Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for June, 2013

Rashi Singh – recipient of Global Citizenship award (with an audio interview)

Posted by Ram Kumar Shrestha on June 30, 2013

Victoria's Education Minister, Martin Dixon handing Rashi her award (Dep of Ed)
Victoria’s Education Minister, Martin Dixon handing Rashi her award (Dep of Ed)

Melbourne, Australia: Rashi Singh – a high school student of Nepalese origin, has received the Global citizenship award by the Victorian Minister for Education, Martin Dixon. VCE student Miss Singh living in West Brunswick, Melbourne received the award on 23rd of May 2013 in the Parliament House. She was awarded for her contribution to enhance brotherhood and friendship among local and international students.

Rashi making food

Read the rest of this entry »

Advertisements

Posted in News | Tagged: , , , , | 4 Comments »

बाल गायक प्रेम परियारसंगको जम्काभेट

Posted by Ram Kumar Shrestha on June 29, 2013

Prem Pariyarखाना खान मलेखुमा बस रोकियो, एउटा सानो केटो गीत गुन्गुनाउदै थियो त्यही छेउको होटेलमा । म खान छोडेर निस्कें र उसलाई मेरो लागि कुनै गीत गाउन लगाएँ । उसले हुन्छ भन्ने बित्तिकै साथीहरु क्यामेरा लिएर निक्ले । गीत गाएपछि रियाज गर्छौ भनेर सोध्दा “त्यस्तो ठाउँ नै छैन ।” भनेर उत्तर दिए उनले । जान्छौ त काठमाडौँ मसंग मैले सोधें र भने “पढ्ने र रियाज गर्ने पैसा मेरो पकेट मनी बाट जसरी भए पनि मिलाउछु” । कति भन्दा पनि उसले मानेन । “तिम्रो नाम के हो” भन्दा प्रेम परियार हो भनेर जवाफ दिए । पछाडी खोला पारी बस्छु भनेर औलाले देखाए उनले । त्यसपछि हामी यो भिडियो लिएर घर फर्कियौ | केहि महिनापछि हामी फेरी गयौ उसलाई लिन भनेर । मलेखु पुगेर यता उता (यही भिडियो देखाउदै) र उसको नाम भनेर सोध्यौ कहाँ बस्छ त्यो केटा ? हामीहरुले थाहा पायौ कि उसलाई कोही टिभी रिपोर्टरले काठमाडौँ ल्याइ सकेका रहेछन । अनि, हजुरहरुसंग सानो अनुरोध गर्छु कृपया यो भिडीयोलाई सकेसम्म धेरै शेयर गरेर सहयोग गर्दिनुहोला |

Read the rest of this entry »

Posted in समाचार | Tagged: , , | Leave a Comment »

नेदरल्याण्डको द हेगमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको सत्रौं राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on June 27, 2013

Netherland National Committee

२४ जुन, २०१३ हेग, नेदरल्याण्ड, दामोदरप्रसाद आचार्य:  विश्वमा शान्तिका अग्रदुत र एसियाको प्रकाशको रुपमा परिचित गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको विषयमा कतिपय देशका जनतामा रहेको भ्रम र पाठ्यपुस्तकहरुमा समेत रहेको गलत जानकारीहरुलाई सच्याउन प्रयास गर्ने उद्धेश्यका साथै छिमेकी मुलुक भारतले विहार राज्यको पिपरहवामा नक्कली लुम्बिनी कपिलवस्तुको निर्माण कार्य अन्तिम चरणमा पुर्याएर विश्वभर शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी कपिलवस्तु नेपालमा भएको शास्वत सत्यलाई दिग्भ्रमित बनाउदै गएको परिवेशमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान (कपिलवस्तु दिवस अभियान) को सूत्रपात भएको हो ।

बुद्धकै जन्मस्थलका तर्फबाट अन्तराष्ट्रियस्तरमा सिर्जित दिग्भ्रम र दुष्प्रचारलाई निराकरण गरी बुद्धको जन्मस्थल नेपालमा रहेको सत्यलाई दृढताका साथ स्थापित गर्ने प्रयास गरेको अवस्था नदेखेपछि अन्तत: विदेशमा छरिएर रहेका नेपालीहरुले जनस्तरबाट सन् १ डिसेम्वर २००९ ईतिहासमा  पहिलो पटक कपिलवस्तु दिवसको नामबाट १ डिसेम्वरलाई विश्व दिवसको रुपमा विश्वभर बुद्धको जन्मस्थल नेपालमा रहेको तथ्यलाई स्थापित गर्न विभिन्न कार्यक्रम गरि मनाउने कार्यको थालनी भयो ।  Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

अन्तर्राष्ट्रिय अदालतमा बुद्धको मूर्ति स्थापना (तस्विरसहित)

Posted by Ram Kumar Shrestha on June 25, 2013

सन्तोष न्यौपाने/उज्यालो । नेदरल्याण्ड, असार ११ – नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालत भवनमा गौतम वुद्धको मुर्ति प्रतिस्थापन गरिएको छ ।

Buddha establishment

नेपाली दुतावास बेल्जियम र गैर आवासीय नेपाली संघ एनआरएनको सहयोगमा पिस प्यालेस भनेर चिनिने अन्तर्राष्ट्रिय न्यायालय भवनको तेश्रो तल्लामा २ दशमलव ५ फिट अग्लो गौतम वुद्धको मूर्ति प्रतिस्थापन गरिएको हो ।

मूर्तिको साथमा राखिएको प्लेटमा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विवरणसहित बुद्धको सन्देश कुँदिएको छ । वुद्धको मूर्ति राखिएको भवन १ सय वर्ष अघि निर्माण भएको हो । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

Buddha gift to Julia Gillard by Nepalese Community

Posted by Ram Kumar Shrestha on June 21, 2013

Assistant Minister Hon David Bradbury, MP Hon Ms. Michelle Rowland, Primi Minister Rt. Hon. Julia Gillard, Ram Kumar Shrestha and Mahendra Lamsal
Assistant Minister Hon David Bradbury, MP Hon Ms. Michelle Rowland, Prime Minister Rt. Hon. Julia Gillard, Ram Kumar Shrestha and Mahendra Lamsal

Prime Minister Office, Canberra, Australia, 19th June, 2013 On behalf of the Nepalese community living in Australia Lumbini-Kapilvastu Day Movement Global Coordinator Ram Kumar Shrestha and Australia’s Sub-Continent Ministerial Consultative Committee Member Mahendra Lamsal jointly presented the gift of Buddha statue and peace wish letter to the Prime Minister of Australia Julia Gillard. While presenting the gift Mr. Shrestha and Mr. Lamsal said that Buddha was born in Lumbini, Nepal and, hence; Nepalese community decided to present Peace symbol Buddha statue wishing peace in Australia along with its prosperous development. Prime Minister Gillard thanked for the gift and wish letter and expressed her happiness to have opportunity to decorate her office with the peace symbol Buddha. Immediately after the program Prime Minister Julia Gillard garnished her office show case by the Buddha statue presented by the Nepalese community.

Julia_Program

  Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , | Leave a Comment »

बुद्धकै देशमा बुद्धप्रतिको श्रृंखलाबद्ध बेवास्ता र अनादर?

Posted by Ram Kumar Shrestha on June 11, 2013

बौद्ध गुम्बा अथवा बौद्धमार्गीहरुमाथि संसारको कुनै पनि कुनामा हुने आक्रमण स्थानीय समस्याको रुपमा सीमित नहुने बर्तमान बिस्व सन्दर्भमा लुम्बिनीको बिकासमा झन्डै साँढे चार दशक बिभिन्न अन्तराष्ट्रिय ब्यक्ति र संस्थाहरु अथकित तवरबाट लागिपर्दा पनि बुद्धकै देशका तर्फबाट भने खासै चासो नदर्शाइनुले नतमस्तक हुनु पर्ने अवस्था सिर्जना भैरहेकोमा सुर्खेतको  दु:खद घटनाले विश्वको सामू अझै नतमस्तक हुनु पर्ने अवस्था सिर्जना गरिदिएको छ । हामीले पस्किने आदर्शहरु र स्पष्टिकरणहरु मात्रै व्याबहारिक रुपमा हाम्रो नतमस्तकको औषधी बन्न नसक्ने भैसकेको छ ।

रामकुमार श्रेष्ठ

Ramराष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमण गरेपस्चात १९७० मा राष्ट्र संघमा एउटा अन्तराष्ट्रिय समिति गठन गराए र संयुक्त राष्ट्र बिकास कार्यक्रमले जापानी आर्किटेक्ट प्रो। केन्जो टाङेलाई लुम्बिनिको बिकासको विस्तृत कार्य योजना बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो १९८५ मा संपन्न गरिने लक्ष अनुरुप, तर साँढे तीन दशक बितिसक्ता पनि त्यस्ले पूर्णता नपाउँदै प्रो योङ हून क्वाकद्धारा अझ ठूलो गुरु योजना बनाउने काम संपन्न भैसकेको छ । १९८१ मा राष्ट्र संघका अर्का महासचिब कुर्त वाल्डहेइमले लुम्बिनीको भ्रमण गरे भने १९८९ मा अर्का महासचिब जाभियर पेरेज डे केलारले । १९९७ मा युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पर्यो । १९९८ मा बिस्व बुद्धिस्ट भेलाले लुम्बिनीलाई “Fountain of World Peace” घोषणा गर्योा भने १९९९ मा राष्ट्र संघले प्रो क्वाकलाई “Fountain of World Peace”  अबधारणानुरुप लुम्बिनी बिकास कार्य योजना तयार गर्ने जिम्मा दियो । २००४ को बिस्व बुद्धिस्ट भेलाले लुम्बिनीलाई “बिस्व शान्ति शहर” को रुपमा घोषणा गरे । २००८ मा राष्ट्र संघका बर्तमान महासचिब बान्की मूनले लुम्बिनीको भ्रमण गरे भने २०१२ मा उन्को दोश्रो नेपाल भ्रमणको तयारीलाई बिस्व जनमानसलाई आस्चर्य चकित तुल्याउँदै केही नेपालीद्धारा नै तुहाउने काम भयो । २००९ मा श्रीलंकाका रास्ट्रपति महिन्दा राजापाक्सले नेपाल भ्रमण गर्दा औपचारिक भ्रमण शुरु गर्नु अघि बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणलाई प्राथमिकतामा पारे । त्यसरी नै बहुचर्चित एपेक र युनिडो आफ्नै किसिमले कृयाशिल छन लुम्बिनी बिकासको लागि । यसरी अन्तराष्ट्रिय स्तरका संस्थाहरु र ब्यक्तिहरु करोडौंका आस्थाका केन्द्र शान्तिका अग्रदूत बुद्धको जन्मस्थल लुम्बिनी बिकासमा उच्च प्राथमिकताका साथ निरन्तर लागिरहँदा बुद्धकै देशका नेपाली भने अरुले गरेका सहयोग कार्यन्वयनलाई समेत प्राथमिकतामा पार्न नसक्ने, आफूले पनि केही नगर्ने र अरुले केही गर्न लाग्दा समेत उल्टो बिभिन्न बहानामा ब्यबधान र भ्रम सिर्जना गर्ने गरेर नेपालको लुम्बिनी बिकासलाई पूर्णता दिन नचाहनेहरुको सपनालाई साकार पार्ने कामले गर्दा बिस्वब्यापी महत्वका बुद्धको देशका भनेर गर्ब गर्न सकिन्छ बिदेशमा भन्ने मानसिकता कतै नतमस्तक हुनुपर्ने अवस्थामा परिणत हुने त होइन भन्ने चिन्ता देखिन थालेको छ धेरैमा आजकाल । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

Cable car in Launcing in Kathmandu

Posted by Ram Kumar Shrestha on June 10, 2013

cable-car

People in the capital need not have to spend hours to go to Kurintar of Chitwan to ride on a cable car, they could soon enjoy the service in the Kathmandu Valley itself.

They would enjoy the service in the Kathmandu Valley within two years of the start of construction of the project to connect Chandragiri Hill (Mahabharat Hill) with Thankot VDC near Godam as it has been already started.

As per the project, Thankot VDC in the Kathmandu Valley would be connected with the historical hill, Chandragiri, above Kirtipur Municipality through a short trip of around 10 minutes.

The little-known Chandragiri (2540 meters from sea level) lies on the south west of Kathmandu Valley though the area itself has abundant natural resources including flora and fauna for developing tourism activities, but has been left behind from being a popular tourist destination because of lack of promotion. Read the rest of this entry »

Posted in News | Tagged: , , , , | 1 Comment »

भारतीय नागरिकहरूले कुटे नेपाल प्रहरीलाई

Posted by Ram Kumar Shrestha on June 7, 2013

495432916334

पर्सा  २४ जेठ, । नेपालभित्रको खोलाबाट बालुवा लिन रोक लगाएको भन्दै भारतीय नागरिकहरूले नेपाल प्रहरीलाई कुटपिट गर्नुका साथै प्रहरीको एक थान हतियारसमेत लुटेर लगेका छन् ।

पर्साको महादेवपट्टी गाविसको बलुवा गाउँमा पर्ने ओरिया खोलाबाट बुधबार राति बालुवा निकाली रहेका भारतीय नागरिकलाई रोक्न गएका इलाका प्रहरी सेढवाका प्रहरीमाथि हमला गरी एक थान थ्री–नट–थ्री राइफल लुट्नुका साथै प्रहरी जवान सुनिल रिमाललाई कुटपिट गरी घाइते बनाएका थिए ।

भारतीय गाउँ भङ्गहाका बासिन्दाहरूले बालुवा निकाल्न लागेको सूचना पाएपछि इलाका प्रहरी चौकी सेढवाका प्रहरी नायब निरीक्षक गोपाल थामीको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीलाई घेरा हाली कुटपिट गर्दा प्रहरी जवान रिमालको हात भाँच्चिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

 
%d bloggers like this: