Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

सीमा स्तम्भ हराए

Posted by Ram Kumar Shrestha on December 13, 2010


टीकापुर, मंसिर २६ –
नेपाल-भारत सीमा क्षेत्रमा रहेका ९८ देखि १ सय ८ नम्बरसम्मका सीमा स्तम्भ निरीक्षण गर्दा ६ वटा हराएको पाइएको छ ।

दुई देशका अधिकारीको संयुक्त टोलीले सीमा स्तम्भ निरीक्षण गर्दा फेला नपरेको बताइएको छ । इलाका प्रशासन, टीकापुरका प्रमुख धनबहादुर चन्दका अनुसार निरीक्षण गरिएका ११ सीमा स्तम्भमध्ये १०२, १०३, १०४, १०६, १०७ र १०८ नम्बरका हराएको पाइएको हो । बाढीका कारण कतिपय सीमा स्तम्भ बगाएको निरीक्षणमा सहभागी अधिकारीले बताएका छन् । अनुगमनमा जिल्ल्ाा प्रशासन, सुरक्षाकर्मी, वन अधिकारी नापी शाखाका कर्मचारी संलग्न थिए ।

करिब १ महिनाअघि कैलालीको धनगढीमा भएको दुई देशबीचका अधिकारीको बैठकको निर्णयअनुसार सीमा अनुगमन हुन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक नरेन्द्र चन्दले भने, ‘सीमा अनुगमन कार्य कैलाली र कञ्चनपुर जिल्लामा हुनेछ ।’

अनुगमन टोलीले सीमा स्तम्भ हराए पनि सीमा भने मिचिएको नभेटाएको बताउँदै प्रहरी निरीक्षक चन्दले भने, ‘मोहना नदीले दुवै देशतिर कटान र डुबान भने पारेको छ ।’

बुधबार कैलालीको खक्रौलामा भएको बैठकले दुई देशका सीमा क्षेत्रका सुरक्षा अधिकारीले बिहीबारदेखि सीमा अनुगमन गर्ने निर्णय गरेका थिए । कैलालीको धनसिंहपुर १, अरुणाफाटाबाट अनुगमन सुरु भएको हो । सीमा सुरक्षा अधिकारीले आ-आफ्नो कार्य क्षेत्रमा रहेको सीमा अनुगमन गर्ने जनाएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: