Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for March, 2011

लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना

Posted by Ram Kumar Shrestha on March 31, 2011

शेरबहादुर केसी, लुम्विनी, चैत १७- शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीलाई प्राकृतिक दृष्टिले भरिपूर्ण बनाउन लुम्विनी विकास कोषले खुला चिडियाखानाको अवधारणा अघि सारेको छ। डब्लुडब्लुएफको सहयोगमा कोषले लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना अघि सार्न गइरहेको हो।

‘बुद्ध जन्मस्थललाई प्राकृतिक दृष्टिले विकास गर्ने सोचअनुरुप खुला चिडियाखाना बनाउने योजना अघि सारेका हौं– लुम्विनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापाले नागरिकलाई भने।

लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना दीर्घकालीन दृष्टिले अघि बढाउनेबारेमा डब्लुडब्लुएफका अधिकारी र लुम्विनी विकास कोषबीच केही चरणमा छलफलसमेत भइसकेको छ। यो दीर्घकालीन योजना अघि बढाउन डब्लुडब्लएफसँगको छलफल प्रारम्भिक भएको कोषको भनाई छ।

कोषले यो अवधारणा सुरु गर्न पहिलो चरणमा वन विस्तारका लागि नर्सरी व्यवस्थापन र कोषको खुला क्षेत्रलाई तारवार लगाउने कामलाई पहिलो चरणमा राखेको छ। कोषको कोषको ७ सय ७७ हेक्टर क्षेत्रफलको वरिपरिको १६ किलोमिटर क्षेत्रफलमा तारबार लगाए खुलारुपमा सर्वसाधारण कोषको क्षेत्राधिकारभित्र मनपरी पस्न पाउँदैंनन्। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

हिमाली अनुसन्धानकालागि विश्वमै प्रख्यात

Posted by Ram Kumar Shrestha on March 30, 2011

 

लक्ष्मण अधिकारी / सोलुखुम्बु

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखैमा रहको पिरामिड प्रयोगशाला विश्वकै सबैभन्दा उच्च क्षेत्र (High Altitude) मा रहेको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र हो । समुदि् सतहबाट ५०५० मिटरको उचाइमा रहेको यो अनुसन्धान केन्द्र पिरामिड इन्टरनेशनल ल्याब्रेटोरी एण्ड अब्जरभेटोरी सेन्टर (PYRAMID INTERNATIONAL LABORATORY AND OBERSERVATORY CENTER ) को नामले चिनिन्छ । यो उच्च भू- भागिय अनुसन्धान (High altitude research) गर्ने सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रयोगशाला हो ।
सन् १९९० मा इटालियन भुगोल विद्ध आर्दियो देसियो (Ardito Desio) को नेतृत्वमा ईटालियन नेशनल रिसर्च काउन्सिल (Italian National Research Council (CNR) र तत्कालिन नेपाल राजकिय विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (Royal Nepal Academy of Science & Technology (RONAST) विच भएको सम्झौता अनुरुप यो प्रयोगशालाको स्थापना भएको हो ।

Posted in समाचार | Leave a Comment »

साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण

Posted by Ram Kumar Shrestha on March 30, 2011

[कपिलबस्तु दिवस अभियानले बुद्ध र बुद्ध जन्मस्थलबारे भ्रम सिर्जना गर्ने सामग्री सहितका पुस्तक, लेख एबं वेब साइटहरुको लिस्ट तयार गर्ने योजना बनाएको सन्दर्भमा बिस्व नेपाली साहित्य महासंघले नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि निर्माण गरेको ‘नेपाल सम्बन्धि सूचना सुधार कार्यदल’को कार्य चुनौतिपूर्ण भए तापनि अत्यन्तै स्वागतयोग्य छ ।]

ब्रुनाई २८ मार्च २०११ विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो ।

बरिष्ठ साहित्यकार स्व. डायमण्ड शमशेर राणाको चिर आत्माले शान्ति पाओस भन्ने कामना गर्दै एक मिनेट मौनधारणबाट शुरु भएको बैठकले अघिल्लो बैठकको निर्णयहरुको समिक्षा गर्दै अध्यक्ष डा. मधु माधुर्य (रसिया), उपाध्यक्ष तिलक मल्ल (जापान) र महासचिव विश्वासदीप तिगेला (ब्रुनाई) रहेको ३ सदसिय महासंङ्घ केन्द्रिय सचिवालयको निर्माण भएको घोषणा गर्यो, बाँकी २ जना भविश्यमा थप गर्ने निर्णय भयो ।

नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि महासंघले निर्माण गरेको ‘नेपाल सम्बन्धि सूचना सुधार कार्यदल’मा बरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई (किर्तिपुर) र कपिलबस्तु दिवस अभियान अभियन्ता रामकुमार श्रेष्ठ (वेलायत)लाई सर्वसम्मत आग्रह सहित चयन गर्यो र अघिल्लो बैठकबाट चयन हुनुभएका साहित्यकार मुरारीराज शर्मा सहित अब ३ सदस्यित कार्यदल बन्न पुगेको छ, साथै भविश्यमा स्पेनिस, फेन्च, चाइनिज लगायत अन्य भाषाविदहरुलाई पनि समेटिने निर्णय गर्यो । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , | Leave a Comment »

ऐतिहासिक नक्साका आधारमा कालापानी सीमा विवादको विश्लेषण

Posted by Ram Kumar Shrestha on March 29, 2011

– डा. सुरेन्द्र के.सी

विषय प्रवेश: समकालीन इतिहासमा कालापानी विवादले नेपाली वर्तमानलाई निकै प्रभावित पार्यो । जसले गर्दा त्यसको वास्तविकता के हो भन्नेविषयको विश्लेषण गर्नुपर्ने दायित्व अहम् रूपमा देखियो। भनिरहनु परोइन, मुलुकको विविध ऐतिहासिक पक्ष खासगरी मुलुकको चौहद्धि, सन्धि सर्पण र ऐतिहासिक घटना कहाँ कसरी घटित भएका हुन् र कुन घटना र निर्णयको कहाँ कस्तो सरोकार रहेको छ भन्ने विषयको विश्लेषण यस क्रममा महत्वपूर्ण रहेको हुन्छ। सही दृष्टिकोण र विश्लेषणको अभावले गर्दा कालापानी विवाद नेपाल भारत सम्बन्धमा अहम् प्रश्नको रूपमा रह्यो एवं आन्तरिक राजनीतिलाई पनि यसले अत्याधिक प्रभावित पार्योन। यसले दुई देशबीचको सम्बन्धलाई नै नकारात्मक प्रभाव पार्ला भन्ने भय उत्पन्न भएको छ। खासगरी कालापानी बाहेक नेपाल–भारत १७५० किलोमिटर लामो खुल्ला सीमानामा मेची नदी, रसियावाल खुर्दलोटन बाँध र लक्ष्मणपुर बाँध जस्ता एकपछि अर्को सीमा र सीमाक्षेत्रमा भारत सरकारद्वारा एकतर्फी रूपमा भए गरेका अतिक्रमण र क्रियाकलाप एवं नेपालको सार्वभौमिकता, पानी सम्बन्धी तल्लो तटिय पूर्वाधिकार प्राप्त मुलुकले गर्नुपर्ने आचरण र सीमा सम्बन्धी अन्य अन्तर्राष्ट्रिय मान्यता र परम्पारको बारम्बार उपेक्षा हुने गरेको सन्दर्भमा पनि कालापानी विवादको ऐतिहासिकता र विवादका मूलभूत विषयमा चर्चा गर्नु आवश्यक छ। Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Tagged: , , | Leave a Comment »

सीमावर्ती गाउँका नागरिक एसएसबीबाट त्रस्तः अध्ययन प्रतिवेदन

Posted by Ram Kumar Shrestha on March 29, 2011

जनक नेपाल

नेपालगन्ज, चैत्र १५ – सीमावर्ति क्षेत्रका नागरिकहरू भारतीय एसएसबीबाट त्रसित रहेको पाइएको मानवअधिकारकर्मीहरुको एक अध्ययनले दाबी गरेको छ ।

भारतीय सिमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिई बर्दिया शान्तिपुरका तुलबहादुर शाहीलाई बेपत्ता पारेको घटनापछि कतिखेर के हुने हो सन्त्रासमा सर्वसाधारणहरु बाँचिरहेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ । सरकारले उक्त बेपत्ता घटनाप्रति देखाएको बेवास्ताले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले असुरक्षा महसुस गरेको मानव अधिकार सन्जाल बाँकेको अध्ययनमा उल्लेख छ ।

घटनाको स्थलगत अध्ययन प्रतिबेदन सोमबार सार्बजनिक गर्दै सन्जालले सरकारी बेवास्ताका कारण पीडित परिवारले विदेशी सुरक्षाकर्मीबाट बेपत्ता आफन्तको लास वा सासको अवस्था थाह पाउनबाट बन्चित भएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । भारतीय सुरक्षाकर्मीले नेपाली भूमिबाट आफ्नो नागरिक कब्जामा लिई बेपत्ता पारेको एक महिना नाघीसक्दा पनि पीडितको अवस्था पत्ता  नलाउनुले सरकार, परराष्ट्र मन्त्रालय तथा स्थानीय प्रहरी प्रशासन घटनाप्रति गम्भीर नभएको अध्ययन टोलीको ठहर छ ।

बर्दिया जिल्लाको जमुनी गाविस भारतसाग सिमा जोडिएको गाविस भएकाले त्यहाका वासिन्दाहरू घाँसदाउराका लागि भारतीय जङ्गलमा जाने गरेका छन् । भारतीय जङ्गलमा घासदाउरा गर्न भारतीय सुरक्षाकर्मीले छुट दिएको तर त्यो छुट नीतिगत रुपमा नभएर सुरक्षाकर्मीको स्वविवेकमा भरपर्ने र उनीहरूले चाहेको बखत छुट गर्ने र नचाहेको बखत रोक लगाई घाासदाउरामा गएकाहरूको हसिया बञ्चरो खोस्ने गरेको छन् । बेपत्ता पारिएका हर्कबहादुर शाही ०६७ फागुन ५ गते भारतीय जङ्गलमा घाँस लिन गएको पत्नी जुनकिरीले बताईन् । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Gorkhas pause dharna in Delhi

Posted by Ram Kumar Shrestha on March 28, 2011

ISIKKIM.COM

 

The Gorkha Janmukti Morcha (GJM) led dharna at Jantar Mantar in Delhi concluded after 26 days on Friday, March 25, 2011. The dharna was initially conceived to be of 45 days but was pre-concluded in 26 days. The reasons cited for the preponement vary from sudden conclusion of Parliament session to elections in West Bengal. GJM is putting up its candidates in the West Bengal assembly elections due next month. Though, Gorkha Jan Mutkti Nari Morcha president and wife of GJM Supremo Bimal Gurung, Asha Gurung and other Gorkha leader refused to confirm any single reason why the dharna was being preponed. Earlier the Nari Morcha president called for Gorkhas in army and paramilitary forces to support the Gorkha cause. Read the rest of this entry »

Posted in News | Leave a Comment »

History of Indian Conspirator Intervention in Nepal (1950-2011)

Posted by Ram Kumar Shrestha on March 27, 2011

By Dirgha Raj Prasai

Nepal is a landlocked nation. It borders China in the north and India in the south. Defending its sovereign identity from these two giant nations is Nepal’s nationalistic strategy.

The unfortunate fact is that a majority of our political leaders are Indian agents. It is worthless to expect from these leaders to save our nationality and independence. Unless the traitors and corrupt leaders dominating the big parties (Congress, UML, and Maoists) are chased away, democracy and nationalism will not be secured.

There is no alternative to parliamentary democracy and constitutional monarchy in Nepal. But it does not mean that we follow Indian orders and perish Nepal’s identity. The definition of Nepal’s nationality is to maintain balanced bilateral diplomatic ties with both countries, China and India, based on democracy and by protecting its pride.

Cordial people to people level relations between Nepal and India has existed since ancient times. We have to keep friendly relations with India due to our similar cultural and religious traditions. But sadly Indian congress, ever since coming to power has been striving to destabilize Nepal. India, through its intelligence agency ‘RAW’, has been found continuously involved in destabilizing our national identities – royal institution, Hindu Kingdom and national language, which were developed along with the ideology of national unity, security and national identity. RAW through its agents in the Nepali Congress, UML and Maoist parties is now pressing for autonomous federal states on communal basis. Read the rest of this entry »

Posted in Article | Leave a Comment »

‘बहादुर नेपाली’लाई अस्ट्रेलियाली पदक

Posted by Ram Kumar Shrestha on March 27, 2011

ऋषि आचार्य, सिड्नी, चैत १३- हतियारधारी लुटेरा समातेर प्रहरीलाई बुझाउने एक नेपाली विद्यार्थी अस्टे्रलिया सरकारको ‘बहादुरी’ पदकबाट सम्मानितहुँदैछन्। काठमाडौं चाबहिलका सरोज खतिवडालाई अस्टे्रलिया सरकारले ‘द अस्ट्रेलियन ब्रेभरी डेकोरेसन्स’ दिने घोषणा गरेको हो। गभर्नरल जनरल (बेलायतकी महारानीका प्रतिनिधि) को कार्यालय, क्यानवेराले बहादुरी प्रदर्शन गरेबापत उक्त पदक प्रदान गर्न लागेको बेहोरासहित आफूलाई पत्र दिएको खतिवडाले नागरिकलाई बताए। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

भारतीय प्रहरीले नेपाल पसेर दुईजना समाते

Posted by Ram Kumar Shrestha on March 27, 2011

By अमन कोइराला

सर्लाही, चैत्र १३ – भारतीय प्रहरीले आइतबार बिहान नेपाल प्रबेश गरि सर्लाहीको सिमाबर्ती बलरा गाविसका दुई ब्यक्तिलाई पक्राउ गरेको छ । अन्य केहीलाई कुटपिट समेत गरेको स्थानीयले बताएका छन् ।

बलरा गाबिस-१ लक्ष्मीपुरका अबधेस मिश्र र राजीव मिश्रलाई बिहान पौने चारबजे ५०/६० को संख्यामा आएका भारतीय प्रहरीले पक्राउ गरेका हुन् । बिहान अध्यारैमा ठूलो संख्यामा आएका भारतीय प्रहरीले गाउँ घेरा हाली ४ वटा घरमा छापामारी गरेका थिए । पक्राउ पर्ने अबधेस र राजीव बाबु छोरा हुन् । अन्य तीनजनालाई पक्राउ गरि सिमामा लगेर कुटपिट गरि छाडिदिएको स्थानीयले बताए ।

मिश्रको घरबाट लाइसेन्स प्राप्त एकथान हतियार समेत भारतीय प्रहरीले लगेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले भारतीय प्रहरीले नेपालमा आएर नेपालीलाई गिरफ्तार गरेको सुचना पाएपछि बास्तबिकता बुझ्न प्रहरी परिचालन गरिएको जानकारी दिए । ‘नेपाल प्रबेश गरेर कुनैपनि नेपालीलाई पक्राउ गर्न पाईंदैन,’ जोशीले भने, ‘हामी बुझ्दै छौं । यो गलत कृयाकलाप हो ।’ Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Gurkha who repelled Taliban attack gets bravery medal

Posted by Ram Kumar Shrestha on March 25, 2011

A Gurkha who single-handedly fought off an attack by at least a dozen Taliban insurgents has been awarded Britain’s

Acting Sgt Pun’s father and grandfather were both Gurkhas too

second highest medal for bravery.

Acting Sergeant Dipprasad Pun used up all of his ammunition and resorted to using his machine gun tripod to repel the attack in Afghanistan in September.

The Gurkha, 31, of Ashford, Kent, said he was a “lucky guy” and very proud to get the Conspicuous Gallantry Cross.

A total of 136 UK servicemen and women are being honoured, four posthumously. Read the rest of this entry »

Posted in News | Tagged: , , , | Leave a Comment »

“आपोकालिप्सिस” : एउटा “आपोकालिप्सिस” ढाल्नुछ

Posted by Ram Kumar Shrestha on March 23, 2011

मधु माधुर्य ( हाल : रसिया)

एक्लो सगरमाथा –

ठिंग उभिनुको कुनै अर्थ छैन अब

पग्लेर थुप्रै हिमालहरु

वागमती ‘टुकुचा’ बगिरहेछ …

 

विसर्जनको प्रवाहसंगै

इतिहासको जंडू नियति

दक्षिण बगिरहेछ

‘चुनामी’ नेताहरुको

जिजिविषा

भत्काउँदै

मठ-मन्दिर र गुम्बाहरु

थाप्दै दक्षिणको “आशिर्वाद”

उक्लिरहेछ

विकराल आपोकालिप्सिस :

उही सिक्किमको भीरबाट

देश खस्ने खतराको

अप्रिय  संकेत –

२-४ कुपुत्रहरुको उन्मादपूर्ण अट्टहास

वा आफ्नै आमा विरुद्धको ‘मुर्दाबाद’

भस्मासुरको कालो हात बनेर

भविष्यको पुर्पुरोतिर

बेरोकटोक / खुलमखुल्ला

डुलिरहेछ  … Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

REPLY TO UBGEA’S LETTER TO PM

Posted by Ram Kumar Shrestha on March 22, 2011

On behalf of UBGEA, its Secretary General D. Maskey wrote a letter to the Prime Minister regarding the ongoing Gurkha issue. Here given the response from the prime Minister for your information:

Read the rest of this entry »

Posted in News | Tagged: | Leave a Comment »

के के रहेछ त भारतको नेपाल चासो ?

Posted by Ram Kumar Shrestha on March 20, 2011

By पर्शुराम काफ्ले

काठमाडौं, १९ मार्च । नेपाल र भारतबीचको विगतदेखि रहँदै आएको जनस्तरमा सहज तर दुईपक्षीय मामिलामा असहज सम्बन्धसँग सम्बन्धित दुई दशकअघिका दुई घटना अहिले पनि सान्दर्भिक हुनसक्छन् । पहिलो, तत्कालीन भारतीय विदेश सचिव के पी एस मेननले ६ डिसेम्वर १९८८मा नयाँ दिल्लीस्थित नेपाली राजदुतसँगको भेटमा दिएको अत्यन्तै अमर्यादित आक्रोस ।

तत्कालीन आवश्यकताका आधारमा छिमेकी चीनबाट नेपाली सेनाका लागि हतियार ल्याउने नेपालको निर्णयप्रति कुटनीतिक शैली नाघेर मेननले पारस्परिक विश्वासमा आधारित मित्रता नेपालपक्षले तोडेको आक्षेप लगाए । मेननको भनाई थियो, ‘परस्परमा विश्वास भएको भए चीनबाट हातहतियार खरिद गर्दा नेपालले भारतसँग किन परामर्श गरेन ? नेपाललाई विमानभेदी क्षेप्यास्त्र किन चाहिएको हो ? कसका विरुद्ध यो प्रयोग हुँदैछ ? यस किसिमको चिनियाँ कार्ड प्रयोग गरेर नेपालले आफ्नो प्रभुसत्ताको प्रदर्शन गर्न चाहेको हो भने त्यो उसको कुरा हो तर दीर्घकालीनरुपमा १०–२० बर्षपछि नेपाल आफैँले यसबाट उत्पन्न कठिन समस्याको समाधान गर्नुपर्ने छ ।’ (नेपाल भारत र चीन सन्धी, पेज १५१) Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Tagged: | Leave a Comment »

Global Glory for NIFT Alumnus

Posted by Ram Kumar Shrestha on March 18, 2011

Designer Prabal Gurung, an alumnus of Delhi’s National Institute of Fashion Technology, has been nominated for the CFDA (Council of Fashion Designers of America) awards, one of the world’s biggest honours in fashion. He has been nominated for the Swarovski Award for Womenswear along with French designer Joseph Altuzarra and American actress-designer duo Mary-Kate and Ashley Olsen.

Gurung, in his thirties, was born in Singapore, grew up in Nepal and studied fashion in Delhi, where he worked with Manish Arora among others. In 1999, he began his career in New York, interning for Donna Karan while attending Parsons School of Design. When he did launch out on his own, Gurung’s collection won rave reviews from the international media who commented on his YSL-style classic design sensibility. Today, he counts Michelle Obama, Oprah Winfrey and Demi Moore among his clientele. In November, Gurung won the 2010 CFDA Vogue Fashion Fund award. Will he be just as lucky this time around? The awards will be announced in Lincoln Center, New York, on June 6 this year.

@INDIAN EXPRESS

 

 

Posted in News | Leave a Comment »

Pride of Nepal

Posted by Ram Kumar Shrestha on March 16, 2011

Posted in Video | Leave a Comment »

 
%d bloggers like this: