Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

“लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तर्कृयाका साथ सिडनीमा तेश्रो लुम्बिनी – कपिलवस्तु दिवस सम्पन्न

Posted by Ram Kumar Shrestha on December 13, 2011


सानु घिमिरे, ११ डिसेम्बर, सिडनी, अस्ट्रेलिया: गौतम बुद्धको जन्मस्थल लुम्बिनी – कपिलबस्तुको प्रचार र प्रबर्द्धनको लागि लुम्बिनि-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिको आयोजनामा तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस “लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तरक्रिया कार्यक्रम गरी मानाइएको छ । कार्यक्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार र प्रबर्द्धनको लागि एनआरएनको सहभागीताको सम्बन्धमा ब्यापक छलफल भयो ।

लुम्बिनी – कपिलबस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिले सिड्नीको क्यान्टेबरिमा आयोजना गरेको “लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तरक्रिया कार्यक्रममा बिदेशमा रहेका कुटनैतिक नियोगहरु र नेपाली ब्यबसायीहरुले आफ्नो कार्यालयमा लुम्बिनीको प्रबर्द्धन गर्ने खालको पोस्टर , बिलबोर्ड तथा सोवेनियर राख्नु पर्ने सुझाब दिईएकोछ ।

त्यस्तै व्यक्तिगत संचारमा पनि आफ्नो देशको पहिचान बोकेको कपिलबस्तु लुम्बिनीको बारेमा चर्चा गर्ने, बिदेशमा तथा नेपालमै पनि बिद्यालयहरुको पाठ्यपुस्तक निर्माण गर्ने निकायहरुमा गौतम बुद्धको जन्म स्थलबारे भएका गलत जानकारी सच्याउन पैरबी गर्ने , अस्ट्रेलियामा २०१२ मा हुन गइरहेको एनआरएन अस्ट्रेलियाको क्षेत्रीय सम्मेलनमा लुम्बिनी, कपिलबस्तुको प्रबर्द्धनको बारेमा एउटा सेसन आयोजना गर्न आग्रह गर्ने, बिभिन्न चाड पर्बको अबसरहरुमा यो अभियानको तर्फबाट बिभिन्न कुटनीतिक निकायहरुमा लुम्बिनीको प्रबर्ध्दन गर्ने वाक्य तथा तस्विरहरु राखेर शुभकामना आदान प्रदान गर्न आग्रह गर्ने जस्ता सुझाबहरु कार्यक्रममा सहभागीहरुबाट आएका थिए । यसै गरि अस्ट्रेलियामा बिभिन्न समयमा शहरमा हुने गरेका वृत्तचित्र प्रदर्शनका स्थलहरुमा लुम्बिनीको वृत्तचित्र प्रस्तुत गर्ने, लुम्बिनी प्रबर्द्धनको बारेमा रेडियो जिंगल तयार गरि स्थानीय रेडियोहरुमा प्रसारण गर्न अनुरोध गर्ने, समाजिक संजालहरूमा “लुम्बिनी ,नेपाल, बुद्धको जन्मस्थल हो” भन्ने भन्ने आशय झल्कने किसिमका बिभिन्न पोस्टहरु राख्ने, नेपाल सरकारलाई लुम्बिनीलाई नेपालको प्रमुख पर्यटकीय बिन्दुको रुपमा राख्न आग्रह गर्ने, नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा कम्तिमा सन् २०१२ भरि हरेक ब्यानरको छेउमा “बुद्ध वाज बोर्न इन नेपाल” भनेर लेख्न आग्रह गर्ने,बुद्धको सानो मुर्तिमा “भिजिट नेपाल, बर्थ प्लेस अफ बुद्ध ” भनिएको अथवा त्यस्तै आशय झल्कने सामग्री लेखी बिदेशी कुतैनिक नियोगहरुमा उपहार दिने, अंग्रेजी र नेपाली मिडियाहरुमा लुम्बिनी -कपिलबस्तु सम्बन्धि एउटा कोलम छुट्याएर हरेक प्रकाशनमा यससम्बन्धि सामाग्री राख्न आग्रह गर्ने लगायतका सुझाबहरु सहभागीहरुबाट प्राप्त भएका छन ।

सोही कार्यक्रममा लुम्बिनी कपिलबस्तु प्रबर्द्धन गर्ने स्टिकरहरु आ- आफ्ना गाडीहरुमा राखेर यसको प्रचार -प्रसार गर्ने अभियानलाई तिब्रता दिनु पर्ने पनि बताइएको छ ।

अभियानका अस्ट्रेलियाका रास्ट्रीय संयोजक निमा शेर्पाले अध्यक्षयता गर्नु भएको सो कार्यक्रममा एनआरएन आइसीसीका सल्लाहकार समाजसेवी इन्द्रा बनले लुम्बिनी – कपिलबस्तु दिवस अभियानको बिशुद्ध भावनाको प्रशंशा गर्दै यसलाई एनआरएन अन्तरास्ट्रिय समन्वय समिति तथा अस्ट्रेलियाको मुख्य मुद्धामा पार्न पहल गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो ।

नेपाल जनजाती मंच अस्ट्रेलियाका उपाध्यक्ष्य चित्र तुम्बाहाम्फे, कोषाध्यक्ष्य सुदिप गौचन, पत्रकारहरु ऋषि आचार्य, भीमसेन सापकोटा, अभियानका विश्वा कार्य समितिका अस्ट्रेलिया प्रतिनिधि द्धय सानु घिमिरे र सुजन नेउपाने लगायत बिश्वबिद्यालयका बिद्यार्थीहरु, अस्ट्रेलियाका अगुवाहरु सहभागी थिए । सबैले अति उत्सुकता र गम्भीर बहस, छलफलमा भाग लिएका थिए ।

लुम्बिनी – कपिलबस्तु दिवस अभियान अस्ट्रेलियाका राष्ट्रिय संयोजक निमा शेर्पाले अन्तर्क्रिया कार्यक्रमबाट आएका सुझाबहरुलाई कार्यान्वयन गर्न यो अभियान र आफ्नो समेत प्रतिबद्धता रहेको बताउनु भयो ।

लुम्बिनी- कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका सलाहकार एबं न्यू साउथ वेल्सका कन्सुलट जनरल महामहिम दिपक खडका स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसक्नु भएकोले उहाँले कार्यक्रमको सफलताको लागि शुभ-कामना पठाउनु भएको थियो ।

स्मरण रहोस अभियानको नाम कपिलवस्तु दिवस अभियान रहेकोमा लुम्बिनीको बिकासका सम्बन्धमा राष्ट्रिय अन्तरराष्ट्रिय स्तरबाट देखा परेका प्रयासका कारण धेरैको सुझाबलाई ध्यानमा राखी यो बर्षदेखि लुम्बिनी – कपिलवस्तु दिवस अभियान राख्ने निर्णय गरेको छ ।

Leave a comment