Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Posts Tagged ‘D. D. Kandel’

अप्रवासी नेपाली डा. दुर्गादत्त कंडेललाई अष्ट्रेलियन सम्मान

Posted by Ram Kumar Shrestha on March 2, 2012

कृष्ण तिवारी

सिड्नी (अष्ट्रेलिया), फाल्गुन १६ – अष्ट्रेलियन फेडलर सरकार अन्तर्गत मरे डार्लिङ बेसिन अथोरिटीको जलस्रोत तथा नदी व्यवस्थापनमा जलविज्ञान विज्ञका रूपमा कार्यरत अप्रवासी नेपाली डा. दुर्गादत्त कंडेललाई अष्ट्रेलियन सरकारले “सिग्नीफिकेन्ट अचिभमेन्ट २०१२” बाट सम्मानित गरेको छ ।

अष्ट्रेलियाका २५ औं प्रधानमन्त्री जोन होवार्टका पालामा त्यस क्षेत्रका किसानहरूले जलस्रोतको प्रकृतिले धान्ने भन्दा बढी पानी उपभोग गरेकाले खोलामा पानीको मात्रा सुक्दै गएपछि वातावरणीय क्षेत्रमा समेत प्रतिकूल असर परेकाले चिन्ता व्यक्त गरिएको थियो । होर्वाडकैं पालामा अष्ट्रेलियामा पानी ऐन-२००७ ल्याएपछि वातावरणीय स्वास्थ्य खस्किँदै गएको खोलामा पानीको मात्रा कसरी बढाउन सकिन्छ भन्ने योजना तर्जुमा गर्ने कार्यमा डा. कंडेलको अध्ययनले सहयोग पुर्‍याएको थियो ।

कुन राज्यमा वर्षभरि कति मात्रामा पानी प्रयोग गर्न पाउँछन् भन्ने लेखाजोखा र पानीको न्यायोचित तथा वैज्ञानिक वितरण पनि यही निकायले गर्ने गर्दछ ।

ईकान्तिपुरसँगको कुराकानीमा कंडेल भन्छन्- “मेरो काम आकासको पानी ड्याममा कति पुग्छ, कति उडेर जान्छ, एउटा विन्दुबाट अर्को विन्दुसम्म आइपुग्दा नदीमा कति मिसिन्छ, ड्याममा कति पानी बाँकी छ, भनी मिहिन अध्यययन निकाल्नु हो ।”

साथै बाँकी रहेको पानी वर्षमा कति पानी थपिने अनुमान छ, नदीमा पानीको वाहव बढेको छ वा घटेको छ, यी सबैको सुक्ष्म अध्ययन पश्चात मात्र वर्षभरिको पानी उपभोगको योजना बनाइन्छ । जसका आधारमा कुन राज्यले  र राज्य मार्फत त्यस क्षेत्रका बासिन्दाले वर्षमा कतिसम्म पानी प्रयोग गर्न पाउँछन् भन्ने तथ्याङ्क निकालिन्छ । उनका अनुसार यी सबै कार्य जलविज्ञान सम्बन्धी कम्प्युटर मोडलिङको आधारमा निकालिन्छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , | Leave a Comment »