Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

दस गजामा घर-टहरा निर्माण

Posted by Ram Kumar Shrestha on October 19, 2010


Nagariknews अमर खड्का, इटहरी, कात्तिक २- नेपाल र भारतबीचको सीमा छुट्याउने सीमा स्तम्भ आसपास दस गजा क्षेत्रमा घर-टहरा निर्माणसँगै जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ। नेपाल र भारत दुवै देशका नागरिकले घर-टहरा निर्माण र जग्गा अतिक्रमण गर्ने क्रम बढाउनाले सुनसरीमा पर्ने दस गजा क्षेत्र हरेक दिन साँघुरिदै गएको छ।

अन्तर्राष्ट्रिय सीमासम्बन्धी मान्यताअनुसार यो क्षेत्रमा कुनै पनि देशका नागरिकलाई बस्ने अधिकार हुँदैन। त्यसैले यो क्षेत्रलाई ‘नो मेन्स ल्याण्ड’ पनि भनिन्छ। तर, सुनसरीको आमडुवा, साहेवगन्ज, कप्तानगन्ज, नरसिंह, हरिपुरलगायतको दस गजा क्षेत्रमा भारतीय  र नेपाली नागरिकले स्थायीरुपमा घर–टहरा निर्माण गरी बसेका छन्।

दस गजा क्षेत्रमा बढी भारतीय नागरिक बसेको सशस्त्र प्रहरीको पूर्वी क्षेत्रीय मुख्यालय पकली सुनसरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। सशस्त्र प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी सुनसरी अमडुवा नजिकको दसा क्षेत्रमा स्थायी घर–टहरा निर्माण गरिएको र जग्गा अतिक्रमण गरिएको उल्लेख छ। सो स्थानमा २० वर्षदेखि बस्दै आएका भारतको सोनापुर–१७ का मनेस महत्तोले आफ्ना बाबुबाजे पनि दस गजा क्षेत्रमै बस्दै आएकाले त्यसकै सिको गर्दै घर निर्माण गरी बस्दै आएको बताए। उनले भने- वर्षौंदेखि बस्दै आएका छौं। अब ज्यान जाला तर हट्ने छैनौं।’ उनले अहिलेसम्म कहीँकतै हटाउनका लागि  पहल नगरिएकाले पनि नहटाउनेमा ढुक्क भएको बताए।

सोही स्थानमा बसोबास गर्ने नेपाली नागरिक सङ्गीतकुमार महतोले दस गजा क्षेत्रमा बेला–बेलामा भारतीय सुरक्षा बल एसएसबीका जवानले नेपालीलाई हट्न दबाब दिने गरे पनि भारतीयलाई भने केही नगर्ने गरेको बताए। उनका अनुसार दुई साताअघि मात्र एसएसबीका जवानले दसैं मनाएपछि दस गजा क्षेत्र छाड्न उर्दी जारी गरेपछि अहिले सबै नेपाली त्रासमा छन्।

सशस्त्र प्रहरीको पूर्वी क्षेत्रीय मुख्यालयको तथ्याङ्कअनुसार भारतीय पक्षबाट दस गजा क्षेत्रको १३ बिघा १६ कट्ठा अतिक्रमण गरिएको छ। अतिक्रमण गरिएको जग्गामा पाँच दर्जनभन्दा बढी स्थायी घर–टहरा निर्माण गरिएको उल्लेख छ। अस्थायी घर–टहरा निर्माण गर्ने क्रम पनि निरन्तर जारी रहेको जनाइयो। भारतीय नागरिकहरुले अमडुवा क्षेत्रमा सबैभन्दा बढी आठ बिघा १० कट्ठा जग्गा अतिक्रमण गरी दुई दर्जन घर–टहरा निर्माण गरेका छन्।

भारतसँग सीमा जोडिएको जिल्लाको ५९ किलोमिटर क्षेत्रमा नेपाली पक्षले ५ विघा १६ कट्ठा जमिन अतिक्रमण गरेको उल्लेख छ। नेपाली नागरिकले अमडुवा, नरसिंह र हरिपुर क्षेत्रको अतिक्रमण गरी ४७ वटा घर–टहरा निर्माण गरेको उल्लेख छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले दस गजा क्षेत्र अतिक्रमण गरी घर–टहरा निर्माण गरेर बसेकालाई सचेत गराएर हटाउने कार्य भइरहेको बताए। उनले भने- जबर्जस्ती हटाउन खोजेमा सम्भव नहुने भएकाले सचेत गराएर क्रमैसँग हटाइनेछ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: