Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Vote for “NEPAL”

Posted by Ram Kumar Shrestha on February 23, 2012

This is the time to show your love for your country..!!
Vote for “NEPAL”..
click the link and vote to Nepal….http://www.pothiq.com/country/info/nepal Nepal leading

Popular Country – Nepal
www.pothiq.com
Please vote for Nepal. Help rank this country higher in Popular Country ranking.
  • Ram Kumar Shrestha · Structural Engineer at Gledsdale Associates

    The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Hence his messages more and more relevant in the present world. As he was born in Nepal, Nepal is the Greatest country in the world.
    Reply · 33 · Like · Unfollow Post · 17 hours ago

Posted in Miscellaneous | Tagged: , , , | Leave a Comment »

SOME REAL GORKHAs

Posted by Ram Kumar Shrestha on February 23, 2012

Posted in Video | Tagged: , | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पर्यटन प्रबर्द्धन समूह र संचार समूह गठन

Posted by Ram Kumar Shrestha on February 22, 2012

भारतले झन्डै असी प्रतिशत नक्कली लुम्बिनी र कपिलवस्तु बनाउने काम सकाएर २०१२ सम्ममा पुरा गर्ने किसिमले जोडतोडका साथ काम हुँदा पनि सक्कली लुम्बिनी र कपिलवस्तु भएको देशको तर्फबाट भने झन्डै सर्ब पक्षीय मौनता दर्शाएको कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले जे जति सकिन्छ त्यो रुपमा अन्तरराष्ट्रिय कार्यक्रम गर्ने अभिप्रायले डिसेम्बर १, २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम सहित मनाएका थिए । त्यस्लाई निरन्तरता दिने अभिप्रायले मै ११, २०१० मा वेलायत निबासी रामकुमार श्रेष्ठको विस्व संयोजकत्वमा १९ सदस्यीय कपिलवस्तु दिवस अभियान  विस्व कार्य समिति गठन गरी सेप्टेम्बर १६, २०१० मा दुई जना थपी बिस्व कार्य समितिलाई २१ सदस्यीय बनाएर पूर्णता दिइएको थियो । तीन ठूला पार्टीहरुको समेत प्रतिनिधित्व गराएर बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु र दुई जना बिदेशीहरुलाई समेत समाबेश गरी सल्लाहकार मण्डल पनि बनाइएको छ । यसै बीच दुई बरिस्ठ कलाकार महामहिम प्रेम राजा महत र मनोज गजुरेललाई सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको छ ।
अभियानको नाम कपिलवस्तु दिवस रहेकै बेलामा स्पेन, बेल्जियम, यूके, क्यानडा, न्यूजिल्याण्ड, डेनमार्क, ताईवान, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिएको छ । १ डिसेम्बर २०११ का दिनदेखि अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा परिवर्तन गरेपछि मलेशिया, भियतनाम, कम्बोडिया, र जर्मनमा राष्ट्रिय समिति गठन गरी अभियानको राष्ट्रिय समिति गठन गर्ने मुलुकको संख्या तेर्ह पुगेको छ ।
त्यसरी नै अभियानको गतिबिधिलाई अझ सशक्त रुपमा अगाडि बढाउन लुम्बिनी पर्यटन प्रबर्द्धन समूह (Lumbini Tourism Promotion Forum) र संचार समूह (Media Forum of the Campaign) गठन गरिएको छ ।  Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको थप तीन देशमा राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on February 21, 2012

सीमित स्वार्थका कारण बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले बुद्ध जन्मस्थलबारे सिर्जना गरेका दिग्भ्रमहरुलाई निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको कपिलवस्तु दिवस अभियान पछिल्लो समयमा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिले अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान राख्ने गरी गरिएको निर्णयलाई तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा यही डिसेम्बर १ तारिख २०११ का दिन वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्रीको प्रमुख आतिथ्य र मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु एबं राष्ट्रिय स्तरका थुप्रै ब्यक्तिहरुको उपस्थितिमा भएको नेपालमा आयोजना गरिएको कार्यक्रममा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले इण्टरनेटको माध्यमबाट वेलायतबाट मन्तब्य दिने क्रममा आधिकारिक रुपमा अभियानको नाम परिवर्तन गरिएको घोषणा गर्नु भएको थियो । यसरी सो दिनदेखि सो अभियानको तेश्रो वार्षिकोत्सब लुम्बिनी- कपिलवस्तु दिवसको रुपमा मनाइन थालिएको छ ।

अभियानको नाम यसरी परिवर्तन गरेपस्चात अभियानको संगठन बिस्तार गर्ने क्रममा राष्ट्रिय समिति गठन गर्नेमा मलेशिया पहिलो मुलुक बन्न पुगेको थियो भने अभियानको राष्ट्रिय समिति गठन गर्नेमा भने दशौं । अभियानको संगठन बिस्तार गर्ने क्रममा बिगत केही दिनभित्रमा कम्बोडिया, जर्मनी र भियतनाम गरी थप तीन देशमा राष्ट्रिय समितिहरु गठन भएका छन ।

कम्बोडियामा खडानन्द पोखरेलको राष्ट्रिय संयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान कम्बोडिया राष्ट्रिय समिति गठन गरिएको छ । सो समितिका संयोजकहरुमा लाल सिंह खडका, दीप पौड्याल, राजा कुमार, महेश भण्डारी, शिव पराजुली, गमन सिंह गुरुङ र गोपाल खडका हुनुहुन्छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

गजल

Posted by Ram Kumar Shrestha on February 19, 2012

By डा. हरिकुमार श्रेष्ठ
स्युचाटार २ काठमाडौँ

बुद्ध जन्मेको देशमा जन्मने कुपुत्रले लुम्बिनीकै नाश गर्ने भए
दान दक्षिणा र अमन चयनको लागि विदेशीकै आश गर्ने भए ।

छैन गौरव नेपालीपनमा क्याउँ-क्याउँ गर्छन् लुम्बिनी प्रचार गर्नेको
जे छन् बुद्ध जन्मेको प्रमाणहरु विस्तारै विदेशमै पास गर्ने भए ।

औडाहा हुँदैछ देशद्रोहीलाई देशको ज्योति छर्दै हिड्नेहरुसँग
त्यसैले त बुद्धको प्रचार गरी हिड्नेको विदेशमै लास गर्ने भए ।

गर्छन् उजुरी कान फुक्दै इमिग्रेसनमा विदेश प्रवेश निषेधलाई
दानवहरुले बुद्धको जन्मथलो नास्दै एकछत्र बास गर्ने भए ।

घेर्नेछन् तिनले अझै कुनाकाप्चा नै पुगी निमुखा जनता सबैलाई
डटेर मुकाविला गर्ने कि त सबले राष्ट्रियताको आभास गर्ने भए ।

************************************************************************************************** Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

Interview with Anup Paudel

Posted by Ram Kumar Shrestha on February 19, 2012

Read the rest of this entry »

Posted in Video | Tagged: , , , , , , , , , , | Leave a Comment »

Personality: Jhamak Ghimire

Posted by Ram Kumar Shrestha on February 19, 2012

Jhamak Kumari Ghimire, born in July 1980 in Kachide village development of Dhankuta district is a Nepalese writer.  She is born with cerebral palsy and writes with her left foot. She is columnist at the Kantipur newspaper. She had been awarded with the Madan Puraskar (the most popular award given to the writer for his or her contribution in Nepalese Literature) for her auto-biography Jiwan Kanda Ki Phul.

Poetry: 

  • Sankalp (Vow)
  • Aaphnai Chita A gnishikhatir (Own’s funeral pyre towards the fire apex)
  • Manchhe Vitraka Yoddaharu (Warriors inside humans)
  • Quaati

 Miscellaneous:

  • Awasan Pachhiko Aagaman (Arrival after the death): short stories, poems, daily diaries, songs, essays etc.

 Autobiography:

  • Jeevan Kaanda Ki Phul (Life is Thorn or a Flower)

 Awards:

  • Kabita Ram Bal Sahitya Prativa Puraskar 2055
  • Aswikrit Bichar Sahitya Puraskar 2056
  • Madan Puraskar 2067.

 Deccan Herald writes: Read the rest of this entry »

Posted in Miscellaneous | Tagged: , , , , , , , , | Leave a Comment »

९३ वर्षमा पनि महाकाव्य लेख्न व्यस्त छन् राष्ट्रकवि

Posted by Ram Kumar Shrestha on February 18, 2012

काठमाडौं । उमेरले ९३ वर्ष टेकिसक्यो । यो उमेर हुँदा धेरैले राम्ररी कान सुन्दैनन्, आँखा देख्दैनन् । न स्मरण शक्ति राम्रो हुन्छ, न लर्याङतर्याङ गरेर काम गर्ने जाँगर ।

तर, राष्ट्रकवि माधव घिमिरेलाई ९३ वर्षको मान्छे भन्न नै सुहाउँदैन । उहाँ अहिले पनि उत्तिकै कान सुन्नुहुन्छ । चश्मा त पहिलेदेखि नै लगाउने मान्छे, आँखाले उसैगरी काम गरिरहेको छ । बिहान साढे ६ बजे उठिसक्नुहुन्छ, राति सुत्दा साढे १०/११ बज्छ ।

बुढ्यौली भएर आराम गर्नुपर्ने उमेरमा के गर्दै हुनुहुन्छ त राष्ट्रकवि ? ‘पहिलेदेखि लेखिरहेको महाकाव्य बीट मार्ने काममा व्यस्त छु हिजोआज’ अनलाइनखबरसित कुराकानी गर्दै राष्ट्रकवि घिमिरेले भन्नुभयो-’मलाई राष्ट्रले सम्मान दिएको छ, म पनि राष्ट्रलाई केही दिँदैछु ।’ राष्ट्रकवि घिमिरेले झण्डै तीन वर्षदेखि महर्षी योगी अरविन्दसँग मिल्दोजुल्दो विषयवस्तुमा आधारित ऋतंभरा महाकाव्य लेख्न थाल्नुभएको हो । ‘अब अर्को वर्षसम्म सक्ने योजना छ’ घिमिरेले भन्नुभयो ।

त्यसैले उहाँलाई हिजोआज बाहिरफेर हिंड्ने फुर्सद छैन । ‘दिनभरी काव्य लेखनमै समय बित्छ’ घिमिरेले भन्नुभयो -’फुर्सद मिलाएर पत्रिका पनि पढ्ने गर्छु घरमै बसेर ।’

बुढ्यौली उमेरमा लेखपढ गर्ने काम पनि चानचुने कुरा होइन । बुढो हुँदा स्मरणशक्ति कमजोर हुन्छ भनिन्छ, तर कसरी लेखिरहनुभएको छ त राष्ट्रकवि ? ‘पहिले जस्तो त किन हुन्थ्यो र, तैपनि स्मरणशक्ति त्यति कमजोर भैसकेको छैन’ घिमिरेले भन्नुभयो । युवा छँदा भावनामा लेख्ने गरेको र अहिले गम्भीर भएर लेख्ने गरेको उहाँले सुनाउनुभयो । ‘युवामा जोशले लेखिन्थ्यो, अहिले लेख्दा केही गम्भीर हुन्छु’ उहाँले भन्नुभयो ।

उमेरले सय पुग्न लागेपनि उहाँमा अझै जाँगर छ । शरीर चाउरिएपनि फुर्तिलो नै छ । ‘मुख त बार्नुपर्छ, गिलो खानेकुरा खाने गर्छु’ घिमिरेले भन्नुभयो । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

Lumbini, Birthplace of Lord Buddha

Posted by Ram Kumar Shrestha on February 18, 2012

Posted in Video | Tagged: , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

This is Nepal – Perspective on migration and returning home

Posted by Ram Kumar Shrestha on February 18, 2012

Read the rest of this entry »

Posted in Video | Leave a Comment »

The Greater Nepal ‘In Quest of Boundary’ – Documentary (Eng. Subtitle)

Posted by Ram Kumar Shrestha on February 14, 2012

Posted in भिडिओ | Tagged: , , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

अभियानको नयाँ स्लोगान

Posted by Ram Kumar Shrestha on February 13, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानले “बुद्ध नेपालमा जन्मेका हुन्” लाई आफ्नो नाराको रुपमा प्रयोग गर्दै आइरहेकोमा फेसबुक, ईमेल मार्फत “बुद्ध नेपालमा जन्मेका हुन्” र “बुद्धको देश नेपालमा यहाँलाई स्वागत छ” (“Welcome to Nepal, the Birth place of Buddha”) मध्ये कुनलाई उपयुक्त ठान्नु हुन्छ भनी गरिएको सर्बेक्षणमा २१२ जनाले सहभागिता जनाउनु भएको र सहभागी सबैले दोश्रोल्लोलाई छान्नु भएको थियो । अभियानको विस्व कार्य समितिले समेत यसैलाई अनुमोदन गर्ने निर्णय गरेकोले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले “बुद्धको देश नेपालमा यहाँलाई स्वागत छ” (“Welcome to Nepal, the Birth place of Buddha”) लाई आफ्नो आधिकारिक स्लोगानको रुपमा प्रयोग गर्ने जानकारी गराउन चाहन्छौं । Read the rest of this entry »

Posted in समाचार | Tagged: , | 1 Comment »

Personality: Sangina Baidya

Posted by Ram Kumar Shrestha on February 13, 2012

First South Asian Qualified player for Olympics (Athens, 2004)

Sangina Baidya was the first Nepali player to qualify for Olympics, started playing taekwondo in 1991 and retired at the age of 34 with two South Asian Games (SAG) gold medals and a gold, a silver and a bronze in Asian Taekwondo Championship. Sangina would remain in taekwondo either as a coach or an official or a referee. Sangina Baidya was qualified for the Athens Olympics 2004.

Sangina have always felt that she did something for the nation; be it winning two gold medals in SAG or Her journey from bronze to gold in Asian Taekwondo Championship or becoming a first player to qualify for the Olympics.

Read the rest of this entry »

Posted in Miscellaneous, News | Tagged: , , , , , | Leave a Comment »

Personality: Prabal Gurung

Posted by Ram Kumar Shrestha on February 12, 2012

Prabal Gurung launched his first collection under his own name during New York Fashion Week in February 2009 at the FLAG Art Foundation in Chelsea. For Fall 2010, he staged his first runway show in the Tents at Bryant Park. Gurung’s designs have been worn by Michelle Obama, Demi Moore, Zoe Saldana and Oprah Winfrey. Gurung resides in New York City.

Read the rest of this entry »

Posted in Miscellaneous | Tagged: , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

के छ सुगौली सन्धिमा ?

Posted by Ram Kumar Shrestha on February 6, 2012

सुगौली सन्धि,
(ई.सं. १८१५ डिसेम्बर २)
१. माननीय इस्ट-इन्डिया कम्पनी र नेपाल राजाका बीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।
२. युद्ध हुनुभन्दा पहिले दुवै राज्यका बीच जुन भू-भागका सम्बन्धमा विवाद थियो, ती भूभागहरू नेपालको राजाले परित्याग गर्छन् र ती भूभागहरूमाथि माननीय कम्पनीको प्रभूसत्ता स्वीकार गर्छन् ।
३. नेपालका राजा माननीय इस्ट इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरू सदाका निम्ति समर्पण गर्छन् ।
- काली र राप्ती नदीको बीचकाख सम्पूर्ण तल्ला भागहरू,
- राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि,
- गण्डकी र कोशीबीचको समस्त तल्लो भूगाग,
- मेची र टिस्टाबीचको समस्त तल्लो भूमि,
- मेची नदीभन्दा पूर्वतर्फको सम्पूर्ण पहाडी इलाकाहरू
- नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी जसमा मोरङबाट पहाडतिर जान बाटो छ, यससंगै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिनभित्र गोर्खाली सेनाले खाली गरिदिनु पर्नेछ ।
४. नेपाल राज्यका प्रमुख र भारदारहरू ज-जसको स्वार्थमा माथि उल्लिखित अभिधाराले हानी पुर्‍याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिश सरकारले ती प्रमुखहरूलाई जम्माजम्मी सालना दुईलाख रुपैया पेन्सनको रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिजअनुसार समानुपातमा बांडिनेछ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइनेछ ।
५. नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरूको तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन र साथै त्यो इलाका तथा त्यस इलाकाका निवासीहरूसंग कुनै किमिसको सम्बन्ध नराख्ने कटिबद्ध हुन्छन् ।
६. नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परिसान नगर्न र साथै शान्ति भंग नगर्न स्वीकार गर्छ र साथै के पनि यदि नेपाल अधिरज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरूबीच कुनै मतभिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थका रुपमा ब्रिटिश सरकारलाई सुम्पनेछन् र नेपालका राजाको ब्रिटिश सरकारको निर्णय स्वीकार गर्नुपर्नेछ ।
७. नेपालका राजा यस नियमलाई स्वीकार गर्छन कि ब्रिटिश सरकारको अनुमतिबिना कुनै ब्रिटिश प्रजा तथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवामा कहिले पनि राख्ने छैनन् ।
८. दुवै राज्यका बीचमा मित्रता र शान्ति संवन्ध सुदृढ र समुन्नत गराउनका लागि उक्त राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् ।
९. यो सन्धि जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्वारा आजको मितिदेखि १५ दिनभित्र अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफ्टिनेन्ट कर्नल ब्रेडशालाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सोभन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् । यस सन्धिमा विवादमा नपरेका नेपाल अधिकृत भू-भागहरू पनि कम्पनी सरकारलाई सुम्पने प्रावधान भएकाले नेपालले यस सन्धिमा परेका केही अभिधाराप्रति आफ्नो सहमति र असन्तुष्टि प्रकट गरेको हुंदा नेपाल र कम्पनी सरकारबीच केही तराई फिर्ता गर्ने प्रयोजनका नीम्ति अर्को आंशिक सन्धि भयो । ८ डिसेम्बर १८१६ मा भएको पूरक सन्धिबाट कोशी र राप्तीका बीचको तराई फिर्ता भयो तर मूल सन्धिको धारा ४ को प्रावधानलाई खारेज गरियो । Read the rest of this entry »

Posted in बिबिध | Tagged: , , | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.

Join 74 other followers