Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for May, 2011

Mero Desh Dubna Lagyo by-Satya/Swoorup Raj Acharya

Posted by Ram Kumar Shrestha on May 31, 2011

Advertisements

Posted in Video | Leave a Comment »

अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा प्रमुख आकर्षण नेपाल

Posted by Ram Kumar Shrestha on May 30, 2011

झण्डै सात महिनाजतिको प्रयास र तिन महिनाको अथक प्रयास । अन्तिम अवस्था मा के होला भन्ने धुकचुक, हुटहुटी र पिरलो थियो फ्रान्सको लियों शहरमा हुने अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा नेपालको उपस्थिति कस्तो होला भनेर । तर गज्जब भयो । ४३ भन्दा बढि देशको सहभागिता रहेको यो पर्वमा नेपालले सबैको ध्यान एकोहोर्‍याउन सफल भयो । फोटो खिच्ने, ब्रोसर लिने, बुद्दका बारेमा सोध्ने कति कति । हैरान भए, भ्याइ नभ्याइ थियो नेपालको जानकारी दिन बसेका फ्रान्सेली मित्रहरुलाई । साँच्चै नेपालले आफ्नो गौरव देखाएरै छोड्यो । अमेरिका, बेलायत जस्ता विश्वका धनी देशले लाखौं खर्च गरेको तुलनामा नेपालले सामान्य आर्थिक खर्च र मेहनतकै भरले विश्वलाई चकित पार्न सफल भयो ।

पर्वको आखिरमा सबै भन्दा ठूलो आकर्षण यहि साकेला न्रित्य भयो । फ्रान्सेली किशोरीहरुले जम्मा तिन घण्टा जतिकै प्रयासमा यो टपक्कै टिपीहाले । यो न्रित्य सिकाउन भनेरै नेपाली दुतावासका मिनिस्टर काउन्सिलर जिवनप्रकाश श्रेष्ठकी पत्नी समेत रहेकी निता श्रेष्ठ करिब चार दिन पहिले पुगेकि थिइन् आफ्ना दुई छोरी जैनु र निजूको पढाइ छुटाएर । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

The Greater Nepal “In Quest of Boundary” full movie

Posted by Ram Kumar Shrestha on May 30, 2011

Read the rest of this entry »

Posted in Video | Tagged: , , | Leave a Comment »

प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यकार सम्मेलन

Posted by Ram Kumar Shrestha on May 30, 2011

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यकारहरुको प्रथम सम्मेलन अमेरिकामा हुने भएको छ । सम्मेलन अमेरिकाको वासिङटन डिसीमा आगामी जुलाईको पहिलो साता गरिने निर्णय गरिएको छ ।
नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा हुने प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यकार सम्मेलन सफल पार्न एक समिति समेत गठन भएको छ ।
सम्मेलन सफल पार्न साहित्यकार सीता पाण्डेको संयोजकत्वमा अमेरिकामा बसेर निरन्तर साहित्य सिर्जनामा लागि राख्नु भएका महिला साहित्यकारहरु समेटी संयोजन समिति गठन गरिएको हो ।
समितिका सदस्यहरुमा गंगा लीगल, सीता खरेल, नम्रता गुरागाई, पूनम काफ्ले, पुष्पा गौतम पल्पशा, प्रमिला शर्मा, बिटु केसी, भगवती न्यौपाने, मोहनी श्रेष्ठ र शान्ता घिमिरे रहनु भएको छ । संयोजकको सहजताको लागि सह संयोजकमा नीलम कार्की निहारिकालाई तोकिएको छ ।

						

Posted in समाचार | Tagged: , , , , , , , , , , , | Leave a Comment »

घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिनुहोस्

Posted by Ram Kumar Shrestha on May 30, 2011

ब्रुनाई २८ अप्रिल ११, विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता को सम्बन्धमा छलफल गर्न बसेकोबैठकले विभिन्न विषयहरुमा निर्णय गर्यो ।

प्रतियोगितामा प्रथम हुनेलाई विनेसाम साउदी अरेविया शाखा र विनेसाम रसिया शाखाले रु २० हजार नगदको प्रायोजन गर्नेछ । दोस्रो स्थान प्राप्त गर्नेलाई नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारले रु १० हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युएइ च्याप्टरले रु ५ हजार प्रायोजन गर्ने निर्णय गर्यो । त्यस्तैगरि निक्कै खर्चालु मानिएको प्राविधिक पक्षको खर्च प्रवासी नेपाली साहित्य समाज वेलायत ब्रुनाईले गर्ने निर्णय भयो जो अघिल्लो बर्ष विश्वब्यापी खुल्ला अडियो गजल प्रतियोगिताको आयोजक रहेको थियो । प्रायोजनको लागि रकम यहि बैशाख महिना भित्र महासंघको बैंक खातामा जम्मा गर्ने पनि निर्णय भयो ।

प्रतियोगितामा साहित्य महासंघका केन्द्रिय पदाधिकारी पार्षद र सहआयोजक संस्था तथा शाखाका अध्यक्षले प्रतियोगिको रुपमा भाग लिन नपाउने तर अप्रतियोगिको रुपमा रहनसक्ने निर्णय गर्यो । प्रतियोगि कविताहरु धमाधम लिन शुरु गरिएको र पहिलो दोस्रो र तेस्रो चरण गरेर अत्यधिक कवीहरुको सहभागिता गराउने निर्णय भयो । पहिलो चरण बैशाख महिना भित्र दोस्रो चरण जेठ २० गते सम्म र तेस्रो चरण तथा अन्तिम चरण जेठ २८ गते तोकिएको छ । प्रतियोगिताको परिणाम साहित्य महासङ्घ स्थापना तथा भानु जयन्तिको दिन असार २९ गते घोषणा गरिनेछ । उक्त दिन महासंघको सम्पूर्ण शाखाहरुलाई साहित्यिक कार्यक्रम गर्न पनि आग्रह गरेको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Nepali Documentary-The Greater Nepal

Posted by completenepal on May 26, 2011

 

Posted in Video | Tagged: , , | Leave a Comment »

Nakalli Kapilvastu

Posted by Ram Kumar Shrestha on May 24, 2011

Posted in भिडिओ | Leave a Comment »

लन्डनको बसमा नेपाल

Posted by Ram Kumar Shrestha on May 24, 2011

नविन पोखरेल

लन्डन, जेष्ठ ९ – यो समर सिजनमा विश्वभरका पर्यटकको आकर्षण बनिरहेको छ सेन्ट्रल लन्डन । तिनै हजारौं पर्यटक ओइरिने लन्डनका बसहरुले अचेल नेपाल बोकिरहेका छन् । अर्थात राताम्मे दुई तले (डबल डेकर) बसका भित्ताहरुमा अहिले नेपाल झल्काउने सामाग्रीले स्थान पाइरहेको छ ।

नेपाली राजदूतावास लन्डनले नेपाल पर्यटन वोर्डको सहयोगमा नेपाल पर्यटन वर्ष २०११  सफल पार्न ति बसका भित्तामा पर्यटन वर्ष २०११ को मूल अभिव्यक्ति नेचुरल्ली नेपाल  नारा सहितको लोगो छापेर प्रचार प्रसार कार्य तीव्र बनाएका छन् ।

शहरको मुटुमा अवस्थित ट्राफलगर स्क्वायर हुंदै लिभरपुल, वोन्ड स्ट्रिट, केन्जिङ्टन हाई स्ट्रिट र अक्सफोर्ड स्ट्रिट चल्ने करिव १५ वटा दुई तले बसका वाहिरी भागमा नेपाल प्रवद्र्धन सम्वन्धि सामाग्रीले पर्यटकको ध्यान खिचिरहेको छ । बसका भित्ताहरुमा सबैको नजर पर्ने हुंदा ‘आउटडोर’ प्रचार प्रसारका लागि यो शैली अत्यन्तै सशक्त र प्रभावकारी मानिन्छ । यसबाट बेलायती पर्यटक मात्र नभई लण्डन भ्रमणमा आउने विश्वभरकै पर्यटकहरुले नेपालको प्राकृतिक सुन्दरता तथा पर्यटकीय गन्तव्यवारे जानकारी पाइरहेको नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसेले बताए । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

यसरी मनाइयो पेरिसमा बुद्द जयन्ती

Posted by Ram Kumar Shrestha on May 23, 2011

● तस्विर : निजू श्रेष्ठ / पेरिस

विश्वकै सात आश्चर्य मध्येको एक पेरिसको आइफल टावर अगाडिबाट हिजो नेपालीहरुले भगवान गौतम बुद्दको २५५५ औं जयन्ति मनाए । न राजनीति, न वर्ग, न कुनै जात जाति र समूह । शान्तिका दूत, अहिंसाका प्रवर्तक गौतम बुद्द सबैका साझा । विश्वले मान्ने यीनको सन्देशलाई फैलाउन पाउनु यसैपनि नेपालीका लागि गौरवको कुरो हो । त्यसैले आज सबैजसो संघसंस्थाका नेपाली जम्मा भएका थिए ।

हात हातमा बुद्दका शान्ति र अहिंसाका उपदेश, सन्देशहरु थिए । सुन्दर शहर पेरिसको अझ सुन्दर धरोहर आइफल टावर हेर्न हजारौं पर्यटकको भिड लागेको थियो । त्यसमा विश्वभरीका थुप्रै देशका पर्यटक थिए । ति सबैलाई गौतम बुद्दको शान्तिको सन्देश आज बाँडेर विश्वभरि फैलाए नेपालीले । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , | Leave a Comment »

Promotion of Visit Nepal 2011 & Nepal Abroad

Posted by Ram Kumar Shrestha on May 22, 2011

Read the rest of this entry »

Posted in Video | Tagged: , , | 1 Comment »

Story of Rice and Millet in the Himalayas

Posted by Ram Kumar Shrestha on May 22, 2011

Posted in Video | Tagged: , , , , , , , , , , , , , , | Leave a Comment »

Nepal Tourism Year 1998 2011

Posted by Ram Kumar Shrestha on May 21, 2011

Posted in News, Video | Tagged: , , , , , , | Leave a Comment »

2555th Buddha Jayanti in UN Headquarters

Posted by Ram Kumar Shrestha on May 19, 2011

Posted in News, Video | Tagged: , , , , , , , , , , , , , | Leave a Comment »

विदेशमा बस्नेले बुद्धका लागि यति काम किन नगर्ने ?

Posted by Ram Kumar Shrestha on May 19, 2011

मिलन तिमिल्सिना

बुद्धको नाममा हरेक वर्षमा एकपटक शान्ति र अहिंसाको कुरा हुन्छ । बुद्धको विचार र योगदानको चर्चा हुन्छ । औपचारिक तामझाम र चहलपहलमै बुद्धजयन्तीको कर्म समाप्त हुन्छ । यसवर्ष पनि यस्तै कर्मकाण्डी काम सहित बुद्धजयन्ती मनाईयो । तर दुःखको कुरा जुन गौतम बुद्ध हाम्रो देशमा जन्मिएको भनेर गर्व गरिरहेका छौं त्यसको स्वामित्व भने चलाखीपूर्ण ढंगले हाम्रै छिमेकी भारतले लिन खोज्दैछ ।

भारत र गौतम बुद्धबिचको साइनो भनेको उनले भारतको गयामा तपस्या गरेर बुद्धत्व पाएका हुन् । तर यी ठूल्दाई यतिखेर साम, दाम, दण्ड, भेद लगाएर बुद्ध भारतमै जन्मिएका हुन भनेर भ्रम छर्ने अभियानमा छ । मिडियामा भँगेरे टाउके अक्षरमा बुद्ध भारतमा जन्मिएका हुन भनेर आइरहेको, थुप्रै देशका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएको भनेर उल्लेख भएको छ । त्यतिमा त्र हैन, नेपालको कपिलबस्तुमा रहेको लुम्बिनीजस्तै हुबहु संयन्त्र बनाइरहेको भारतले । त्यसैले बुद्ध जयन्ती मनाइरहँदा बुद्ध भारतमा हैन नेपालमा जन्मिएका हुन भनेर स्थापित गर्ने संकल्पमा लाग्नु नेपालीहरुको पहिलो कर्तब्य भएको छ ।

गौतम बुद्ध नेपाली माटोमा जन्मेका यहाँका ऐतिहासिक विभूति हुन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग भएपनि छिमेकी भारतले यसलाई भ्रममा पार्ने कुचेष्टा गरिरहेको छ । संसारका धेरै मान्छेले मान्ने गौतम बुद्धलाई उसले आफ्नो बनाउने दुस्साहस गरेको छ । यसलाई चिर्न स्वदेशमा रहेकाको भन्दा बिदेशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुन्छ । संसारका हरेक कुनामा बस्ने नेपालीले बुद्ध भारतमा होईन, नेपालमा जन्मेका हुन् भन्ने कटु यथार्थलाई स्थापित गर्न सक्छन् । यसको लागि केही गर्नै पर्दैन आआफ्ना ठाउँबाट यसबारे सानो प्रचारप्रसार नै पर्याप्त हुन्छ । बेलायतमा बस्ने रामकुमार श्रेष्ठको अगुवाईमा यस्तो अभियान शुरु भैसकेको छ जसमा बिश्वभरका हजारौं अभियन्ता जोडिएका छन् । उहाँ लगायतको समूहले सामाजिक सञ्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलवस्तु दिवसको रुपमा मनाउन थालेको छ । बुद्धका महत्वपूर्ण सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचारप्रसार गर्नु अभियानको मुख्य उदेश्य हो । अभियानले बुद्धको जन्मस्थलबारेको भ्रम चिर्दै बुद्ध नेपालमै जन्मेका हुन् भन्नेे कटु यथार्थलाई बिश्वसामु चिनाउने प्रयत्न गरिरहेको छ । उसले बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई पर्यटकीय स्थलको रुपमा मलजल गर्ने प्रयास पनि थालेको छ । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | 1 Comment »

बुद्ध जयन्तीको सान्दर्भिकता

Posted by Ram Kumar Shrestha on May 18, 2011

– लक्ष्मण पुरी

विश्व शान्तिका अग्रदुत एवं बुद्ध धर्मका प्रवर्तक भगवान बुद्धको २५५५ औं जन्मजयन्ती यही वैशाख पूर्णिमाका दिन विश्वभर मनाईदैंछ । शान्ति, अहिंसा, मैत्री र करुणाले नै मानिसलाई सत्मार्गमा प्रेरित गर्छ एवं आध्यात्मिक र भौतिक चिन्तनको सही अभ्यासबाट मात्र मानिसले दुःखबाट मुक्ति प्राप्त गर्दछ भन्ने सन्देश साथ समग्र मानव जीवनलाई शान्ति र सुखतर्फ प्रेरित गर्ने उनका शाश्वत चिन्तन मानव समाजका निम्ति सदैव प्रेरित रहनेछ ।

रोग, भोक, कलह, हिंसाबाट आक्रान्त समग्र विश्व जगत भौतिक विकासको शिखरमा पुग्दा समेत मानिसका दुःख र समस्या ज्यूँका त्यूँ रहँदा आज उनका प्रेरणारुपी दर्शन झनै घनीभूत रुपमा महत्वपूर्ण हुँदैं आएको छ । आफूलाई नबुझी संसार बुभ्mन सकिदैंन । सहअस्तित्व बिना शान्तिको कल्पना गर्न सकिदैंन । ईश्वर आफूभित्र नै हुन्छ भनि संसारलाई भौतिक लालसाको उच्च मनोकांक्षालाई सन्तुलित गर्ने र अरुको अस्तित्व स्वीकार्दा मात्र आप्mनो अस्तित्वको रक्षा हुन्छ भनि सद्भावका निम्ति प्रेरित गर्ने उनको विचार–विज्ञान मानवका लागि भौतिक विज्ञानको कालखण्डमा समेत महत्वपूर्ण रहिरहनेछ ।

इशा पूर्व ५६३ मा तत्कालिन ऐतिहासिक गणराज्य कपिलवस्तु (हालको कपिलवस्तु, नेपाल) मा जन्मिएका गौतम बुद्धको आर्दश नेपालका लागि जति प्रेरणादायी छ, त्यति नै उनि जन्मिएको पवित्रस्थललाई आप्mनो आँगनमा समेट्न पाउँदा नेपाल अन्तर्राष्ट्रिय रुपमै गौरवान्वित समेत छ । तर बिडम्बनाको कुरा विश्व शान्तिका स्रोतको आप्mनै पवित्र मन्दिर र जन्मभूमि आपैm भोक, गरिबी, अशिक्षा, हिंसा र सामाजिक विखण्डनले रन्थनिएको छ ।

दूरदर्शिताको अभाव, जनता नै शासक हुन् र राज्यको प्रतिफल सबै जनतामा समान हुनुपर्दछ, जाति, धर्म, भाषा मानिसका सांस्कृतिक विशेषण भएपनि मानवीयताले नै मानिसलाई एकाकार गरी समाजलाई शान्तिपूर्ण रुपमा गतिशिल बनाएको हुन्छ भन्ने भावलाई नबुझी केवल आफु र आप्mनै वर्गीय स्वार्थमा मानव समाजलाई शोषण र दोहन गर्दै नेपालको शासकीय स्वरुप आजसम्म आइपुग्दा नै नेपाली समाजले यो दुरावस्था भोग्नुपरेको विदितै छ । प्रकृतिको अनुपम सौन्दर्य, अपूर्व प्राकृतिक स्रोत र साधनले पूर्ण, विश्वकै निम्ति प्राकृतिक स्वर्गको रुपमा रहेको नेपालमा बहुसंख्यक जनता गरिबीको रेखामुनि रहेको तथ्यांक विश्वले हेर्नु पर्दा अन्तर्राष्ट्रिय जगतले हामीलाई गिज्याइरहेको छ । घरमा भकारी लुकाएर छिमेकीका मानो माग्न हिंड्ने नेपाली प्रवृत्तिले नै हामीलाई यो स्थानमा राखेको छ ।

भगवान बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तुलाई मात्र भएपनि प्रभावकारी रुपमा अन्तर्राष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने र विश्वभरका बुद्धिष्टहरुको ध्यानाकर्षित गर्ने हो भने लुम्बिनी एक्लैको आयले समग्र नेपालको विकासमा टेवा पुग्न सक्छ । विश्वभर करिब १ अर्ब देखि डेढ अर्बसम्म बुद्धिष्ट धर्मावलम्बीहरु रहेको अनुमान गरिन्छ । संख्यात्मक रुपमा यो विश्वकै तेस्रो ठुलो धर्मको रुपमा स्थापित भएको छ । यति धेरै संख्यामा रहेका बुद्धिष्टहरुलाई नै बुद्ध जन्मेको स्थल नेपालमा पर्छ भन्ने थाहा छैन । ग्लोबमा समेत नभेटिने सानो देश नेपालको बारेमा नेपालका सरोकारवालाहरुले उचित प्रवद्र्धन गर्न नसक्दा आज लुम्बिनी ओझेल र अपेक्षित विकासमा पछाडि त परेको छ नै यसलाई प्रतिविम्बित गर्ने गरी कृत्रिम रुपमा खडा गरिएका नक्कली स्थलहरुले आज विश्व पर्यटकहरुको ध्यान खिंचिरहेको छ । कुल बुद्धिष्टहरुको करिब १ प्रतिशत मात्र तीर्थयात्रीहरु भित्र्र्याउने हो भने करिब १ करोड पर्यटक संख्या हुन्छ । जुन नेपालको कल्पना भन्दा पनि बाहिरको कुरा हो । पर्यटन वर्ष मनाउँदा समेत करिब ५ लाख पर्यटकका लागि रुनुपर्ने नेपाललाई यो संख्याको अनुमान पनि भारी हुन्छ । गत वर्ष सन् २०१० मा मात्र १ लाख ५० हजार जना इण्डियन सहित विदेशी पर्यटकले मात्र भ्रमण गरेका छन् । के हाम्रो लागि यो लज्जाको विषय होइन र ? तर यथार्थ यही हो । उचित प्रचारप्रसार हुन नसक्दा विश्वका थुप्रै पर्यटकहरुलाई नेपालका बारेमा जानकारी छैन र भएकामा समेत भ्रम छ नेपाल एउटा स्वतन्त्र मुलुक नभई भारतकै एउटा अंग हुनुपर्दछ । जसको फाइदा भारतले उठाइरहेको छ । आजपनि हजारौं पर्यटक भारतीय बाटो हुदैं नेपालको लुम्बिनी घुमेर जान्छन् । तर उनिहरु घुमेको क्षेत्र नेपालको लुम्बिनी हो भन्ने तथ्य अनभिज्ञ राखिन्छ । नेपाल भारतको सिमाना छुट्टिने गरी पर्यटकलका लागि कुनैपनि संकेत त्यहाँ राखिएको छैन । जसको आर्थिक घाटा त छ नै सामरिक घाटा समेत नेपालले व्यहोर्दै आएको छ । हालै मात्र संयुक्त राष्ट्र संघका महासचिव एवं थाइल्याण्डका संस्कृति मन्त्रीले लुम्बिनीबारे जानकारी भर्खर पाएको मिडियामा आएको छ । यो भन्दा ठूलो अक्षमता सरकारका लागि के हुन्छ ? सरकारी पक्षको उदासिनता, भारतीय शासकप्रति नेपाली राजनीतिज्ञहरुको चाकरी प्रथा, स्वतन्त्र अडानको अभाव, अन्तर्राष्ट्रिय षडयन्त्र र विशेषगरी भारतको हेपाहा प्रवृत्तिकै कारण समग्र लुम्बिनीको विकास दु्रत गतिमा नभई कछुवा गतिमा भैरहेको छ । त्यसमा पनि विदेशी केही बौद्ध मुलुकहरुको सदाशय एवं सहानुभूतिबाट मात्र त्यो प्राप्त भएको हो । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

 
%d bloggers like this: