Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for November, 2011

कपिलवस्तु दिवस अभियानको नाम परिवर्तन

Posted by Ram Kumar Shrestha on November 30, 2011

२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर पत्रिकामा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” शिर्षकमा सो निर्माण कार्य सन २०१२ मा सम्पन्न गर्ने गरी करीब अन्तिम अबस्थामा पुगेको समाचार प्रकाशित हुँदासम्म बुद्ध जन्मनु भएको देशका तर्फबाट भने कुनै पनि किसिमको  आवाज नउठेकोले बिभिन्न देशमा छरिएर रहेका नेपाली बीच यसरी मौन बस्न नहुने ठहर गरी “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा जे जसरी हुन्छ मनाएर आवाज उठाइनु पर्ने सहमति भए अनुरुप उपयुक्त दिन खोज्ने क्रममा अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरेको दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबसको रुपमा मनाइने निर्णय गरिएको हो । गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण नै अशोक स्तम्भ हो । नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध जन्मनु भएको प्रमाण विस्व सामू सार्वजनिक गरिएको सो दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयका कारण यस क्षेत्रको बिकासको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको रुपमा मनाउने निर्णय गरिएको हो । Read the rest of this entry »

Posted in समाचार | Tagged: | Leave a Comment »

तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा पुष्पकमल दाहाल प्रचन्डको शुभ-कामना

Posted by Ram Kumar Shrestha on November 30, 2011

Posted in Miscellaneous | Leave a Comment »

कपिलवस्तु हाम्रो

Posted by Ram Kumar Shrestha on November 30, 2011

कपिलवस्तु हाम्रो ज्ञानभूमी बुद्ध हाम्रो शान
ज्यानको आहुती दिएर बचाउँछौं स्वाभिमान

परि आए तयार हुन्छौं रगतले धर्ती सिंच्न
दशगजा होईन रातारात वैरीले सीमा मिच्न

नेपालीको इज्जतसँग खेलबाड गर्न नखोज्नु
नेपालीको गौरवगाथामा गिद्दे नजर नगाढनु

आआफ्नो संस्कृतिको रक्षा गर्दा हुन्छ राम्रो
विश्व भरी प्रख्यात बनेको कपिलवस्तु हाम्रो Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा जीवा लामिछानेको शुभ-कामना

Posted by Ram Kumar Shrestha on November 30, 2011

Posted in Miscellaneous | Leave a Comment »

China eager to bring train service to Lumbini

Posted by Ram Kumar Shrestha on November 29, 2011

Republica

Deputy Prime Minister and Foreign Minister Narayankaji Shrestha is back after wrapping up his week-long visit to China in the wake of Chinese Premier Wen Jiabao´s impending visit to Nepal in mid-December. OurSpecial Correspondent Purna Basnet met Shrestha in Hong Kong on his way back to Kathmandu. Excerpts:

How did your first China visit as a foreign minister go?

After becoming foreign minister, I have been to UN General Assembly, India and SAARC summit under the leadership of prime minister. This is the first formal foreign visit under my leadership and it has been very fruitful. We held cordial discussions on all aspects of bilateral relations and I am confident that we will see positive results soon.

What would such positive results be?

Nepal-China friendship should not be seen as just another neighborly relation. It holds great significance. We could convince China to expand financial help to Nepal which was one of the two major agendas of my visit. China is likely to announce an increment in its annual grant to Nepal during the Chinese premier´s visit in December. We have also sought a one-time special grant at a time when we are approaching the final stage of the peace process and constitution drafting.

Did you have any discussion on reducing the massive trade deficit with China?

We had serious discussion on increasing bilateral trade and reducing the trade deficit. We have not been able to capitalize on the duty waiver offered by China on export of around 400 goods. Therefore, this time we urged China to provide waiver on those goods that we can export. They have asked us to provide a list of such items. Read the rest of this entry »

Posted in Interview | Tagged: , , , , , , , , , , | Leave a Comment »

तेश्रो कपिलवस्तु दिवस मनाउन नेपालमा बिशेष तयारी

Posted by Ram Kumar Shrestha on November 28, 2011

काठमाण्डौं, मंसिर ११: आगामी डिसेम्बर १, २०११ (तेश्रो कपिलवस्तु दिवस) को अवसरमा नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रिया एवं लुम्बिनी विकासका पहल गर्न नेपाल सरकारद्वारा गठित वृहत लुम्बिनी विकास निर्देशक समितिका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई अभिनन्दन गर्न बिशेष तयारी गरेको छ । कार्यक्रममा पर्यटन तथा नागरिक उड्यन मन्त्री लोकेन्द्र बिष्ट, संस्कृति राज्यमन्त्री सुस्मा शर्मा, रुपन्देही; कपिलबस्तु र नवलरासी जिल्लाका सांसदहरु, थाइल्याण्डका The Dhammakaya Foundation का अध्यक्ष Lalita Pat र Ven. Kittipong, World Fellowship of Buddhist Youth का अध्यक्ष Dr. Pornchai Pinyapong, बेल्जियमबाट Pauul Vande Moortel को उपस्थिति रहनेछ । साथै वृहत लुम्बिनी विकास निर्देशक समिति, नेपाल पर्यटन बोर्ड, अभियानका बिस्व कार्य समितिका बिभिन्न देश तथा नेपाल राष्ट्रिय समितिका प्रतिनिधिहरु, पर्यटन ब्यबसायी, शिक्षक एबं बिद्यार्थी र सर्ब साधारणको समेटा उक्त कार्यक्रममा उपस्थिति रहने छ ।

कार्यक्रमको पहिलो सत्र बिहान ९ बजेदेखि १२ बजेसम्म चल्नेछ् भने दोस्रो सत्र दिनको १ बजेदेखि ३ बजेसम्म । दोस्रो सत्रमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रियामा अभियानका ताईवान संयोजक डा. हरिकुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय साँस्कृतिक दूत श्री मनोज गजुरेल, सार्क सल्लाहकार श्री केदार शाक्य, नेपाल राष्ट्रिय संयोजक नीलकण्ठ तीवारी र लुम्बिनी स्थानीय संयोजक श्री दुर्गा अर्यालले कार्यपत्र पेश गर्नु हुनेछ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , | Leave a Comment »

बुद्ध जन्मस्थलबारे दिग्भ्रम निस्तेज पार्न स्वाभिमानको नयाँ ईतिहास आरम्भ गरौं

Posted by Ram Kumar Shrestha on November 27, 2011

Posted in Video | Tagged: , , , , | Leave a Comment »

भारतसंग दोहोरो कर नलाग्ने सम्झौतामा हस्ताक्षर

Posted by Ram Kumar Shrestha on November 27, 2011

  • सन् १९८७ मा भएको पुरानो सम्झौता प्रतिस्थापन हुने

गोकर्ण अवस्थी

काठमाडौं, मंसिर ११ – नेपाल र भारतबीच दोहोरो कर नलाग्ने सम्झौता (डीटीए) मा हस्ताक्षर भएको छ । प्रधानमन्त्री कार्यालयमा भएको कार्यक्रममा अर्थमन्त्री वर्षमान पुन र उनका भारतीय समकक्षी प्रणव मुखर्जीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराईको उपस्थिति थियो ।

 हस्ताक्षरपछि प्रेससंग कुरा गर्दै भारतीय अर्थमन्त्री मुखर्जीले जी २० को सदस्य रहेको भारतले ओईसीडी मोडलमा सम्झौता गरेको बताए । उनले भने-‘ हाम्रो क्याविनेटले पास नगरेका कारण  नेपालका प्रधानमन्त्री भट्टराई भारत आएको बेला सम्झौता हुनसकेन । अहिले भएको छ । ‘

यो सम्झौतापछि एक देशमा आयकर बुझाएपछि अर्को देशमा उक्त रकम बराबरको कर तिर्नुपर्ने छैन ।

एकदिने भ्रमणका लागि बिहान ११ बजे काठमाडौं आएका भारतीय अर्थमन्त्री मुखर्जी विमानस्थलबाट सीधै अर्थ मन्त्रालय पुगेका छन् ।  अर्थमन्त्रीसंगको बार्ता पछि प्रधानमन्त्री कार्यालय पुगेर उनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Ahead of Chinese PM’s Nepal visit, India’s secret agents rush to Kathmandu

Posted by Ram Kumar Shrestha on November 26, 2011

The spokesperson at the Indian Embassy in Kathmandu, Ms. Apoorva Srivastava was quick enough to reject the presumption that Indian Foreign Secretary Ranjan Mathai is arriving Kathmandu, Saturday November 26, 2011 under a veiled pretext.

She claimed, talking to Nayapatrika Daily, that Mathai is arriving Nepal in connection with the arrival of Finance Minister Pranab Kumar Mukherjee from India.

India’s Finance Minister Sri Pranab Mukherjee is landing Kathmandu, November 27, 2011 to sign the much publicized and highly controversial Double Taxation Avoidance Agreement with Nepal (DTAA).

However, the arrival of Foreign Secretary from New Delhi a day in advance and in lieu of Finance Secretary is not unusual because it’s a part of India’s diplomatic game to befool the smaller neighbor, claim experts in Nepal.

A dangerous game must have been in offing.

It is presumed that Secretary Mathai is being sent to Kathmandu to collect as much information as is possible on the forthcoming visit of Chinese Prime Minister Wen Jiabao to Nepal, add experts.

In all likelihood, PM Wen will arrive in Kathmandu December 20, 2011 for a two day state visit.

Headache in India has already begun.

Mathai will also convey India’s annoyance over Nepal’s vote in favor of China for a five-year term at the UN’s Joint Inspection Unit in a voting held last Monday. India’s Gopinathan bagged victory over his Chinese rival.

“It is altogether a different matter that an Indian candidate won the seat but Nepal’s vote in favor of China makes it clear that Nepal as an independent nation is free to make its own decisions,” foreign policy experts claim. NOIDA investment waning. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , , , , , | 1 Comment »

Ancient Kathmandu, Historic Nepal

Posted by Ram Kumar Shrestha on November 26, 2011

Read the rest of this entry »

Posted in Video | Tagged: , | Leave a Comment »

1950s Nepal Documentary by Toni Hagen

Posted by Ram Kumar Shrestha on November 26, 2011

Posted in Video | Tagged: , | 1 Comment »

मंगलग्रहमा जोमसोम, पोखरा र रारा

Posted by Ram Kumar Shrestha on November 25, 2011

९ मंसिर, काठमाण्डौं । मंगलग्रहमा पानी रहेको तथ्य पत्ता लगाउने युवा नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले त्यहाँ पानी रहेका ठाउँलाई नेपाली नाम दिएका छन् । अमेरिकाको युनिभर्सिटी अफ एरिजोनाका बिद्यार्थी लुजेन्द्रले मंगल ग्रहका बिभिन्न ११ ठाउँमा पानी रहेको तथ्यसहितको सोधपत्र तयार पारेका थिए । लुजेन्द्रले ती ११ वटा ठाउँलाई नेपाली नाम दिएको आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
लुजेन्द्रका बुबा डा. टंकप्रसादका अनुसार ती ठाउँको नाम जोमसोम, दिपायल, पोखरा, काठमाण्डौं, फेवा, सगरमाथा, रारा, बेगनास र तिलिचो लगायत रहेका छन् । ‘लुजेन्द्रलाई नेपाली हुनुमा गर्व छ, त्यसैले मंगलग्रहमा पानी पत्ता लागेका ठाउँहरुलाई नेपाली नाम दियो- भूगर्भबिद् समेत रहेका टंकप्रसादले भने । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Miss Nepal Malina Joshi is WWF’s Young Conservation Ambassador

Posted by Ram Kumar Shrestha on November 25, 2011

24 NOV, KATHMANDU. WWF Nepal formally welcomed Miss Nepal-World 2011, Malina Joshi as the sixth Young Conservation Ambassador for WWF Nepal amidst a function organized in Kathmandu on 24 November 2011.

“It is indeed a pleasure to welcome Malina as our sixth Young Conservation Ambassador. I am hopeful that Malina will be able to take the message of biodiversity conservation amongst the younger generation. I would also like to acknowledge with gratitude, Sadichha’s commitment and contribution for biodiversity conservation during her tenure as WWF’s Young Conservation Ambassador” said Anil Manandhar, Country Representative of WWF Nepal. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , | Leave a Comment »

अन्तर्राष्ट्रिय मञ्चमा गौतम बुद्धको कथा

Posted by Ram Kumar Shrestha on November 25, 2011

शंकर खरेल

बनारस (भारत), मंसिर ७ – संसारको विकास शान्तिबाट मात्र सम्भवछ । जहाँ शान्ति छैन त्यहाँ विकास छैन अनि चैन पनि छैन । यो संसारलाई उजाड बनाउने हो भने हिंसा काफी छ । अब मान्छेले शान्ति रोज्ने हो की हिंसा पछि दगुर्ने ?

दरवारीया शौखमा हुर्किएका सिद्धार्थ गौतम कसरी सांसारिक सुख छाडेर विश्वलाई शान्तिको सन्देश दिन सफल भए ? उनैलाई पात्र बनाएर देखाइएको नाटक ‘बुद्धम शरण्म गच्छामी’ ले दिएको सन्देश यहि हो । सम्राट अशोकलाई हिंसाबाट शान्तिको बाटोमा ल्याउँदा होस या भृकुटीले चीनमा गएर बुद्धको यहि सन्देश प्रचार गरेका दृश्य हुन, सटीक प्रस्तुतीलाई दर्शकले खुबै सराहना गरे ।

भारत दिल्लीबाट सहभागि ‘दिल्लीका किस्सा’ नाटकका निर्देशक इरसद अलाम खुबीले भने-‘शान्तिबाहेक अर्को विकल्प छैन, विषयलाई गहिराईमा पुर्‍याएर नयाँ कलाकारद्धारा अभिनय गराइएको नाटकले मन छोयो ।’

नेपालबाट सहभागि नाटकका प्रायः सबै विद्यार्थी पहिलोपटक अभिनय गर्न मञ्चमा उत्रिएका थिए । कक्षा ६ देखि १० का विद्यार्थीको अभिनय हेर्दा पहिलो अभिनय गरिरहेका छन, पटक्कै लाग्दैनथ्यो । आयोजक नीपा दिल्लीका महासचिव बी एमडी अग्रवालले भने-‘छोटो समयमै नेपाली टोलीले हृदय छुने नाटक प्रस्तुत गर्‍यो ।’ Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

अन्तर्राष्ट्रिय मञ्चमा गौतम बुद्धको कथा

Posted by Ram Kumar Shrestha on November 25, 2011

शंकर खरेल

बनारस (भारत), मंसिर ७ – संसारको विकास शान्तिबाट मात्र सम्भवछ । जहाँ शान्ति छैन त्यहाँ विकास छैन अनि चैन पनि छैन । यो संसारलाई उजाड बनाउने हो भने हिंसा काफी छ । अब मान्छेले शान्ति रोज्ने हो की हिंसा पछि दगुर्ने ?

दरवारीया शौखमा हुर्किएका सिद्धार्थ गौतम कसरी सांसारिक सुख छाडेर विश्वलाई शान्तिको सन्देश दिन सफल भए ? उनैलाई पात्र बनाएर देखाइएको नाटक ‘बुद्धम शरण्म गच्छामी’ ले दिएको सन्देश यहि हो । सम्राट अशोकलाई हिंसाबाट शान्तिको बाटोमा ल्याउँदा होस या भृकुटीले चीनमा गएर बुद्धको यहि सन्देश प्रचार गरेका दृश्य हुन, सटीक प्रस्तुतीलाई दर्शकले खुबै सराहना गरे ।

भारत दिल्लीबाट सहभागि ‘दिल्लीका किस्सा’ नाटकका निर्देशक इरसद अलाम खुबीले भने-‘शान्तिबाहेक अर्को विकल्प छैन, विषयलाई गहिराईमा पुर्‍याएर नयाँ कलाकारद्धारा अभिनय गराइएको नाटकले मन छोयो ।’

नेपालबाट सहभागि नाटकका प्रायः सबै विद्यार्थी पहिलोपटक अभिनय गर्न मञ्चमा उत्रिएका थिए । कक्षा ६ देखि १० का विद्यार्थीको अभिनय हेर्दा पहिलो अभिनय गरिरहेका छन, पटक्कै लाग्दैनथ्यो । आयोजक नीपा दिल्लीका महासचिव बी एमडी अग्रवालले भने-‘छोटो समयमै नेपाली टोलीले हृदय छुने नाटक प्रस्तुत गर्‍यो ।’

    यस अधिकारी, पारस गोल्छा, यस धाडेवा, अंकित, सफलता, ज्ञान्दा गोल्छालगायतका विद्यार्थी कलाकारको अभिनय भइरहदा दर्शक दीर्घामा बसेका प्रतिष्ठित व्यक्ति, बौद्ध भिक्षुलगायतले सीटबाट उठेर ताली बजाए । बनारसमा रहेका नेपाली भाषीहरु पनि मनग्गे थिए ।

‘घण्टौको बस र ट्रेन यात्रा क्रममा थलिएपनि’ कक्षा-८ मा अध्ययनरत यस अधिकारीले भने-‘दर्शकको ताली पाउँदा थकान सवै गायव भए, स्फुर्ती एकाएक आयो ।’

बस र ट्रेनको लामो यात्रा क्रममा थकित भएपनि नेपाली कलाकार टोलीले बनारस र दिल्लीमा सन्देशमूलक प्रस्तुती दिन सफल भयो । उनीहरुले बुद्धवारे भारतका तर्फबाट गरिएका भ्रममात्र होइन नेपालको सुन्दरतालाई पनि बखान गर्न सफल भए ।

‘दिल्लीमात्र होइन बुद्धले पहिलोपटक ५ जनालाई ज्ञान सुनाएको सारनाथ आसपास नाटक देखाउँदै खुबै आनन्द महसुस भयो’ यूरो स्कूलकी पि्रन्सिपल राज्यलक्ष्मी गोल्छाले भनिन-‘२ महिनाकेा तयारीमा भएको नाटकलाई भारतीय दर्शकले रुचाए ।’ नाटक नेपाली भाषामा देखाइएको थियो ।

बुद्ध नेपालमा जन्मेका हुन । उनले भारतमा ज्ञान प्राप्त गरे । भृकुटीले चीनमा पुगेर कसरी बुद्धको प्रचार गरिन ? युद्धमा होमिएका सम्राट अशोकको हृदय कसरी परिवर्तन भयो ? आघा घण्टाको समयमा नेपाली नाटक ‘बुद्धम शरण्म गच्छामी’ ले सटीक टिप्पणी गरिदियो । यहाँको नागरी थियेटरस्थित भरीभराउँ दर्शकमाँझ यूरो स्कूल विराटनगरका विद्यार्थीले वाहवाही पाए ।

‘नेपाली नाटकले सबैलाई आकषिर्त गर्‍यो’ भारतीय नाट्य क्षेत्रका चर्चित निर्देशक सुवाश प्रधानले भने-‘बुद्धवारे जुन भ्रम थियो त्यो तोड्न काम गर्‍यो, बुद्ध नेपालमा जन्मेका हुन र भारतमा ज्ञान प्राप्त गरेका थिए ।’

    प्रधानको निर्देशनमा बाँधवारे नाटक प्रस्तुत भएको थियो । दिल्लीका विभिन्न खाले किस्सालाई कथा बनाएर नाटक देखाइएको थियो । स्लोभानियाको नाटक पनि मञ्चन भयो ।

क्यावि्रज विश्वविद्याल बेलायतसित आवद्धता लिएको कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेसनअन्तर्गतको यूरो इन्टरनेशनल स्कूलले नेपालको प्रतिनिधित्व गरेको थियो ।

    ‘यो नेपालका लागि गौरवको कुरा हो’ मण्डला थिएटरका राजन खतिवडाले भने-‘बुद्धले ज्ञान प्राप्त गरेको बनारसको सारनाथ आसपास हाम्रा पूर्वेली विद्यार्थीले नाटक देखाएर वाहवाही पाए ।’

    कात्तिक २९ देखि भएको महोत्सवमा एक दर्जनभन्दा बढी नाटक प्रस्तुत गरिए । नाट्य समूह थियेटर मण्डलाका कलाकारको सहयोगमा सुनसरी, मोरङ् घर भएका स्कूलकै विद्यार्थीलाई अभिनय गराइएको थियो । ‘शान्तिको सन्देश छर्न सहयोग गर्ने भृकुटीलगायतको कथालाई रुचाइयो’ स्ूकलका शिक्षक अर्जुन मुखर्जीले भने-‘कलात्मकता दिन नाटकमा नौलो प्रयोग गरिएकोछ ।’

    कार्यक्रममा आयोजक समितिका महासचिव अग्रवालले यूरो स्कूलकी पि्रन्सिपल राज्यलक्ष्मी गोल्छालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

अन्तर्राष्ट्रिय मञ्चमा गौतम बुद्धको कथा | मनोरन्जन | ekantipur.com

Posted in समाचार | Leave a Comment »

 
%d bloggers like this: