Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

मेलबर्नमा बिध्यार्थीहरुले बुद्ध जयन्ती मनाए धुमधामसंग

Posted by Ram Kumar Shrestha on May 29, 2013


2

ला ट्रोब युनिभर्सिटी, बण्डुरा, मेलबर्न २८ मइ, २०१३: मेलबर्नको बण्डुरास्थित ला ट्रोब यूनिभर्सिटिमा अध्ययनरत बिध्यार्थीहरुको संस्था ला ट्रोब यूनिभर्सिटी नेपालिज एसोसियसनले युनिभर्सिटी हाताभित्र पहिलो पटक बुद्ध जयन्ती धुमधामका साथ मनाएको छन । यो बर्षको बुद्ध जयन्ती बिदाको दिन परेकोले र बुद्धको जन्मस्थलका बिषयमा अनाबस्यक तवरबाट दिग्भ्रम सिर्जना गरिएकोले बिदेशीहरुका बीच पनि नेपाल र बुद्ध जन्मस्थलबारे जानकारी दिने अभिप्रायले कार्यक्रम बुद्ध जयन्तीपछि बिस्वबिध्यालय खुल्ने दिन आयोजना गरिएको थियो ।

7

कार्यक्रममा ठूलो संख्यामा बिदेशीहरुको पनि उपस्थिति थियो । कार्यक्रममा बिस्वबिध्यालयको नियमानुसार एक घण्टा मात्रै श्रब्य सामग्री बजाउन मिल्ने भएकोले एक घण्टा बुद्धसम्बन्धी गीत र भजनहरु बजाइएको थियो । कार्यक्रमस्थल नेपाली झन्डा, बुद्ध नेपालमा जन्मनु भएको सन्देश सहितका पोस्टर, बुद्धको मूर्तिले सजाइएको थियो । मैनबत्ती, धुप, फलफूल र कार्यक्रममा उपस्थित हुनेहरुको चहल पहलले कार्यक्रम आयोजना गरिएको बिस्वबिध्यालयको ठूलो प्रांगडले बुद्ध मन्दिरको आभास दिलाएको थियो ।

9

नेपालको पिछडिएको ग्रामीण भेकका जनतालाई सहयोग गर्ने काममा लागि परेका र त्यसै क्रममा महाबिर पुन: एबं नेपालको ग्रामीण पुस्तकालय परियोजना कार्यमा संलग्न परियोजनाका राष्ट्रिय निर्देशक शरद बाबु श्रेष्ठसंग समेत संपर्कमा रहेका बताउने मार्क पिनोलीले कार्यक्रमस्थमा कुराकानीको सिलसिलामा नेपालीहरुले अन्तराष्ट्रिय सन्जाल फेसबुकमा बुद्ध नेपालमा जन्मिएको कुराको बाढी नै ल्याएको देखेर आफू प्रभाबित भएको बताए । झुक्केर वा झुक्याइएर बुद्ध जन्मस्थल जान चाहने हजारौं विश्व पर्यटक बुद्धको नक्कली जन्मस्थल पुर्याइने कामले उनीहरुको मानबाधिकार हनन हुने भएकोले यो काममा नेपाली मात्रै नभएर यसबारे यथार्थताबोध हुने हरेक विश्व नागरिकले थाहा नपाउनेका बीच यो सन्देश लैजानु सबैको कर्तब्य हो भन्ने अभियानको विश्व संयोजकको अभिमतको जबाफमा मार्कले बुद्धको नाममा फायदा लिन गरिने त्यस्तो काम बुद्ध दर्शनको बिपरित भएको बताए ।

s1

कार्यक्रमपछि अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको बिशेष उपस्थितिमा शंकर गिरिको मूल संयोजकत्वमा सत्र सदस्यीय लुम्बिनी-कपिलवस्तु दिवस अभियान ला ट्रोब बिस्वबिध्यालय समिती पनि गठन गरिएको छ । संयोजकहरुमा उत्सब निरौला, अन्जान त्रिपाठी, प्रकाश क्षेत्री, नमिता शर्मा, निबेदिता बराल, इश्वर खनाल, सुरज उपाध्याय, अभिशेक पोखरेल, सुरक्षा नेपाल, सुनिल शर्मा, नविन किशोर थापा, बिपु जोशी, प्रनभ बिक्रम थापा, सुशिल लंसाल, उत्सव लामिछाने र लभेन्द्र कंडेल हुनुहुन्छ । समिति गठन गर्नु अघि बिस्व संयोजक श्रेष्ठले अभियान शुरु गर्नु पर्नाका कारणहरु, हासिल गरेका उपलब्धिहरु, संगठन बिस्तार, प्रत्येकले कसरी अभियानको उद्धेस्य प्राप्तीका लागि योगदान दिन सक्छ भन्नेबारे चर्चा गर्नु भएको थियो भने नेपाली संचार रेडियोका निर्देशक प्रमोद के सोनीले  नेपाली संचार जगतमा २५५७ औं बुद्ध जयन्तीको पावन अबसर पारेर लुम्बिनी-कपिलवस्तु दिवस अभियानको उद्धेस्य प्राप्तीमा ऐक्यबद्धता जनाउँदै अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित २४/७ रेडियोले लक्षित २४ घण्टे बुद्ध र लुम्बिनी बिषयमा मात्रै केन्द्रित भएर आयोजना गरेको बुद्ध र लुम्बिनीसम्बन्धी २४ घण्टे कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी नेपाली संचार जगतमा नयाँ रेकर्ड कायम गरेको जानकारी दिनु भयो ।

Clip of the meeting after the Buddha Jayanti program

https://www.youtube.com/watch?feature=player_embedded&v=lTOn9QhjnZw

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: