Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Posts Tagged ‘रामकुमार श्रेष्ठ’

जिम्मेवारीपूर्ण नि:स्वार्थ नागरिकीय जिम्मेवारीबोध – आजको आवश्यकता: सामाजिक अभियन्ता, इन्जिनियर रामकुमार श्रेष्ठ

Posted by Ram Kumar Shrestha on July 12, 2014

ramkumarश्रेष्ठ पछिल्लो समय बुद्धको जन्मस्थलबारे भैरहेका गलत प्रचार प्रसारको बिभिन्न किसिमबाट खण्डन गर्दै बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश बोकेर अघि बढ्नु भएको छ | सन् २००९ मा भारतले बुद्धको जन्मस्थल लुम्बिनीलाई आफ्नै देशमा जन्मेको भनेर नक्कली लुम्बिनी निर्माण गरेको समाचारले उहाँको मन निकै छोयो । उहाँ भन्नुहुन्छ ”यसको न त सरकारले खण्डन गर्यो न त कुनै ठुला मिडिया नै यसको विरुद्धमा लागे । यही सर्बपक्षीय मौनताका कारण भारतको रवैयाको विरुद्ध फेसबुक र इमेल मार्फत बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश दिने अभिप्रायले अभियानको नेतृत्वदायी सूत्रपात गर्न बिभिन्न देशमा छरिएर रहेका हामी लाग्यौं जसले छोटो समयमा विश्वब्यापी रूप लियो र छोटो समयमा अनपेक्षित उपलब्धिहरु हासिल भए । कोरियापछी स्वीडेनको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारेमा भएको गलत जानकारी सच्याउने जस्तो अत्यन्तै महत्वपूर्ण काम समेत भैसकेको छ ।”

डाक्टर अथवा इन्जिनियर बनेर देश र समाज सेवा गर्ने बाल्यकालदेखिको सपना बोकेका रामकुमार श्रेष्ठले १९८६ मा छात्रबृत्ति अन्तरगत रसिया गएर आफ्नो इन्जिनियरिङ्ग अध्ययन पुरा गरी १९९२ स्वदेश फर्केर बिभिन्न संस्था मार्फत काम गरी पहिलो पटक सन् २००२ मा अष्ट्रेलिया आइपुग्नु भयो श्रीमतिको मेलबर्न युनिभर्सिटिमा अध्ययनको सिलसिलामा | श्रीमतिको अध्ययनको समाप्तीपछि जुलाई २००४ मा नेपाल फर्किएका श्रेष्ठ २००६ मा बेलायततिर लाग्नु भयो र बिभिन्न इन्जिनियरिङ्ग कन्सल्टेन्सीहरु मार्फत आफ्नो इन्जिनियरिङ्ग कामलाई त्यहाँ निरन्तरता दिनु भयो | उहाँको जीवन यात्रा सन् २०१२ देखि पुन अस्ट्रेलियामातर्फ नै मोडियो र अहिलेको बसाई अष्ट्रेलियामा नै छ | Read the rest of this entry »

Advertisements

Posted in अन्तरबार्ता, बिबिध | Tagged: , , , , , , , , , , , , , , , | Leave a Comment »

भानु जयन्ती: भानु जयन्तीमा स्कटल्याण्डमा नौलो प्रयोग

Posted by Ram Kumar Shrestha on July 17, 2011

एबरडिन (स्कटल्याण्ड) , अषाढ ३१ – नेपाली समय अनुसार बिहीबार बिहानको करिब दुई बज्न लागेको थियो । राष्ट्र गानका रचयिता कवि ब्याकुल माइला स्कटल्याण्डको एबरडिनमा भानु जयन्तीको अवसरमा आयोजित अन्तर्राष्ट्रिय कविता वाचन कार्यक्रममा उपस्थित नेपाली साहित्यप्रेमीहरुमाझ  प्रत्यक्ष कविता सुनाइरहेका थिए ।

उता अमेरिकाबाट ज्ञानेन्द्र गदाल, शैलेन्द्र साकार, रुसबाट डा. मधु माधुर्य, बेलायतबाट डा. कविताराम श्रेष्ठलगायत आठ राष्ट्रबाट साहित्यकारहरुले स्काईपको माध्यमबाट कविता वाचन गरेका थिए भने कार्यक्रमस्थल एबरडिन, स्कटल्याण्डमा कार्यक्रमलाई प्रोजेक्टरमार्फत ठूलो पर्दामा देखाइएको थियो ।

स्कटल्याण्डस्थित अर्गनाइजेशन फर नेप्लिजन कल्चर एण्ड वेलफेयरले १९८ औं भानु जयन्तीको अवसरमा आयोजना गरेको कविता वाचन कार्यक्रमको झलक थियो यो ।

कार्यक्रमस्थलमा उपस्थित साहित्यप्रेमीहरुले करिब तीन घण्टासम्म कविता सुन्ने सुनाउने त गरे नै विश्वका विभिन्न भागमा रहनुभएको साहित्यकारहरुलाई समेत सूचना प्रविधिले जोडेर प्रत्यक्ष झैं अनुभव गर्न सके ।

स्कटल्याण्डमा भानु जयन्ती मनाउने क्रममा नेपाली मात्र होइन नेपाली साहित्यमा अभिरुचि राख्ने आयरल्याण्डका सुप्रसिद्ध कवि कायल ओ सर्काइलले पनि अनलाइनको माध्यमबाट सहभागिता जनाए । आदिकवि भानुभक्तको बारेमा आफूले थाहा पाएसम्मको जानकारी सुनाउँदै उनले कार्यक्रममा भूपि शेरचनको कवितालाई नेपाली, अंग्रेजी र आईरिस गरी तीनवटा भाषामा वाचन गरेका थिए । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , , | Leave a Comment »

 
%d bloggers like this: