Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

अमेरिकामा पाण्डेयले ‘गिनिज वर्ल्ड रेकर्ड्स’मा नाम लेखाए (Videos)

Posted by Ram Kumar Shrestha on February 11, 2014



krishna-pandey

विजय थापा भर्जिनिया, माघ २९ – नेपाल बुटवल, रुपन्देही घर भै हाल अमेरिकाको क्यानसस सिटिमा बसोबास गरिरहेका कृष्ण पाण्डेयले उल्टो अक्षर हिज्जे उच्चारण गरि ”गिनिज वर्ल्ड रेकर्ड्स” मा नाम लेखाउन सफल भएका छ्न ।

”गिनिज वर्ल्ड रेकर्ड्स” ले आधिकारिक रुपमा नै किर्तिमान कायम गर्ने पाण्डेयलाई पत्रचार गरिसकेको जानकारी पाण्डेयले बताए भने ‘गिनिज वर्ल्ड रेकर्ड्स‘ मा पनि प्रकाशित गरि सकेको बताएका छन् । उनले एक मिनेट भित्रमा ३६ वटा बिपरित शब्द हिज्जे उच्चारण गरी गिनिज बिश्व पुस्तकमा नाम लेखाएका छन् । उनीलाई १ मिनेट मा ४० वटा प्रश्न सोधिएको थियो भने जसमा ४ वटा गलत भएका कारण उनीले ३६ वटा ठिक भन्न सकी नयाँ किर्तिमान कायम गर्ने नेपाली भएका छन । योभन्दा अगाडी यो किर्तिमान भारतीय नागरिक शिशिर हथवारले २०१२ मा ओमानमा एक मिनेटमा ३० वटा बिपरित शब्द हिज्जे उच्चारण गरेका थिए ।

पाण्डेयले जुलाई ४,२०१३ का शुभ साइतमा दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (ए एन ए )को ३१ औ न्युयोर्क सम्मेलनमा ”गिनिज वर्ल्ड रेकर्ड्स‘ को प्रदर्शन हजारौका बीच प्रस्तुत गरेका थिए, उनलाई प्रश्न गत बर्ष मात्रै गिनिज बिश्व पुस्तकमा नाम लेखाउने संचार कर्मी रवि लामिछानेले सोधेका थिए ।

खबरले आफू उत्साहित भएको भन्दै अझ केही गर्ने सोची रहेको बताए भने ए एन ए संस्थाले उपयुक्त मंच दिएकोले ए एन ए मार्फत आफूले कीर्तिमान कायम गर्न सकेकोमा ए एन ए परिवारलाई बिशेष धन्यबाद दिए । आफूलाई आर्थिक तथा बिबिध सहयोग गर्ने बिशेष व्यक्तित्व, संस्था ,प्रायोजक तथा संचार माध्यमको सहयोगले आफू बिश्वभर चिनिएको भन्दै सबैलाई धन्यबाद दिन चाहेको बताए ।

पाण्डेयले बिश्वलाई नेपालको नाम पहिचान गराउँदै बुद्ध र सगरमाथा नेपालका सम्पदा र धरोहर हुन् भन्दै सो किर्तिमान कायम गर्न सकेको र नेपालको झन्डा फ़र्फ़राउन योभन्दा अगाडी गरेको कीर्तिमानलाई तोडेको बताए । आफ्नी बहिनिलाई बिज्ञानका शब्द सिकाउने क्रममा सो अक्षर बारम्बार आफूले प्रयोग गर्दा अगाडीबाट हिज्जे गर्दा कण्ठ भएको र पछाडीबाट पनि हिज्जे गर्दा आफूलाई सरल भएकोले आफूभित्र यस्तो क्षमता पनि रहेछ भनि प्रयोग गर्दा गर्दै “गिनिज वर्ल्ड रेकर्ड्स” मा नाम लेखाउने धोको रहेकोले आज मेरो सपना पुरा भएको बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: