Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको थप तीन देशमा राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on February 21, 2012


सीमित स्वार्थका कारण बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले बुद्ध जन्मस्थलबारे सिर्जना गरेका दिग्भ्रमहरुलाई निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको कपिलवस्तु दिवस अभियान पछिल्लो समयमा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिले अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान राख्ने गरी गरिएको निर्णयलाई तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा यही डिसेम्बर १ तारिख २०११ का दिन वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्रीको प्रमुख आतिथ्य र मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु एबं राष्ट्रिय स्तरका थुप्रै ब्यक्तिहरुको उपस्थितिमा भएको नेपालमा आयोजना गरिएको कार्यक्रममा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले इण्टरनेटको माध्यमबाट वेलायतबाट मन्तब्य दिने क्रममा आधिकारिक रुपमा अभियानको नाम परिवर्तन गरिएको घोषणा गर्नु भएको थियो । यसरी सो दिनदेखि सो अभियानको तेश्रो वार्षिकोत्सब लुम्बिनी- कपिलवस्तु दिवसको रुपमा मनाइन थालिएको छ ।

अभियानको नाम यसरी परिवर्तन गरेपस्चात अभियानको संगठन बिस्तार गर्ने क्रममा राष्ट्रिय समिति गठन गर्नेमा मलेशिया पहिलो मुलुक बन्न पुगेको थियो भने अभियानको राष्ट्रिय समिति गठन गर्नेमा भने दशौं । अभियानको संगठन बिस्तार गर्ने क्रममा बिगत केही दिनभित्रमा कम्बोडिया, जर्मनी र भियतनाम गरी थप तीन देशमा राष्ट्रिय समितिहरु गठन भएका छन ।

कम्बोडियामा खडानन्द पोखरेलको राष्ट्रिय संयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान कम्बोडिया राष्ट्रिय समिति गठन गरिएको छ । सो समितिका संयोजकहरुमा लाल सिंह खडका, दीप पौड्याल, राजा कुमार, महेश भण्डारी, शिव पराजुली, गमन सिंह गुरुङ र गोपाल खडका हुनुहुन्छ ।

जर्मनीमा कमल भट्टराईको राष्ट्रिय संयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान जर्मनी राष्ट्रिय समिति गठन गरिएको छ । सो समितिका संयोजकहरुमा शैलेन्द्र मल्ल, सुशिल केसी, ज्योति चन्द्र श्रेष्ठ र सन्जिव थापा हुनुहुन्छ ।

त्यसै गरी भियतनाममा सुजन उदयको राष्ट्रिय संयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान भियतनाम राष्ट्रिय समिति गठन गरिएको छ । यस्मा उदय सुजल र लव राष्ट्रिय संयोजकको रुपमा रहनु भएको छ ।

दुई चरणमा गरी विस्व कार्य समितिलाई पूर्णता दिएपस्चात यस अघि स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ मुलुकहरुमा राष्ट्रिय समिति गठन भैसकेको छ । यसरी अभियानको राष्ट्रिय समितिहरुको संख्या १३ पुगेको छ । अभियानको राष्ट्रिय समिति गठन गर्नेमा पहिलो मुलुक भने स्पेन हो ।

Leave a comment