Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

‘दलाइ लामाको प्रवचन र अस्वस्थामा हतोहतः’

Posted by Ram Kumar Shrestha on July 14, 2012


हुन त दलाइ लामालाई राजनीतिक पृष्ठभूमिबाट पनि हेर्न सकिन्छ । जो निर्वासित छन्, जसलाई भारतले शरण दियो । अनि उनले यो पनि बुझेका छन्– नेपाली खुशी हुँदा के पाउँछु ? अनि भारत दुःखी हुँदा के–के गुमाउछु ? धर्म आस्था र विश्वासमा चल्छ तर राजनीति त लाभहानीबाट ज्यादा निर्देशित हुन्छ । त्यो कुरा दलाइ लामाले नबुझेका होलान् भन्न सकिन्न । त्यसैले त भनिदिए नि बुद्ध भारत वा नेपाल जहाँ जन्मेको भएपनि बुद्धमार्ग चाहिँ भारतबाटै सुरु भएको हो । तर दलाइ लामाले यो पनि बुझ्नु पर्दछ कि, यदि कसैले तिब्बतीहरुमाझ अझ उनै दलाइ लामाको अगाडि “तिब्बत चीनको स्वशासित क्षेत्र होस् वा स्वतन्त्र राष्ट्र, त्यसको कुनै अर्थ छैन, तर त्यहाँ अहिले राम्रो विकास भएको छ, जनताको उन्नती नै मुख्य कुरा हो”, भनेर भनिदियो भने के हुन्छ ? उनको प्रतिक्रिया कस्तो रहन्छ ? के उनले हामीले जस्तै धैर्य राखेर ती कुरा सुनिरहन सक्छन् ?

By: शिवजी श्रेष्ठ

गतसाता भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाइ लामाको अल्डरसटस्थित फुटबल चौरमा बुद्धको जन्मभूमिको बारेमा भएको विरोधाभाष टिप्पणी चर्तित रह्यो । गजब त त्यो टिप्पणी नेपाली नै आयोजक रहेको कार्यक्रममा भएको थियो । सो टिप्पणी जब समाचारको रुपमा बाहिर आयो, तब नेपालीहरुबीच प्रतिकृयाका तरंग नै पैदा भयो । आक्रोश र आश्चर्य मिश्रित प्रतिक्रियाको एउटा तह नै सिर्जना भयो । जब एउटा नेपाली अनलाइन पोर्टलमा छापियो, ‘बुद्ध मार्गको सुरुवात भारतबाट भएको हो कोहीकोही बुद्धलाई नेपाली भन्छन्, केहीले भारतीय । तर यसबाट केही फरक पर्दैन’ ।

भारतसँग सम्बन्धित कुनै पनि नेपाली सम्पत्ति कुनै पनि नेपाली सम्पत्ति चाहे त्यो मानवीय कुरा हुन् वा जमिन, यही त्यसको कुनै अन्तर्राष्ट्रिय मूल्य छ भने त्यहा“ विवाद वा दावी गरेकै पाइन्छ । यस्तै दावीमध्ये एउटा बुद्धको जन्मस्थल पनि हो । यहीबीचमा दलाइ लामाको टिप्पणी आएको छ । जसै तेन्जिङ्ग नोर्गे शेर्पाले एडमण्ड हिलारीसँगै सगरमाथाको सन् १९५३ मे २९ मा सर्वप्रथम सफल आरोहण गरें, तब यसरी नै विवाद सिर्जना गरिएको थियो–तेन्जिङ्ग भारतीय कि नेपाली ? भनेर । प्रथम सगरमाथा सफल आरोहणका टोली नेता सर जोन हन्ट (बेलायती)सँग तेन्जिङ्ग शेर्पाको मनोमालिन्य देखिएको थियो । तब बेलायत भ्रमणमा रहेका जान अस्वीकार गरी भारतमा रहेका तेन्जिङ्गलाई तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले सम्झाएको प्रसंगमा भारतका लागि तत्कालीन नेपाली राजदूत विजयशमशेर जबराले तत्कालीन नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई एक पत्र लेखेका छन् । विजयले मातृकालाई सन् १९५३ जुलाई ३मा दिल्ली दुतावासबाट लेखेको पत्रमा नेहरुले तेन्जिङ्गको राष्ट्रियताको बारेमा किन विवाद निकालेको भन्ने सवालको जवाफ दिँदै विजयशमशेरले उल्लेख गरेका छन्, ‘तेन्जिङ्गको नागरिकताको सवाल हामीले हैन कि हिन्दूस्तान पत्रिकाहरुले जोडतोडले उठाएको हु“दा त्यसको जवाफमा दिएको बताउँदा तेन्जिङ्ग नेपालमा जन्मी त्यही हुर्किई बढी आफ्नो जीविकाको लागि भारतमा आई बसेको हो, उहाँकी आमा नेपालमा अझै जीवितै छ, परिवार छ, उहाँले नेपाली नागरिकता त्याग्नु भएको छैन, भन्दा तेन्जिङ्गतिर पर्किएर नेहरुले सोधेको प्रसंग छ, कहिए ये सब क्या हैं ? जवाफमा तेन्जिङ्ग भन्छन्, ‘मै तो कुछ नहि जनता हुँ साहेब, मे तो नेपालका भी हुँ, हिन्दुस्तानीका भी हुँ’ तब नेहरुले भनेका रहेछन्, तेन्जिङ्ग नेपाली भएपनि हिन्दुस्तानी भएपनि यसमा हामीले किन वादविवाद गर्ने ? यो त प्रकृतिमा नै मानवजातिकै विजय सम्झिनुपर्छ’ । यहा“ नेर आएर दलाइ लामा र नेहरुको भाव मिल्न गएको देखिन्छ । तर नेहरु भारतको स्वार्थमा बोलेको कुराको अर्थ बुझ्न सकिन्छ, तर तिब्बती धर्मगुरु दलाइ लामाको बुद्ध जन्मस्थलको अर्थ भने बुझ्न नसकिने छ ।

केही वर्ष अगाडि लन्डनस्थित ‘म्याडम तुसाड’ अवलोकन भ्रमणमा जाँदा उनै दलाइ लामाको मैनको मूर्तिमा राखिएको लिवारीमा बुद्धका अनुयायी भनेर बुद्धलाई कोष्ठभित्र (भारत) लेखिएको देख्दा मन चसक्क भएको थियो । त्यही कुरा एउटा प्रसंगमा बेलायतका लागि वर्तमान नेपाली राजदूतलाई सुनाउँदा उहा“को तत्कालै म्याडम तुसाडसँग लेखापढी गर्ने भनी चासो प्रकट गर्नुभएको थियो । तर तिनै बुद्धका अनुयायी भनी परिचय दिइएका धर्मगुरुको अहिलेको कुराले अब भने कुनै आश्चर्य बाँकी राखेन ।

भारतले बुद्ध भारतमा नै जन्मिएको हो भने प्रोपोगण्डा नै फैलाएको परिप्रेक्ष्यमा नेपाली जनस्तरबाट पनि ‘हैन बुद्ध नेपालमा नै जन्मिएको हो’ भन्ने अभियान नै चलाइरहेको सन्दर्भमा दलाइ लामाले बडा कूटनीतिक वाक्य बोलेका छन् । दलाइ लामा धर्मगुरु मात्रै हैनन्, निर्वासित तिब्बतीका नेता पनि हुन् । उनी यो कुरामा सचेत देखिन्छन् । जहाँ उनले, बुद्ध भारत वा नेपाल जहाँ जन्मेको भएपनि फरक पर्दैन, तर बुद्धमार्ग भारतबाटै सुरु भएको हो’ दलाइ लामाले यहा“ एउटा कथा सम्झाइदिएको छ । भारत अनि धर्मसँगै सम्बन्धित “महाभारत”मा जब कौरवपक्षका सेनापति द्रोणाचार्य बलियो अस्वस्थामा देखिन्छन्, तब कृष्णले एउटा षड्यन्त्र गर्छ । अनि प्रोपोगण्डा गरिन्छ, अस्वस्थामा मारियो भनेर । द्रोणाचार्यको छोरा अस्वस्थामा मारिएको खवरले शोकग्रस्त भई सेनापति द्रोणाचार्य कमजोर हुने ठहर गर्दै कृष्णले गरेको षड्यन्त्रमा द्रोणाचार्यले विश्वास नगरी यदी यो कुरा युधिष्ठिरले भनेमा विश्वास गर्छु भन्छन् । तर सत्यवादी युधिष्ठिर त्यो गलत कुरा भन्न हिच्किचाउँछन्, पछि कृष्णले तिम्रो भलाई यसैमा छ भनेर सम्झाएपछि युधिष्ठिर भन्छन्, “नरो वा कुन्जरोवा अस्वस्थामा हतोहतः” अर्थात् मानिस हो वा हात्ति, तर अस्वस्थामा मारियो । ठीक त्यहीशैलीमा अहिले दलाइ लामा बोलेका छन् ।

यो प्रोपोगण्डा पनि अनेकथरी हुन्छन् । कार्डिफ विश्वविद्यालयमा अध्ययनरत एक भारतीय मित्रले मलाई एक प्रसंगमा सीता पनि भारतमै जन्मिएको हो भनिदियो । सहनै नसक्ने झोंक चलेनि धैर्यतासाथ मैले सप्रमाण भनेको थिए– जनकपुरधाम, मिथिला नरेश अनि उनको राज्य र तिम्रै एक भारतीय महारानीले बनाइदिएको जानकी मन्दिर भन्दै जनकले जनकपुरमा हलो जोत्दा भेटिएकी सीता हुन् भन्दा उनले गजबको तर्क दिए । उनले माथिका कुरा सबै स्वीकार्दै भनेका थिए । “हो सीता जनक राजाले जनकपुरमा हलो जोत्दा नै भेटिएको हो, तर जनकपुर भारतीय सीमामा पर्छ र जनक राजाले हलो जोत्दै जा“दा धेरै पर पुगेछ, अनि जहा“ सीता भेटियो, त्यो भारतमा पर्दोरहेछ । अर्थात्, यहाँ पनि अर्को नरो वा कन्जरोवा नै बनाइदिए ।

जब दलाइ लामा चीनले तिब्बतमा हस्तक्षेप गरेपछि भारत निर्वासनमा गए । भनिन्छ, उनको पहिलो प्रयास नेपालमा नै शरण लिने थियो, तर सम्भव नभएपछि भारत प्रवेश गरे । तर नेपालमा उनलाई हेर्ने सरकारी दृष्टिकोण जे–जस्तो भएपनि जनस्तरबाट उनलाई सम्मानित नजरले हेरिन्छ । अझ बुद्धमार्गीहरुले त झन् सम्मान र अगाध आस्था राख्दछन्, तसर्थ उनीबाट व्यक्त विचारले उनीप्रति आस्थावानहरु पनि मर्माहत भएका छन् । अझ उनीप्रति अगाध आस्था एवं श्रद्धा गर्ने आयोजकहरुको मन अझ कति कुडिएको होला, तीमध्ये कति त लुम्बिनी कपिलबस्तु दिवस अभियानमा सक्रिय छन् । लुम्बिनी कपिलवस्तु त्यस्तो अभियान हो, जुन बुद्ध नेपालमा जन्मिएको तथ्यलाई संसारभर स्थापित गर्ने अभियान हो । जब कसैप्रति अगाध आस्था हुन्छ, श्रद्धा हुन्छ, उनले टेकेको माटो शीरमा लगाउन तयार हुन्छ, अनि उनको बोली छातीमा रहन्छ, मन्त्र बनाएर उच्चारण गर्छन् । तर तिनै व्यक्तिहरुले अनुभूति गर्नसक्छ, जसले त्यसको पीडा भोगेको हुन्छ । यद्यपि नेपालीहरु आफैमा सहिष्णु छन् ।

हुन त दलाइ लामालाई राजनीतिक पृष्ठभूमिबाट पनि हेर्न सकिन्छ । जो निर्वासित छन्, जसलाई भारतले शरण दियो । अनि उनले यो पनि बुझेका छन्– नेपाली खुशी हुँदा के पाउँछु ? अनि भारत दुःखी हुँदा के–के गुमाउछु ? धर्म आस्था र विश्वासमा चल्छ तर राजनीति त लाभहानीबाट ज्यादा निर्देशित हुन्छ । त्यो कुरा दलाइ लामाले नबुझेका होलान् भन्न सकिन्न । त्यसैले त भनिदिए नि बुद्ध भारत वा नेपाल जहाँ जन्मेको भएपनि बुद्धमार्ग चाहिँ भारतबाटै सुरु भएको हो । तर दलाइ लामाले यो पनि बुझ्नु पर्दछ कि, यदि कसैले तिब्बतीहरुमाझ अझ उनै दलाइ लामाको अगाडि “तिब्बत चीनको स्वशासित क्षेत्र होस् वा स्वतन्त्र राष्ट्र, त्यसको कुनै अर्थ छैन, तर त्यहाँ अहिले राम्रो विकास भएको छ, जनताको उन्नती नै मुख्य कुरा हो”, भनेर भनिदियो भने के हुन्छ ? उनको प्रतिक्रिया कस्तो रहन्छ ? के उनले हामीले जस्तै धैर्य राखेर ती कुरा सुनिरहन सक्छन् ?

@Everesttimes

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: