds cost of replacing Trident had to be met fully by the MoD, The Observer reported today. Quoting an expert, the report said the increasing costs of running the Gurkha’s following actress Joanna Lumley’s high-profile campaign last year to improve their rights, added to the sense that the “writing is on the wall” for the Brigade of Gurkhas, which has 3,640 members. Fox has been pushing hard for the Treasury to increase the MoD’s budget in some of the toughest negotiations of the spending review aimed at slashing Britain’s 155 billion pounds deficit. The report said despite their fame and public following, the Gurkhas had long been a candidate for cuts. “Ever since January 1, 1948, when the Brigade of Gurkhas joined the British army, their future has been up for discussion. They have been here before,” the report quoted a defence insider.

A spokesman for the Gurkha Welfare Trust, which cares for ex-Gurkhas and their families, conceded they were vulnerable. He said: “The government has made it clear there are no sacred cows.” The Gurkhas have been an integral part of the army since 1815, when the British East India Company signed a peace deal allowing it to recruit Nepalese soldiers.The other regiments at risk are likely to be a tank regiment alongside the possible loss of a Scottish battalion such as the Black Watch or the Argyll and Sutherland Highlanders.Big-ticket items are also to be re-evaluated including two new 65,000-tonne aircraft carriers, which are to come into service in 2016 and 2018, and the RAF’s Eurofighter/Typhoon aircraft.

Advertisements

Posted in News | Leave a Comment »

सीमा सुरक्षा बैठक सम्पन्न / नेपाल भारतबीच आठ सूत्रीय सम्झौता

Posted by Ram Kumar Shrestha on August 28, 2010

जनकपुर, भाद्र १२ – दुई महिनापछि भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनको तयारीमा रहेको भारतीय प्रशासक तथा मधुवनी जिल्लासंग  सीमा जोडिएका नेपालका चार जिल्लाका प्रशासकबीच दुइ देशको सीमा सुरक्षाका विषयमा शुक्रवार जयनगरमा  छलफल भएको छ ।

बैठकमा खुल्ला सीमानाको कारणले दुबै देशमा हुने अपराध,नक्कली भारतीय रुपैया नियन्त्रण, सीमा स्तम्भहरुको व्यवस्थापन, भारतीय भूमिबाट नेपालमा सशस्त्र संघर्ष गरी रहेका समूहहरुमाथि नियन्त्रण तथा भारतीय सीमा सुरक्षा वल-एसएसबी) को ज्यादती लगायतका विषयमा समझौता भएको धनुषाका प्रमुख जिल्ला अधिकारी डा.कमलेश्वर सिंहाले बताए ।

सीमा सुरक्षा बैठकमा भारत मधुवनी जिल्लाका सहायक जिल्ला प्रमुख-डिपुटी डिस्ट्रक मजिस्ट्रेट) ओमप्रकाश रायको नेतृ्त्वमा भारतीय प्रशासकहरु सहभागी थिए, भन्ने सिरहाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको नेतृत्वमा धनुषाका प्रजिअ डा.कमलेश्वर सिन्हा, महोत्तरीका प्रजिअ रामकृष्ण सुवेदी तथा सप्तरीका प्रजिअ रामप्रसाद घिमिरे सहित चारै जिल्लाका प्रहरी उपरीक्षक तथा अनुसंधान विभागका जिल्ला प्रमुखहरु सहभागी थिए । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

DEBATING INDO-NEPAL TREATY OF PEACE AND FRIENDSHIP 1950

Posted by Ram Kumar Shrestha on August 27, 2010

[In response to the Indian Prime Minster’s statement the then-Prime Minister of Nepal Bisheshowr Prasad Koirala had said, “Nepal is a fully sovereign independent nation. It decides its external and home policy according to its own judgment and its own liking without ever referring to any outside authorities. Our Treaty of Peace and Friendship with India affirms this. I take Mr. Nehru’s statement as an expression of friendship that in case of aggression against Nepal; India would send help if such help was ever sought.”
Nehru had responded the Nepalese Prime Minister Koirala’s statement as saying, “I think what the Prime Minister of Nepal, Mr. Bisheshowr Prasad Koirala , has said is completely true. The statement I made struck many people as perhaps a novel statement but it was merely stating what the position has been for the last ten years, you may say even more than ten. I am saying ten years because there was a treaty ten or nine years ago with Nepal” [8]. Prime Minister Nehru was referring to the provision made in the letters attached to the Treaty of 1950
.]

By Siddhi B. Ranjitkar

Nepalese political parties have been advocating for revising the Nepal-India Peace and Friendship Treaty of 1950 since long time. However, they often forget to do so when they are in the government. The leaders of the Communist Party of Nepal-Maoist (CPN-Maoist) also have been calling for revision of the Treaty of 1950. After securing the majority seats in the Constituent Assembly, and having its major say in the government, probability of the CPN-Maoist’s revision of the treaty is very likely. The treaties signed by both the past governments of India and Nepal, have been unequal and patronizing, therefore, there is a need for timely revision. Recently, in response to the demand of the CPN-Maoist for revision of the Treaty of 1950, the Indian foreign ministry officials have publicly said that the Government of India is ready to rework the treaty of 1950. The Nepalese foreign affairs experts have said that India has speeded up the review of the treaty of 1950 even in 2001. But the Nepalese side has not taken up the issue seriously since and has remained the possible revision of the treaty idle. Read the rest of this entry »

Posted in Article | Leave a Comment »

देशको पुनर्घोषणा !

Posted by Ram Kumar Shrestha on August 25, 2010

क्वान्टम-कविता शृंखला

By – मधु माधुर्य, मस्को

“मोराले मन्दिरै भत्काउने पो हो कि”

भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु

पशुपतिनाथको देशमा

उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु

मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि

मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ?

प्राकृतिक रेफ्रिजेरेटर खोलेर

लेकको पहरामा फलेको ताजा भीर-मह खान्छु;

कृष्ण-सागर तर्दा चकमक हराएछ Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

लण्डनमा भारत सरकार बिरोधी प्रदर्शन

Posted by Ram Kumar Shrestha on August 19, 2010

लण्डन । ढिलो गरी प्राप्त समाचार अनुसार भारतको ६३ औं स्वतन्त्रता दिवस मनाइरहेकै बेला उस्को लण्डनस्थित हाइ कमिशन अगाडि बिशाल बिरोध प्रदर्शन मनाएको छ । १५ अगस्टका दिन भएको उक्त प्रदर्शनमा करीब एक हजारको उपस्थिति थियो ।

प्रदर्शनकारीहरुले भारतीय जनताम्याथइको दमन, हत्या बन्द गर, भारतीय बिस्तारबाद मुर्दाबाद, छिमेकी देशहरुमाथि भैरहेको आन्तरिक हस्तक्षेप तत्काल बन्द गर, अतिक्रमित भू-भाग बन्द गर, दक्षिण एशियाली जनता एकजुट होऔं जस्ता नारा लेखिएका ब्यानर लिएर प्रदर्शन गरे । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

संबिधान निर्माण र शान्ति प्रकृयाको चाहना पुरा भएको दश बर्षमा नेपाल संपन्न हुने

Posted by Ram Kumar Shrestha on August 16, 2010

देशको स्थितिलाई देखेर सबै नेपालीमा देखिएको ब्यग्रता र नेपालमा बिद्यमान अथाह प्राकृतिक, मानबीय र सांस्कृतिक श्रोतका कारण संबिधान निर्माण कार्य संपन्न भएको र शान्ति प्रकृया तार्किक निस्कर्षमा पुगेको दश बर्षमा नेपाल एउटा संपन्न मुलुक हुन सक्ने दाबी एउटा कुटनितिकभन्दा बिकाससम्बन्धी कन्सल्ट्याण्टको नाताले गर्न सक्ने कुरा वेलायतका लागि नेपाली राजदूत महामहिम डा सुरेश चन्द्र चालिसेले प्रगतिशील नेपाली समाज वेलायत पाँचौ बर्ष पुरा गरी छैटौं बर्षमा प्रबेश गरेको उपलक्षमा आयोजित एक कार्यक्रममा बताउनु भयो । सबैतिर लथालिंग भएको देखिए पनि बिद्यमान अवस्था प्रकृति र बिकासको नियमानुसार संधै नरहने कुरामा आफू आशाबादी भएको तर देशलाई संपन्न बनाउन देशमा बिद्यमान अथाह Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

गुमेको भूमि फिर्ता लिन अन्तर्राष्ट्रिय अदालत जानुपर्छ

Posted by Ram Kumar Shrestha on August 16, 2010

नेपालको सीमामा जब-जब समस्या आइपर्छ, तब सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई धेरैले सम्झन्छन् । उनीसँगको अनुभव र पुख्ता प्रमाणका कारण उनका कुरा काट्नसक्ने ठाउँ पनि छैन । नेपाल-भारत सन्धिसम्झौता, नेपालको सीमाका बारेमा जानकार बुद्धिनारायण श्रेष्ठले सीमासम्बन्धी लेखेको पुस्तक ‘नेपालको सिमाना’बाट मदन पुरस्कारसमेत पाएका छन् । उनै सीमाविद् श्रेष्ठसँग नेपालीपत्रका अच्युत कोइराला र जनक तिमिल्सिनाले गरेको कुराकानी-

सीमा विवाद पहिलेदेखिकै हो कि अहिलेमात्र चर्किएको हो ?

सीमा समस्या धेरै पहिलेदेखिकै हो । भारतमा बि्रटिस सरकारले शासन गर्दा पनि नेपाल र त्यसबेलाका बि्रटिस सरकारबीच सिमानाकै किचलोका कारण युद्ध भएको हो । १८१४-१६ सम्म अंग्रेज-नेपाल युद्ध यसै कारणले भएको हो । अब यो युद्ध किन भयो भन्ने कुरा पनि कम रोचक छैन । जसरी इस्ट इन्डिया कम्पनीले भारतका सयौं राज्यहरूलाई एकीकरण गरेर विशाल भारतमा शासन गर्‍यो, त्यसैगरी इस्ट इन्डियाको कुरा बुझेका पृथ्वीनारायण शाहले बाइसे-चौबीसे, सेन, ठकुराई आदि अनेकौं राज्यहरू एकीकरण गरेर बलियो राज्य बनाए । यो कुरा बि्रटिसहरूलाई चित्त बुझिरहेको थिएन । त्यसैले यो युद्ध भयो । नेपाल त्यतिबेला कति शक्तिशाली थियो भन्ने कुरा उनीहरूसँग टक्कर लिन खोजेबाट पनि स्पष्ट हुन्छ । ४ मार्च १८१६ मा सुगौली सन्धि भयो र वर्तमान नेपालको सीमा त्यतिबेला खुम्चिन पुग्यो । त्यसपछि फेरि १ नोभेम्बर १८६० मा पूरक सन्धि गरेर नयाँ मुलुकहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुनः फिर्ता भयो । त्यसयता नेपालको वर्तमान सीमा कायम भएर आएको छ । सुगौली सन्धिले गर्दा पनि पूर्वमा टिष्टादेखि महाकालीदेखि काँगडासम्मको भाग गुमाउनुपर्‍यो ।

भारत १९४७ मा स्वतन्त्र भयो, त्यसपछि पनि सीमा विवाद साम्य भएन । नेपाल २००७ सालमा राणा शासनबाट मुक्त भयो तर पनि अंग्रेजको पालामा भएको सीमा विवाद सकिएन । त्यसपछि पुनः नेपालमा प्रजातन्त्र र लोकतन्त्र आए तर त्यो सीमाका बारेमा कसैले पनि खोज्न चाहेनन् । अझ सीमा मिचिने क्रम रोकिएन ।

किन रोकिएको छैन ?

वर्तमान भारतले के भन्छ भने सुगौली सन्धिमा नेपालको भूभाग बि्रटिसले जसरी लिएको थियो, बि्रटिस सरकारको विरासतका रुपमा त्यो सीमा आफूले पाएको हो । त्यसैले ब्रिटिसहरूले जहाँसम्म आफ्नो सीमा कायम गरेका थिए, त्यहाँसम्म आफ्नो भोगचलन गर्न पाउनुपर्ने भारतको सोच छ । त्यही भएर सीमा विवाद साम्य हुन सकेको छैन ।

भारतको सीमा सुरक्षा बल (एसएसबी)सक्रिय हुने र हाम्रो सीमा सुरक्षा बलचाहिँ किन निस्क्रिय बनाइएको त ?

यहीनेर हाम्रो मुख्य कमजोरी छ । आफ्नो सीमाको सुरक्षा गर्न नसक्नु हाम्रो कमजोरी हो, सरकारको कमजोरी हो । जस्तो, हाम्रै एउटा उखान छ नि ‘आफ्नो सातुको थैलो राम्रोसँग बाँध्नु, साथीलाई चोरीको दोष नलगाउनू’- हो, यसैगरी हामीले हाम्रा चिजबिजको रक्षा गर्न सक्नुपर्‍यो नि ! हाम्रो नेपालमा पनि सशस्त्र प्रहरी बलको संख्या बढाएर यसको रक्षा गर्नुपर्छ । भारत-नेपालका सीमारेखा १ हजार ८ सय ८ किलोमिटर लामो छ । यति लामो सीमारेखामा भारतले ४५ हजार एसएसबी राखेको छ । यस हिसाबले १ किलोमिटर क्षेत्रफलमा २५ सुरक्षाकर्मी पर्छन् । यिनले सिमानाको हेरचाह, देखभाल गरिरहेका छन् । नेपालका २० वटा जिल्लामा चाहिँ लगभग साढे ४ हजार सशस्त्र प्रहरी बल खटाइएको छ तर उनीहरू सीमारेखामै बसेका छैनन् । भारतीयहरू दसगजामै क्याम्प बनाएर बसेका छन्, हाम्राचाहिँ ४-५ किलोमिटर वरै बसेका छन् । सिमानामा छ्यास्स केही हुँदा मात्र हरर्र आइपुग्छन् भारतीय सुरक्षाकर्मीहरू । यस्तो अवस्थामा हाम्रो सीमा सुरक्षा कमजोर हुनु स्वाभाविक हो ।

सीमाजस्तो कुरामा गम्भीर हुनुपर्छ भनेर नै मैले सशस्त्र प्रहरी बलमा केही सुझाव दिएको थिएँ र त्यो कार्यान्वयन हुने क्रममा छ । अहिले थप ५ हजार सीमा सुरक्षा बल थपिने क्रममा छन् । हामीले पनि सशस्त्र प्रहरी बलको संख्या बढाएर आफ्नो सीमा सुरक्षा गर्नुपर्छ ।

सीमा समस्या भारतीयहरूको सीमा संवेदनशीलता हो कि निहुँ खोज्दै पेल्ने नीति हो ?

भारतले आफ्नो स्पेसल फोर्स एसएसबीलाई सीमा सुरक्षाका लागि राख्नुले उनीहरूको गम्भीरता प्रष्ट्याउँछ । र, सीमामा भएका ज्यादती, लुटपाट, धम्की, बलात्कारका अनेकौं घटनाचाहिँ हेपाहा प्रवृत्ति हो । सीमा स्तम्भ नदीले बगाएको वा हराएको स्थानमा त्यहाँका स्थानीय किसानहरूलाई खेती गर्न लगाउने, नेपाली किसानले त्यसको प्रतिकार गरे भने एसएसबीको सहयोग लिएर बारम्बार दुःख दिने गरेको पाइन्छ । यो हेपाहा प्रवृत्ति नै हो । सुस्तामा सुस्ता बचाऊ आन्दोलनका सदस्यहरू आदम खाँ, लैला बेगम र गोपाल गुरुङलाई पक्रेर यातना दिएका खबर पनि आइरहन्छन् ।

सीमामा लुटिनेहरूको पीडा पनि कम छैन नि, हैन ?

भारतबाट मजदुरी गरेर आउने नेपालीहरूलाई एसएसबीका जवानहरूले सीमामा रोक्छन् । पैसा दिन सक्नेहरूलाई रोकेर सयदेखि ५ सयसम्म झार्छन् । नेपाल र भारतको बीचमा सीमा खुला छ । जसरी भारतीयहरू नेपालमा सरासर आउन पाउँछन् र नेपालीहरू पनि बिनारोकटोक पाउनुपर्ने हो तर एसएसबीले स्वविवेकले कसैलाई जान-आउन दिने कसैलाई नदिने गरेका छन् । यसले दुई देशबीच मनोमालिन्य बढाउँछ । १९५० को धारा ८ मा पनि दुवै देशका जनता समान तरिकाले हिँडडुल, घुमफिर गर्न पाउँछन् भनेर लेखिएको छ । यो दफालाई मान्ने हो भने त सीमामा त्यसरी दुःख नदिनुपर्ने हो नि ! तर त्यस्तो छैन, भारतले कडाइ गरिरहेको छ ।

इतिहासदेखि विश्लेषण गर्दा हाम्रो सीमा व्यवस्था कस्तो पाउनुहुन्छ ?

ठीक हो । के अंग्रेजका पालादेखि नै हाम्रो सीमा खुला थियो त ? अवश्य पनि थिएन । ऐतिहासिक दस्तावेज हेर्‍यौं भने सुगौली सन्धिभन्दा पहिले दुई देशबीच बन्द सीमा व्यवस्था थियो । विश्वभरमा बन्द सीमा (क्लोज्ड बोर्डर), नियमन सीमा (रेगुलेटेड बोर्डर) र खुला सीमा (ओपन बोर्डर) चल्तीमा छन् । नेपालमा सुरुमा बन्द सीमा थियो । कुनै पनि अंग्रेजहरू आउनुपर्‍यो भने भीमसेन थापासँग अनुमति लिएरमात्र आउन पाउँथे । समयसँगै १ नोभेम्बर १८६० मा पूरक सीमा सन्धि भएपछि नेपालले ४ वटा नयाँ मुलुक पायो र नियमन सीमामा परिणत भयो । नेपाली हट्टाकट्टा गोर्खाहरूलाई त्यहाँको सेनामा भर्ती गर्न पाइयोस्, उनीहरू यता आउँदा झन्झट नहोस् आदि कुरा विचार गरेर नजानिँदो तरिकाले क्लोज्ड बोर्डर सिस्टमलाई रेगुलेटेड बोर्डर सिस्टम बनाइयो । यसो गर्दाको फाइदा के पनि भयो भने नेपालबाट काठ, जनावरका काँचो छाला, जडिबुटी आदि त्यहाँ लैजान सजिलो भयो । किनभने, त्यहाँ त्यतिबेला रेलवे विस्तार हुँदैथियो । बि्रटिस भारतले बनाएको सामान तिब्बतसम्म निर्यात गर्न पनि यसो गरियो । यसले नजानिँदो तरिकाले सीमा खुकुलियो । त्यसपछि २०१६ सालमा काठमाडौंलाई जोड्ने त्रिभुवन राजपथ बन्यो, त्यसपछि त दुई देशबीचको सीमा खुलामात्र होइन कि ह्वांग नै भयो र म त यसलाई छाडा सीमा पनि भन्छु । त्रिभुवन राजपथ नबनुन्जेल राहदानीको चलन थियो ।

ह्वांग सीमा हुँदा दुवै देशलाई बेफाइदा पनि उत्तिकै बनाएको छ नि होइन र ?

अहिले जति पनि विकृति छ, अन्तर्राष्ट्रिय आतंकवाद, जालीनोटको तस्करी, लागूऔषध तस्करी, हातहतियार, नेपाली चेलीबेटीको बेचबिखन, मेसिनरी सरसामानको तस्करी यही छाडा सीमाकै कारणले बढेका हुन् । एक देशमा अपराध गर्छन्, अर्को देशमा लुसुक्क छिर्छन् । यो छाडा सीमाले दुवै देशका जनतालाई नै असर गर्नेगरी दुःख दिएको छ । उदाहरणका लागि हालैमात्र हत्या भएका सञ्चार उद्यमी जमिम शाह नै भनुँ । हत्यारा आयो, हत्या गर्‍यो अनि लुसुक्क खुला बोर्डरको सहयोग लिएर टाप कस्यो । यदि नेपालको बोर्डर नियमन गर्ने किसिमको भएको भए त्यो अपराधीलाई पक्रन सकिन्थ्यो ! अहिलेसम्मको अनुभवले खुला सीमा वास्तवमै आवश्यक छैन । यसलाई नियमन गर्नु आवश्यक छ । अहिले पनि बीसौं हजार ट्रक गिट्टी, बालुवा, रोडा भारत जान्छ । नियमन सीमा भए त्यसरी लैजान पाउँदैनथ्यो । अब हाम्रो शिवालिक क्षेत्र भूस्खलन भई तराई क्षेत्र नै बालुवै-बालुवा हुने सम्भावना देखिन्छ । हाम्रो वातावरण बच्ने थियो । भारत स्वविवेकीय पद्धति अपनाउँछ । उसले अन्तर्राष्ट्रिय मापदण्ड र मूल्य अपनाउनुपर्ने हो तर नेपाल सरकारले नै भारतलाई काउन्टर दिन सकेको छैन । यसको बेफाइदा नेपाललाई नै छ ।

मुख्य सीमा विवादचाहिँ कहाँ-कहाँ छ ? यसको मूल जरो के हो ?

योचाहिँ सीमा नक्सांकनसम्बन्धी प्रश्न आयो । दुई देशबीच १ हजार ८ सय ८ किलोमिटरमध्ये जंगे पिलर, दसगजा राखिएको छ कि छैन, बेलाबेलाको सीमा सुपरीवेक्षण गरिएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण छ । नेपालको ७५ जिल्लामध्ये २६ जिल्लाको सिमाना भारतसँग जोडिएको छ । यीमध्ये २१ जिल्लामा सीमा मिचिएको वा अतिक्रमण भएको छ । यीमध्ये ५४ ठाउँमा सालाखाला ६० हजार हेक्टर अतिक्रमण भएको छ । यो समस्या कसरी आयो त ? नेपाल-भारत संयुक्त प्राविधिक सीमा समितिले २७ वर्ष लगाएर जंगे पिलर लगायो, दसगजा क्षेत्र बनायो र ९८ प्रतिशत ठाउँमा सीमा कायम गरी १ सय ८२ थान सीमा नक्सा (स्ट्रिप म्याप) तयार पारेको छ । सीमा मिचिएको कुराचाहिँ त्यही २ प्रतिशतमा गएर अड्किएको छ । यो ३८ किलोमिटर क्षेत्रमा सीमारेखाको छिनोफानो हुन अझै बाँकी छ । सुस्ता, कालापानी, इलामको सन्दकपुर, झापा, सप्तरी, पर्साको सार्कीटोला, कञ्चनपुरको लालबोझी, भजनीलगायतका ५२ ठाउँ पनि यही २ प्रतिशतको विवाद हो । अब पहिले रहेको ९८ प्रतिशतमा पनि केही नक्सांकन त्रुटिपूर्ण रहेको पाइएको छ । यसो हुँदा उताबाट मिचिएको देखियो । कञ्चनपुरको प्यारानालाको जंगेखम्बालाई नयाँ नक्सामा सीमा नमानिएका कारण प्याराताल भारततर्फ परेको पाइयो । यस्ता कतिपय अशुद्धताका कारण पनि सीमा मिचिएको देखिएको छ ।

यस्तो हुनु नेपाली पक्षको बेवास्ता भन्ने कि भारतीय पक्षको स्वार्थ ?

यो दुवै हो- हाम्रो पक्षको लापरवाही र भारतीय पक्षको स्वार्थ । पिलर गाड्ने बेलामा नेपाली पक्षका प्राविधिकहरूलाई देहरादुन, मसुरीजस्ता ठाउँघुमाउन लगिएको थियो । उनीहरू घुमेर आउँदा ‘सबैथोक ठीक छ हैन ?’ भनेर सोध्दा उनीहरूले ‘ठीक छ’ भने । स्थानीय बासिन्दाहरूका अनुसार उनीहरूको घुमाइका कारण आफ्नो सीमामा रहेको ताल नै भारततिर पुग्यो । यही हो हाम्रो बेवास्ता र उनीहरूको स्वार्थ । ठोरी भन्ने ठाउँमा पनि भारतीयहरूले साविकको ठाउँभन्दा निकै भित्र नेपालतिर पिलर सारिदिएछन् । त्यसको कारणचाहिँ त्यो क्षेत्रमा प्रशस्त मात्रामा पाइने ढुंगा हो । यसो गर्दा त्यहाँको ढुंगा मज्जाले प्रयोग गर्न पाइयो नि ! यस्ता मिचिएका कथा त कति छन् कति ! तर फेरि पनि कुरा के आउँछ भने आफ्नो देशको सीमा सुरक्षा गर्न आफै तयार हुनुपर्छ, अरुले सीमा सुरक्षा गरिदिँदैन ।

अब यी समस्यालाई कसरी समाधान गर्ने त ?

भारतीय प्रधानमन्त्री मनमोहन सिंहले १९५० सन्धिको परिमार्जन र संशोधनका विषयमा चासो राखिरहेका छन् । यस्तो अवस्थामा हामीले हाम्रा समस्याका बारेमा खुलेर कुरा राख्न सक्नुपर्‍यो । यसो होला कि त्यसो होला कि, पद खुस्केला कि ? भनेर बस्नु भएन । किनभने, उनीहरूको सीमा मिच्न खोजेको होइन, हाम्रो व्यवस्थित गर्न खोजेको हो । यस विषयमा राम्रोसँग कुरा गर्दा भारत रिसाउने कुरै छैन । तर, हाम्रो तयारीचाहिँ व्यापक हुनुपर्‍यो ।

हाम्रो सीमाका बारेमा सशक्त पक्ष के छन् त ?

सन् १८५६ मा बेलायती सर्भेयरहरूले बनाएको नक्सा सबैभन्दा ठूलो प्रमाण छ । तर, यसलाई भारतीय पक्षले नमान्ने भनिसकेको छ । उसलाई विविध किसिमले मनाउन पनि सकिन्छ । मनाउन सकिएन भने अन्तर्राष्ट्रिय सन्धि-सम्झौता र दस्तावेजहरूलाई पकड्न सकिन्छ र अन्त्यमा पनि केही लागेन भने अन्तर्राष्ट्रिय अदालत पनि छ । तर, त्यहाँ पुग्नुभन्दा अघि हामी हाम्रा कुरा भारतलाई नै सशक्त ढंगले राख्न जरुरी छ ।

हामीले अहिलेकै सीमा बचाउन नसकेका बेला केही साथीहरू भने इस्ट इन्डिया कम्पनीले हडपेको सीमा पनि पाउन सकिन्छ भनिरहेका छन् नि ?

हामी सबल भयौं भने नहुने कुरै छैन । हामी विकसित भयौं, सशक्त भयौं, हाम्रा कुरा विश्वले पत्याउन सक्ने वातावरण बनायौं भने यो संसारमा नहुने भन्ने कुरा नै छैन । तर, अहिले हामी सानो कुरामा नै अल्झिरहेका छौं । पुरानो विशाल र अखण्ड नेपाललाई पुनः फिर्ता पाउन सकिने उदाहरण संसारमा प्रशस्त छन् । सुरुमा त हामीले हाम्रै वर्तमान सीमालाई बचाउन सक्नुपर्‍यो नि ।

Posted in अन्तरबार्ता | Leave a Comment »

Treaty of Mahakali

Posted by Ram Kumar Shrestha on August 14, 2010

K. V. Rajan, that time Indian ambassador to Nepal, when came to Nepal it reminded Nepalese Treaty of Mahakali as he was one of the key persons behind this treaty. Let’s see what is in this treaty.

REATY– HIS MAJESTY’S GOVERNMENT OF NEPAL AND THE GOVERNMENT OF INDIA CONCERNING THE INTEGRATED DEVELOPMENT OF THE MAHAKALI RIVER INCLUDING SARADA BARRAGE, TANAKPUR BARRAGE AND PANCHESHWAR PROJECT (1996)

His Majesty’s Government of NEPAL and the Government of INDIA (hereinafter referred to as the “parties”)

Reaffirming the determination to promote and strengthen their relations of friendship and close neighborliness for the co-operation in the development of water resources;

Recognizing that the Mahakali River is a boundary river on major stretches between the two countries;

Realizing the desirability to a treaty on the basis of equal partnership to define their obligations and corresponding rights and duties thereto in regard to the waters of the Mahakali River and its utilization; Read the rest of this entry »

Posted in Miscellaneous | Leave a Comment »

सीमामा भएको सास्तीको नालिबेली

Posted by Ram Kumar Shrestha on August 14, 2010

नेपालको सीमासम्बन्धी आधिकारिक अभिलेख राख्ने नापी विभागले दार्चुलाको कालापानी क्षेत्र र नवलपरासी जिल्लाको सुस्ताबाहेक अन्य ठाउँमा नेपाल-भारतबीच सीमासम्बन्धी सैद्धान्तिक समस्या नरहेको बताए पनि बेला-बेलामा भारतीय पक्षले नेपाली सीमा अतिक्रमण गरेको भन्दै विवाद सिर्जना हुने गरेका छन् ।

पूर्वको झापादेखि पश्चिमको कञ्चनपुर हुँदै दार्चुलाको कालापानीसम्ममा सीमा समस्या देखिएका छन् । विज्ञहरूले ५४ भन्दा बढी स्थानमा सीमा समस्या देखिनुका साथै भारतले नेपालको ६०,००० हेक्टर जमिन अतिक्रमण गरेको बताउँदै आएका छन् । देशभरमा देखिएका सीमा समस्याहरूबारे तयार पारिएको एक सरकारी प्रतिवेदनमा पनि नेपाल-भारतबीच धेरै सीमा समस्या बाँकी रहेको निष्कर्ष निकालिएको छ ।

सीमाक्षेत्रमा नेपाली भूमि अतिक्रमणमात्र भएको छैन, भारतीय पक्षले एकतर्फीरुपमा लगाएका बाँधहरूले पनि पटक-पटक सयौं नेपाली गाउँहरू डुबानमा पर्दै आएका छन् । ठाउँ-ठाउँमा भारतीय पक्षले एकतर्फीरुपमा दसगजा क्षेत्रमा सीमा अतिक्रमण गरी वस्ती र बजार बसाल्नुका साथै खेतीपाती गरी सडक र विद्यालय निर्माण गरेको छ । Read the rest of this entry »

Posted in News | Leave a Comment »

Nepal-India border security meeting in India

Posted by Ram Kumar Shrestha on August 14, 2010

RSS

ITAHARI: Nepali and Indian officials held a meeting in Arariya district of Bihar in India on controlling criminal activities along the border.

Chiefs of local administration, police chiefs and chiefs of land survey and customs offices of Morang and Sunsari districts of Nepal and Arariya district of Bihar took part in the meeting. The meeting agreed to solve border issues between the two countries within a month, according to Sunsari assistant CDO Basudev Ghimire.

They agreed to hold at least four joint meetings every year and also visit the sites wherever the border disputes arise.

The two sides agreed to put border security personnel on alert to curb cross-border crimes and cooperate for security in view of the local elections in Bihar.

Posted in News | Leave a Comment »

Very urgent on Nepali captives in Libya

Posted by Ram Kumar Shrestha on August 13, 2010

To:

H.E. Mr. Abdurrahman Mohamed Shalgham
Ambassador Extraordinary and Plenipotentiary Permanent Representative

The Permanent Mission of
Socialist People’s Libyan Arab Jamahiriya
to the United Nations

Your Excellency,

On behalf of all Nationalist Nepalese, I would like to draw your as well as the Government of Libya’s attention towards the 12 Nepali nationals who have been taken captives in Libya. Those Nepali nationals have been deprived of food and proper treatment in Libya not mention of breach of the agreement of their salary as agreed while working in the company based in Libya.

Your Excellency, I do not have to remind You that we both are the members of the Non-aligned Movement and enjoy the very cordial relationship. Considering our friendly relationship, we, Nationalist Nepalese living in the United States and elsewhere would like to request Your Excellency that You will consider the matter with utmost urgency and request the Government of Libya back home to provide justice to the captive Nepali Nationals at the earliest.

In anticipation of Your Excellency’s swift act, we Nationalist Nepalese want to assure You for the highest degree of cooperation to the people and the Government of Libya. Thank you.

With due honor,

Bishal B Shah
New York,
718-476-3857
bishalshah@yahoo.com

Posted in News | Leave a Comment »

Ghisingh Threatens to Revive Gorkhaland Demand

Posted by Ram Kumar Shrestha on August 13, 2010

Outlook India

Gorkha National Liberation Front (GNLF) chief Subash Ghisingh today threatened to revive his demand for a separate Gorkhaland if the Centre and the West Bengal government went ahead with setting up an interim Darjeeling Gorkha Hill Council (DGHC).

Without naming the Gorkha Janmukti Morcha (GJM), which drove him out of Darjeeling in 2008 and proposed an interim DGHC to replace the present one to run the administration in the hills, Ghisingh said that it would be a ‘disaster’ and that he has submitted a memorandum to Congress president Sonia Gandhi.

Ghisingh, who had first raised the demand for a separate state of Gorkhaland and led a violent movement from 1986 to 1988 before settling for the establishment of the DGHC, in his memorandum to Gandhi pointed to the tripartite Memorandum of Settlement (MoS) on Sixth Schedule status to the DGHC signed in Kolkata between the Centre, the West Bengal government and the GNLF (Gorkha National Liberation Front) in December 2005.

Under the Sixth Schedule, DGHC was to get more powers similar to those enjoyed by the Autonomous District Councils of Assam, Meghalaya, Mizoram and Tripura.

Noting that the Sixth Schedule Bill may have lapsed in Parliament, Ghisingh said, “but it is not dead and can be resurrected.” Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , , , | Leave a Comment »

Ghisingh claims he will return to Darjeeling shortly

Posted by Ram Kumar Shrestha on August 13, 2010

FROM IBNLIVE

Jalpaiguri (WB), Aug 13 (PTI) Gorkha National Liberation Front (GNLF) supremo Subash Ghisingh today claimed that he would shortly return to Darjeeling hills, from where he was driven out by the Gorkha Janmukti Morcha in 2008, as the situation had improved there. Ghising, who had first voiced the demand for Gorkhaland and led a violent movement from 1986 to 1988 before settling for the Darjeeling Gorkha Hill Council (DGHC), had earlier said the situation there was not conducive for his return. “We will return shortly. I am not announcing the date,” Ghisingh told reporters at his residence here, guarded by the police, where he has been living since his ouster from Darjeeling. He also claimed that the interim DGHC proposed by the Centre and on which tripartite talks were being held currently with the GJM and the West Bengal government was opposed by the people of Darjeeling. Ghisingh said there should also not be any dilution in the Sixth Schedule status that he had proposed for ensuring greater autonomy in the Darjeeling hills. Under the Sixth Schedule, the DGHC, which runs the administration in the Hills, was to get more powers similar to those enjoyed by the Autonomous District Councils of Assam, Meghalaya, Mizoram and Tripura. A Memorandum of Settlement (MoS) on Sixth Schedule status to the DGHC was signed between the Centre, the West Bengal government and the GNLF in December 2005. The agreement was signed by the then Union Home Secretary V K Duggal, then West Bengal Home Secretary Amit Kiran Deb and Subash Ghisingh in the presence of then Union Home Minister Shivraj Patil and West Bengal Chief Minister Buddhadeb Bhattacharjee. The GNLF supremo’s insistence for Sixth Schedule status for the Hills had caused him to fall out with his then close aide, Bimal Gurung, who is currently the president of the rival GJM.

Posted in News | Tagged: , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

कपिलवस्तु दिवस विश्व अभियान समितिका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र

Posted by Ram Kumar Shrestha on August 13, 2010

(हिजोको समाचारको अपडेट )

अगष्ट १२ २०१० काठमाडौं । कपिलवस्तु दिवस विश्व अभियान समितिका लागि आजको दिन विशेष दिनको रुपमा स्मरणीय रहनेछ । भगवान् बुद्धको जन्मस्थलबारे सिर्जित भ्रमको निवारण गर्न नेपाल सरकारको तर्पुबाट पहल गरी दिन र नेपाली संचार माध्यमहरुले यस विषयलाई बढी गम्भिरतापूर्वक उठाई दिन ध्यान आकृष्ट गर्ने उद्देश्यले नेपालमा उपलब्ध विश्व अभियान समितिसँग आवद्ध सदस्य तथा सल्लाहकारहरुबाट प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने कार्य भयो ।

यस अवसरमा यस अभियानको उद्देश्य र हालसम्म गर्दै आएका कार्यको बारेमा डा विताराम श्रेष्ठबाट प्रधानमन्त्रीज्यूलाई जानकारी गराइएको थियो । यस अभियानको बारेमा प्रधानमन्त्रीज्यूबाट अभिरुचिपूर्वक सुन्नु हुँदै यसको उद्देश्य र कार्यलाई अत्यन्त सकारात्मक रुपमा लिनुभएको छ । उहाँले यस Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

५० परिवारलाई घर छाड्न एसएसबीको धम्की

Posted by Ram Kumar Shrestha on August 12, 2010

’पहिले सात दिनमा छाडिसक्नू भने। पछि दुई महिनाको समय दिएका छन् ।’

झापा, दक्षिणी झापाको पाठामारी-८ का ५० परिवारलाई तत्काल घर छाड्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले धम्की दिएको छ । हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मीले तत्काल घर छाड्न धम्की दिएका हुन् । धम्कीपछि एसएसबीले स्थानीयका १० वटा कच्चीघर भत्काइदिएको छ । वर्षर्देखि नेपाली भूमिमा बस्दै आएका पाठामारी-८ का पानीलाल यादव, चिनीलाल यादव, सफी आलम, नारायण यादव, गोपीलाल झालगायतका परिवारलाई घर छाड्न भारतीय सुरक्षाकर्मीले धम्की दिएको स्थानीय अमरुद्दिन मियाले जानकारी दिए ।

‘यहाँ आएर नापे, अनि किला ठोकेर यो ठाउँ खाली गर्नू भन्दै गएका छन्,’ पाठामारी-८ का सवीर आलमले भने, ‘पहिले सात दिनमा छाडिसक्नू भने । पछि दुई महिनाको समय दिएका छन् ।’ पहिले नेपाली जमिनमा बसेका पाठामारी-८ का ५० परिवार ०५३ सालमा गाडिएको नयाँ स्तम्भपछि दसगजा क्षेत्रमा परेका छन् ।

‘त्यहाँको ६ नम्बर जंगेपिलरलाई आधार मान्ने हो भने त्यो नेपाली भूमि हो, ०२१ सालको सर्पट नापीबाट नेपाली जग्गाधनी प्रमाण पुर्जा बनेको छ,’ सीमासम्बन्धी जानकार मेची क्याम्पस प्रमुख चिन्तामणि दाहालले भने, ‘११२ नम्बर पिलरलाई आधार मान्दा मात्रै त्यो दसगजा क्षेत्र पर्छ ।’ उनले अन्तर्राष्ट्रिय सीमासम्बन्धी कानुनलाई मान्ने हो भने एकपक्षीय रूपमा आएर कसैलाई घर छोड भन्ने अधिकार नरहेको बताए ।

त्यहाँको दसगजा क्षेत्रमा भारतीय पनि बसेका छन् । तर, एसएसबीले नेपालीलाई मात्र धम्की दिएको जानकारी दिँदै आलमले भने, ‘उनीहरूले यहाँ भिडन्त पनि हुन सक्छ भनेका छन् ।’ एसएसबीले घरका टाटी पनि भत्काइदिएको छ । १११ नम्बर पिलर भने मेचीपारि पर्छ, त्यो ठाउँमा एसएसबीको क्याम्प छ । उनीहरूले दसगजा मात्र होइन, नेपाली भूमिमै क्याम्प बनाएका छन् । भारतीय दादागिरीबारे मंगलबार नेकपा माओवादी र बुधबार थानीय प्रशासनले स्थलगत अध्ययन गरेको छ ।

अध्ययनपछि माओवादीले कूटनीतिक मर्यादाविपरीत आफैँ नापजाँच गरी सीमांकन गरेको भन्दै अतिक्रमण रोक्न भारतलाई चेतावनी दिएको छ । निरीक्षणपछि माओवादी सभासद् पूर्णसिंह राजवंशीले सीमा अतिक्रमणबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइने बताए । सीमा क्षेत्रको अध्ययन गरेर फर्किएका झापाका प्रहरी उपरीक्षक रवीन्द्र शर्माले समस्या समाधानका लागि छिट्टै दुई देशका सुरक्षा अधिकारीको बैठक बस्ने सहमति भएको बताए ।

Posted in समाचार | 1 Comment »

 
%d bloggers like this: