Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

महाकाली सन्धिमा उल्लेख भएको पानी अझै पाइएन

Posted by Ram Kumar Shrestha on October 22, 2010


४ कात्तिक, कञ्चनपुर । विवादास्पद र बहुचर्चित महाकाली सन्धि भएको डेढदशक बिते पनि सन्धिमा उल्लेखित कुराहरु कार्यान्वयन नहुँदा यहाँका बासिन्दाले महाकालीबाट पानी पाउन सकेका छैनन् ।

महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिमा उल्लेख गरिएअनुरुपको पानी भारत सरकारले हालसम्म उपलब्ध गराएको छैन ।

महाकाली सन्धिमा शारदा बाँधबाट भारतले बनाएको नहरबाट दोधारा चाँदनी क्षेत्रका स्थानीय बासिन्दालाई सिँचाइ सुविधा उपलब्ध गराउन भारत सरकारले सन्धिमा प्रतिबद्धता जनाए पनि हालसम्म पहलसमेत नगरिएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

सन्धिमा उक्त क्षेत्रमा दुवै देशका प्राविधिक समूहले नहर निर्माण गरी ३५० क्युसेक पानी दिने सहमति भएको दोधाराका स्थानीय वीरबहादुर सुनारले बताए ।

भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रको जमिनमा सिँचाइ सुविधाका लागि भारत सरकारले टनकपुर बाँध क्षेत्रबाट एक हजार २०० मिटर नहर निर्माण गरी ३०० क्युसेक पानी दिने सहमति गरे पनि हालसम्म नहर निर्माणका लागि चासो नराख्दा उक्त सहमति ओझेलमा पर्दै जान थालेको महाकाली सरोकार समूहसँग आबद्ध मानसिं भण्डारीले बताउनुभयो ।

महाकाली तटीय क्षेत्रका बासिन्दालाई सघाउ पुर्‍याउन महाकाली नदीमा हिउँदमा ३५० क्युसेक र वषर्ायाममा एक हजार क्युसेक पानी छोड्नुपर्ने महाकाली सन्धिमा उल्लेख भए पनि भारतले एकलौटी रुपमै पानीको उपभोग गर्न थालेको उहाँले बताउनुभयो ।

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्यअन्तर्गत नेपालतर्फको नहर निर्माणको कार्य सुरु भइसक्दासमेत भारतले बनाइदिने भनिएको एक हजार दुई सय मिटर नहर निर्माण नहुँदा स्थानीयले निर्धारित समयमै पानी पाउन नसक्ने निश्चित भएको महाकाली सिँचाइ आयोजनाका प्रमुख देवनारायण मिश्रले बताउनुभयो । रासस

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: