Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for January 1st, 2013

भिक्टोरियाको विद्यालयस्तरिय परिक्षामा खनाल सर्वोत्कृष्ट

Posted by Ram Kumar Shrestha on January 1, 2013

१७ पुस, मेलवर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको विद्यालयस्तरिय परिक्षामा नेपाली विद्यार्थी रोहन खनाल सर्वोत्कृष्ट भएका छन् ।यो वर्षको भिक्टोरियन सर्टीफिकेट अफ एजुकेसनमा उनले ९९.४० प्रतिसत नतिजा ल्याएर एक्सिलेन्स अवाड र मोनास विश्वविद्यालयमा इन्जिनियरिङ बिषयमा छात्रबृति समेत पाएका छन् ।

अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएका खनालले थाईल्याण्डको एसियन इन्टीच्युट अफ टेक्नोलोजीबाट विद्यालयस्तरको अध्ययन शुरु गरेका थिए । परिवार सहित अष्ट्रेलिया बसाई सरेपछि कक्षा ६ बाट उनले मेलवर्नको सरकारी स्कुलमा अध्यनलाई निरन्तरता दिएका थिए । उनी अहिले सम्म भिक्टोरियाको सेलेक्टीभ स्कुलमा पाढ्नै एक मात्र नेपाली विद्यार्थी हुन् ।

गणितमा निकै राम्रो ज्ञान भएका खनालले अष्ट्रेलियन म्याथमेटिक ट्रष्ट, रोयल अष्ट्रेलियन केमिकल इन्सिच्युट, न्यु साउथ वेल्स विश्वबिद्यालय, नेसनल जोग्रफिक च्यानल र रियो टिन्टो जस्ता संस्थाहरुले आयोजना गरेको विभिन्न विज्ञान र गणित विषयका प्रतियोगिताहरुमा पुरस्कार जितेका छन् ।यसअघि ११ कक्षामा अध्यन गर्दा रोहनले विजनेस इन्टप्राइज अवार्ड जितेका थिए । बिद्यालयले आयोजना गर्ने प्रयः सबै अतिरिक्त क्रियाकलापहरुमा उनी सहभागि हुन्छन् । Read the rest of this entry »

Posted in समाचार | Tagged: | Leave a Comment »