Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

बुद्धको जन्मस्थलवारेको भ्रम हटाउन राजदूत कोइरालाले कोरियाली राष्ट्रपतिलाई पत्र लेख्लान त ?

Posted by Ram Kumar Shrestha on December 11, 2011


रघु त्रिपाठी

सियोल । नेपाल सरकारले दक्षिण कोरियाका लागि पठाएको प्रथम राजदूत कमल प्रसाद कोइराला आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर स्वदेश र्फकदै हुनुहुन्छ । सन् २००७ को डिसेम्वर २८ तारिख दक्षिण कोरिया आउनुभएका राजदूत कोइरालाको कार्यअवधी आउदो डिसेम्वर २७ तारिख सकिदै छ । कोरिया आगमन देखिनै मिडिया तथा नेपाली समुदाय बीच चर्चामा आइरहनुभएका राजदूत कोइराला एक बौद्धिक पत्रकार, तार्किक वकिल तथा निष्ठावान राजनीतिज्ञको रुपमा सम्मानित ब्यक्तित्व हुनुहुन्छ ।

उहाँराजदूत भएर दक्षिण कोरिया आउनु हुँदा धेरैले उहाँबाट उच्च अपेक्षा गरेका थिए । अहिले उहाँको कार्यकाल समाप्त हुनैलाग्दा कतिपयले उहाको सकृयतालाई सराहना गर्छन भने कतिपय चाहि उहाँबाट अपेक्षा गरे अनुरुप काम नभएको गुनासो गर्दछन् । यसैत्रममा केहि दिन अगाडि राजदूत कोइरालाले सोनसिकद्धारा दूतावासमै आयोजित एक साक्षात्कार कार्यक्रममा आफु नेपाल र्फकनु पूर्व बुद्धको भ्रमलाई निवारण गर्न कोरियाली राष्ट्रपति लि म्यून वाकलाई पत्र लेख्ने बताउनुभएको थियो । उहाँले कोरियाली विद्यालयको पाठ्यपुस्तकहरुमा बुद्धको जन्म स्थल नेपाल हो भन्ने कुरा प्रस्टसग किटान नभएकोले भ्रम उत्पन्न भएको यथार्थ उदाहरण सहित ति पाठ्यपुस्तकहरुको संशोधनका लागि सहयोग गर्न आग्रह गर्दै कोरियाका राष्ट्रपतिलाई पत्र लेख्ने बताउनु भएको थियो ।

उहाँले बेलायतको द बि्रटिस म्यूजियम (संग्राहलय)मा बषौदेखि बुद्ध भारतको उत्तर पूर्वी राज्यमा जन्मिएको भन्दै राखिएको झुठो विवरणलाई बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन भनेर सच्याइ सकेको अवस्थामा कोरियमा रहेको बुद्ध सम्वन्धि भ्रमलाई निवारण गर्न यो पनि एउटा ठोस प्रमाण हुन सक्ने बताउनुभएको थियो । राजदूत कोइराला दूई साता पछि स्वदेश र्फकने तयारीमा हुनुहुन्छ ।

राजदुत कोइरालाले व्यक्त गर्नुभएका ति कुराहरु सस्तो लोकपि्रयताका लागि मात्र नभई वास्तविक रुपमा नै राष्ट्र र राष्ट्रियताको हितमा बोल्नुभएको हो भने उहाँले जानु पूर्व निम्न कुराहरुलाई सुधार गर्नकालागि कोरिया सरकार सग आग्रह गर्नै पर्छ । अहिले सम्म जानकारीमा आएका केही पाठ्यपुस्तकहरुमा प्राचिन भारतको कपिला राज्यको राजकुमार भनेर मात्र उल्लेख गरिएको छ । ती पुस्तकहरुमा बुद्धको जन्म थलो लुम्बिनिको फोटो पनि नभएको र प्राचिन नक्सा राखिएकोले नेपालको त नाम निशान नै नदेखिएको हुँदा ती पाठ्यपुस्तकहरु पढेर कुनै पनि बिद्यार्थीले नेपाल बुद्धको जन्मदेश हो भनी चिन्न संम्भव छैन।

बुद्धका बारेमा अहिले सम्म कोरियाको दूई वटा पुस्तकमा गलत तथ्याङ्क भेटिएको छ । पहिलो चाहि मिडल स्कुलमा पहिलो बर्षको नैतीक शिक्षाको पुस्तक र दोस्रो कोरियन हाई स्कूलमा पढाईने विश्व ईतिहासको पाठ्यपुस्तक हो । मिडल स्कुल पहिलो बर्षका नैतीक शिक्षाको पुस्तकको ७७ पेजमा ‘बुद्धको जन्म आज भन्दा २५०० बर्ष अघी हिमालयको काखमा रहेको कपिलाको दरबारमा भएको थियो’ भनिएकोमा यसमा ‘बुद्धको जन्म आज भन्दा २५०० बर्ष अघी हिमालयको काखमा रहेको कपिलाको दरबारमा भएको थियो। बुद्धको जन्मस्थल बर्तमान नेपालको लुम्बिनिमा पर्दछ। ‘भनी सुधार गर्न र सोही पुस्तकको ७८ पेजमा बुद्धगयाको फोटो भएकोमा लुम्बिनी स्थित मायादेविको मन्दिर र असोक स्तम्भलाई पनि व्याख्या सहित समाबेश गर्न राजदुत कोइरालाले कोरिया सरकार सग आग्रह गर्नै पर्छ ।

त्यस्तै हाई स्कूलमा पढाईने विश्व ईतिहासको पाठ्यपुस्तकको ४३ पेजमा भारतका बिभिन्न धर्महरुको परिचय गर्ने क्रममा बुद्ध धर्म र जैन धर्मको बारेमा परिचय गर्दै बुद्ध धर्मलाई शाक्य जातिले स्थापना गरेको कपिला राज्यको राजकुमार सिद्दार्थले शुरु गरेको धर्मको रुपमा उल्लेख गरेको छ र त्यसै पुस्तकको ४५ पेजमा भने नेपाल नै अंकित नभएको अती प्राचिन नक्सा राखिएको छ।

उक्त पुस्तकको ४३ पेजमा बुद्धको जन्मस्थल बर्तमान नेपालको लुम्बिनीमा रहेको कुरा उल्लेख गर्न र पुस्तकको ४५ पेजमा नेपाल पनि राम्रोसंग देखिएको र त्यस भित्र लुम्बिनी प्रस्ट अंकित भएको नक्सा राखिदिनको लागि आग्रह गर्नै पर्छ । राजदुत कोइरालाले सम्बन्धित निकाय तथा कुट्नीतिक निकायका उच्च अधिकारीहरु सित देशको प्रतिनिधित्व मुलक दृष्टिकोण प्रस्तुत गर्न र नेपालको नियोजित परराष्ट्र नीतिलाई प्रस्तुत गर्न तथा नेपाल र नेपालीको हितको पक्षमा उदाहरणिय काम गर्न सफल हुनु होला त ? बुद्धको जन्मस्थलवारेको भ्रम हटाउन राजदूत कोइरालाले कोरियाली राष्ट्रपतिलाई पत्र लेख्लान त ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: