Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for January, 2012

बुद्ध जन्मथलो र लुम्बिनी भ्रमण वर्ष

Posted by Ram Kumar Shrestha on January 31, 2012

सन् २०१० को मध्यतिर दक्षिणपूर्वी एशियाली राष्ट्र लाओस पुगेको थिएँ । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको लाओसको राजधानी भियन्टाइन शहर सुनौला बुद्ध मूर्ति तथा मन्दिरहरुले झकिझकाउ थियो । २५ सय वर्ष अघि आफ्नो देशमा जन्मेका बुद्धको ज्ञानको ज्योति लाओसमा प्रज्वलित भैरहेको देख्दा म कम्ता फुरुङ्ग भइनँ । ती सबै दृश्य देख्दा लाओसी जनता बुद्ध जन्मथलोबारे राम्रै जानकार होलान् भन्ने लागेको थियो । यसैबीच मैले त्यहाँका केही साथीहरुलाई आफू बुद्धको जन्मेको देशबाट आएको भन्दा उनीहरुले बुद्ध त भारतमा जन्मेका होइनन् र भने । बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो कसरी भारत हुन्छ भन्दा उनीहरुले भारतीय दूतावासले हरेक वर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा बुद्ध भारतमा जन्मेको जानकारी दिइने गरेको बताए । यो सुनेर म चेत खाए । यो त एउटा सानो घटनामात्र हो । भारतले नेपालको दूतावास तथा कुटनीतिक नियोग नरहेका लाओसजस्ता अरु देशहरुमा यस्ता कुप्रचार कति विस्तार गरेको होला भन्ने कुरा यसैबाट अनुमान गर्न सकिन्छ । 

By रतन भण्डारी

नेपाल भ्रमण वर्ष २०११ पछि २०१२ लाई नेपाल सरकारले लुम्बिनी भ्रमण घोषणा गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी प्रचारप्रसार तथा विकास निर्माणमा भ्रमण वर्षले योगदान पुर्याउनुको साथै पयर्टन प्रवद्र्धनमा समेत टेवा पुग्ने आशा लिइएको छ । भारतले संसारभर बुद्ध भारतमा जन्मेको कुप्रचारलाई चिर्न समेत भ्रमण वर्ष सहायकसिद्ध हुने कुरामा विश्वास गर्न सकिन्छ । तर चीन, कोरियाजस्ता छिमेकी तथा मित्र राष्ट्रहरुले लुम्बिनी विकासमा सहयोग उपलब्ध गराउन खोज्दा भारतले अनेकन बहानामा बखेडा झिक्दै आएको सत्य पनि कहीँबाट छुपेको छैन । यसका बाबजुद नेपाल सरकारले घोषणा गरेको लुम्बिनीलाई भ्रमण वर्षलाई सफल पार्नु आम नेपालीको कर्तव्य हो ।

सन् २०१० को मध्यतिर दक्षिणपूर्वी एशियाली राष्ट्र लाओस पुगेको थिएँ । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको लाओसको राजधानी भियन्टाइन शहर सुनौला बुद्ध मूर्ति तथा मन्दिरहरुले झकिझकाउ थियो । २५ सय वर्ष अघि आफ्नो देशमा जन्मेका बुद्धको ज्ञानको ज्योति लाओसमा प्रज्वलित भैरहेको देख्दा म कम्ता फुरुङ्ग भइनँ । ती सबै दृश्य देख्दा लाओसी जनता बुद्ध जन्मथलोबारे राम्रै जानकार होलान् भन्ने लागेको थियो । यसैबीच मैले त्यहाँका केही साथीहरुलाई आफू बुद्धको जन्मेको देशबाट आएको भन्दा उनीहरुले बुद्ध त भारतमा जन्मेका होइनन् र भने । बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो कसरी भारत हुन्छ भन्दा उनीहरुले भारतीय दूतावासले हरेक वर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा बुद्ध भारतमा जन्मेको जानकारी दिइने गरेको बताए । यो सुनेर म चेत खाए । यो त एउटा सानो घटनामात्र हो । भारतले नेपालको दूतावास तथा कुटनीतिक नियोग नरहेका लाओसजस्ता अरु देशहरुमा यस्ता कुप्रचार कति विस्तार गरेको होला भन्ने कुरा यसैबाट अनुमान गर्न सकिन्छ ।

यसरी भारतले बुद्ध भारतमै जन्मेको कुप्रचार रोकेको छैन । सन् २००९ को शुरुतिर “चाँदनी चोक टु चाइना” नामक हिन्दी चलचित्रमा समेत बुद्ध भारतमा जन्मिएको विवादास्पद सम्वाद भारतीय सेन्सर बोर्डबाटै स्वीकृत भएको थियो । बोधगयालाई “अन्तर्राष्ट्रिय बुद्ध केन्द्र” बनाउने नाममा केही महिना अघि चीनको राजधानी बेइजिङमा भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा बुद्ध भारतमा जन्मेको खुलेयाम कुप्रचार गरिएको थियो । खासगरी नेपालले लुम्बिनी विकासमा देखाएको तत्परताबाट अतालिएको भारतले हतारहतार बेइजिङमा सो कार्यक्रम गरेको थियो । बेइजिङमा कार्यक्रम अघि भारतले काठमाडौँमै त्यसको पूर्वतयारी गरेको र केही नेपाली सहभागीहरुलाई पनि उक्त कार्यक्रममा सहभागी गराइएको पनि सुनिन्छ । यसरी विगतदेखि नै भारत बुद्ध भारतमा जन्मेको झुठलाई पुष्टि गर्न अनेकौँ हतकण्डा अपनाउँदैआएको छ । यसका लागि उसले सबै अश्त्र प्रयोगमा ल्याएको छ । एकताका भारत नेपालको लुम्बिनी पारी ईटा थुपारेर नक्कली कपिलवस्तुसम्म खडा गर्ने अभियानमा जुटेको थियो । शुद्धोदनको दरवार पिपरहवामा अनि बुद्धको मावली रामग्राम-देवदह नभइ भारतको महाराजगाज भन्ने हौवा मचाएको थियो । तर ऐतिहासिक-पुरातात्विक प्रमाण विनाको नक्कली भारतीय कपिलवस्तुलाई हावा खान धेरै दिन लागेन । केही नलागे पछि अजितकुमार त्रिपाठी तथा चन्द्रमान पटेलजस्ता तथाकथित भारतीय इतिहासकारहरुलाई अघि सार्दै भारतले बुद्धको जन्मथलो उडिसाको भुवनेश्वरनजिक कपिलेश्वरतिर भएको कुतर्क पेस गर् यो । उडन्ते कथाझै रचिएको उडिसाको ुतथाकथित कपिलवस्तु को पनि धेरै दिन टिकेन । भारत सरकारमात्र नभई भारतीय साधुसन्त समेत बेलाबखत बुद्ध भारतमा जन्मेको अभिव्यक्ति दिँने गरेका छन् । गत जेठ महिनामा भारतीय योगगुरु भनिने रामदेवले समेत उनको भ्रष्टाचार विरोधी आन्दोलनका बेला बुद्ध भारतमा जन्मेको भनेर खुला अभिव्यक्ति दिए । तर उनको भनाइको कतैबाट खण्डन भएन ।  Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | 3 Comments »

कोरिया सरकारले बुद्ध सम्बन्धी भ्रम सच्याउने

Posted by Ram Kumar Shrestha on January 30, 2012

By देवेन्द्र सम्बाहाम्फे

सोल , माघ १६ – दक्षिण कोरियाली सरकारले आफ्नो शैक्षिक पाठ्यपुस्तकमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल सम्बन्धी भ्रमलाई २०१३ बाट सच्याउने भएको छ ।

कोरियाली परराष्ट्र मन्त्रालयका एक अधिकारीले सोलस्थित नेपाली राजदूतावासलाई सोमबार भ्रम सच्याउने जानकारी गराए । ‘सन् २०१२ का लागि  पाठ्य पुस्तक मुद्रण भइसकेकाले आउँदो संस्करणबाट सुधार गरिने जानकारी प्राप्त भएको छ,’ ती अधिकारीको भनाइ उद्यृत गर्दै कार्यवाहक नेपाली  राजदूत राजाराम बर्तौलाले ईकान्तिपुरसित भने ।

कोरियाको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारे उल्लेख गरिएको छ । ती मध्ये एउटा पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल भारत भनि उल्लेख छ भने अर्को पाठ्यपुस्तकमा  बुद्धको जन्म  देखाइएको नक्सामा भारत देखाइएको छ । भ्रम सच्याउन कोरियाली सरकारले गरेको निर्णयप्रति दूतावासले स्वागत गरेको छ ।

गत अक्टोबर २४ को कान्तिपुर दैनिकमा ‘बुद्धबारे भ्रम’ सम्बन्धी समाचार पढेपछि गत डिसेम्बर १९मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत कमलप्रसाद कोइरालाले यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्ध सम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेखेका थिए ।

बुद्धबारे भ्रमलाई सच्याईदिन राष्ट्रपति ली म्यङ बाकलाई लेखिएको पत्रबारे डिसेम्बर २७ मा कोरियाली पत्रकार पार्क सी सोले कोरिया टाइम्सको अनलाइन संसकरणमा ‘सोल मुभ्स टु कन्र्फम बुद्धज बर्थ प्लेस’ शीर्षकमा लामो समाचार लेख्दै यसबारे कोरियन सरकार गम्भीर भएको उल्लेख गरेका थिए भने केहि दिन अघिमात्र कोरियाली पत्रकारहरको प्रश्नको जवाफ दिदै काबा राजदूत बर्तौलाले भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनी नै भएको बताउँदै लुम्बीनी भ्रमण बर्ष २०१२ को अवसरमा भ्रमण गर्न अनुरोध गरेका थिए । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Wake Up Call Nepal को अपिल

Posted by Ram Kumar Shrestha on January 27, 2012

    • Why This Is Important

      अपाङ्गता भएका व्यक्तिहरुका लागी सार्वजनिक भवन र सौचालयहरुमा सहज आवगमनका लागी नेपाल सरकारले संपूर्ण सार्वजनिक महत्वका भवनहरु सौचालय समेत अपाङ्ग मैत्री बनाउन अतयन्त जरुरी छ। नेपालको राजधानी काठमाडौँमा पनि अपाङ्गता भएका व्यक्तिहरुका लागी सबै स्थानहरु जस्तै कलेज, भोजनालयहरु, सुपरमार्केट र मलहरु आदिमा जानको लागी लगभग असम्भव जस्तै छ। त्यति मात्र णबएर हरेक नागरीकले पाउनु पर्ने अधिकारहरुको निम्ति धाउनु पर्ने सरकारी कार्यलयहरु पनि अपाङ्ग मैत्री छैनन्।

      यस्तो अवस्थामा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको जिवन कष्टकर रहेको छ। उदारहणका लागी उनीहरुमा क्षमता हुँदा हुदै पनि आफुले चाहेको विषय र कलेजमा अध्यन गर्न पाउँदैनन्, किनमेलका लागी मन लागेका पसल र मलहरुमा जान सक्दैनन्। सबै भन्दा दुखद कुरा त यो शहरमा भएका लगभग कुनै पनि सार्वजनिक सौचालयहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरु ढुक्क सँग जान सक्दैनन्।

      यसरी हामीले बिभिन्न सेवा र सुविधा अनि अन्य कह र अधिकारको कुरा गरिरहँदा हाम्रो देशको राजधानीमा नै अपाङ्गता भएका व्यक्तिहरु भने आधारभुत अधिकारबाट बन्चित भईरहेका छन्। सँसारका प्राय सबै मुलुकहरुले अपाङ्गता भएका व्यक्तिहरुका लागी विशेष व्यवस्था गर्न थालेको अहिलेको यो समयमा हाम्रो देशमा भने अपाङ्ग मैत्री सँरचना पनि नहुनु भनेको लज्जास्पद र दुर्भाग्य पुर्ण कुरा पनि भएको छ। आप्नो देशका अपाङ्ग व्यक्तिहरु मात्र हैन भोलिका दिनमा भ्रमणमा आउने कुनै अपाङ्ग पर्यटकले यहाँ कदम कदममा दुख भोग्नु पर्ने हुन सक्छ र त्यहि कुरा को उसले आफ्नो देशमा कुन हिसाबमा प्रचार गर्ला भनेर हामीलाई अनुमान गर्न गार्हो छैन।

      तसर्थ सार्वजनिक भवन र तिनका सौचालयहरुलाई अपाङ्ग मैत्री बनाएर नेपाल सरकारले अपाङ्ग नागरिकहरुको पन आधारभुत हक र अधिकारहरु सुनिश्चित गरोस् भन्ने हाम्रो जोडदार माग छ। Read the rest of this entry »

Posted in Miscellaneous | Tagged: , , | Leave a Comment »

ब्रिटिश म्यूजियममा वुद्ध जन्मस्थलबारे भ्रामक सन्देशलाई कसरी सच्याइएको छ त ?

Posted by Ram Kumar Shrestha on January 27, 2012

The panel now reads:  “The Buddha was born in 563 BC and named Siddhartha Gautama. He was a prince from the Shakya royal family, who ruled a region corresponding to the modern borderlands between Nepal and northern India. When the Buddha’s mother was expecting, her family sent her to the foothills of the Himalayas. She gave birth while travelling north, at a place called Lumbini in Nepal.”
कान्तिपुरमा कार्तिक १६ मा नविन पोखरेलद्धारा तयार पारिएको सामग्री “ब्रिटिश म्यूजियममा वुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश“, नेपालीपत्रको बर्ष ६ अंक १८ मा प्रकाशित नबिन पोखरेलकै “….बुद्धबारे जताततै भ्रम” र नेपालीपत्रकै सोही अंकमा नै प्रकाशित रामकुमार श्रेष्ठद्धारा लिखित “नक्कली लुम्बिनीले उब्जाएका जटील प्रश्न” पस्चात म्युजियमले आफ्नो फेसबुक पेजमा कुटनीतिक भाषा प्रयोग गरी म्यूजियमले बुद्ध भारतमा जन्मिएको भनी उल्लेख नगरेको भन्ने जानकारी सहितको सूचना जारी गरेको थियो नोभेम्बर ४ तारिखका दिन ।
सोही सूचनालाई आधार बनाएर लुम्बिनी-कपिलवस्तु दिवस अभियानले नोभेम्बर ६ तारिखका दिन समाचार बनाएर ब्रिटिश म्यूजियमलाई दबाब दिन बिभिन्न ईमेल मार्फत एक्कै दिनमा करीब ३००० लाई इमेल मार्फत र फेसबुकका ठूला ठूला ग्रुप मार्फत अनुरोध गर्‍यो । नोभेम्बर ७ तारिखका दिन ११३० कमेण्टहरु परेपछि बिहानको ११:०५ बजे म्यूजियमले बुद्धसम्बन्धी राखिएको जानकारी सच्याउने जानकारी सहितको सूचना जारी गर्‍यो । त्यसैलाई आधार बनाएर अभियानले त्यस्को दुई घण्टामा नै ब्रेकिङ न्यूज बनायो 
सो निर्णय गरेको करीब तीन हप्तापस्चात अमेरिकाको हार्बर्ड बिस्वबिद्यालयका जर्मन र चीनका केही बिद्यार्थीहरुले म्यूजियमले अझै पनि जानकारी सच्याउने काम नगरेको प्रश्न उठाएको कुरा Himalayan Voice ले जानकारी दिएर यथार्थता बुझ्न खोजेको र अन्य धेरैबाट यस किसिमको जिज्ञासा राखिएकोले अभियानको तर्फबाट धेरैतिरबाट आएका जिज्ञासाबारे जानकारी दिंदै म्यूजियमले कामको जिम्मा क्युरेटरलाई दिएकोमा सो काम सम्पन्न गर्न के कति समय लाग्ने हो सोको जानकारी दिन अनुरोध गर्दै पत्र लेखियो ५ डिसेम्बरमा । लामो समयमा पनि प्रत्युत्तर नआएकोले सोही चिट्ठी पुन: २९ डिसेम्बरमा पठाइयो । क्रिसमस र नयाँ बर्षको कारण जबाफ ढिलो आउनु स्वाभाबिकै थियो त्यसमाथि म्यूजियमले  पठाएको एउटा पत्र नपाईएको कुरा त्यसभन्दा पछाडिको पत्रबाट थाहा भयो र प्राप्त हुन नसकेको पत्र पुन: पठाउन अनुरोध गरियो ।  Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , | Leave a Comment »

बुद्ध जन्मस्थलबारे भ्रम निवारण र नेपालको गुमेको भू-भाग फिर्ताबारे

Posted by Ram Kumar Shrestha on January 23, 2012

By मनोज गजुरेल

इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म वर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकिरहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । अरनिकोको जन्मघर पेकिङ्मा र्सन सक्दछ, जनकपुरकी सीताको माइती, ‘जमशेदपुर’ भएको हल्ला गर्न सक्दछ । अहिले हल्लाहरु सत्य र सत्य- असत्यमा बिलाउने युग हो । तर, युग परिवर्तन गर्ने रिमोट हाम्रो हातमा छ । आउनोस्,यस्ता हल्लाहरुको युगबाट सत्ययुगतिर प्रतिगमन गरौं, इतिहासको पुन:उत्थान गरौं ।

बुद्धको जन्मस्थलो बारेमा केही भारतीय छापाले गरेको हल्ला जति भ्रमपुर्ण छ, मैले उद्घाटन गर्न खोजेको रहस्य त्यति नै यथार्थपूर्ण छ । हामीले कहिल्यै सोचेनौं, यो सानो हिमाली राज्यका सन्तानहरु इतिहासको कालखण्डमा संसारका कुन-कुन कुनासम्म पुगेर बसोबास गरिरहेका होलान् !! पत्याउनोस्, नपत्याउनोस्-भारत,बर्मा, मलेसियामात्र हैन- उत्तरी एसिया , दक्षिण अमेरिका, अफ्रिका र मध्यपुर्वका थुपै देशहरुमा दुई शताब्दी अगाडिदेखि नै गोर्खालीहरु स्थायी बसोबास गरिरहेको प्रमाण फेला परेको छ। बसोबासमात्रै हैन, उनीहरु जहाँ जहाँ बसेका छन् त्यहाँ त्यहाँ हल्ला नै नपर्ने गरी जरा समेत गाडेर बसेका छन् । Read the rest of this entry »

Posted in Uncategorized | 1 Comment »

An Interview with Sunita Basnet

Posted by Ram Kumar Shrestha on January 21, 2012

दक्षिण कोरियाको SungkongHoe Univesity मा पढ्ने सुनिता बस्नेतले केही समय अघि तपाईँहरुको सहयोगको अपेक्षा गरेकी थिइन Your Big Year नाम गरिएको बिश्वब्यापी प्रतियोगितामा आफूलाई बिजयी बनाउन । स्मलर अर्थ (Smaller Earth) नामक संस्थाले यो प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रतियोगितामा विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएका थिए जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ जना छनौट भएका थिए, जसमा सुनिता पनि एक हुन।

Smaller Earth नामक संस्थाद्धारा सञ्चालित Your Big Year को बिश्वब्यापी प्रतियोगितामा सहभागी विश्वका २१२ देशका ६० हजार युवा-युवतीबाट पहिलो चरणमा छानिएका १११ जनाबाट बिजयी १२ जनामध्येमा परेर Smaller Earth Ambassador भएकी छिन सुनिता बस्नेत । अब ग्लोबल एम्बेसडर बन्नको लागि उन्ले केही चरण पार गर्नु पर्नेछ र भबिस्यमा पुन: उन्लाई हाम्रो सहयोगको आवश्यकता पर्न सक्नेछ । यसरी विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएको प्रतियोगिताबाट जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ बाट १२ जनामा परी Smaller Earth Ambassador हुन सफल भएकीमा सुनिता बस्नेतलाई हाम्रो बधाई र आगामी चरणहरु पार गरेर ग्लोबल एम्बेसेडर बन्न सफल होस भन्ने हाम्रो शुभ-कामना छ ।

Smaller Earth Ambassador बन्न सफल भएकी सुनिता बस्नेतसंग लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट गरिएको सामान्य कुराकानी जानकारीको लागि युट्युबमा राखिएको छ (एकाध ठाउँमा इकोको कारण सामान्य समस्या देखिएको छ । ):

Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , | Leave a Comment »

यसरी आउँदैछ चिनियाँ रेल

Posted by Ram Kumar Shrestha on January 21, 2012

पूर्ण बस्नेत, हङकङ, माघ ७- चीनले तीव्र गतिमा विस्तार भइरहेको तिब्बत रेलमार्ग तीन वर्षभित्रै ल्हासाबाट सिगात्से पुग्ने र लगत्तै नेपालतर्फ विस्तार गरिने संकेत गरेको छ।चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमणको क्रममा गत शनिबार तिब्बत रेलमार्ग ल्हासाबाट काठमाडौं विस्तार गरिने जनाएलगत्तै बेइजिङमा यससम्बन्धी प्रगति विवरण सार्वजनिक भएको हो।

ल्हासा-सिगात्से खण्डमा पर्ने २ सय ५३ किलोमिटर रेलमार्गको ७७ प्रतिशत र उक्त भागमा पर्ने सुरुङ मार्गको ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको तिब्बत क्षेत्रीय विकास तथा सुधार आयोगले मंगलबार जनाएको छ।

‘तिब्बतको राजधानी ल्हासाबाट सिगात्सेतर्फ रेलमार्ग विस्तार कार्य तीव्र गतिमा भइरहेको छ, सन् २०१५ सम्म यो पूरा हुनेछ,’ आयोग प्रमुख जीन सिसुनलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।
बेइजिङस्थित दक्षिण एसिया मामिला विज्ञहरूले एक दशकभित्रै नेपाललाई रेलमार्गले जोड्ने चीनको तयारी रहेको जनाएका छन्। चीनको राज्य परिषद् अन्तर्गतको संस्था सिआइसिआइआरको दक्षिण तथा दक्षिण पूर्व अध्ययन केन्द्रका निर्देशक हु शिशेङ नौ वर्षभित्र तिब्बत रेलमार्ग नेपालसँग जोडिने बताउँछन्।

‘तीन वर्षभित्र ल्हासाबाट सिगात्से र लिन्ची जोडिन्छ,’ शिशेङले नागरिकसँग भने, ‘२०२० सम्म चीनलाई कम्तीमा दुईवटा रेलमार्गले दक्षिण एसियासँग जोड्ने छ- केरुङ वा कोदारी हुँदै नेपाल र यान्दोङ नाथुला नाकाबाट गान्तोक (भारत)।’ पाँच वर्षअघि ल्हासा आइपुगेको रेलमार्ग सिगात्से जोड्ने कार्य अघिल्लो वर्ष सुरु भएको थियो। एक वर्षमै आधा काम सकिएकाले तोकिएको समयअघि नै निर्माण पूरा हुने अनुमान अधिकारीहरूले गरेका छन्। सगरमाथा फेदीमा पर्ने तिब्बतको दोस्रो ठूलो प्रशासनिक केन्द्र सिगात्से भारत, भुटान र नेपालको सिमा नजिकै पर्छ। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Prince Harry is all set to climb Mount Everest

Posted by Ram Kumar Shrestha on January 18, 2012

Telegraph

Prince Harry will make good on his promise to the wounded servicemen he joined on their trek to the North Pole to join them on their next challenge – the world’s highest mountain

Prince Harry will make good on his promise to the wounded servicemen he joined on their trek to the North Pole to join them on their next challenge - the world's highest mountain

The 27-year-old prince dropped a broad hint at the end of his trek to the North Pole last year to raise money for Walking With the Wounded, the charity of which he is patron, that he wanted to join the group of wounded servicemen on their next challenge in May, which will see them climbing the world’s highest mountain.  Photo: PA

 By Tim Walker

With the celebrations to to mark his grandmother’s diamond jubilee, the Olympics and his first official solo tour taking him to Jamaica, Belize and the Bahamas, the year ahead already looks hectic enough for Prince Harry. The third in line to the throne is, however, adamant that 2012 will also see him realise his long-held ambition to conquer Everest.

The 27-year-old prince dropped a broad hint at the end of his trek to the North Pole last year to raise money for Walking With the Wounded, the charity of which he is patron, that he wanted to join the group of wounded servicemen on their next challenge in May, which will see them climbing the world’s highest mountain.

Buckingham Palace has since declined to comment on whether it would be possible to fit the climb into his schedule – “it will all depend on his Army commitments,” his spokesman will say only – and there has been no comment, either, from the charity. Now, however, Mollie Hughes, the 21-year-old mountaineer who plans to become the youngest British woman to climb Everest when she makes her own ascent with Kenton Cool in May, and who has been co-ordinating their climb with that of the Walking With the Wounded group, has told Mandrake she has been told that the prince will also be going up. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको दशौं राष्ट्रिय समिति गठन मलेशियामा

Posted by Ram Kumar Shrestha on January 16, 2012

सीमित स्वार्थका कारण बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले बुद्ध जन्मस्थलबारे सिर्जना गरेका दिग्भ्रमहरुलाई निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको कपिलवस्तु दिवस अभियान पछिल्लो समयमा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिले अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान राख्ने गरी गरिएको निर्णयलाई तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा यही डिसेम्बर १ तारिख २०११ का दिन वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्रीको प्रमुख आतिथ्य र मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु एबं राष्ट्रिय स्तरका थुप्रै ब्यक्तिहरुको उपस्थितिमा भएको नेपालमा आयोजना गरिएको कार्यक्रममा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले इण्टरनेटको माध्यमबाट वेलायतबाट मन्तब्य दिने क्रममा आधिकारिक रुपमा अभियानको नाम परिवर्तन गरिएको घोषणा गर्नु भएको थियो । यसरी सो दिनदेखि सो अभियानको तेश्रो वार्षिकोत्सब लुम्बिनी- कपिलवस्तु दिवसको रुपमा मनाइन थालिएको छ ।

अभियानको नाम यसरी परिवर्तन गरेपस्चात अभियानको संगठन बिस्तार गर्ने क्रममा राष्ट्रिय समिति गठन गर्नेमा मलेशिया पहिलो मुलुक बन्न पुगेको छ भने अभियानको राष्ट्रिय समिति गठन गर्नेमा भने दशौं । मलेशियाका लागि नेपाली राजदूत एबं अभियानका विस्व कार्य समितिका सल्लाहकार महामहिम Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

President launches Visit Lumbini Year

Posted by Ram Kumar Shrestha on January 15, 2012

LUMBINI , JAN 15 –

The Visit Lumbini Year 2012 formally began on Saturday, with President Ram Baran Yadav inaugurating the campaign at the Central Canal in Lumbini, the birth place of the Buddha.

“I declare 2012 as the Visit Lumbini Year and the end of the Nepal Tourism Year (NTY) 2011,” said President Yadav, lighting a peace torch amid a programme attended by more than 5,000 people, diplomats, government officials and stakeholders.

During the VLY 2012, the government aims to attract 1 million tourists, half of them foreigners. About 600,000 tourists, including 129,000 foreigners, visited Lumbini in 2011.

President Yadav also launched ‘Vision 2020’, a tourism perspective plan. The plan aims to bring in 2 million foreign tourists annually by 2020 to augment economic opportunities and increase employment in the tourism sector to 1 million. Read the rest of this entry »

Posted in News | Tagged: , | Leave a Comment »

Amazing! This is Milana Kharel from Nepal in Moscow

Posted by Ram Kumar Shrestha on January 15, 2012

Posted in Uncategorized | Leave a Comment »

पढ्नै पर्ने विषयवस्तु

Posted by Ram Kumar Shrestha on January 15, 2012

आदरणीय ताइवानवासी राष्ट्र्प्रेमी साथीहरु

नमस्कार ।

विशेष त आज मैले ताइवानबाट एउटा मेल पाएकि हाम्रा कुनै मित्रले ताइवानको इमिग्रेशन अफिसमा डा. हरिकुमार श्रेष्ठ एउटा कामले ताइवान बस्छ तर काम भने अर्कै गर्छ भनेर उजुरी दिएछन् । यसैबारे मेरा केही साथीहरुलाई पनि मेरो बारेमा सोध पुछ गरिएछ । कुरा अरु कैही नभएर हालै ताइवानमा मनाएको लुम्बिनी कपिलवस्तु दिवसलाई इष्यु बनाएका रहेछन् । धन्य रहेछ मानिसकौ मानसिकता पनि । हामीलै बुद्ध नेपालमा जन्मेका हुन् भनेर हिड्न पनि नहुने भयो । त्यसमा मैले के नै पो गरेको थिएं र केवल हामीले बुद्धको जन्मस्थानको बारेमा भएको भ्रमलाई निवारण गर्नको लागि बुद्धको जन्मस्थान नेपालको लुम्बिनी हो भनेर जानकारी दिएका थियौं । नेपाल पर्यटन विकास वोर्डबाट ताइवानको लागि मसंग पठाइएको कोसेली हामीहरुले ताइपेई, ताइवानमा बांडेका थियौं । अनि हामीले भेटेका केही व्यक्तिलाई नेपाल भ्रमणमा आउन आग्रह गरी निम्तो पनि गरेका थियौं । यस्ता काम त जुनसुकै देशका व्यक्तिले आप्mनो देशको पहिचान दिने काममा जहां पनि गर्न सक्छन् । के नेपालमा बस्ने विदेशिले आप्mनो देशको बारेमा जानकारी दिंदैनन् र ? खै मैले पनि नेपालमा कति ताइवानीहरुलाई सहयोग गरेको थिएं । म त स्वयंसेवा गर्न रुचाउने व्यक्ति, यस्तै काममा रमाउंछु र निरन्तर जो कोहीलाई पनि सकेको सहयोग गर्ने नै छु । त्यसैले, जसले त्यहां उजुरी दिनु भएको छ, नेपालमा आएर पनि उजुरी दिनुहोला साथी । मेरो विनम्र अनुरोध छ ।

यसबाट मलाई केही दुख छैन । राष्ट्र्प्रेमी मेरा साथीहरुले पनि दुख मान्नु पर्ने छैन । जेहोस्, जो जसले त्यसो गर्नु भएको छ धन्यवाद पनि दिन चाहन्छु र भविष्यमा पनि मैले गरेको यस्ता कार्यमा अझै उजुरी दिंदै जानुहोला । जे होस् राष्ट्र्को लागि हामीले केही त गरेका रहेछौं भनेर मलाई त निकै नै गर्व नै लागेको छ ।

त्यसैले साथीहरु तपाईहरुलै पनि यस्ता मान्छे चिन्ने काम गर्नुहोला । भोली जो कोहीलाई पनि यस्ता व्यक्तिले बेकारको दुख दिने काम गरी साथीहरुलाई भड्काउने काम गर्नेछन् । नेपालीहरुको एकजुट नै आजको अपरिहार्यता हो । सकिन्छ राष्ट्र्को लागि केही गरौं, सकिन्न भने गर्ने मानिसको खुट्टा नतानौं ।

धन्यवाद ।

भवदीय,

डा. हरिकुमार श्रेष्ठ

हालः काठमाडौ, नेपाल Read the rest of this entry »

Posted in बिबिध, समाचार | Leave a Comment »

‘एसएसबीले सतायो’

Posted by Ram Kumar Shrestha on January 14, 2012

ब्रह्मदेव (कञ्चनपुर), माघ १ –

सीमा बजार ब्रह्मदेवको नेपाली भूभागमा स्थानीय एक व्यवसायीले घर निर्माण गरिरहेको विषयलाई लिएर सीमा क्षेत्रमा तैनाथ एसएसबीले सर्वसाधारणलाई सताउन थालेको छ । सीमापारि टनकपुरतर्फ आउजाउ गर्दा तथा भारतीय बजारबाट घरायसी प्रयोगका सामानसमेत ल्याउन रोक लगाएर एसएसबीले त्रसित तुल्याएको स्थानीय बासिन्दाहरू बताउँछन् ।

सामान्य उपचारदेखि दैनिक उपभोग्य वस्तु किनमेल गर्न सीमापारिको टनकपुरमा निर्भर यहाँका बासिन्दा एसएसबीले सातायता खासगरी ब्रह्मदेव बजार क्षेत्रकालाई दुःख दिन थालेको हो । ‘बर्सेनि पटकपटक केही न केही निहुँ खोजेर हामीलाई एसएसबीले दुःख दिँदै आएको छ,’ ब्रह्मदेव ट्रेड युनियनका अध्यक्ष व्यवसायी खड्कसिंह भाटले भने, ‘नेपाली भूभागमा घर निर्माण भइरहेको विषयलाई लिएर यहाँका सबैलाई दुःख दिइरहेको छ ।’

डेढ महिनाअघि टनकपुरको तटबन्ध नजिकै वषौर्ंदेखि बसोबास गर्दै आएको नेपालतर्फको भूभागमा रामसिंह कार्कीले घर निर्माण सुरु गरेका हुन् । घरको छत ढलान गर्ने अवस्थामा पुगेको बेला ५ दिनअघि एसएसबीको टोली आएर घर निर्माण भइरहेको ठाउँ भारतीय सीमा क्षेत्रमा पर्ने भएकाले निर्माण तत्काल बन्द गर्नु भनेको रामसिंह बताउँछन् । एसएसबीका सवइन्स्पेक्टरले घरको फोटो खिचेकोमा रामसिंहका छोरा इन्द्रले विरोध गरी खिचेको फोटो डिलिट गर्न लगाएपछि विवाद चर्केको हो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

China to provide 200m yuan to support peace process; Wen leaves for Qatar

Posted by Ram Kumar Shrestha on January 14, 2012

KATHMANDU, Jan 14: Prime Minister Baburam Bhattarai and his visiting Chinese counterpart Wen Jiabao signed an eight-point bilateral agreement during the talks held at the PM´s office in Singha Durbar on Saturday.

During the luncheon held after the talks, Wen announced that China would provide 200 million yuan in assistance to Nepal in the current fiscal year with intent to support Nepal´s peace process, our correspondent Kiran Chapagainreported.

On the occasion, Wen also pledged to provide 750 million yuan in concessional loan to Nepal in the next three years. The talks chiefly dwelt on economic issues of bilateral cooperation and other issues related to cultural exchange and infrastructural development.

Wen has left Kathmandu for Qatar after completing his four-and a-half hours trip to Nepal. PM Bhattarai and other high government officials saw him off at the Tribhuvan International Airport.

Meanwhile, Deputy Prime Minister and Foreign Minister Narayankaji Shrestha is addressing a press meet on Wen´s Nepal visit at the VIP lounge at the TIA.

Earlier in the day, Wen had arrived in Kathmandu, almost an hour behind schedule, in a special aircraft  at 11:50 am. PM Bhattarai, Speaker Subash Nembang and other high government officials received Wen at the VVIP lounge at the airport. Nineteen gunshots were fired in honor of the Chinese premier.

Before wrapping up his visit, Wen called on President Dr Ram Baran Yadav at the latter´s official residence in Maharajgunj. Prior to this, he attended the official luncheon hosted by PM Bhattarai in Singha Durbar. UCPN (Maoist) Chairman Pushpa Kamal Dahal, Nepali Congress President Sushil Koirala, CPN UML Chairman Jhalanath Khanal and a very few government ministers also attended the function.

Wen’s visit is the first by a Chinese premier since the then premier Zhu Rongji’s Nepal trip in May 2001. Before that, Chinese President Jiang Zemin had paid a visit to Nepal back in 1996. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , , | Leave a Comment »

Chinese premier pays official visit to Nepal

Posted by Ram Kumar Shrestha on January 14, 2012

BEIJING, Jan. 14 (Xinhua) — Chinese Premier Wen Jiabao pays an official visit to Nepal Saturday at the invitation of the Nepalese Prime Minister Baburam Bhattarai, according to a press release from the Foreign Ministry.

Wen’s entourage includes Chinese Foreign Minister Yang Jiechi, Minister of the National Development and Reform Commission Zhang Ping, Commerce Minister Chen Deming, Director of the Research Office of the State Council Xie Fuzhan, Vice Secretary-General of the State Council and Director-General of the Administration for the Affairs of State Council Organs Jiao Huancheng, Vice Secretary-General of the State Council and Director of the Premier’s Office Xiang Zhaolun and Vice Foreign Minister Zhai Jun. Read the rest of this entry »

Posted in News | Leave a Comment »

 
%d bloggers like this: