Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for October, 2010

वर्ल्ड एक्स्पोमा कीर्तिमानै किर्तिमान/नेपाली मण्डप ७५ लाखद्वारा अवलोकन

Posted by Ram Kumar Shrestha on October 30, 2010

रासस साङ्घाई (चीन), कार्तिक १३ – नेपालसहित विश्वका एक सय ९० मुलुक तथा ५७ अन्तरराष्ट्रिय सङ्घसंस्थाको सहभागिता रहेको साङ्घाई वल्र्ड एक्स्पो २०१०

सकिन एक दिन बाँकी हुँदासम्म केही नयाँ विश्व कीर्तिमान कायम भएका छन् ।

‘सन् १८५१ मा लण्डनमा आयोजित पहिलो एक्स्पोपछिको डेढसय वर्षको इतिहासमा यो सबैभन्दा ठूलो सहभागिता हो,’ नेपाल मण्डपका निर्देशक विनायक शाह दाबी गर्छन् ।

साङ्घाई एक्स्पो अवलोकन गर्नेको सङ्ख्याले पनि नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबारसम्ममा सात करोड २६ लाखभन्दा बढीले त्यसको अवलोकन गरिसकेका छन् ।

सन् १९७० मा आयोजित ओसाका एक्स्पोमा छ करोड ४० लाखले अवलोकन गरेका थिए । साङ्घाई एक्स्पो सञ्चालन भइरहेको पाँच दशमलब २८ वर्गकिलोमीटर क्षेत्र पनि हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको एक्स्पो स्थल हो ।

त्यस्तै अक्टोबर १६ तारिखका दिन १० लाख ३२ हजारले साङघाई एक्स्पोको अवलोकन गरेका थिए । एकै दिनमा त्यति धेरैले एक्पो अवलोकन गरेको पनि नयाँ रेकर्ड भएको साङ्घाई एक्स्पोको आधिकारिक वेबसाइटमा उल्लेख छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

भारतीयद्वारा नेपाली प्रहरी चौकीमा आक्रमण

Posted by Ram Kumar Shrestha on October 28, 2010

भैरहवा, कार्तिक ११ – रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा पर्ने करौता प्रहरी चौकीमा सिमावर्ती भारतका स्थानियसीन्दाको एक समूहले विहान ढुंगामुढा र तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरीका अनुसार, खाद्यान्नको सामान लिएर नेपाल तर्फ आइरहेका एक जना भारतीय नगरिकले गश्तीमा रहेको नेपाल प्रहरीलाई देखेपछि सामान त्यही छाडेर भारततर्फ फर्केको केही वेर पछि करिव २० जनाको समूह नेपालतर्फ आएर करौता प्रहरी चौकीमा ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न थालेका थिए ।

प्रहरी चौकीमाथि ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न थालेपछि नेपालतर्फका स्थानीय वासीन्दापनि एकबद्ध भई प्रहरीलाई साथ दिएर भारतीय समूहलाई लखेटेका थिए । प्रहरी चौकीमाथि तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन बाध्य भई केही राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले बताए ।

घटनाको यथार्थ विवरण आउन बाँकी छ । प्रहरी नायब उपरीक्षक भोजबिक्रम शाह घटनास्थल गएका छन् । करौता प्रहरी चौकी नेपाल-भारत सिमानादेखि करिव एक किलोमिटरको दुरीमा छ

 

Posted in समाचार | Leave a Comment »

STRUGGLING FOR NEPAL’S TRUE SOVEREIGNTY

Posted by Ram Kumar Shrestha on October 27, 2010

India wanted to establish Nepal as a dependent state since it had ousted the British colonial regime. It did not want Nepal to have independent foreign relations. In 1975, the late King Birendra had proposed Nepal to be recognized internationally as a “zone of peace” which had received by 1990, support of 112 countries, including that of China and Pakistan. India remained silent on this count despite repeated proposals put forward by Nepal….The Maoists want to eliminate India from Nepal’s power and politics.

By Bishnu Pathak, PhD

Land-locked Nepal has always existed in giant India’s shadow. However, now that its people have tasted democracy,they want to shake off Indian influence and become masters of their own destiny. Nepal has long historic, strategic, geo-political, commercial and socio-cultural relations with India. There has been a protracted debate and discourse to continuously improve such relations. But history also shows that whenever Nepal is in its transition phases, its people encounter several problems at national and regional levels owing to the role of India. Nepalis living on the Nepal-India border have suffered in particular at the hands of Indian border security forces and criminal groups. In spite of such suffering, they have failed to attract the country’s attention as most governments and mainstream parties have turned a deaf ear to their problems, fearing reprisals from India. A principal reason behind such practices is that the Nepalese authorities seek personal/family/party/cadre benefits whenever they get an opportunity to meet the Indian establishment, pushing behind the crucial issues faced by the people.

In the course of agitation to restore civilian supremacy, the UCPN (Maoist)initiated an anti-Indian campaign torching the 1950 India-Nepal treaty, displaying black flags in front of senior government officials, protesting in front of the Indian Embassy, boycotting CA House on the issue of intrusion and holding mass assemblies at the alleged Indian-encroached border regions from January 5, 2010 for a month. On January 11, the UCPN (Maoist) Chairman Pushpa Kamal Dahal, alias Prachanda, in a mass meeting at Mahendranagar, said, “I will fight for national independence and sovereignty till my last breath.” Read the rest of this entry »

Posted in Article | 1 Comment »

‘नयाँ मुलुक’मा जंगबहादुरको सालिक राख्न माग

Posted by Ram Kumar Shrestha on October 24, 2010

By जनक नेपाल

काठमाडौ, कार्तिक ७ – नेपालगन्ज- सुगौली सन्धीमा गुमेको राप्ती पश्चिमको तराई भू-भाग बेलायती साम्राज्यबाट फिर्ता भएको १५० औं बर्षगाँठ मनाइने भएको छ ।

बाँके, बर्दिया, कैलाली र कन्चनपुर     जिल्लामा विभिन्न कार्यक्रमसहित उक्त दिनको स्मरण गर्न लागिएको छ । अंग्रेजसंगको युद्धमा पराजित भई सन् १८१५ मा सुगौली सन्धीमा गुमेको उक्त भू-भाग ४५ बर्षपछि फिर्ता भएको हो ।

‘गुमेको भू-भाग तत्कालिन प्रधानमन्त्री जंगबहादुरले अंग्रेजलाई खुशी पारेर फिर्ता गरेका हुन्’- १५० औ बर्षगाँठ कार्यक्रमका संयोजक दिनेशप्रसाद श्रेष्ठले भने,- गुमेको भू-भाग फिर्ताहुँदाको खुशीको स्मरणका लागि कार्यक्रम गर्न लागिएको हो ।    बर्दियास्थित गैरसरकारी संस्था महासंघ, राधाकृष्ण थारु जनसेवा केन्द्र, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतका संघ-संस्थाले संयुक्त रुपमा बर्षगाठ कार्यक्रमको आयोजना गर्न लागेका हुन् । कार्यक्रमको प्रमुख अतिथि बेलायती राजदूत जोन एन्थोना टकनट हुने संयोजक श्रेष्ठले बताए ।

Read the rest of this entry »

Posted in समाचार | Tagged: , | Leave a Comment »

महाकाली सन्धिमा उल्लेख भएको पानी अझै पाइएन

Posted by Ram Kumar Shrestha on October 22, 2010

४ कात्तिक, कञ्चनपुर । विवादास्पद र बहुचर्चित महाकाली सन्धि भएको डेढदशक बिते पनि सन्धिमा उल्लेखित कुराहरु कार्यान्वयन नहुँदा यहाँका बासिन्दाले महाकालीबाट पानी पाउन सकेका छैनन् ।

महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिमा उल्लेख गरिएअनुरुपको पानी भारत सरकारले हालसम्म उपलब्ध गराएको छैन ।

महाकाली सन्धिमा शारदा बाँधबाट भारतले बनाएको नहरबाट दोधारा चाँदनी क्षेत्रका स्थानीय बासिन्दालाई सिँचाइ सुविधा उपलब्ध गराउन भारत सरकारले सन्धिमा प्रतिबद्धता जनाए पनि हालसम्म पहलसमेत नगरिएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

सन्धिमा उक्त क्षेत्रमा दुवै देशका प्राविधिक समूहले नहर निर्माण गरी ३५० क्युसेक पानी दिने सहमति भएको दोधाराका स्थानीय वीरबहादुर सुनारले बताए ।

भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रको जमिनमा सिँचाइ सुविधाका लागि भारत सरकारले टनकपुर बाँध क्षेत्रबाट एक हजार २०० मिटर नहर निर्माण गरी ३०० क्युसेक पानी दिने सहमति गरे पनि हालसम्म नहर निर्माणका लागि चासो नराख्दा उक्त सहमति ओझेलमा पर्दै जान थालेको महाकाली सरोकार समूहसँग आबद्ध मानसिं भण्डारीले बताउनुभयो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

महाकालीपारीको दोधारामा नेपाली भूमि अतिक्रमण

Posted by Ram Kumar Shrestha on October 22, 2010

केशव सावद,कञ्चनपुर ५ कार्तिक

भारतिय पक्षले कञ्चनपुरको महाकालीपारी दोधारा गाविसको सिमाक्षेत्रमा जवरजस्ती धानवाली लगाएको छ। भारतिय पक्षले दोधरा गाविस वडानम्बर १ कञ्चनभोजमा झण्डै अढाई सय विगाह नेपाली भूमिमा धान खेती गरेको हो । हालसम्म प्रशासन समेत नपुगेको सो क्षेत्रमा भारतले लगातार ८ वर्षदेखि सीमा मिचेर धानखेती गर्दै आएको स्थानियवासीले बताएका छन्। सहायक सीमा स्तम्भ नम्बर ७९७/१ पारी भारत र वारी नेपाल भएपनि सीमा स्तम्भको दुवै तर्फ भारतले धान खेती गरेको छ। भारतीयहरुले नेपाली भुमी अतिक्रमण गरि खेती लगाउदै आएपनि हालसम्म नेपालको प्रशासन त्यसवारे वेखवर रहेको स्थानियवासीहरु वताउछन्। सीमा सुरक्षाको जिम्मेवारी पाएको शसस्त्र प्रहरी अहिलेसम्म अतिक्रमित भूमिमा पुग्न सकेको छैन्। अतिक्रमणको विरोध गर्दा भारतीय सिमा सुरक्षा बल एसएसवी र भारतीय पक्षले उक्त जमिन आफ्नो भएको दावी गर्दै धम्काउने गरेको स्थानियवासीले बताएका छन्। पटक–पटक स्थानिय प्रशासन, गाविस र राजनीतिक दलहरुलाई अतिक्रमति भूमिका बारेमा जानकारी गराउदा पनि कसैले चँासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन्। भारतको उत्तराञ्चल प्रदेशको पिलिभित जिल्ला सँग जोडिएको कञ्चनभोजसँगै भारतिय पक्षले जिल्लाका अन्य ठाँउहरुमा समेत सीमा अतिक्रमण गरेको छ। भारतले कञ्चनपुरको झण्डै तीन हजार हेक्टरभन्दा वढी नेपाली भूमि अतिक्रमण गरी धान तथा उखु खेती गर्दै आएको छ। यसवारे प्रतिक्रिया लिन गएका सञ्चारकर्मीसामु कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी वुद्धिवहादुर खड्काले सिमा मिचिएको स्वीकार गर्दै अतिक्रमणका बारेमा भारतीय पक्षसंग छलफल गर्ने बताउनुभयो। उहाले आवश्यक परे गृह मन्त्रालयलाई जानकारी गर्ने र प्राविधिक झिकाईने जानकारी दिनुभयो।

dainikee.com

 

Posted in समाचार | Leave a Comment »

दस गजामा घर-टहरा निर्माण

Posted by Ram Kumar Shrestha on October 19, 2010

Nagariknews अमर खड्का, इटहरी, कात्तिक २- नेपाल र भारतबीचको सीमा छुट्याउने सीमा स्तम्भ आसपास दस गजा क्षेत्रमा घर-टहरा निर्माणसँगै जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ। नेपाल र भारत दुवै देशका नागरिकले घर-टहरा निर्माण र जग्गा अतिक्रमण गर्ने क्रम बढाउनाले सुनसरीमा पर्ने दस गजा क्षेत्र हरेक दिन साँघुरिदै गएको छ।

अन्तर्राष्ट्रिय सीमासम्बन्धी मान्यताअनुसार यो क्षेत्रमा कुनै पनि देशका नागरिकलाई बस्ने अधिकार हुँदैन। त्यसैले यो क्षेत्रलाई ‘नो मेन्स ल्याण्ड’ पनि भनिन्छ। तर, सुनसरीको आमडुवा, साहेवगन्ज, कप्तानगन्ज, नरसिंह, हरिपुरलगायतको दस गजा क्षेत्रमा भारतीय  र नेपाली नागरिकले स्थायीरुपमा घर–टहरा निर्माण गरी बसेका छन्।

दस गजा क्षेत्रमा बढी भारतीय नागरिक बसेको सशस्त्र प्रहरीको पूर्वी क्षेत्रीय मुख्यालय पकली सुनसरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। सशस्त्र प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी सुनसरी अमडुवा नजिकको दसा क्षेत्रमा स्थायी घर–टहरा निर्माण गरिएको र जग्गा अतिक्रमण गरिएको उल्लेख छ। सो स्थानमा २० वर्षदेखि बस्दै आएका भारतको सोनापुर–१७ का मनेस महत्तोले आफ्ना बाबुबाजे पनि दस गजा क्षेत्रमै बस्दै आएकाले त्यसकै सिको गर्दै घर निर्माण गरी बस्दै आएको बताए। उनले भने- वर्षौंदेखि बस्दै आएका छौं। अब ज्यान जाला तर हट्ने छैनौं।’ उनले अहिलेसम्म कहीँकतै हटाउनका लागि  पहल नगरिएकाले पनि नहटाउनेमा ढुक्क भएको बताए।
Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Vote for Anuradha Koirala to make her No. 1 CNN Hero

Posted by Ram Kumar Shrestha on October 19, 2010

For more about Anuradha Koiral please click here.

Posted in News | Tagged: , | 2 Comments »

BHUTAN: Nepali-ethnic Bhutanese observe Dasain

Posted by Ram Kumar Shrestha on October 19, 2010

The Himalayan Beacon

Nepali-ethnic Bhutanese communities across the globe celebrated Dasain, one of biggest Nepali festivals, with various

A Bhutanese mother in North Carolina offers teeka to her children. Photo/Abi Subedi

programs, our correspondents reported.

 

US celebration

According to our correspondent Deepesh Subedi, resettled Bhutanese in Boise city of Idaho gathered together to celebrate Dashain in one of the apartment complex play ground that began with the Durga Puja today. Read the rest of this entry »

Posted in News | Tagged: , , | Leave a Comment »

Never short of fame

Posted by Ram Kumar Shrestha on October 19, 2010

THE HINDU A Nepalese teenager, Khagendra Thapa Magar, who is just 25.8 inches tall has entered the Guinness Book of

Making a mark : Famous teen.

World Records as the world’s shortest man. He celebrated his 18th birthday recently. Magar, the son of a fruit seller from rural Nepal, who dreams of marrying and travelling the world in his wife’s handbag, will receive his official Guinness World Records certificate in a short ceremony. In Pokhara, a lakeside town popular with tourists, shouts of recognition greeted the teenager wherever he went, and Magar’s father said his son was enjoying the attention.

 

Some clips:

Read the rest of this entry »

Posted in News | Tagged: , , , | Leave a Comment »

Over 7m people visit Nepal pavilion

Posted by Ram Kumar Shrestha on October 19, 2010

RSS BEIJING, Oct 19: More than seven million people have observed the Nepal Pavilion at the World Expo that isunderway in the Chinese industrial city of Shanghai since five months.

Director of the Nepal Pavilion, Binayak Shah said over seven million visitors came to observe the Nepal pavilion on October 18, the 171st day since the start of the expo. Read the rest of this entry »

Posted in News | Tagged: , , , | Leave a Comment »

भारतीय ज्यादतीविरुद्ध प्रवासी नेपालीको प्रदर्शन

Posted by Ram Kumar Shrestha on October 15, 2010

नयाँ पत्रिका

बुटवल,२६ असोज  रोजगारीको खोजीमा भारत गएका नेपालीलाई भारत सरकाले स्थानीय निवास प्रमाण-पत्रको माग गर्दै अपमान गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जनाएको छ । जागिर खोज्न गएका र पहिलेदेखि नै जागिर गरिरहेका नेपालीलाई १९५० को सन्धि उल्लंघन गरेर भारत सरकारले स्थानीय प्रमाण-पत्रको माग गरेको उनीहरूको आरोप छ ।

अपमानजनक व्यवहार गरेको भन्दै एकता समाजले नेपाल सरकारको ध्यानाकर्षण गराउनुका साथै बुटवलमा प्रदर्शनसमेत गरेको छ । नेपालीले स्थानीय प्रमाणपत्र दिन नसक्ने बताउँदै सोमबार भारतीय उत्तरप्रदेशका मुख्यमन्त्री मायावतीलाई ज्ञापनपत्र बुझाएर प्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापनपत्र बुझाउन आएका समाजसँग आबद्ध प्रवासी नेपालीले मंगलबार बुटवलमा विरोध प्रदर्शन र सभा गरेका छन् ।

१९५० को सन्धि नेपालीको हितविपरीत भएकाले उक्त सन्धिको खारेजीको माग गर्दै आएका एकता समाजका नेता तथा कार्यकर्ताले १९५० को सन्धिले दिएको अधिकारसमेत कटौती गरेर नेपालीप्रति भारतले दमनको नीति अपनाएको आरोप लगाए । उनीहरूले १९५०  को सन्धि तत्काल खारेजीको माग गरेका थिए । इमानदार नेपालीलाई भारतीय प्रहरीले दिनदहाडै लुटपाट, कुटपिट र बलात्कार गर्दासमेत भारत सरकार मौन रहेको उनीहरूको भनाइ छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , | Leave a Comment »

‘भारतीय सुरक्षाकर्मीले सबै पैसा लुटेर लगे’

Posted by Ram Kumar Shrestha on October 14, 2010

बाँके, २७ असोज । भारतबाट कमाई गरेर दसैँका लागि घर फर्किएका नेपालीहरु बाँकेको सिमावर्ति बजार रुपैडियामा लुटिने र ठगिने क्रम बढिरहेको छ । आफूहरुलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत विनाकारण कुटपिट गर्ने गरेको उनीहरुको गुनासो छ ।कमाई गरेर भारतबाट नेपाल फर्किदै गरेका जाजरकोटका जिते जैसिले कमाई गरेर ल्याएको सबै पैसा लुटेर लगेको गुनासो गरे  । उनले  आफूलाई बेहोस् बनाएर पैसा लुटेको तर भारतीय प्रहरीलाई लुटिएको खबर गर्दा समेत कुनै वास्ता नगरेको बताए  । यता कमाई गरेर घर फर्किदै गरेका दाङ पुरन्धाराका लालबहादुर वलिले रुपैडिहाबाट नेपालगन्ज आउँदा रिक्सावालाले सुरुमा रिक्सामा चढ्दा कम भाडा भने पनि बीच बाटोमा ल्याएर त्यसको ५ गुना बढि भाडा असुल गरेको बताए । भनेको भाडा नदिएमा रिक्सावालाले आफूलाई कुटपिट गर्ने धम्कीसमेत दिएको लालबहादुरले गुनासो गरे । रुकुम खोला गाउँका  धनसिंह  कामिले सिमामा नेपाली प्रहरीले समेत रकम असुल्ने गरेको खुलासा गरे । रुकुमकै मूरु गाविसका अर्का जगत बुढाले आफुलाई भारतीय सिमा सुरक्षा बल एसएसबीले कुटपिट गरेको गुनासो गरे ।भारतमा गई रोजी रोटीको लागि कमाई गरेर चाडपर्वका बेला नेपाल फर्किने मध्ये बसे्नि हजारौ को सङ्ख्यामा नेपालीहरु लुटिने ठगिने र कुटिने गरेपनि सम्बन्धित निकायले त्यसतर्फ कुनै चासो नदेखाएको पीडितहरुको गुनासो छ ।

Posted in समाचार | Leave a Comment »

राकेश सुदलाई ८ जोर जुत्ता प्रहार

Posted by Ram Kumar Shrestha on October 8, 2010

नयाँ पत्रिका
सोलुखुम्बु, २० असोज : फाप्लु विमानस्थलमा उत्रनासाथ खादा ओढाएर सम्मान गरिएका भारतीय राजदूत राकेश सुदमाथि विमानस्थलबाट बाहिरिन नपाउँदै जुत्ता प्रहार भएको छ। सार्वजनिक ओहोदाको कुनै पनि व्यक्तिलाई जुत्ता हानिएको नेपालमा यो पहिलो घटना हो।

नेपाल-भारत विकास मैत्री संघको सोलु शाखा उद्घाटन गर्न बुधबार बिहान ८:३० मा सुद फाप्लु विमानस्थलमा ओर्लिएका थिए। नेपाल एअरलाइन्सको विमानबाट झर्नासाथ आयोजकले उनलाई बाजागाजासहित खादा ओढाएर स्वागत गरेका थिए। तर, भित्र बाजागाजा भए पनि विमानस्थलबाहिर माओवादी कार्यकर्ताले भारतीय विस्तारवाद मुर्दावाद भन्दै नाराबाजी गरिरहेका थिए।

सुद विमानस्थलबाट बाहिर आएर गाडी चढ्न खोज्दा उनीमाथि माओवादी कार्यकर्ताले जुत्ता प्रहार गरेका थिए । केही सेकेन्डमै उनीमाथि आठ जोर जुत्ता प्रहार भएका थिए। प्रदर्शनकारीले जुत्ता मात्र होइन, ढुंगा पनि प्रहार गरेका थिए। तर, सुदलाई कुनै चोटपटक भने लागेको छैन।

हिमाली क्षेत्रमा समेत पुगेर चीनविरोधी गतिविधि गर्न सोलुखुम्बु आएको आरोपमा माओवादीका स्थानीय कार्यकर्ताले सुदलाई कालो झन्डा देखाउने कार्यक्रम तय भएको थियो। माओवादी पोलिटब्युरो सदस्य तथा सभासद् गोपाल किराती र अर्का सभासद् आङदावा शेर्पाले विरोध कार्यक्रमको नेतृत्व गरेका थिए। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Railways in Tibet Mount Everest is singing for joy – Everyone else is worried

Posted by Ram Kumar Shrestha on October 8, 2010

The Economist

“MOUNT EVEREST is singing for joy and the Brahmaputra River swirling with happiness”. Or so says an official Chinese newspaper (using the Tibetan names, Qomolangma and the Yarlung Tsangpo). After much delay, China has started to extend its controversial railway line in Tibet that will draw more tourists to the mountain and boost trade with South Asia. How happy the outcome will be is not so clear.

Planning for the 253km (157-mile) line from the Tibetan capital, Lhasa, to the region’s second city, Shigatse, began in 2002, four years before Lhasa itself was connected to China’s railway network. The authorities appear not have been deterred by the problems that the railway brought to Lhasa. A tourism boom and a flood of immigrants from China’s interior contributed to an explosion of unrest among embittered Tibetans in March 2008. The launch ceremony in Lhasa of the $2 billion extension on September 26th was celebrated by dancing children in elaborate Tibetan costumes. Chinese television said the line would be of “great significance for the strengthening of ethnic unity”. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , , , , , , , | Leave a Comment »