Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for July, 2012

Engaged Buddhism in a Global Context

Posted by Ram Kumar Shrestha on July 28, 2012

By Kishore Sherchand

The concept of Engaged (सकृय) or Socially Engaged Buddhism is not new in a global context but it sounds may be somewhat unfamiliar to Nepalese monks and scholars. The reason behind is obvious. Nepal, although claims to be the birthplace of the historic figure Sidhartha Gautam Buddha, does not seem to have much that has had contributed to the world as a teachings of Buddhism. Buddhism has had its dazzling capacity to adopt and adjust to the environment where it went. In the present context of the expansion of Buddhism in the more elite world, it tried to seek yet another avenue of finding not only “Sit, Meditate, Realize the Three Pillars – Buddha, Dharma and Sangha” but also apply meditation and its teachings into the social, environmental, economic and political actions.”

 

Donald Rothberg and Hozan Alan Senauke gave the notion that came into the Western society popularly known as “Socially Engaged Buddhism” is a Dharma practice that flows from the understanding of the complete yet complicated interdependence of all life. It is the practice of the Bodhisattva vow to save all beings. It is to know that the liberation of ourselves and the liberation of others are inseparable. It is to transform ourselves as we transform all our relationships and our larger society. It works at times from the inside out and at times from the outside in, depending on the needs and conditions. It is to see the world through the eye of the Dharma and to respond emphatically and actively with compassion.

 

Buddhism so far in the lands of Buddha are basically divided into three categories or sects: Therabad (Way of the elders), original form of Buddhism mostly popular in Sri Lanka, plain India and other South East Asia; Mahayana (great vehicle) popular in East Asia China, Korea, Japan and part of Vietnam and Vajrayana form of Mahayana popular in Tibet, Himalayan region of Nepal, India, Bhutan, Mongolia, part of Eastern Russia. The fourth one coming up as the Western Form of practice composed with socially engaged, may be living room-based, more secular, may be non-monastic, more philosophically approached than the traditional lands of Buddhism. This is termed like Engaged, Socially Engaged, Humanistic or Navayana. In the Western context, I would also prefer to call it Dhyanayana (meditational). Read the rest of this entry »

Posted in Article | Leave a Comment »

कोरियामा ‘नेपाल लुम्बिनी’ फोटो प्रदर्शनी (फोटो फिचरसहित)

Posted by Ram Kumar Shrestha on July 23, 2012

कृष्ण मुश्यान

सउल । लुम्बिनी भ्रमण वर्ष २०१२ दक्षिणा कोरिया उपसमितिले कोरियाको सार्वजनिक स्थल जोंगाक स्टेशनमा ‘नेपाल-लुम्बिनी’ फोटो प्रदर्शनी गरेको छ । प्रदर्शनी आइतवार कोरियाको सउलमा गरिएको थियो । विभिन्न चारवटा स्थानमा फोटो प्रदर्शनी गरिसकेको समितिले सार्वजनिक स्थल सउलको जोंगाक स्टेशनमा फोटो प्रदर्शन गरिएको लुम्बिनी भ्रमण वर्ष कोरिया उपसमितिका सल्लाहकार रमेश श्रेष्ठले जानकारी दिनु भयो ।

प्रदर्शनी करिब ३ घण्टासम्म चलेको थियो । यस अबधिमा करिब २ सय ५० जनाले फोटोहरु अवलोकन गरेका थिए । कार्यक्रमको अन्तमा नेपाल राजदूताबासका राजदूत कमान सिंह लामाले उपनियोग प्रमुख राजाराम बर्तौला तथा लुम्बिनी भ्रमण वर्ष कोरिया उपसमितिका संयोजक गुरुजु नबिन बज्राचार्यको उपस्थितिमा जोंगाक स्टेशनका मेनेजर किम योंग ग्वानलाई फोटो प्रदर्शनी गर्ने ठाउँ उपलब्ध गराई दिनु भएकोमा सम्झना स्वरुप सगरमाथाको फोटो हस्तान्तरण गर्नु भएको थियो ।

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

किच्चक बध – धार्मिक एबं ऐतिहासिक पर्यटकीय स्थल

Posted by Ram Kumar Shrestha on July 22, 2012

झापा जिल्लाको पृथ्वीनगर ५ मा पर्ने किच्चक बध एउटा धार्मिक तथा ऐतिहासिक महत्वको पर्यटकीय क्षेत्र हो । स्वस्थानी पूर्णिमाको दिनमा यस स्थानमा एउटा बिशाल मेला पनि लाग्ने गर्दछ ।

महाभारतकालमा बलशाली पाण्डब, भीमसेनले किच्चक नाम गरेको एक राक्षसलाइ यही स्थानमा मारेको बिश्वास गरिन्छ । २०६२ सालमा गरिएको एक उत्खननबाट यस स्थानमा एक घरको कोठा, पर्खाल र ढलनिकाशको अबशेष फेला परेको थियो । उत्खननमा भेटिएका यी सामाग्रीहरु २ देखि ५ हजार बर्ष पुरानो हुनसक्ने बिश्वास गरिन्छ ।

Kichak_badh_bhimsen_statue_likking_kichak

यस स्थानमा भीमसेनले किच्चकलाइ मार्दै गरेको बिशाल मुर्ति पनि बनाइएको छ।  धार्मिक पर्यटनका साथ साथै किच्चक बध पिकनिकको लागि पनि प्रसिद्ध छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

दलाई लामाका बोली र नेपाली जनमानसको प्रश्न

Posted by Ram Kumar Shrestha on July 15, 2012

गुरुमाथि प्रश्नै राख्न हुन्न भन्ने कहीँ छैन । अझ बौद्ध धर्ममा त छँदैछैन । बुद्धले गुरुहरु माथि नै वेदको प्रमाणिकतामा प्रश्न उठाएर प्रमाणिक बुद्ध धर्मको परिशिलन गरेका थिए । गुरुहरुकै अलौकिक शक्तिमाथिको अन्धविश्वासमा प्रश्न उठाएर नै लौकिक धर्मको स्थापना गरेका थिए । गुरूहरूकै हिंसापूर्ण यज्ञसंस्कृतिको विरोधमा प्रश्न उठाएर अहिंसापूर्ण धर्मको प्रतिपादन गरेका थिए । गुरुमाथि नै ब्राह्मणहरुको जन्मजात वर्चश्वमाथि प्रश्न उठाएर समावेशी धर्मको प्रतिपादन गरेका थिए । गुरुको शीक्षामा अन्धभक्त भएर अनुयायी नबन्न नै बुद्धको शिक्षा छ । त्यसैले बौद्ध चरित्र अनुरुप पनि गुरुमाथि प्रमाणका आधारमा प्रश्न राख्नु कुनै अपराध होइन, तार्किक र धर्मसम्मत नै छ । बुद्ध भन्छन् “अप्प दीपो भव” अर्थात आफै बत्ती बन । यो शीक्षा गुरुलाई मात्र होइन शिष्यलाई पनि हो । आफैमा प्राज्ञ हुनुपर्यो । त्यस प्रकाशले अन्धकारलाई नामेट गर्न पर्यो । बत्ती बनेका शिष्य प्रज्ञा जगतमा प्रश्न राख्छन् – के अँधेरोमा उज्यालोको लागि प्रश्न राख्न धर्मसम्मत छैन ? त्यस जनमानसको चाहना हो दलाई लामा स्वयंले बत्ती बनेर सही प्रकाश छर्दै यसको समाधान गर्न पर्छ ।

डा कविताराम श्रेष्ठ

दलाई लामाले बोलेका प्रशंगलाई लिएर धेरै कुराहरु मिडियामा आइरहे । उनले जे भनेपनि धर्मगुरुले भनेका हुन यसै शिरोधार्य गर्न पर्छ भनी कोही चुपचाप रहने देखिए भने कोही सही कुरा बोल्न वा चित्त नबुझेका कुरामा बोल्न पर्छ भन्ने पनि उत्तिकै देखिए । दुबै खालेका उग्र सम्बादले मिडिया निक्कै नै अप्रिय ढंगमा गरम रहन गयो ।

मिडियामार्फत थाहा भयो दलाई लामाले, “बुद्धमार्गको सुरुवात भारतबाट भएको हो । कोहीकोही बुद्धलाई नेपाली भन्छन् केहीले भारतीय तर यसबाट केही फरक पर्दैन” भनेका रहेछन् । तर यसको ठीक विपरित बुद्धको जन्मभूमी नेपालमा पर्नुले नेपाल र नेपालीलाई धार्मिक, राजनीतिक, आर्थिक र साँस्कृतिक हिसाबले धेरै फरक पर्छ भन्ने नेपालीहरू देखिए र यी मान्य धर्मगुरु अनुयायीहरुलाई चित्तै दुख्ने हिसाबमा प्रश्नका दायरामा पर्न पुगे ।

त्यहाँ गएर सुन्ने धेरैले मानेका छन्, त्यसदिन दलाई लामाले बुद्धका जन्मस्थानबारे उच्चारणै नगरेको भए पनि उनको प्रवचनमा कमी रहने थिएन । अनि बुद्ध जन्मेका त नेपाली भूमी लुम्बिनीमै हो भन्ने सत्य बोल्दा पनि त्यस प्रवचनमा कमी वा कुनै चारचाँद पनि लागिहाल्ने थिएन । तर बुद्ध भारतीय राजकुमार हुन् भन्ने भ्रम विश्वमा फैलिरहेको र भारतले त्यसैमा कुत्सित ढंगमा हावा दिइरहेको अनि नेपालीहरु भने ज्यान फालेर बुद्धजन्मस्थल लुम्बिनीको प्रतिष्ठालाई उचाल्न खोजिरहेको बेलामा धर्मगुरुले त्यो विषय नै महत्वपूर्ण होइन भन्न पुग्दा गुरूले सत्य कुरामा प्रकाश पार्न जीब्रो चपाएको मात्र होइन अझ झुठलाई नै साथ दिएको आभासमा नेपाली जनमानस झस्कन पुगे । बिचारणीय यो छ यो भनाई यस्तो सभामा भनियो जसको आयोजक लुम्बिनीको प्रतिष्ठालाई उचाल्न लागिपर्ने सक्रिय नेपालीहरु नै थिए ।

दलाई लामाका उक्तिलाई बुद्धका राष्ट्रीयता “नेपाली” वा “भारतीय” भन्ने विवाद्लाई सान्दर्भिक बनाइएको छ . तर शब्द चयन त्यस्तै भएपनि बुझिन्छ राष्ट्रीयताको कुरा यसमा पक्कै उनले उठाएका होइनन. २६०० वर्ष अघि न नेपाल थियो न भारत. उबेलाका कुरालाई आजको राजनीतिक भूगोलको दायरामा कुनै अज्ञानीले राख्छन होला तर दलाई लामाजस्ता धर्मगुरूले पक्कै राखेका होइनन । कुरा के हो र पक्कै के हो भने दलाई लामाले नेपालीहरूको ‘बुद्ध जन्मस्थल आजको दिनमा लुम्बिनी नेपालमा पर्छ’ भन्ने सत्याग्रह र भारतीयहरूको ‘बुद्धधर्मं भारतबाट सुरु भएको’ भन्दै गोलमटोलमा बुद्धलाई भारतीय बनाउने प्रयाशको सन्दर्भमा बोलेका हुन । त्यसैमा नेपाली जनमानसले बुझ्नपुग्यो कि दलाई लामा नेपालीहरुको सत्याग्रहलाई धर्म र गुरूबचनको आडमा निरुत्साहित गर्दैछन र घुमाई फिराई भारतीयहरुको कुत्सित प्रयाशलाई पक्षपोषण गर्दैछन ।

केहीले भनेका छन कि दलाई लामालको उक्तिबाट कुनैपनि नेपालीले मन दुखाउन पर्दैन किनभने उनले बुद्ध जता जन्मेपनि धार्मिक हिसाबमा कुनै फरक पर्दैन भनेका हुन लुम्बिनिलाई हेपेर भनेका होइनन । उनी लुम्बिनीलाई चार सम्बेजनीय स्थान मध्यको एक मान्छन र केही पहिले उनी लुम्बिनिमा तीर्थ समेत गर्न आएका थिए. त्यस्बखत नेपाल सरकारले चीन रिसाउछ भनी सहज यात्रा गर्न दिएका थिएनन र पनि उनी सामान्य तीर्थयात्रीसरह यहाँ आएका थिए । उनले यसलाई महत्व दिंदैन भन्ने त हुँदै होइन । तर त्यसै आधारमा उनैका बोळी केलाउदै नेपालीहरू भन्छन- त्यसैले त नेपालको महत्तालाई छायाँमा पार्दै भारतीय हितको पक्षपोषण गर्ने उनी दाऊ गर्छन । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

Obama visits the Great Buddha in Japan

Posted by Ram Kumar Shrestha on July 15, 2012

[Obama related news that is going to be re-posted here is not new, however; Hilary Clinton related news is new. These news under priority in this blog as these news show that US leaders are loyal to Buddha and Buddhism can play very important role to World Peace in the present world context. Some Buddhists from different countries and Nepalese (as Lumbini, Nepal is the birthplace of Buddha) are sharing and circulating these photos through social medias. And this is Global brotherhood. ]

By David Jackson, USA Updated 2010-11-14 12:48 PM

President Obama is winging his way back to Washington, but not before receiving some spiritual nourishment in Japan.

Obama visited the 44-foot-high Great Buddha statue of Kamakura, returning to a spot he visited when he was 6 years old.

“The first time I was here, I was this big,” Obama said, putting his hand up to his waist.

The copper Buddha statue, constructed in 1252, weighs 93 tons, and is seated in the lotus position, meditating. The statue is a sacred  Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , , , , | Leave a Comment »

All about Dil Shova Shrestha

Posted by Ram Kumar Shrestha on July 14, 2012

Some of you may cry while watching these clips.

Read the rest of this entry »

Posted in Video | Tagged: , , | 2 Comments »

Indian Television Says : Nepal is Part of India

Posted by Ram Kumar Shrestha on July 14, 2012

Indian media enjoys and feels proud to give wrong information time to time and can not keep other neighboring countries happy due to its poor diplomacy. This is one of the proofs (old clip):

Posted in Video | 1 Comment »

‘दलाइ लामाको प्रवचन र अस्वस्थामा हतोहतः’

Posted by Ram Kumar Shrestha on July 14, 2012

हुन त दलाइ लामालाई राजनीतिक पृष्ठभूमिबाट पनि हेर्न सकिन्छ । जो निर्वासित छन्, जसलाई भारतले शरण दियो । अनि उनले यो पनि बुझेका छन्– नेपाली खुशी हुँदा के पाउँछु ? अनि भारत दुःखी हुँदा के–के गुमाउछु ? धर्म आस्था र विश्वासमा चल्छ तर राजनीति त लाभहानीबाट ज्यादा निर्देशित हुन्छ । त्यो कुरा दलाइ लामाले नबुझेका होलान् भन्न सकिन्न । त्यसैले त भनिदिए नि बुद्ध भारत वा नेपाल जहाँ जन्मेको भएपनि बुद्धमार्ग चाहिँ भारतबाटै सुरु भएको हो । तर दलाइ लामाले यो पनि बुझ्नु पर्दछ कि, यदि कसैले तिब्बतीहरुमाझ अझ उनै दलाइ लामाको अगाडि “तिब्बत चीनको स्वशासित क्षेत्र होस् वा स्वतन्त्र राष्ट्र, त्यसको कुनै अर्थ छैन, तर त्यहाँ अहिले राम्रो विकास भएको छ, जनताको उन्नती नै मुख्य कुरा हो”, भनेर भनिदियो भने के हुन्छ ? उनको प्रतिक्रिया कस्तो रहन्छ ? के उनले हामीले जस्तै धैर्य राखेर ती कुरा सुनिरहन सक्छन् ?

By: शिवजी श्रेष्ठ

गतसाता भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाइ लामाको अल्डरसटस्थित फुटबल चौरमा बुद्धको जन्मभूमिको बारेमा भएको विरोधाभाष टिप्पणी चर्तित रह्यो । गजब त त्यो टिप्पणी नेपाली नै आयोजक रहेको कार्यक्रममा भएको थियो । सो टिप्पणी जब समाचारको रुपमा बाहिर आयो, तब नेपालीहरुबीच प्रतिकृयाका तरंग नै पैदा भयो । आक्रोश र आश्चर्य मिश्रित प्रतिक्रियाको एउटा तह नै सिर्जना भयो । जब एउटा नेपाली अनलाइन पोर्टलमा छापियो, ‘बुद्ध मार्गको सुरुवात भारतबाट भएको हो कोहीकोही बुद्धलाई नेपाली भन्छन्, केहीले भारतीय । तर यसबाट केही फरक पर्दैन’ ।

भारतसँग सम्बन्धित कुनै पनि नेपाली सम्पत्ति कुनै पनि नेपाली सम्पत्ति चाहे त्यो मानवीय कुरा हुन् वा जमिन, यही त्यसको कुनै अन्तर्राष्ट्रिय मूल्य छ भने त्यहा“ विवाद वा दावी गरेकै पाइन्छ । यस्तै दावीमध्ये एउटा बुद्धको जन्मस्थल पनि हो । यहीबीचमा दलाइ लामाको टिप्पणी आएको छ । जसै तेन्जिङ्ग नोर्गे शेर्पाले एडमण्ड हिलारीसँगै सगरमाथाको सन् १९५३ मे २९ मा सर्वप्रथम सफल आरोहण गरें, तब यसरी नै विवाद सिर्जना गरिएको थियो–तेन्जिङ्ग भारतीय कि नेपाली ? भनेर । प्रथम सगरमाथा सफल आरोहणका टोली नेता सर जोन हन्ट (बेलायती)सँग तेन्जिङ्ग शेर्पाको मनोमालिन्य देखिएको थियो । तब बेलायत भ्रमणमा रहेका जान अस्वीकार गरी भारतमा रहेका तेन्जिङ्गलाई तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले सम्झाएको प्रसंगमा भारतका लागि तत्कालीन नेपाली राजदूत विजयशमशेर जबराले तत्कालीन नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई एक पत्र लेखेका छन् । विजयले मातृकालाई सन् १९५३ जुलाई ३मा दिल्ली दुतावासबाट लेखेको पत्रमा नेहरुले तेन्जिङ्गको राष्ट्रियताको बारेमा किन विवाद निकालेको भन्ने सवालको जवाफ दिँदै विजयशमशेरले उल्लेख गरेका छन्, ‘तेन्जिङ्गको नागरिकताको सवाल हामीले हैन कि हिन्दूस्तान पत्रिकाहरुले जोडतोडले उठाएको हु“दा त्यसको जवाफमा दिएको बताउँदा तेन्जिङ्ग नेपालमा जन्मी त्यही हुर्किई बढी आफ्नो जीविकाको लागि भारतमा आई बसेको हो, उहाँकी आमा नेपालमा अझै जीवितै छ, परिवार छ, उहाँले नेपाली नागरिकता त्याग्नु भएको छैन, भन्दा तेन्जिङ्गतिर पर्किएर नेहरुले सोधेको प्रसंग छ, कहिए ये सब क्या हैं ? जवाफमा तेन्जिङ्ग भन्छन्, ‘मै तो कुछ नहि जनता हुँ साहेब, मे तो नेपालका भी हुँ, हिन्दुस्तानीका भी हुँ’ तब नेहरुले भनेका रहेछन्, तेन्जिङ्ग नेपाली भएपनि हिन्दुस्तानी भएपनि यसमा हामीले किन वादविवाद गर्ने ? यो त प्रकृतिमा नै मानवजातिकै विजय सम्झिनुपर्छ’ । यहा“ नेर आएर दलाइ लामा र नेहरुको भाव मिल्न गएको देखिन्छ । तर नेहरु भारतको स्वार्थमा बोलेको कुराको अर्थ बुझ्न सकिन्छ, तर तिब्बती धर्मगुरु दलाइ लामाको बुद्ध जन्मस्थलको अर्थ भने बुझ्न नसकिने छ ।

केही वर्ष अगाडि लन्डनस्थित ‘म्याडम तुसाड’ अवलोकन भ्रमणमा जाँदा उनै दलाइ लामाको मैनको मूर्तिमा राखिएको लिवारीमा बुद्धका अनुयायी भनेर बुद्धलाई कोष्ठभित्र (भारत) लेखिएको देख्दा मन चसक्क भएको थियो । त्यही कुरा एउटा प्रसंगमा बेलायतका लागि वर्तमान नेपाली राजदूतलाई सुनाउँदा उहा“को तत्कालै म्याडम तुसाडसँग लेखापढी गर्ने भनी चासो प्रकट गर्नुभएको थियो । तर तिनै बुद्धका अनुयायी भनी परिचय दिइएका धर्मगुरुको अहिलेको कुराले अब भने कुनै आश्चर्य बाँकी राखेन । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

Asian Festival 2012 in London

Posted by Ram Kumar Shrestha on July 10, 2012

Posted in Video | Tagged: , | Leave a Comment »

थाइल्यान्डमा लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसार (फोटो फिचरसहित)

Posted by Ram Kumar Shrestha on July 10, 2012

बैँकक । लुम्बिनी भ्रमण वर्ष २०१२ को प्रचार प्रसारमा टेवा पुर्‍याउने उद्देश्यका साथ नेपाली राजदूतावास, बैंककले पर्यटन प्रवर्द्धन सम्बन्धी एक भव्य कार्यक्रम गरेको छ । दूतावासले शनिवार थाइल्याण्डको पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण फतया शहरमा कार्यक्रम गरेको हो । खासगरी बुद्धको जन्मथलो लुम्बिनीका वारेमा प्रचारप्रसार गरी नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष तथा लुम्बिनी सम्बन्धी सुचनाहरु लेखिएका बिभिन्न ब्यानरहरु समाएर तथा भगवान वुद्धको मुर्ति समेतले गाडीलाई सजिसजाउ पारेर शहर परिक्रमा गरिएको थियो ।

राजदूतावासका पदाधिकारीहरु, एनआरएन तथा थाइ नेपाली संघका पदाधिकारीहरु तथा नेपालबाट आएका सांस्कृस्तिक टोलीका कलाकारहरुले लुम्बिनी भ्रमण वर्ष लेखिएका तथा लुम्बिनी भ्रमण बर्षको लोगो राखिएका टिशर्टहरु तथा अन्य नेपाली भेषभुषाका पोशाकहरु पैरिएर सास्कृतिक कार्यक्रमका साथ शहर परिक्र गरेका थिए । व्यस्त शहरमा करिब २ किलोमिटर पैदल यात्रा गर्दा नेपालबाट आएको सास्कृतिक टोलिले बाजाघाजाका साथ नाचगान गर्दै लामबद्ध भएर शहर परिक्रमा गर्दा स्थानीय निकायबाट सडक उपलब्ध गराउने तथा सुरक्षा प्रदान गर्ने लगायत उल्लेख्य सहयोग गरिएको थियो । उक्त कार्यक्रम उत्सुकताका र कौतुहुलका साथ ठूलो जनसमूदायले हेरेको थियो र स्थानीय पत्रकार, जनसमूदाय, पर्यटकहरुबाट फोटो तथा भिडियो खिच्न त घुइचो लागेको थियो । लुम्विनी विकास कोष र एनआरएन थाइल्याण्डले लुम्बिनी भ्रमण वर्ष २०१२ उल्लेखित लोगो समेत राखेको टिसर्ट उपलब्ध गराएका थिए ।

Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

Clip with Dalai Lama’s Partial London Speech

Posted by Ram Kumar Shrestha on July 7, 2012

Posted in Video | Tagged: , , , | Leave a Comment »

Personality: Janak Sapkota – Poet Internationally Recognized but Shadowed in the Motherland

Posted by Ram Kumar Shrestha on July 6, 2012

[ Janak Sapkota is from Nepal, currently a postgraduate science student in Finland. He has published Lights Along the Road, a collection of haiku co-authored with the American poet Suzy Conway. He won the Smurfit Samhain International Haiku Prize 2006 and the Seventh Annual Ukia Haiku Competition 2009. While on a writing residency at Cló Cheardlann na gCnoc, Donegal, Ireland, he published Full Moon, a limited edition haiku with Irish- language translations by Gabriel Rosenstock and images by Danielle Creenaune. He is, therefore, an internationally recognized poet, however; shadowed in his own motherland and this is just an attempt to bring him among Nepali community]

Indiasaijikiworlkhaiku

“A young Nepalese contemplative poet with a prodigious talent for writing haiku, is a visionary mediator between the self and the spirit. In his haiku of radiant light and rare insights he marvels at the mystery. He is attentive both to the World and to the word. He is truly alive to the awe, to the awesomeness of the creation.”

He has published Lights Along the Road (Bamboo Press, 2005), a collection of haiku co-authored with the American poet Suzy Conway. He won the Smurfit Samhain International Haiku Prize 2006 and the Seventh Annual Ukia Haiku Competition 2009. While on a writing residency at Cló Ceardlann na gCnoc, Ireland, he published Full Moon (Cló, 2010), a limited edition of his haiku with Irish language translations by Gabriel Rosenstock and images by Danielle Creenaune.

His haiku have appeared internationally in journals, magazines and newspapers such as The SHOp, Shamrock, Lishanu, Fri Haiku and Notes from the Gean. His recent collections include Whisper of Pines (Original Writing, 2012) a bilingual English-Irish edition with Gabriel Rosenstock and A Firefly Lights the Page (SanaSato, Finland, 2012), a bilingual English-Finnish edition by Arto Lappi. Read the rest of this entry »

Posted in Miscellaneous | Tagged: , , , , , , , , , , , , , , , , | Leave a Comment »

Nepali Origin Aruna Gurung bags Hong kong’s Chief Executive Award.

Posted by Ram Kumar Shrestha on July 5, 2012

Hong Kong Government honor Mrs. Aruna Gurung with ‘Chief Executive Commendation for Community Service Award” for her significant contribution to community service in occasion of 15th Anniversary Day of Hong Kong Handed over to China by Britain.

This award will handed over to Aruna in National Day of Hong Kong, October 1st by President of the Executive Council of Hong Kong.

Nepali Origin Aruna Gurung is working as In-flight Service Manager in Dragon Air Hong Kong. Gurung has been actively engaged in social work for a decade now. Aruna Said Working in these social service organization she will not get an salary or any allowances. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , | Leave a Comment »

विदेशमा चम्कदै नेपाली ठिटो

Posted by Ram Kumar Shrestha on July 5, 2012

How curious it is that a Nepalese haikuist –someone from the
Buddha’s territory – should present us with this haiku. Tradition has
it that the Buddha’s first inkling into the nature of conflict – and his
mission to find the remedy for all conflict – came from such a sight,
witnessed as a child, and now so succinctly sketched for us here by
Janak. Relish these haiku and senryu. They come from the purest
source!
Gabriel Rosenstock

काठमाडौ, असार २० – एउटा नेपाली ठिटो विज्ञान पढ्छ । जापानी भाषाबाट अरुमा फेरिदै आएका हाइकु (तीन हरफे कविता) अग्रेजी भाषामा लेख्छ । फिनल्यान्डमा बस्छ । आयरल्याण्डमा भएको अन्तराष्ट्रिय हाइकु प्रतियोगितामा प्रथम भएर पुरस्कार जितेको छ । त्यहाँ हुने साहित्यिक कार्यक्रममा ऊ विशिष्ठ अतिथिका रुपमा निम्त्याइन्छ । उसका हाइकु सुनेर बरिष्ठ कविहरूसमेत छक्क पर्छन् । विश्वमा प्रकाशित पुस्तकको डिजिटल भर्सन पुस्तक विक्रेता अमेजनले त्यही नेपाली ठिटोको पुस्तक डलरमा बेच्छ ।

तपाईंहरूलाई भेटाउँदै छु बागलुङमा जन्मेर, काठमाडौंमा हुर्के/बढे/पढेर मेटेरियल साइन्स (एप्लाइड फिजिक्स) मा स्नातकोत्तर गर्ने क्रममा फिनल्याण्डमा रहेका जनक सापकोटालाई । नेपाली मिडियामा त्यति नछाएका उनी फिनल्याण्ड र आयरल्याण्डका साहित्यकारमाझ भने राम्रैसँग परिचित छन् । उनका कृति अंग्रेजीका अतिरिक्त आइरिस र फिनिस भाषामा समेत प्रकाशित भएका छन् । फुटकर रचना त जापानी, स्विडिस भाषामा समेत अनुदित भएर छापिएका छन् । फिनल्याण्डमा केही महिनाअघि भएको प्रशिद्ध ‘टेम्परे बुक फेयर’ मा उनलाई आयोजकले अतिथिका रुपमा निम्त्याएको थियो । त्यसमा उनले हाइकु लेखनबारे आफ्ना अनुभव अरु साहित्यकारसामु बाँडेका थिए । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , | Leave a Comment »

किन टुङ्गिदैन बुद्ध जन्मस्थल विवाद ?

Posted by Ram Kumar Shrestha on July 5, 2012

 नेपालको एक अनलाइन पोर्टलमा दलाई लामाले दिएको वक्तव्यका बारेमा एउटा खबर छापिएपछि हजारौं नेपालीले रिसको आगो पोखे दलाई लामाप्रति । यति धेरैका संख्यामा प्रतिक्रिया देखेर साँच्चै मलाई लाग्यो, देशप्रेम र देशको अस्तित्वका लागि उर्लेको जमात हो त्यो । हुन त कतिपयले समाचार सायद राम्रोसँग नपढी जथाभावी लेखेका पनि हुन् तर समग्रमा प्रतिक्रियाहरु बुद्ध नेपाली हुन् भन्ने भावनाले ओतप्रोत देखिन्थ्यो । दलाई लामाले सीधा शब्दमा बुद्ध भारतमा जन्मिएका हुन् भनेका थिएनन् । उनले भनेका थिए स्पष्ट शब्दमा, ‘बुद्धमार्गको सुरुवात भारतबाट भएको हो । कोहीकोही नेपालीले बुद्धलाई नेपाली भन्छन्, केहीले भारतीय । तर यसबाट केही फरक पर्दैन ।’ तर भारतमा अर्को लुम्बिनी बनेको र कैयौँ ठाउँमा भारतीयहरुले बुद्ध भारतीय हुन् भन्ने दाबी गर्दछन् भन्ने चर्को चर्चा चलेकै बेला दलाई लामाले त्यस्ता कुरा कोट्याउँदा हजारौंको संख्यामा उपस्थित नेपालीहरुमध्ये केही त्यति नै बेला तातिएका थिए । दलाई लामाप्रति तीतो प्रतिक्रिया दिए केहीले । 

संगीता मरहट्ठा

दिनभरको थकानपछि सोफामा थचक्क बसेर टेलिभिजन हेर्दै थिएँ, म । रिमोट कन्ट्रोल यता र उता घुमाउँदाघुमाउँदै एउटा च्यानलमा गएर अड्किएँ । बलिउडका चर्चित अभिनेता शाहरुख खानको ‘स्वदेश’ भन्ने सिनेमा भर्खर सुरु भएको रहेछ । केही वर्ष पहिले निकै चलेको त्यो सिनेमा त्यसरी बजिरहेको देखेर मैले आज हेर्नैपर्‍यो भन्ने सोचेँ । अमेरिकामा राम्रो जागिर खाएर प्रशस्त पैसा कमाएका शाहरुख खान केही समयका लागि गाउँ आएका हुन्छन् । आफूलाई सानैदेखि हेरचाह गरेकी धाईआमालाई समेत अमेरिका नै लगेर गाउँलाई बाईबाई गर्न कस्सिएका शाहरुखलाई एउटा गाउँमा एक जना गरिबको घरमा पैसा उठाउन पठाइएपछि त्यहाँको दृश्यले मर्माहत बनाउँछ । म पनि अति नै भावुक भएँ त्यो दृष्य देखेर । अनायाशै बर्रबरी आँशु झरे मेरा आँखाबाट । एउटा सानो झुप्रोमा बसेका एक अति गरिब किसान, नाङ्गो आङ, स-साना लालाबाला, च्यात्तिएका लुगा लगाएका ।

सुख्खा रोटी खानै लागेका केटाकेटीको गाँस काटेर ती किसानले शाहरुखलाई रातिको खाना खुवाउँछन् । खडेरी परेछ यो वर्ष, बाँच्ने एउटै मात्र आधार खेती किसानी नभएपछि खाने के, बालबच्चालाई पाल्ने कसरी ? ती किसान आँखाभरि आँशु जमाएर असहृय वेदना ओकल्छन् । धनी भएका भए, दुनियाँ उनको पछि लाग्ने थियो होला तर ती एकजना गरीब किसानका बारेमा पीर लिने कोही हुन त परै जाओस्, उनी धर्तीमा जिउँदै हुन् वा नहुन् भन्ने कुराले कसलाई के नै प्रभाव पार्ने थियो र ? देशप्रेमको कडा सन्देश बोकेको त्यो सिनेमाले मन नै गह्रौँ बनायो मेरो । आफ्नो देश नेपाल अनि त्यहाँका यस्ता लाखौँ गरिबहरुको अनुहार र हुनेखानेले उनीहरुलाई कतिसम्म बेवास्ता गर्छन् भन्ने सम्भिmँदा मन झन् अमिलो भएर आयो ।

प्रसङ्ग गरिब र गरिबीको छ, नेपाल त्यसको पर्यायवाची जस्तो । प्रसङ्ग स्वदेशको छ, देशको पहिचान, अस्तित्व र गरीबै भए पनि त्यसप्रतिको मायाको छ । हो, आज म कुरो गर्दैछु संसारका सबैभन्दा गरीबमध्येको एक देश नेपालको । मानौँ, एकसरो कछाड लगाएका तर धनबिना पनि आत्मसम्मानले बाँच्न चाहने सिनेमाका ती निरिह गरीब किसान एकछिनका लागि हाम्रो देश नेपाल हुन् । उनीप्रति धनीहरुले गरेको व्यवहार हाम्रो देश नेपालप्रति अन्य देशका नागरिक, नेता वा अझ सञ्चार माध्यमहरुले गर्ने व्यवहार ।  Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »