Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for the ‘लेख/ रचना/ निबन्ध/विचार’ Category

कुर्सि र पैसाका लागि जनता ढाँटेर देश बेच्ने अपराधिहरुको राष्ट्रघातको घृणित तस्विर !

Posted by Ram Kumar Shrestha on April 4, 2014

भारतको नदि जडान योजनाले ठूलो जलाशय बन्दैछ नेपालको तराइ र पहाडी भूभाग !
देश खाने यस्ता अपराधिहरुबाट देश निर्माणको आशा गर्नु मूख्र्याईंको पराकाष्ठा हो !

भारतमा पानीको ठूलो समस्या छ । यसको पूर्ति गर्ने कुनै पनि श्रोत भारतमा छैन । उर्जाका विभिन्न विकल्पहरु बनेका छन् तर पानीको कुनै विकल्प छैन । त्यसैले विष्लेषकहरुले अबको विश्वयुद्ध पानीका लागि हुने भविष्यवाणि गर्दै आएका छन् । यो वास्तविकतालाइृ बुझेर नै भारतले नेपालका सबै जलश्रोतहरु हडप्न थालेको छ । बिजुलि उत्पादन गर्ने भनेर गरिएका संझैाताहरु पनि वास्तवमा पानी लैजानका लागि मात्र गरिएका छन् । यसको एउटा उदाहरण महाकालि सन्धि हो । भातमारा देशद्रोहीहरुले सवा अर्ब रुपैयाँ मासिक आम्दानि हुने भनेर प्रचार गरिएको महाकालिको आजसम्म डीपीआर बनेको छैन । जबकि डीपीआर नबनिकन सन्धिमा हस्ताक्षर नै हुँदैन । यस्तो गर्नुको कारण पानी हडपेर राख्ने भारतको खेल हो ।

rivers-nepal

योजनाको थालनि :
त्यसैले भारतले आफ्नो सिंचाई, खानेपानी र बिजुलिको ठूलो समस्यालाई समाधान गर्न भनेर सन् १९८२ मा ‘राष्ट्रिय जल विकास एजेन्सी’ गठन गर्यो । सन् २००० मा उक्त योजना पारित भयो र सन् २०१६ सम्म काम पूरा गर्नेगरि त्यसले सन् २००२ बाट नदि जडान योजनाको काम सुरु गर्यो ।


–लक्ष :
भारतका सुख्खाग्रस्त क्षेत्र हरियाणा, राजस्थान, गुजरात, उत्तराञ्चल, उत्तरप्रदेश, बिहार, आसाम, उडिसा, आन्ध्रप्रदेश, कर्णाटक र तामिलनाडुको १६ करोड हेक्टर भूमीमा सिंचाई गर्ने र ३४ हजार मेगावाट बिजुलि उतपादन गर्ने ।

–योजना :
भारतीय भूमीमा उत्पत्ति भएका बाहेक हिमालय र त्यो भन्दा उत्तरबाट उत्पत्ति भएका नेपालका नदिहरुबाट २२४ क्युबिक किलोमिटर पानी (२२४ क्युबिक किलोमिटर पानी भनेको २२४ किलोमिटर लम्बाई, चौडाई र गहिराई बराबरको क्षेत्रमा जम्मा हुने पानीको मात्रा हो) र नेपालका सिमावर्ति क्षेत्रहरुबाट १३८.५ क्युबिक किलोमिटर पानी लैजाने ।

नेपाल योजना :
१.महाकालि र कर्णाली नदिलाई भारतको यमुना नदिसंग र गण्डकी, कोशी तथा कोशी–मेची लिंकलाई गंगा नदिसंग जोड्न जोड्रने । हेर्नुहोस् चित्र नं. ३ ।
२.नेपालको सिमाना पारि मेचीदेखि महाकालीसम्म ५४ वाटा बाँधहरु बनाएर जलाशय निर्माण गर्ने, जसमध्ये अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरीं नेपालसंगको स्विकृति विना २० वटा बाँधहरु बनाई सकेको छ । नेपालको सिमानामा बनाईएका यीनै गैर कानूनी बाँधहरुले बर्षेनि डुबान, कटान र धनजनको क्षति गर्दै आएका छन् । हेर्नुहोस् चित्र नं. १ ।
३.नेपालका भित्रि पहाडी भेगमा २६९ मिटरसम्मका अग्ला बाँधहरु (हाइ ड्याम) बनाएर पानी भारतमा लैजाने । यस्ता बाँधहरुले नेपालका सैयौं गाविसहरु डुबानमा पारेर बस्ति विस्थापित गर्दैछन् । यस्ता बाँधहरुमा कोशी हाई ड्याम मूख्य हो । यसैगरि बैतडीको पञ्चेश्वर र डडेलधुराको पूर्णागिरी बाँध बनाउने तयारीमा छ भने टनकपुर, शारदा, गण्डक र कोशी बाँध पहिल्यै बनिसकेका छन् । यस्ता बाँधहरु अग्ला पहाडी भूभागका साँघुरा घाटीहरुमा बनाउँदा खर्च कम लाग्ने र भारतीय भूमीको डुबान पनि नहुने भएकोले त्यसले सबै प्रकारका ‘ड्यामहरु’ नेपालमा बनाउँदै छ । नमूनाका रुपमा चित्र नं. २ हेर्नुहोस् ।

नेपालले बहोर्ने समस्या : डुबान, कटान, बस्ति विस्थापन, मृत्यू, संझौताहरुबाट आफ्नै पानीमाथि नेपालको हक गुम्नु, पानी जम्मा गर्दा भारतले बनाई रहेका पानीका बाटाहरुका कारण नदिहरुबाट पहिलेका सिमानाहरुमा परिवर्तन । यी सबै समस्या नेपालले बेहोर्दै आएको छ । यस बाहेक यस्ता आयोजनाहरुले नेपालले आफूले निर्माण गर्न थालेका परियोजनाहरु तुहिएका छन् । बाँके जिल्लामा सिंचाईका लागि निर्माणको अन्तिम चरणमा पुगेको “सिक्टा” आयोजना र दाङदेउखुरी जिल्लाको सिंचाईका लागि बन्न थालेको “राप्ति बहुउद्देश्यीय परियोजना”, जसलाई प्रचण्डले “नौमुरे” संझौता मार्फत् तुहाएका थिए, यस्ता केहि उदाहरणहरु हुन् ।

देशद्रोहि भारतीय दलालहरुले गर्दै आएका यस्ता जघन्य अपराधहरुबारे जनतालाई कुनै जानकारी दिनु त कता हो कता यीनीहरुले यो षडयन्त्रलाई नेपालको विकासका रुपमा प्रचार गर्दै आएका छन् । तथ्यांकहरु सहित देशघातिहरुको अपराधबारे प्रत्येक नेपालीलाई सुसूचित गर्ने अभियानमा आजैबाट लागिपरौं । देशका लागि प्रतिरोधको संकल्प गरौं ।

नक्साहरू :
पहिलो नक्सामा भारतले नेपालको तराइ भूभागलाई जलाशय बनाउने उद्देश्यले बनाएका २० वटा अवैध बाँधहरु बाँधिएका स्थानहरु देखाएको छ । पूर्व, दक्षिण् र पश्चिमतिर जोडिएको १६०० किलोमिटरसम्म भारतले यस्ता ५४ वटा बाँधहरु बनाउँदै छ। यी सबै बाँधहरु पूरा भएपछि नेपालको आधा तराई जलाशयमा परिणत हुनेछ ।भारतले बनाउने भनिएको तराईको हुलाकि राजमार्गभन्दा दक्षिणतिरको कुनै पनि भूभाग बाँकि रहने छैन ।

दोश्रो नक्सा प्रस्तावित काेशी उच्च बाँधको नक्सा हो । सुनसरी जिल्लाको कोकाखोला (जो बराह क्षेत्रदेखि थोरै उत्ररतरि सुनकोशी नदिमिसिने ठाउामा पदृछ) मा बनाउने भनिएको २६९ मीटर अग्लौ कोशी उच्च बाँध समुद्रको सतहबाट १४० मीटर अग्लो भागमा बनाईंदै छ । यो बन्यामे भने जलाशय ४०९ मीटर अग्लो हुनेछ र त्यसले नक्सामा देखाईए अनुसार ओखलढुंगा, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी, तेह्रथुम, मोरङ र झापाका ७९ गाविसहरु डुबानमा परेर जलाशय बन्नेछन् ।

तेश्रो नक्साले भारतको नक्सामा नेपालभित्र र सिमानामा बाँधहरू बनाएर यहाँको सबै पानीलार्इ भारतीय नदिहरूसंग जोड्ने गरी बनाइएको रूटलार्इ देखाएको छ।

Read the rest of this entry »

Advertisements

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

कस्तुरी र हामी नेपालीमा फरक के त ?

Posted by Ram Kumar Shrestha on December 15, 2013

10150271606462238

अत्यन्तै मीठो वासना आफ्नै नाभीमा बोकेर त्यही बासना अन्यत्रै खोज्दै हिडने कस्तुरी र हामी नेपालीमा तात्विक फरक पाउन कठीन यस कारण छ कि हामीभित्रै भएका अथाह संभाबनाहरुलाई वास्तै नगरी टाँढाका ठूला ठूला कुरा गर्नमा मात्रै नभएर केही गर्न खोज्नेको पनि सहयात्री बन्नेभन्दा पनि बिभिन्न बहानामा भाँडन, ब्यबधान सिर्जना गर्न, प्राथमिकतामा पर्न नसकेको भन्न र देखाउन र टिका टिप्पणी गरी गर्बानुभूति गर्नमा हामी माहिर देखिन्छौं । नेपालको सबैभन्दा महत्वपूर्ण कस्तुरीको रुपमा मानिएको विस्वब्यापी मह्त्वको वुद्धको जन्मस्थल लुम्बिनीको बिकासको लागि विस्वब्यापी महत्व राख्ने ब्यक्ति र संस्थाहरु लागि पर्दा हामी नेपाली भने या त मौनता प्रदर्शन गर्छौं या त कसैले केही गर्न खोज्यो भने पनि अनेक बहानामा ब्यबधान सिर्जना गर्ने, भाँड्ने, जस लिनमा तछाड मछाड गर्ने, अनाबस्यक भ्रम सिर्जना गर्ने किसिमका काम कुरो उठाउने जस्ता काममा सामान्यदेखि लिएर राष्ट्रिय स्तरका ब्यक्ति भनिनेहरु समेत लागि पर्ने गर्छन् या त स्वार्थबस या त संकुचित मानसिकताका कारण र जनस्तरबाट प्राप्त हुन थालेको आदर र समर्थनलाई तिलान्जली दिन्छौं – बिगतका केही ब्यक्तिका गतिबिधिले यो प्रमाणित गरिसकेछ ।

Shrilanka

Read the rest of this entry »

Posted in बिबिध, लेख/ रचना/ निबन्ध/विचार | Tagged: | Leave a Comment »

नेपालको सीमाना : सन्धी, सम्झौता र समीक्षा

Posted by Ram Kumar Shrestha on November 12, 2013

नविन अभिलाषी

नेपालको भू–भागको क्षेत्रफल कति हो भन्ने प्रश्नमा सबैको उत्तर १ लाख ४७ हजार १ सय ८१ वर्ग किलो मिटर भन्ने जवाफ आउन सक्छ । के यो सही छ त ? नेपालको सिमाना मिचिएको सबैलाई थाहा छ । तर, ‘तै चुप मै चुप’को अवस्था किन ? हामीले हाम्रो जमिनको दावा गर्न पाउनेछांै किन पाउँदैनांै ? नेपाली स्वाभिमानसँग गाँसिएको एउटा गम्भीर प्रश्न छ नेपालीहरुको माझमा । भारतले आज नेपालको सैयांै वर्गकिलोमिटरको क्षेत्रफल जमिनमा ताण्डप मच्चाइरहेको मात्र छैन सिमानामा रहेका नेपालीहरुमाथि बर्बर अत्याचार गरिरहेको छ । यो आजको अवस्था किन आएको हो ? कुन सन्धीसम्झौताले नेपाललाई क्रमशः टुकार्ने प्रक्रियामा छ, जहाँ नेपाली मुखदर्शक बनेर बस्न बाध्य भएका छन् ।

नेपालको ईतिहासमा तत्कालीन व्रिटेनसँग व्रिटेन पक्षले १८१५ डिसेम्बर २ मा प्रस्ताव गरेको र नेपालले १८१६ मार्च ४ मा हस्ताक्षर गरेको सुगौली सन्धी भन्दा पहिलो र हानिकारक असमान सन्धीको भनेर यसलाई पहिचान दिन सक्छांै नेपालीको तर्फबाट जुन यो जस्तो असमान सन्धी कुनै पनि छैन । त्यसो त नेपाल र भारतको बीचमा सम्बन्ध सुधारको नाममा भएका धेरै सन्धी र सम्झौता नेपालीका लागि हानीकारक छन् । नेपाल र भारतको बीचमा भएको १९५० जुलाई ३१ तारिकको सन्धी पनि असमान सन्धीकारुपमा हेर्न सकिन्छ । त्यो बाहेक नेपाल र भारतबीचमा भएका वाणिज्य सन्धीहरुले नेपाली पक्षलाई जहिले पनि तल पारेको कारण ती पनि असमान नै छन् । चर्चा पाएको सुगौली सन्धी नेपालका लागि असमान सन्धी हो । सुगौली सन्धीमा नेपाललाई पेल्ने काम गरिरहेको छ । सन्धी गर्नु भन्दा पहिले नेपालको क्षेत्रफल २ लाख ४ हजार ९ सय १७ वर्ग किलोमिटर थियो । हाम्रो विशाल नेपालको भू–भाग घटेर आज सानो भएको छ । आज ५६/५७ वर्गकिलोमिटर क्षेत्रफलको नेपालको भू–भागमा भारतले हैकम जमाएको छ । नदीलाई आधार मानेर गरिएको सन्धिले पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म थियो । सतलज भन्दा पारी कागडासम्म पुगे पनि इतिहासमा त्यहाँका राजाले हारेको उल्लेख गरिएको छ, जसको नेपालको हक लाग्दैन । तर, टिस्टको कुरा गर्ने हो भने टिस्टाको पूर्व ७० किलोमिटर पूर्वसम्म नेपालको क्षेत्रफल पर्छ त्यो हामीले दावि गर्न सक्छौं । बगंलादेशको वर्डरसम्म र बगंलादेशको भित्र रहेको दिननाथपुर र रम्भापुर पनि तत्कालीन नेपालको विशाल भू–भाग हो भनेर इतिहासमा उल्लेख गरिएको छ । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | 1 Comment »

बुद्धकै देशमा बुद्धप्रतिको श्रृंखलाबद्ध बेवास्ता र अनादर?

Posted by Ram Kumar Shrestha on June 11, 2013

बौद्ध गुम्बा अथवा बौद्धमार्गीहरुमाथि संसारको कुनै पनि कुनामा हुने आक्रमण स्थानीय समस्याको रुपमा सीमित नहुने बर्तमान बिस्व सन्दर्भमा लुम्बिनीको बिकासमा झन्डै साँढे चार दशक बिभिन्न अन्तराष्ट्रिय ब्यक्ति र संस्थाहरु अथकित तवरबाट लागिपर्दा पनि बुद्धकै देशका तर्फबाट भने खासै चासो नदर्शाइनुले नतमस्तक हुनु पर्ने अवस्था सिर्जना भैरहेकोमा सुर्खेतको  दु:खद घटनाले विश्वको सामू अझै नतमस्तक हुनु पर्ने अवस्था सिर्जना गरिदिएको छ । हामीले पस्किने आदर्शहरु र स्पष्टिकरणहरु मात्रै व्याबहारिक रुपमा हाम्रो नतमस्तकको औषधी बन्न नसक्ने भैसकेको छ ।

रामकुमार श्रेष्ठ

Ramराष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमण गरेपस्चात १९७० मा राष्ट्र संघमा एउटा अन्तराष्ट्रिय समिति गठन गराए र संयुक्त राष्ट्र बिकास कार्यक्रमले जापानी आर्किटेक्ट प्रो। केन्जो टाङेलाई लुम्बिनिको बिकासको विस्तृत कार्य योजना बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो १९८५ मा संपन्न गरिने लक्ष अनुरुप, तर साँढे तीन दशक बितिसक्ता पनि त्यस्ले पूर्णता नपाउँदै प्रो योङ हून क्वाकद्धारा अझ ठूलो गुरु योजना बनाउने काम संपन्न भैसकेको छ । १९८१ मा राष्ट्र संघका अर्का महासचिब कुर्त वाल्डहेइमले लुम्बिनीको भ्रमण गरे भने १९८९ मा अर्का महासचिब जाभियर पेरेज डे केलारले । १९९७ मा युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पर्यो । १९९८ मा बिस्व बुद्धिस्ट भेलाले लुम्बिनीलाई “Fountain of World Peace” घोषणा गर्योा भने १९९९ मा राष्ट्र संघले प्रो क्वाकलाई “Fountain of World Peace”  अबधारणानुरुप लुम्बिनी बिकास कार्य योजना तयार गर्ने जिम्मा दियो । २००४ को बिस्व बुद्धिस्ट भेलाले लुम्बिनीलाई “बिस्व शान्ति शहर” को रुपमा घोषणा गरे । २००८ मा राष्ट्र संघका बर्तमान महासचिब बान्की मूनले लुम्बिनीको भ्रमण गरे भने २०१२ मा उन्को दोश्रो नेपाल भ्रमणको तयारीलाई बिस्व जनमानसलाई आस्चर्य चकित तुल्याउँदै केही नेपालीद्धारा नै तुहाउने काम भयो । २००९ मा श्रीलंकाका रास्ट्रपति महिन्दा राजापाक्सले नेपाल भ्रमण गर्दा औपचारिक भ्रमण शुरु गर्नु अघि बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणलाई प्राथमिकतामा पारे । त्यसरी नै बहुचर्चित एपेक र युनिडो आफ्नै किसिमले कृयाशिल छन लुम्बिनी बिकासको लागि । यसरी अन्तराष्ट्रिय स्तरका संस्थाहरु र ब्यक्तिहरु करोडौंका आस्थाका केन्द्र शान्तिका अग्रदूत बुद्धको जन्मस्थल लुम्बिनी बिकासमा उच्च प्राथमिकताका साथ निरन्तर लागिरहँदा बुद्धकै देशका नेपाली भने अरुले गरेका सहयोग कार्यन्वयनलाई समेत प्राथमिकतामा पार्न नसक्ने, आफूले पनि केही नगर्ने र अरुले केही गर्न लाग्दा समेत उल्टो बिभिन्न बहानामा ब्यबधान र भ्रम सिर्जना गर्ने गरेर नेपालको लुम्बिनी बिकासलाई पूर्णता दिन नचाहनेहरुको सपनालाई साकार पार्ने कामले गर्दा बिस्वब्यापी महत्वका बुद्धको देशका भनेर गर्ब गर्न सकिन्छ बिदेशमा भन्ने मानसिकता कतै नतमस्तक हुनुपर्ने अवस्थामा परिणत हुने त होइन भन्ने चिन्ता देखिन थालेको छ धेरैमा आजकाल । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

‘विश्वले चिन्ने छ नेपाल’ कार्यक्रम समिक्षा

Posted by Ram Kumar Shrestha on April 21, 2013

भारतीय राजदूत मात्रै नभएर दोहोरो भूमिका निर्बाह गर्न खप्पिस भारतीय बरिस्ठ नेताहरुले नै पनि पेटिशनमा हस्ताक्षर गर्ने र बुद्ध नेपालमा जन्मेको भन्दैमा समस्या निमिट्यान्नै हुने होइन – आफ्नो किताबमा एकथोक लेख्ने र नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गर्ने दोहोरो भूमिका निर्बाह गर्ने स्वामी रामदेब नै हामीसंग राम्रो दोहोरो भूमिकाको प्रमाणको रुपमा छन यस्को लागि । नक्कली लुम्बिनी र नक्कली कपिलवस्तु जस्ता अत्यन्तै ठूलो परियोजना निजी तवरबाट निर्माण गर्न लगाइनुको पछाडि ठूलो चलाखयाइं छ भन्ने कुरा बुझ्न गार्हो छैन र त्यस्लाई स्पस्ट रुपमा बुझिनु आबस्यक छ ।

धेरै देशमा भएको समस्यालाई बुझाउँदा समेत त्यस्लाई विश्वाश नगरी युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पारेको कारण बुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा अझै पनि धेरै नेपाली नरहेका होइनन । त्यसैले थोपा थोपा मिलेर समुद्र बन्ने भएकोले यस्ता थोपाहरु धेरै आबस्यक पर्न्र कुरामा हामी स्पस्ट हुनुपर्छ । प्राप्त उपलब्धी प्रसंशनीय छ र पनि यी कुराहरुमा ध्यान दिन सकिएको भए उपलब्धिको गुणात्मक पक्ष अझ अत्यन्तै प्रसंशनीय हुन सक्थ्यो भन्ने कुरामा सन्देह छैन ।

रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक

ram‘विश्वले चिन्ने छ नेपाल’मूल नाराका साथ सञ्चारकर्मी रवि लामिछानेले विश्वकै सबैभन्दा लामो ६० घन्टे अन्तर्वार्ता कार्यक्रम समयाबधिका दृष्टिकोणले र केही हदसम्म कार्यक्रमको नारानुरुप आफ्नो उद्धेस्य पुरा गर्न सफल भएको छ । गिनिज बुक आफ द वर्ल्ड रेकर्डका लागि काठमाडौँस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट बिहिबार बिहान १०:३० बजे शुरु गरिएको उक्त टक शो शनिबार राती १०:३० बजे ६० घन्टा पुगेपछि सम्पन्न भएको हो । उक्त टक शोको शुरुवात एकीकृत माओवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसंगको कुराकानीबाट शुरु भएको थियो । विश्वकै लामो टक शोको उद्धेश्य ‘बुद्ध नेपालमा जन्मिएका हुन र सगरमाथा नेपालको हो’ भन्ने सन्देश विश्वभर फैलाउन गरिएको बताइएको थियो । विश्व रेकर्डमा यस अघि ५२ घन्टाको टक शो रहेको छ, जुन सन् २०११ मा युक्रेनका पाभ्लो कुज्जेयभ र टेटियाना डन्यालेन्कोले संयुक्त रुपमा गरेका थिए । रवी लामिछानेले भने एक्लै ६० घन्टा लामो टक शो गरेका हुन् ।

कार्यक्रम संपन्न भैसकेपछि कार्यक्रमका बारेमा सामान्य रचनात्मक टिप्पणी गरिनु पर्ने आवश्यकता महसूस भयो यस कार्यक्रमबारे केहीद्धारा उठाइेएको जिज्ञासा अनुरुप ता कि भबिस्यमा यस किसिमका कार्यक्रम आयोजना गरिंदा परिमाणात्मकभन्दा बढी गुणात्मक उपलब्धि समेत हासिल गर्न सकियोस ।

कार्यक्रमको नाम ‘विश्वले चिन्ने छ नेपाल’र कार्यक्रमको उद्धेस्य ‘बुद्ध नेपालमा जन्मिएका हुन र सगरमाथा नेपालको हो’ भन्ने सन्देश विश्वभर फैलाउने दुबै अत्यन्तै सान्दर्भिक छन । किनकि नेपाललाई बिस्वमा परिचय दिने यी मुख्य दुई आधारहरु हुन । स्कूल पढदा सबैले सगरमाथा र बुद्धको देश भनेपछि संसारले चिन्छ भनेर पढे तापनि बिदेश गएपछि कत्तिले त नेपाल नै थाहा नपाउने र थाहा पाउनेहरु अधिकांशको मुखबाट बुद्ध भारतमा जन्मिएको कुरा सुन्न पर्दाको पीडाको परिणाम हो बिदेशमा बस्नेहरु नै नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउन लागि परेको देखिनुको कारण । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

राष्ट्रियता बिरोधी केही दिग्भ्रमित दिग्भ्रमहरु

Posted by Ram Kumar Shrestha on March 12, 2013

By रामकुमार श्रेष्ठ 

त्यसैले लुम्बिनीमा अब छिट्टै केही भएरै छाडछ – खुट्टा कमाउने कमाइ रहुन, भंडुवाहरु भाँडिरहुन, पलायन हुने भैरहुन । हामी आ-आफ्नो स्तर र क्षमताले भ्याएसम्म बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कामलाई नागरिकीय दायित्व ठानेर आ-आफ्नो ठाउँबाट जारी राखौं । आस्चर्यजनक सन्नाटाका बीच पनि सबैतिरबाट बातावरण हाम्रै पक्षमा तयार हुँदैछ । शान्तिका प्रतिमूर्ति बुद्धका कारण लुम्बिनी र यस्को वरिपरिको एकीकृत बिकास गर्न बिभिन्न देशका प्रतिष्ठित ब्यक्ति र संस्थाहरुदेखि राष्ट्र संघसम्म अनबरत लागिरहँदा हाम्रोतर्फबाट भने आफूले केही गर्न नसके पनि उनीहरुको चाहना पुरा गर्नमा समेत खासै कार्यतत्परता नदर्शाइनु अत्यन्तै लज्जाजनक हो । संकुचित घेराभन्दा माथि उठन सक्नु आजको आवश्यकता हो । बिस्वले नै महत्व दिइरहेको लुम्बिनी बिकासमा बर्तमानका सकारात्मक पक्षलाई अब पनि सदुपयोग गर्नुको अलावा यो वा त्यो बहानामा ब्यबधान खडा गर्नु भनेको बिस्वकै सामू आफूलाई हास्य पात्रको रुपमा देखाउनुभन्दा बढी केही हुनेछैन । केही गर्न खोज्नेको लागि बिभिन्न स्तरबाट बिभिन्न रुपमा ब्यबधान सिर्जना जतिसुकै गरे पनि लुम्बिनी छिट्टै मेक्का मेदिना र भ्याटिकन सिटी जस्तै संसारभरिका पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने कुरामा सन्देह छैन । त्यसैले निम्नतम नागरिकीय दायित्व पुरा गर्नुको अलावा गर्न खोज्नेको बाटो ढुक्दै ढुंगाप्रहार गरेर अरुले खुलेयाम र आँफैले आँफैलाई आजीवन मनमनै अपराधी भन्ने बातावरण किन बनाउने?नेतादेखि जंक जनतासम्म भारतको स्वार्थको लागि काम गरिदिने भएकोले नेपालको राष्ट्रियता जति कम्जोर छ भनेर भनिने गरिए तापनि यो सोंचेभन्दा धेरै मजबूत छ । उठान गरिएका संबेदनशील मुद्धाहरुमा मौन बसिदिने अकबर बीरबलको कथाका जस्ता बग्रेल्ती अन्धाहरु मात्रै नभएर नेपालका हितमा हुन लागेका र गरिन लागेका कुनै पनि गतिबिधिमा दिल्लीमा बस्नेहरुलाई हाँच्छ्यू नआउँदै नेपालभित्रै अनेक बहानामा एण्टिबायोटिक नै खानु पर्ने दिग्गज जंक जनताहरु जति देखा परे पनि यस्ले बिशेष अवस्थामा संभाबित खतराबाट जोगिन धेरै हदसम्म सहयोगीको भूमिका निर्बाह गर्नेछ ।

सामान्य भाषामा भन्नु पर्दा राष्ट्रियता भनेको देशको अस्तित्वमाथि देखा पर्ने वा देखा परेका समस्याका कारण सिर्जित चिन्ता, चिन्तन र समस्या समाधानका लागि गरिने बिभिन्न गतिबिधि हुन । यो नि:शर्त, नि:स्वार्थ र स्वत: स्फूर्त रुपमा देखा पर्नु पर्ने हो तापनि आजको स्वार्थपूर्ण समयमा बिभिन्न स्वार्थका कारण त्यसरी देखा नपर्ने मात्रै होइन कि यदाकदा बिभिन्न रुपमा बिभिन्न स्तरबाट राष्ट्रियताको बिषयमा कृयाशिलहरुका खिलाफमा बिभिन्न किसिमले ब्यबधान र भ्रम सिर्जना गर्ने, निरुत्साहित गर्ने, सहभागीहरुलाई निस्कृय र हतोत्सहित पार्ने जस्ता कामहरु समेत हुने गर्छन् । उठान गरिने बिषयबस्तु र यस्मा संलग्न ब्यक्ति र समूह अनुसार बिषयबस्तुले स्थानीय, राष्ट्रिय मात्रै नभएर क्षेत्रीय र बिस्वब्यापी रुप समेत लिन सक्छ र सामना गरिनु पर्ने समस्याले पनि । 

Photo

बिदेशी भूमिबाट राष्ट्रियता गतिबिधि देशको माया गर्न भूगोलले छेक्दैन र यो आलेख पछिल्लो चार बर्षमा बिदेशमा बस्ने नेपालीहरुद्धारा गरिएकागतिबिधिहरुमा केन्द्रित हुनेछ । बिदेशमा बस्ने नेपालीहरुका बीच बिशेष गरी करीब चार बर्षदेखि राष्ट्रियताको बिषयमा धेरै गतिबिधि भएका देखिन्छन । भारतद्धारा नेपाली भू-भागमा गरिएको अतिक्रमण र नेपालीमाथि गरिएका बिभिन्नकिसिमका अमानबीय दुर्व्यबहारका बिरुद्ध जून १५, २००९ मा बिभिन्न देशमा कार्यक्रम आयोजना गरिए भने फेसबुक मार्फत बिशेष तयारीका साथ सोही दिन चौबिसै घण्टा बिस्वभर छरिएर रहेका नेपालीहरुले बिरोध कार्यमा सहभागी भए ।

त्यस्को लागि माइ संसार, अनलाइन खबर, नागरिक न्यूज, डिसी नेपाल, नेपाल अरब, नेपाल डायरी, नेपाल समाचार आदिले सहयोग पुर्याए । माइ संसारको ऐक्यबद्धता उल्लेखनीय थियो जस्को सकृयतामा सो दिनको लागि उपयुक्त थुप्रै सामग्री तयार भएका थिए । त्यस्को लगत्तै सार्क क्षेत्रमा देखा परेको शक्ति असन्तुलनका कारण सिर्जित समस्या समाधानलाई सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जाल तयार गरेर शक्ति सन्तुलनमा केही योगदान दिन सकिन्छ कि भनेर बिभिन्न देशमा छरिएर रहेका बिभिन्न देशका प्रतिनिधिहरु खोज्ने काम शुरु भएको र त्यही सन्दर्भलाई आधार बनाएर माइ संसार लगायत अन्य केही पत्रिकाहरुमा “सार्क बिस्तार प्रसंग र नेपाली परिबेश” लेख समेत प्रकाशित गरिएको थियो । सोही बेला २००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबरमा प्रकाशित “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” मार्फत अत्यन्तै संबेदनशील समाचारमा भारतमा नक्कली लुम्बिनी र कपिलवस्तु निर्माण कार्य झन्डै असी प्रतिशत संपन्न भैसकेको र २०१२ सम्ममा संपन्न गर्ने किसिमले जोडतोडका साथ काम भैरहेको खबर प्रकाशमा आउँदासम्म पनि त्यससम्बन्धमा नेपालका कुनै पनि निकायबाट कुनै पनि किसिमका आवाज उठाएको नपाईएकोले सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जालतयारको तुलनामा यस्लाई प्राथमिकतामा पार्नु पर्ने ठहर गरी बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले कपिलवस्तु दिवस अभियान (हाल लुम्बिनी-कपिलवस्तु दिवस अभियान) शुरु गर्न पुगे । आफ्नो बिस्वब्यापी सन्जाल बिस्तार गर्दै छोटो समयमा यस्ले गरेका धेरै प्रयासहरुका बीच केही उल्लेख्य उपलब्धीहरु पनि हासिल गरेको छ ।

बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मिएको स्थान अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भएकै कारण युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश गरेको हो । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको बिस्वब्यापी महत्व र प्रसिद्धीका कारण त्यसबाट लालायित भएर सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यले नेपालको राष्ट्रियतालाई चुनौती दिने मात्रै नभएर दिग्भ्रमका कारण झुक्किएर र गलत नियतका कारण झुक्याएर बुद्ध जन्मस्थल जान चाहनेहरु गलत ठाउँ पुग्ने र पुर्याइने कामका कारण बर्षेनी हजारौंको मानब अधिकार हनन जस्ता जघन्य आपराधिक काम भएकोले यस्तो संबेदनशील काममा मौन बसिनु हुन्न मानबाधिकार प्रतिरक्षाको लागि पनि । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

लुम्बिनीमा बिँड तात्यो, ताप्के तातेन

Posted by Ram Kumar Shrestha on December 31, 2012

स्कूल पढदाको समयमा एउटा फूटबल म्याचमा जब हामीले प्रतिपक्षमा गोल गरेका थियौं प्रतिपक्षका किपर दु:खी हुनुको सट्टा झन आँफै गोल भन्दै नाचेका थिए । यस्ता बिभिषण प्रबृतिका अस्वाभाबिक गोल बहादुरहरु बिभिन्न रुपमा बिभिन्न स्तरमा लुम्बिनीको सन्दर्भमा बारंबार देखा परिरहन्छन् र विस्वमा नेपालको पहिचानको मूलाधारको रुपमा रहेको लुम्बिनीको बिकासमा केही हुन लाग्यो कि त बिभिन्न बहानामा देखा पर्छन् ।

बिदेशीको भनाइ र लेखाइ बेला बखतमा सुन्न र पढन पाईन्छ, यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं । योभन्दा उपहास नेपालीको लागि अरु के हुन सक्छरु र पनि आफू पनि केही नगर्ने र अरुले लुम्बिनीमा केही गर्न लाग्यो भने पनि बिभिन्न बहानामा बिभिन्न रुप र स्तरबाट ब्यबधान सिर्जना गर्न र गराउन लाग्नेहरुको अभाव हामीकहाँ छैन । एकातिर भारत लुम्बिनीको समबन्धमा नेपालमा केही नहोस भन्ने चाहन्छ भने अर्कोतिर सीमित स्वार्थ र संकुचित घेराभन्दा माथि उठन नसक्ने रोगका कारण बाँदरको उखानलाई चरितार्थ बनाउँदै बिदेशीहरुको सामू समेत आफूलाई हास्यको पात्र बनाइरहेका छौं । तत्कालमा यस्ले सीमित स्वार्थ त पुरा गर्ला, तर ईतिहासमा आफूलाई कलंकित नबनाइ रहन सक्तैन भन्ने कुराको उनीहरुलाई हेक्क नै रहँदैन । अब पनि लुम्बिनीको बिकासमा चुक्यौं भने लुम्बिनी हाम्रो भन्ने अबसरबाट नचुकिएला भन्न् सकिन्न । यसैले आपसी आन्तरिक झगडा राष्ट्रिय मुद्धामा छचल्क्याउनु बुद्धिमानी कदापी ठहर्दैन ।

रामकुमार श्रेष्ठ

विश्वव्यापी महत्वको लुम्बिनी

विश्वमा झन्डै पचास करोड बुद्धिस्ट छन् भने बुद्धिज्मलाई धर्मभन्दा पनि बिज्ञानको रुपमा मान्नेहरु पनि लाखौं भएकाले लुम्बिनीमा पर्यटनको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा बर्षेनी लाखौं पर्यटक भित्र्याएर करोडौं डलर आम्दानी गर्न सकिने देखिन्छ जुन नेपालको बिकासमा कायापलट ल्याउन सहायकसिद्ध हुन सक्छ ।

लुम्बिनी शान्ति सहर बनाउने गुरुयोजना तयार गर्न लामो समयदेखि ब्यस्त थुप्रै इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनसंग सम्बन्धित जर्नलहरुको संपादक मण्डलमा कार्यरत एबं इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनमा अन्तराष्ट्रिय ख्याती प्राप्त प्राध्यापक क्वाक वार्षिक एक लाख पर्यटक एक दिनका लागि लुम्बिनीमा आउनेलाई बढाएर हरेक वर्ष ६ लाख पर्यटक लुम्बिनीमा ल्याउने र उनीहरूलाई १५ दिन बस्ने संरचना बनाउने लक्ष प्राप्तीका लागि कार्यरत छन ।

बुद्धको यही विश्वव्यापी महत्वबाट लालायित भएर नेपालको बिबिध कम्जोरीको फाइदा उठाउँदै शक्तिका भरमा संपूर्ण विश्व मान्यता बिपरीत करोडौं खर्च गरेर नक्कली लुम्बिनी र कपिलवस्तु नै निर्माण कार्यका जुटेर झन्डै अन्तिम चरणमा पुगेको भारत जनस्तरमा नै भए पनि आजको इन्टरनेटको जमानामा सामाजिक सन्जाल एबं बिभिन्न किसिमबाट गरिएका ब्यापक बिरोधका कारण बुद्ध भारतमा जन्मिएको भन्ने दुस्प्रयास धरायासी हुन सक्ने र नैतिकताको प्रश्नको संभावनालाई ध्यानमा राखी बुद्धले ध्यान र ज्ञान प्राप्त गरेको कुरालाई आधार मानी बुद्ध भारतमा जन्मिएको कुरालाई ब्यापक रुपमा अगाडि बढाउन अग्रसर भएको देखिन्छ ।

के गर्दैछ भारत ?

२०११ को जुनमा बौद्ध इतिहास र संस्कृतिबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले भारत, चीन, जापान, मंगोलिया, म्यानमार, नेपाल, सिंगापुर, दक्षिण कोरिया र भियतनामका अध्येता सहभागी गराएर बेइजिङमा आयोजना गरेको बुद्धिज्मः म्यापिङ एसियाज हिस्ट्री एन्ड कल्चर’ विषयमा भएको कार्यक्रम मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पार्यो । भारतलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने अभियान अन्तर्गत कजाकिस्तान, हंगेरी, इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, कम्बोडिया, श्रीलंका, नेपाल, भियतनाम लगायतका देशमा यस अघि नै कार्यक्रम गरिसकेको कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंह निर्देशक रहेको भारतको सांस्कृतिक कुटनीति हेर्ने संस्था इन्डियन काउन्सिल फर कल्चर रिलेसन्स् (आइसिसिआर) र पेकिङ युनिभर्सिटीसँग मिलेर बेइजिङस्थित भारतीय दूतावासले एसिया क्षेत्रीय स्तरको उक्त कार्यक्रम आयोजना गरेका थिए । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

राजनीति छाडेपछि नेताहरुको पेशा

Posted by Ram Kumar Shrestha on December 13, 2012

नालायक र भ्रस्ट भनेर चिनिएका, असफल भनेर प्रमाणित भएकाहरु नै शासन पद्धति फेरिंदा समेत घुमिफिरि बारंबार सत्ता सन्चालन कार्यमा अबसर पाइरहने र जनताद्धारा तिरस्कृत हुँदा पनि राष्ट्रिय राजनीतिलाई प्रभाब पार्ने अबसर दिइरहने अनि देशमा अलि संबेदनशील अवस्था सिर्जना हुने बित्तिक्कै तिर्थस्थल जाँदै दीक्षा लिएर आउनेहरुका गतिबिधिहलाई संधै टुलुटुलु हेरेर बसिरहने हो भने यस्ले देशलाई अग्रगामी दिशातिर उन्मुख गराउने ढोकाहरु बन्द प्राय: गरिदिनु स्वाभाबिकै हो ।

बिदेशमा राष्ट्रिय जिम्मेवारी लिएका ब्यक्ति आफ्नो पुरानो सामान्य काममा फर्कनु सामान्य कुरो हो, तर हामीकहाँ ‘मन्त्रीको गाई बस्तुले बाली खायो’ भनाउनकै लागि पनि मन्त्री बन्ने र मन्त्री बनेपछि राज्यको ढिकुटी दुरुपयोग गरेर बनाइएका दुई चार जनालाई संधै अघि-पछि लगाएर आजीवन राष्ट्रिय राजनीतिज्ञको रवाफमा बस्नु पर्ने र बस्न दिने संस्कार प्रबल देखिन्छ । एक्काइसौं शताब्दीमा पनि यस्लाई कायमै हुन दिनु भनेको देशलाई संधै दबदबे हिलोमा भाँसिराख्नुभन्दा बढी केही हुने छैन । 

बहुदलीय प्रजातन्त्रको समयमा राप्रपाको च्याँखे जस्तै गणतान्त्रिक नेपालमा एमाले र मधेसबादी पार्टीहरुले च्याँखेमा नै साइत हेरिराख्ने र पार्टीभित्र पनि च्याँखे थाप्नेहरुको जोखनालाई ध्यानमा राखेर जन चाहना बिपरितका अनुहारहरुलाई प्राथमिकता दिने हो भने यस्ले प्रजातन्त्रको उपहास हुने मात्रै नभएर नरहरी आचार्य जस्तै गगन थापाहरु बिस्तारै ओझेलमा पर्दै जानेछन र देशलाई यथास्थितिमा नै जकड्याइराख्ने काम हुनेछ ।

रामकुमार श्रेष्ठ

Ramवेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले २०१० को मइमा प्रधानमन्त्री पद गुमाएपछि २०१२ को फेब्रुअरीसम्ममा चौध लाखभन्दा बढी पाउण्ड कमाइसकेका छन भने वेलायतकै अर्का पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले २००७ मा प्रधानमन्त्री पद गुमाएपछि सोही समयसम्ममा एक करोड बीस लाख पाउण्ड । दुबै जनाको आम्दानीको मूल श्रोत अन्तराष्ट्रिय जिम्मेवारी हो भने ब्राउनले साउदी अरेबिया, मस्को र नाइजेरियामा दिएको भाषणबाट मात्रै एक लाख पचासी हजार पाउण्ड कमाए । टोनी ब्लेयरले त झन आफ्नो डेढ घण्टाको भाषणबाटै दुई लाख पचास हजार पाउण्डसम्म हात पार्छन । यदि उनीहरु आफ्नो प्रधानमन्त्री पद गुमाएपछि कतै नगै सांसद नै भएर बसिरहेका हुन्थे र कुर्सी गुमाउनु परेको रन्कोमा बदलाभावका कारण प्रतिपक्षी बनेर फतफताइ रहेका हुन्थे भने उनीहरुको मर्यादा समाप्त प्राय: हुन सक्थ्यो । त्यसो नगरी अन्तराष्ट्रिय एबं सामाजिक जिम्मेवारी पुरा गर्दै प्रधानमन्त्री हुँदाभन्दा धेरै गुणा बढी आम्दानी मात्रै गरिराखेका छैनन, बरु आफ्नो साख पनि जोगाइराख्न सफल भएका छन । बिकसित देशको यो संस्कारलाई हामीकहाँ भित्र्याउन नसकिउन्जेल न त बिकृत राजनीतिक अवस्थामा सुधार आउन सक्ने देखिन्छ, न त देश अगाडि बढने आशा गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा राजनीतिज्ञहरु देशको महत्वपूर्ण कुराहरुमा ध्यान केन्द्रित गर्नुभन्दा गुमेको पद पुन: कसरी हत्याउने र पाएको पद कसरी जोगाउने भन्नेतिरै संपूर्ण ध्यान केन्द्रित गरिरहेका देखिन्छन । यस्तो अवस्थामा रचनात्मक सोंच र कृयाकलाप खटकिनु स्वाभाबिकै हो, जुन हामीले देखिरहेका छौं , भोगिरहेका छौं । यो संस्कार नतोडिंदासम्म देशले यथास्थितिबाट मुक्ति पाउने संभाबना देखिन्न । नालायक र भ्रस्ट भनेर चिनिएका, असफल भनेर प्रमाणित भएकाहरु नै शासन पद्धति फेरिंदा समेत घुमिफिरि बारंबार सत्ता सन्चालन कार्यमा अबसर पाइरहने र जनताद्धारा तिरस्कृत हुँदा पनि राष्ट्रिय राजनीतिलाई प्रभाब पार्ने अबसर दिइरहने अनि देशमा अलि संबेदनशील अवस्था सिर्जना हुने बित्तिक्कै तिर्थस्थल जाँदै दीक्षा लिएर आउनेहरुका गतिबिधिहलाई संधै टुलुटुलु हेरेर बसिरहने हो भने यस्ले देशलाई अग्रगामी दिशातिर उन्मुख गराउने ढोकाहरु बन्द प्राय: गरिदिनु स्वाभाबिकै हो । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

वुद्ध जन्मस्थल प्रसंग: कोरियामा खुलेको ढोका र यस्को निरन्तरताको अपरिहार्यता

Posted by Ram Kumar Shrestha on November 30, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा केही समय अघि पार्टीका नेताहरु, कुटनितिक नियोग तथा बिभिन्न क्षेत्रका ब्यक्तिहरु गरी करीब २,००० ब्यक्ति बीच पुग्ने गरी लेख्नु भएको ईमेलको पूर्ण अंश सान्दर्भिक भएकोले यहाँ राखिएको छ जस्लाई केही पत्रिकाहरुले समेत प्रकाशित गरेका थिए:

श्रद्धेय मान्यजन एबं मित्रहरु,

सादर नमस्ते!

नोट: केही ठूला ठूला ग्रुप मेलहरु समेत भएको कारण यो मेल करीब दुई हजार जतिको बीचमा जानेछ । लुम्बिनी-कपिलवस्तु दिवस (पहिला कपिलवस्तु दिवस) अभियान शुरु भएपस्चात बुद्ध जन्मस्थलबारे सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने क्रममा प्राप्त उल्लेख्य उपलब्धी भएका छन । बिशेषत: तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई अभियानका तर्फबाट अभियानका केन्द्रिय सल्लाहकारहरु डा आरजु देउवा राणा, पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, पूर्व मन्त्री दीप कुमार उपाध्याय, डा कबिताराम श्रेष्ठ लगायतको टिमले बुझाएको ज्ञापनपत्रमा जोड दिइएको एउटा बुँदा बिभिन्न देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएकोले कुटनितिक नियोग मार्फत यो समस्या समाधानको लागि नेपाल सरकारद्धारा पहल गरिनु पर्ने भन्ने थियो र गत अक्टोबर २४  को कान्तिपुर दैनिकमा ‘बुद्धबारे भ्रम’ सम्बन्धी समाचारमा समेत सोही कुरामा जोड दिइएको समाचार पढेपछि गत डिसेम्बर १९ मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत महामहिम कमलप्रसाद कोइरालाले त्यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्ध सम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेख्नु भएपछि त्यहाँको सरकारले त्यहाँको पाठ्य पुस्तकमा भएको बुद्ध जन्मस्थलबारे भएको गलत जानकारी सच्याउने निर्णय गरेको छ र वास्तबमा अभियानको लागि यो कोषे ढुङ्गा नै हो र यस्लाई अन्य देशमा समेत निरन्तरता दिन सकिनु नै यो विस्वब्यापी समस्या समाधानको लागि सबैभन्दा प्रभाबकारी उपाय हो । यसैले सबै कुटनीतिक नियोग, बिभिन्न पार्टीका बरिस्ठ नेताहरुलाई समेत समाबेश गरिएको यो मेल छलफलभन्दा पनि बढी जानकारीको लागि लेखिएकोले “Reply all” नगरिदिनु हुन बिशेष अनुरोध बरु आ-आफ्ना साथी र ग्रुपलाई “Forward” गर्नु उपयुक्त हुन सक्छ । अर्को रंगमा अण्डरलाइन गरिएकाहरु लिंकको रुपमा रहेकाले त्यहाँ क्लिक गरी सम्बन्धित समाचारमा जान सकिन्छ ।

वुद्ध जन्मस्थल प्रसंग: कोरियामा खुलेको ढोका र यस्को निरन्तरताको अपरिहार्यता

निर्माणाधिन नक्कली लुम्बिनी र कपिलबस्तु जस्तो ठूलो परियोजना नै करीब करीब संपन्न हुने अवस्थामा पुगिसक्ता समेत यस्तो संबेदनशील बिषयमा पनि बुद्धको वास्तबिक जन्मस्थल नेपालको तर्फबाट देखिएको एक किसिमको सर्ब पक्षीय मौनताका कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले ईतिहासमा पहिलो पटक १ डिसेम्बर २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा मनाए । गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई बिस्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो । अन्तराष्ट्रिय रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम र बिशेष गरी अन्तराष्ट्रिय सामाजिक सन्जाल मार्फत इण्टरनेटबाट मनाइएको यस दिवसलाई निरन्तरता दिने अभिप्रायले २०१० को मै ११ र सेप्टेम्बर १६ गरी दुई चरणमा २१ सदस्यीय विस्व कार्य समिति गठन गरियो । जस्मा तीन ठूला पार्टीको प्रतिनिधित्व समेत हुने गरी दुई जना बिदेशीलाई समेत समाबेश गराएर आठ सदस्यीय सल्लाहकार मण्डल पनि गठन गरियो । तेश्रो दिवस मनाउनु अघिस्पेनबेल्जियमवेलायतक्यानडान्यूजिल्याण्डताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिए ।

Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

दिल्लीबाट फर्केकाहरूका नाममा

Posted by Ram Kumar Shrestha on August 27, 2012

कृष्णज्वाला देवकोटा

नेपालका राष्ट्रपतिले के गर्नुपर्छ भनेर दिल्लीमा सेमिनार हुन्छ र हाम्रा नेता गौरवका साथ ‘अतिथि’ बनेर जान्छन् । त्यही दिल्लीमा अखिलेश यादवले उत्तरप्रदेशमा के गर्नुपर्छ भनेरचाहिँ सेमिनार हुँदैन । कुनै पूर्वभारतीय राजदूत नेपालमा छँदा गरेको ठेक्कापट्टाको कमिसन उठाउन आउँछ र हाम्रा नेता त्यसलाई भेट्न तारे होटलका सुत्ने कोठामा पुग्छन् । दिल्लीमा उपेक्षित र दिक्क कुनै पनि पूर्वकूटनीतिज्ञलाई चाकडीको भोक जाग्यो भने त्यो सीधै काठमाडौं आए हुन्छ । त्यस्तालाई नेपालका राजनीतिज्ञको सधैँ न्यानो स्वागत छ ।

आकार, जनसंख्या, अर्थव्यवस्था, सैनिक क्षमता र अन्तर्राष्ट्रिय पहुँच सबै हिसाबले भारत दक्षिण एसियाको महाशक्ति हो । त्यसमाथि नेपालजस्तो एकढंगले भारतपरिवेष्ठित देशमा उसको दबाब र प्रभाव बुझिने कुरा हो । तर, त्यही दबाब र प्रभाव पनि कूटनीतिको नीलो
आवरणमा गर्न नसकिने होइन । तर, व्यवहार हेर्दा यस्तो लाग्छ, या भैयाहरूले पढेको डिप्लोमेसी बाँकी विश्वका लागि हो, नेपालका लागि होइन । या भारतमा नेपालका लागि डिप्लोमेसीको बेग्लै पाठ्यक्रम छ ।

नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुद प्रधानमन्त्रीसँग औपचारिक भेट गर्न चप्पल र ट्रयाकसुटमा बालुवाटार पुग्थे । नेपाल सरकारसँग परामर्श नै नगरी वा सुरक्षा दिन सक्दैनौँ भन्दाभन्दै पनि जिल्लातिर हिँडिदिन्थे र अरू जिल्लाका सुरक्षाकर्मी घटाएर उनको सवारी चलाउन पथ्र्यो । अहिलेका राजदूतको व्यवहार त्यति अशिष्ट छैन, तर लैनचौरको कार्यशैली खासै फेरिएको छैन । त्यतिखेर विधायक रहेका रामकुमार शर्मालाई धम्क्याउने सुव्रत दासलाई स्वदेश फर्काएर जयन्तप्रसादले सकारात्मक सन्देश दिन सक्थे । त्यसो भएको भए पर्सामा उनका अर्का प्रतिनिधिले नेपाल टुक्रयाउन सुझाब दिने थिएनन् । सायद भारतीय कूटनीतिज्ञलाई नेपाल भन्ने देश नै बाटोको मादलजस्तो लाग्छ, जसलाई जसले जहाँ जतिखेर पनि बजाए हुन्छ ।

भारतले नेपाललाई उपनिवेश नठानेकै भए पनि नेपालका नेताले ठानिसकेका छन् । कसैलाई मिर्गौला बिगि्रदिएर दिल्ली जान सजिलो भएको छ । तिनको मिर्गौला हरेकपटक सरकार परिवर्तन हुनेवेलामा मात्र बल्झन्छ र दिल्ली जानुपर्छ । त्यो मिर्गौलाको उपचार राष्ट्रवादी कंग्रेसका डिपी त्रिपाठीदेखि अहिले राष्ट्रपति भएका प्रणव मुखर्जीसम्मले गर्छन् र बिरामी पात्र त्रिभुवन विमानस्थलमा ओर्लेर आफैँले आफैँलाई प्रधानमन्त्री घोषणा गर्छ । त्यसो गर्ने, त्यो सुन्ने र त्यो हेर्ने यो देशमा कसैलाई लाज लाग्दैन । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

वुद्ध जन्मस्थल प्रसंग: कोरियामा खुलेको ढोका र यस्को निरन्तरताको अपरिहार्यता

Posted by Ram Kumar Shrestha on August 18, 2012

[लुम्बिनी-कपिलवस्तु दिवस (पहिला कपिलवस्तु दिवस) अभियान शुरु भएपस्चात बुद्ध जन्मस्थलबारे सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने क्रममा प्राप्त उल्लेख्य उपलब्धी भएका छन । बिशेषत: तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई अभियानका तर्फबाट अभियानका केन्द्रिय सल्लाहकारहरु डा आरजु देउवा राणा, पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, पूर्व मन्त्री दीप कुमार उपाध्याय, डा कबिताराम श्रेष्ठ लगायतको टिमले बुझाएको ज्ञापनपत्रमा जोड दिइएको एउटा बुँदा बिभिन्न देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएकोले कुटनितिक नियोग मार्फत यो समस्या समाधानको लागि नेपाल सरकारद्धारा पहल गरिनु पर्ने भन्ने थियो र गत अक्टोबर २४  को कान्तिपुर दैनिकमा ‘बुद्धबारे भ्रम’ सम्बन्धी समाचारमा समेत सोही कुरामा जोड दिइएको समाचार पढेपछि गत डिसेम्बर १९ मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत महामहिम कमलप्रसाद कोइरालाले त्यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्ध सम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेख्नु भएपछि त्यहाँको सरकारले त्यहाँको पाठ्य पुस्तकमा भएको बुद्ध जन्मस्थलबारे भएको गलत जानकारी सच्याउने निर्णय गरेको छ र वास्तबमा अभियानको लागि यो कोषे ढुङ्गा नै हो र यस्लाई अन्य देशमा समेत निरन्तरता दिन सकिनु नै यो विस्वब्यापी समस्या समाधानको लागि सबैभन्दा प्रभाबकारी उपाय भएकोले अभियानका बिस्व संयोजकद्धारा ईमेल मार्फत सबै कुटनीतिक नियोग, बिभिन्न पार्टीका बरिस्ठ नेताहरुलाई समेत समाबेश गरी सर्कुलेट गरिएको लेख]

By रामकुमार श्रेष्ठ 

निर्माणाधिन नक्कली लुम्बिनी र कपिलबस्तु जस्तो ठूलो परियोजना नै करीब करीब संपन्न हुने अवस्थामा पुगिसक्ता समेत यस्तो संबेदनशील बिषयमा पनि बुद्धको वास्तबिक जन्मस्थल नेपालको तर्फबाट देखिएको एक किसिमको सर्ब पक्षीय मौनताका कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले ईतिहासमा पहिलो पटक १ डिसेम्बर २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा मनाए । गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई बिस्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो । अन्तराष्ट्रिय रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम र बिशेष गरी अन्तराष्ट्रिय सामाजिक सन्जाल मार्फत इण्टरनेटबाट मनाइएको यस दिवसलाई निरन्तरता दिने अभिप्रायले २०१० को मै ११ र सेप्टेम्बर १६ गरी दुई चरणमा २१ सदस्यीय विस्व कार्य समिति गठन गरियो । जस्मा तीन ठूला पार्टीको प्रतिनिधित्व समेत हुने गरी दुई जना बिदेशीलाई समेत समाबेश गराएर आठ सदस्यीय सल्लाहकार मण्डल पनि गठन गरियो । तेश्रो दिवस मनाउनु अघि स्पेनबेल्जियमवेलायतक्यानडान्यूजिल्याण्डताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिए ।

लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक गतिबिधि र संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिको निर्णयानुसार अभियानको नाम  “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” मा परिवर्तन गरिएको जानकारी नेपालमा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु र थुप्रै राष्ट्रिय स्तरका ब्यक्तिहरुको उपस्थितिमा पूर्व प्रधानमंत्री एबं  वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्प कमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यमा भएको कार्यक्रम मार्फत आधिकारिक घोषणा गरिएको थियो । नामका कारण यो अभियान कपिलवस्तुकै सीमाभित्रै मात्र सीमित थिएन र कपिलवस्तुलाई पनि ब्यापक रुपमा प्रचार प्रसार गरेर बुद्धले आफ्नो जीवनको २९ बर्ष ब्यतित गर्नु भएको महत्वपूर्ण ठाउँलाई पनि यूनेस्कोको विस्व संपदा सूचिमा पार्न भूमिका निर्बाह गर्न सकिन्थ्यो कि भन्ने पनि अभियानको चाहना हो । यसरी नाम परिवर्तन गरिएपस्चात मलेशियाकम्बोडियाभियतनामजर्मन र  इजरायलमा राष्ट्रिय समिति गठन भएपछि राष्ट्रिय समितिको संख्या चौध पुगेको छ । त्यसरी नै नेपालमा पत्रकारहरुको र पर्यटकहरुको समिति गठन गर्ने र स्थानीय स्तरमा समेत समितिहरु गठन गर्ने काम भए ।

अभियानकै योगदान नभए तापनि अभियान शुरु भएपस्चात जापान सरकारको लागानी र काठमाण्डौंस्थित यूनेस्कोको संयोजकत्वमा यूनेस्कोको पुरातत्वबिद वेलायतको डुरहाम बिस्वबिद्यालयका प्राध्यापक रविन कनिङ्घामको नेतृत्वमा पाँच बर्षे सर्बेक्षण शुरु, नेपाल-चीन सांस्कृतिक सदभाब सन्धी मस्यौदा बुझाउने क्रममा नेपाल पक्षद्धारा गौतम बुद्धको जन्मस्थलको वरिपरि कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाहरुमा बुद्धिस्ट पर्यटकलाई आकर्षण गर्नको लागि बुद्धिस्ट सर्क्युट तयार गरिदिनको लागि गरिएको आग्रहमा चिनिया पक्ष सकारात्मक, मन्त्री परिषदको निर्णयनुसार पूर्व प्रधानमन्त्री प्रचन्डको संयोजकत्वमा वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन र त्यसपस्चात प्रचण्डकै नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डलको प्रस्तावमा वृहत लुम्बिनी विकासको अन्तरराष्ट्रिय समितिको संयोजकमा संयुक्त राष्ट्र संघका महासचिब वान की मून बस्न सहमत जस्ता लुम्बिनी बिकासका सन्दर्भमा सकारात्मक सुखद समाचारहरु देखा परेका छन । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

दलाई लामाका बोली र नेपाली जनमानसको प्रश्न

Posted by Ram Kumar Shrestha on July 15, 2012

गुरुमाथि प्रश्नै राख्न हुन्न भन्ने कहीँ छैन । अझ बौद्ध धर्ममा त छँदैछैन । बुद्धले गुरुहरु माथि नै वेदको प्रमाणिकतामा प्रश्न उठाएर प्रमाणिक बुद्ध धर्मको परिशिलन गरेका थिए । गुरुहरुकै अलौकिक शक्तिमाथिको अन्धविश्वासमा प्रश्न उठाएर नै लौकिक धर्मको स्थापना गरेका थिए । गुरूहरूकै हिंसापूर्ण यज्ञसंस्कृतिको विरोधमा प्रश्न उठाएर अहिंसापूर्ण धर्मको प्रतिपादन गरेका थिए । गुरुमाथि नै ब्राह्मणहरुको जन्मजात वर्चश्वमाथि प्रश्न उठाएर समावेशी धर्मको प्रतिपादन गरेका थिए । गुरुको शीक्षामा अन्धभक्त भएर अनुयायी नबन्न नै बुद्धको शिक्षा छ । त्यसैले बौद्ध चरित्र अनुरुप पनि गुरुमाथि प्रमाणका आधारमा प्रश्न राख्नु कुनै अपराध होइन, तार्किक र धर्मसम्मत नै छ । बुद्ध भन्छन् “अप्प दीपो भव” अर्थात आफै बत्ती बन । यो शीक्षा गुरुलाई मात्र होइन शिष्यलाई पनि हो । आफैमा प्राज्ञ हुनुपर्यो । त्यस प्रकाशले अन्धकारलाई नामेट गर्न पर्यो । बत्ती बनेका शिष्य प्रज्ञा जगतमा प्रश्न राख्छन् – के अँधेरोमा उज्यालोको लागि प्रश्न राख्न धर्मसम्मत छैन ? त्यस जनमानसको चाहना हो दलाई लामा स्वयंले बत्ती बनेर सही प्रकाश छर्दै यसको समाधान गर्न पर्छ ।

डा कविताराम श्रेष्ठ

दलाई लामाले बोलेका प्रशंगलाई लिएर धेरै कुराहरु मिडियामा आइरहे । उनले जे भनेपनि धर्मगुरुले भनेका हुन यसै शिरोधार्य गर्न पर्छ भनी कोही चुपचाप रहने देखिए भने कोही सही कुरा बोल्न वा चित्त नबुझेका कुरामा बोल्न पर्छ भन्ने पनि उत्तिकै देखिए । दुबै खालेका उग्र सम्बादले मिडिया निक्कै नै अप्रिय ढंगमा गरम रहन गयो ।

मिडियामार्फत थाहा भयो दलाई लामाले, “बुद्धमार्गको सुरुवात भारतबाट भएको हो । कोहीकोही बुद्धलाई नेपाली भन्छन् केहीले भारतीय तर यसबाट केही फरक पर्दैन” भनेका रहेछन् । तर यसको ठीक विपरित बुद्धको जन्मभूमी नेपालमा पर्नुले नेपाल र नेपालीलाई धार्मिक, राजनीतिक, आर्थिक र साँस्कृतिक हिसाबले धेरै फरक पर्छ भन्ने नेपालीहरू देखिए र यी मान्य धर्मगुरु अनुयायीहरुलाई चित्तै दुख्ने हिसाबमा प्रश्नका दायरामा पर्न पुगे ।

त्यहाँ गएर सुन्ने धेरैले मानेका छन्, त्यसदिन दलाई लामाले बुद्धका जन्मस्थानबारे उच्चारणै नगरेको भए पनि उनको प्रवचनमा कमी रहने थिएन । अनि बुद्ध जन्मेका त नेपाली भूमी लुम्बिनीमै हो भन्ने सत्य बोल्दा पनि त्यस प्रवचनमा कमी वा कुनै चारचाँद पनि लागिहाल्ने थिएन । तर बुद्ध भारतीय राजकुमार हुन् भन्ने भ्रम विश्वमा फैलिरहेको र भारतले त्यसैमा कुत्सित ढंगमा हावा दिइरहेको अनि नेपालीहरु भने ज्यान फालेर बुद्धजन्मस्थल लुम्बिनीको प्रतिष्ठालाई उचाल्न खोजिरहेको बेलामा धर्मगुरुले त्यो विषय नै महत्वपूर्ण होइन भन्न पुग्दा गुरूले सत्य कुरामा प्रकाश पार्न जीब्रो चपाएको मात्र होइन अझ झुठलाई नै साथ दिएको आभासमा नेपाली जनमानस झस्कन पुगे । बिचारणीय यो छ यो भनाई यस्तो सभामा भनियो जसको आयोजक लुम्बिनीको प्रतिष्ठालाई उचाल्न लागिपर्ने सक्रिय नेपालीहरु नै थिए ।

दलाई लामाका उक्तिलाई बुद्धका राष्ट्रीयता “नेपाली” वा “भारतीय” भन्ने विवाद्लाई सान्दर्भिक बनाइएको छ . तर शब्द चयन त्यस्तै भएपनि बुझिन्छ राष्ट्रीयताको कुरा यसमा पक्कै उनले उठाएका होइनन. २६०० वर्ष अघि न नेपाल थियो न भारत. उबेलाका कुरालाई आजको राजनीतिक भूगोलको दायरामा कुनै अज्ञानीले राख्छन होला तर दलाई लामाजस्ता धर्मगुरूले पक्कै राखेका होइनन । कुरा के हो र पक्कै के हो भने दलाई लामाले नेपालीहरूको ‘बुद्ध जन्मस्थल आजको दिनमा लुम्बिनी नेपालमा पर्छ’ भन्ने सत्याग्रह र भारतीयहरूको ‘बुद्धधर्मं भारतबाट सुरु भएको’ भन्दै गोलमटोलमा बुद्धलाई भारतीय बनाउने प्रयाशको सन्दर्भमा बोलेका हुन । त्यसैमा नेपाली जनमानसले बुझ्नपुग्यो कि दलाई लामा नेपालीहरुको सत्याग्रहलाई धर्म र गुरूबचनको आडमा निरुत्साहित गर्दैछन र घुमाई फिराई भारतीयहरुको कुत्सित प्रयाशलाई पक्षपोषण गर्दैछन ।

केहीले भनेका छन कि दलाई लामालको उक्तिबाट कुनैपनि नेपालीले मन दुखाउन पर्दैन किनभने उनले बुद्ध जता जन्मेपनि धार्मिक हिसाबमा कुनै फरक पर्दैन भनेका हुन लुम्बिनिलाई हेपेर भनेका होइनन । उनी लुम्बिनीलाई चार सम्बेजनीय स्थान मध्यको एक मान्छन र केही पहिले उनी लुम्बिनिमा तीर्थ समेत गर्न आएका थिए. त्यस्बखत नेपाल सरकारले चीन रिसाउछ भनी सहज यात्रा गर्न दिएका थिएनन र पनि उनी सामान्य तीर्थयात्रीसरह यहाँ आएका थिए । उनले यसलाई महत्व दिंदैन भन्ने त हुँदै होइन । तर त्यसै आधारमा उनैका बोळी केलाउदै नेपालीहरू भन्छन- त्यसैले त नेपालको महत्तालाई छायाँमा पार्दै भारतीय हितको पक्षपोषण गर्ने उनी दाऊ गर्छन । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

‘दलाइ लामाको प्रवचन र अस्वस्थामा हतोहतः’

Posted by Ram Kumar Shrestha on July 14, 2012

हुन त दलाइ लामालाई राजनीतिक पृष्ठभूमिबाट पनि हेर्न सकिन्छ । जो निर्वासित छन्, जसलाई भारतले शरण दियो । अनि उनले यो पनि बुझेका छन्– नेपाली खुशी हुँदा के पाउँछु ? अनि भारत दुःखी हुँदा के–के गुमाउछु ? धर्म आस्था र विश्वासमा चल्छ तर राजनीति त लाभहानीबाट ज्यादा निर्देशित हुन्छ । त्यो कुरा दलाइ लामाले नबुझेका होलान् भन्न सकिन्न । त्यसैले त भनिदिए नि बुद्ध भारत वा नेपाल जहाँ जन्मेको भएपनि बुद्धमार्ग चाहिँ भारतबाटै सुरु भएको हो । तर दलाइ लामाले यो पनि बुझ्नु पर्दछ कि, यदि कसैले तिब्बतीहरुमाझ अझ उनै दलाइ लामाको अगाडि “तिब्बत चीनको स्वशासित क्षेत्र होस् वा स्वतन्त्र राष्ट्र, त्यसको कुनै अर्थ छैन, तर त्यहाँ अहिले राम्रो विकास भएको छ, जनताको उन्नती नै मुख्य कुरा हो”, भनेर भनिदियो भने के हुन्छ ? उनको प्रतिक्रिया कस्तो रहन्छ ? के उनले हामीले जस्तै धैर्य राखेर ती कुरा सुनिरहन सक्छन् ?

By: शिवजी श्रेष्ठ

गतसाता भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाइ लामाको अल्डरसटस्थित फुटबल चौरमा बुद्धको जन्मभूमिको बारेमा भएको विरोधाभाष टिप्पणी चर्तित रह्यो । गजब त त्यो टिप्पणी नेपाली नै आयोजक रहेको कार्यक्रममा भएको थियो । सो टिप्पणी जब समाचारको रुपमा बाहिर आयो, तब नेपालीहरुबीच प्रतिकृयाका तरंग नै पैदा भयो । आक्रोश र आश्चर्य मिश्रित प्रतिक्रियाको एउटा तह नै सिर्जना भयो । जब एउटा नेपाली अनलाइन पोर्टलमा छापियो, ‘बुद्ध मार्गको सुरुवात भारतबाट भएको हो कोहीकोही बुद्धलाई नेपाली भन्छन्, केहीले भारतीय । तर यसबाट केही फरक पर्दैन’ ।

भारतसँग सम्बन्धित कुनै पनि नेपाली सम्पत्ति कुनै पनि नेपाली सम्पत्ति चाहे त्यो मानवीय कुरा हुन् वा जमिन, यही त्यसको कुनै अन्तर्राष्ट्रिय मूल्य छ भने त्यहा“ विवाद वा दावी गरेकै पाइन्छ । यस्तै दावीमध्ये एउटा बुद्धको जन्मस्थल पनि हो । यहीबीचमा दलाइ लामाको टिप्पणी आएको छ । जसै तेन्जिङ्ग नोर्गे शेर्पाले एडमण्ड हिलारीसँगै सगरमाथाको सन् १९५३ मे २९ मा सर्वप्रथम सफल आरोहण गरें, तब यसरी नै विवाद सिर्जना गरिएको थियो–तेन्जिङ्ग भारतीय कि नेपाली ? भनेर । प्रथम सगरमाथा सफल आरोहणका टोली नेता सर जोन हन्ट (बेलायती)सँग तेन्जिङ्ग शेर्पाको मनोमालिन्य देखिएको थियो । तब बेलायत भ्रमणमा रहेका जान अस्वीकार गरी भारतमा रहेका तेन्जिङ्गलाई तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले सम्झाएको प्रसंगमा भारतका लागि तत्कालीन नेपाली राजदूत विजयशमशेर जबराले तत्कालीन नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई एक पत्र लेखेका छन् । विजयले मातृकालाई सन् १९५३ जुलाई ३मा दिल्ली दुतावासबाट लेखेको पत्रमा नेहरुले तेन्जिङ्गको राष्ट्रियताको बारेमा किन विवाद निकालेको भन्ने सवालको जवाफ दिँदै विजयशमशेरले उल्लेख गरेका छन्, ‘तेन्जिङ्गको नागरिकताको सवाल हामीले हैन कि हिन्दूस्तान पत्रिकाहरुले जोडतोडले उठाएको हु“दा त्यसको जवाफमा दिएको बताउँदा तेन्जिङ्ग नेपालमा जन्मी त्यही हुर्किई बढी आफ्नो जीविकाको लागि भारतमा आई बसेको हो, उहाँकी आमा नेपालमा अझै जीवितै छ, परिवार छ, उहाँले नेपाली नागरिकता त्याग्नु भएको छैन, भन्दा तेन्जिङ्गतिर पर्किएर नेहरुले सोधेको प्रसंग छ, कहिए ये सब क्या हैं ? जवाफमा तेन्जिङ्ग भन्छन्, ‘मै तो कुछ नहि जनता हुँ साहेब, मे तो नेपालका भी हुँ, हिन्दुस्तानीका भी हुँ’ तब नेहरुले भनेका रहेछन्, तेन्जिङ्ग नेपाली भएपनि हिन्दुस्तानी भएपनि यसमा हामीले किन वादविवाद गर्ने ? यो त प्रकृतिमा नै मानवजातिकै विजय सम्झिनुपर्छ’ । यहा“ नेर आएर दलाइ लामा र नेहरुको भाव मिल्न गएको देखिन्छ । तर नेहरु भारतको स्वार्थमा बोलेको कुराको अर्थ बुझ्न सकिन्छ, तर तिब्बती धर्मगुरु दलाइ लामाको बुद्ध जन्मस्थलको अर्थ भने बुझ्न नसकिने छ ।

केही वर्ष अगाडि लन्डनस्थित ‘म्याडम तुसाड’ अवलोकन भ्रमणमा जाँदा उनै दलाइ लामाको मैनको मूर्तिमा राखिएको लिवारीमा बुद्धका अनुयायी भनेर बुद्धलाई कोष्ठभित्र (भारत) लेखिएको देख्दा मन चसक्क भएको थियो । त्यही कुरा एउटा प्रसंगमा बेलायतका लागि वर्तमान नेपाली राजदूतलाई सुनाउँदा उहा“को तत्कालै म्याडम तुसाडसँग लेखापढी गर्ने भनी चासो प्रकट गर्नुभएको थियो । तर तिनै बुद्धका अनुयायी भनी परिचय दिइएका धर्मगुरुको अहिलेको कुराले अब भने कुनै आश्चर्य बाँकी राखेन । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

किन टुङ्गिदैन बुद्ध जन्मस्थल विवाद ?

Posted by Ram Kumar Shrestha on July 5, 2012

 नेपालको एक अनलाइन पोर्टलमा दलाई लामाले दिएको वक्तव्यका बारेमा एउटा खबर छापिएपछि हजारौं नेपालीले रिसको आगो पोखे दलाई लामाप्रति । यति धेरैका संख्यामा प्रतिक्रिया देखेर साँच्चै मलाई लाग्यो, देशप्रेम र देशको अस्तित्वका लागि उर्लेको जमात हो त्यो । हुन त कतिपयले समाचार सायद राम्रोसँग नपढी जथाभावी लेखेका पनि हुन् तर समग्रमा प्रतिक्रियाहरु बुद्ध नेपाली हुन् भन्ने भावनाले ओतप्रोत देखिन्थ्यो । दलाई लामाले सीधा शब्दमा बुद्ध भारतमा जन्मिएका हुन् भनेका थिएनन् । उनले भनेका थिए स्पष्ट शब्दमा, ‘बुद्धमार्गको सुरुवात भारतबाट भएको हो । कोहीकोही नेपालीले बुद्धलाई नेपाली भन्छन्, केहीले भारतीय । तर यसबाट केही फरक पर्दैन ।’ तर भारतमा अर्को लुम्बिनी बनेको र कैयौँ ठाउँमा भारतीयहरुले बुद्ध भारतीय हुन् भन्ने दाबी गर्दछन् भन्ने चर्को चर्चा चलेकै बेला दलाई लामाले त्यस्ता कुरा कोट्याउँदा हजारौंको संख्यामा उपस्थित नेपालीहरुमध्ये केही त्यति नै बेला तातिएका थिए । दलाई लामाप्रति तीतो प्रतिक्रिया दिए केहीले । 

संगीता मरहट्ठा

दिनभरको थकानपछि सोफामा थचक्क बसेर टेलिभिजन हेर्दै थिएँ, म । रिमोट कन्ट्रोल यता र उता घुमाउँदाघुमाउँदै एउटा च्यानलमा गएर अड्किएँ । बलिउडका चर्चित अभिनेता शाहरुख खानको ‘स्वदेश’ भन्ने सिनेमा भर्खर सुरु भएको रहेछ । केही वर्ष पहिले निकै चलेको त्यो सिनेमा त्यसरी बजिरहेको देखेर मैले आज हेर्नैपर्‍यो भन्ने सोचेँ । अमेरिकामा राम्रो जागिर खाएर प्रशस्त पैसा कमाएका शाहरुख खान केही समयका लागि गाउँ आएका हुन्छन् । आफूलाई सानैदेखि हेरचाह गरेकी धाईआमालाई समेत अमेरिका नै लगेर गाउँलाई बाईबाई गर्न कस्सिएका शाहरुखलाई एउटा गाउँमा एक जना गरिबको घरमा पैसा उठाउन पठाइएपछि त्यहाँको दृश्यले मर्माहत बनाउँछ । म पनि अति नै भावुक भएँ त्यो दृष्य देखेर । अनायाशै बर्रबरी आँशु झरे मेरा आँखाबाट । एउटा सानो झुप्रोमा बसेका एक अति गरिब किसान, नाङ्गो आङ, स-साना लालाबाला, च्यात्तिएका लुगा लगाएका ।

सुख्खा रोटी खानै लागेका केटाकेटीको गाँस काटेर ती किसानले शाहरुखलाई रातिको खाना खुवाउँछन् । खडेरी परेछ यो वर्ष, बाँच्ने एउटै मात्र आधार खेती किसानी नभएपछि खाने के, बालबच्चालाई पाल्ने कसरी ? ती किसान आँखाभरि आँशु जमाएर असहृय वेदना ओकल्छन् । धनी भएका भए, दुनियाँ उनको पछि लाग्ने थियो होला तर ती एकजना गरीब किसानका बारेमा पीर लिने कोही हुन त परै जाओस्, उनी धर्तीमा जिउँदै हुन् वा नहुन् भन्ने कुराले कसलाई के नै प्रभाव पार्ने थियो र ? देशप्रेमको कडा सन्देश बोकेको त्यो सिनेमाले मन नै गह्रौँ बनायो मेरो । आफ्नो देश नेपाल अनि त्यहाँका यस्ता लाखौँ गरिबहरुको अनुहार र हुनेखानेले उनीहरुलाई कतिसम्म बेवास्ता गर्छन् भन्ने सम्भिmँदा मन झन् अमिलो भएर आयो ।

प्रसङ्ग गरिब र गरिबीको छ, नेपाल त्यसको पर्यायवाची जस्तो । प्रसङ्ग स्वदेशको छ, देशको पहिचान, अस्तित्व र गरीबै भए पनि त्यसप्रतिको मायाको छ । हो, आज म कुरो गर्दैछु संसारका सबैभन्दा गरीबमध्येको एक देश नेपालको । मानौँ, एकसरो कछाड लगाएका तर धनबिना पनि आत्मसम्मानले बाँच्न चाहने सिनेमाका ती निरिह गरीब किसान एकछिनका लागि हाम्रो देश नेपाल हुन् । उनीप्रति धनीहरुले गरेको व्यवहार हाम्रो देश नेपालप्रति अन्य देशका नागरिक, नेता वा अझ सञ्चार माध्यमहरुले गर्ने व्यवहार ।  Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

संबिधानसभा बिघटन सेरोफेरोका केही यक्ष प्रश्नहरु

Posted by Ram Kumar Shrestha on June 3, 2012

रामकुमार श्रेष्ठ

नेताहरुले अब के बुझ्नु जरुरी छ भने कस्ले कस्को कसरी कति बिरोध गर्छ भन्ने कुराबाट जनता आजित भैसकेका कारण देशको काँचुली फेर्ने स्पस्ट धारणाका अभिब्यक्ति र त्यसप्रतिको प्रतिबद्धता र ठोस कार्य योजना सुन्न आतुर छन जनता र यही कसीमा नेताको मूल्यांकन र बर्गीकरण हुनेछ आगामी दिनमा ।

सबै कुरा मिलिसकेर पनि संघीयताको एउटै मुद्धा सल्ट्याउन नसक्दा दुई वर्ष समयावधि तोकिएको संविधान सभाको कार्यभार चार वर्षमा पनि पुरा हुन नसकी अन्ततः जेठ १४ गते मध्यरातमा विघटन भयो । यस्ले आम नेपाली जनतालाई त चिन्तित तुल्याएको छ नै साथै विस्वको ध्यान पनि तानेको देखिन्छ । संबिधानसभा बिघटन भएको तीन दिनपस्चात राष्ट्रसंघका महासचिव बान कि मुनले एक विज्ञप्तिमार्फत् ‘संविधान जारी नगरी संविधानसभा भंग गरेको’ भन्दै निराशा व्यक्त गरेको भोलिपल्ट मंगलबार राष्ट्रसंघीय सुरक्षा परिषदमा नेपालको शान्ति तथा सुरक्षा अवस्थालाई विशेष चासो दिँदै राजनीतिक स्थितिबारे छलफल समेत गरेको छ । राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बि लिन पास्कोले संविधानसभा विघटनपछिको राजनीतिक स्थितिबारे मंगलबार सुरक्षा परिषदको ‘बन्द सभा’ मा नेपालबारे छलफल भएको विभागको वेबपेज मार्फत जानकारी गराएका हुन् । संविधान निर्माण नगरी संविधानसभा विघटन हुनुलाई अमेरिका र बेलायतले शान्ति र संविधानको प्रक्रियामा ‘गम्भीर धक्का’ र ‘पछाडि फर्किएको अवस्था’ भन्दै आगामी दिनमा सहमतिका साथ अघि बढ्न सुझाव दिएका छन् । जेठ १४ गते संबिधान जारी गर्न सकेको भए नेपाल संबिधान सभा मार्फत संबिधान जारी गर्ने एक्काइसौं शताब्दीकै पहिलो राष्ट्र बन्न पुग्थ्यो । अब चुनाव भएर त्यस्ले संबिधान जारी गरेको खण्डमा अहिलेका कति सभासदहरु त्यो अबसरबाट बन्चित हुने मात्रै नभएर जनताको नजरमा कालो सूचिमा पनि पर्ने छन् ।

बहुप्रतिक्षित जेठ १४ को रातको १२ बज्नुभन्दा केही घण्टा अघि मधेसबादी दल र जनजाति ककसद्धारा लचकता अपनाउने संकेतपछि संबिधान जारी हुने आशाले आफ्नो पल्ला भारी बनाउन सफल भएको थियो र नेपाली शेयर बजारमा तत्कालै करोडौंको कारोबार भएको थियो । त्यस्को केही समय अघि मात्रै के पी ओली भित्र बाहिर गर्ने क्रममा संबिधान नबन्ने कुराको ठोकुवा जस्तै गर्दै थिए । प्रयास त्यसरी जारी भैरहंदा त्यस किसिमको ठोकुवा जस्तो गर्ने ब्यक्ति बाहिर निस्केर पुन: भित्र नपसेकै भए वार्ताले अर्को मोड लिन्थ्यो कि भन्ने तर्क पनि आएका छन । र, अन्तमा आ-आफ्ना अड्डीका कारण वार्ताले ठोस रुप लिन नसकेपछि पनि सिंहदरबरमा रहेका वार्ता टोली संसद भवन बानेश्वर गएर १२ बज्नु अघि नै संसद शुरु गरेपछि प्रकृया शुरु भएका कारण संसदको आयु संसद चलुन्जेलसम्मका लागि लम्बिने तर्क पनि आएका छन जस्ले संबिधान बनाउने समयाबधि प्राबिधिक तवरबाट लम्ब्याउन सक्थ्यो । संविधानसभाका अध्यक्ष नेम्वाङले अन्तिम समयमा वैठक बोलाउन दलका शीर्ष नेताहरुले गरेको आग्रह अस्वीकार गरे । फलत: बैठक नै नबसी संविधानसभा भंग हुन पुग्यो । एक किसिमले सन्तुलित सभामुखको भूमिका निर्बाह गरेको मानिएका सभामुखको यो एउटै कार्यले बनेको छबी आँफैले धमिल्याउने काम भएको देखिन्छ । अन्तिम घडीमा संभाबित सबै संभाबनाहरु प्रयास गरिनुको अलावा यसरी यस्तो महत्वपूर्ण घडीमा सो संभाबनाबाट पन्छिनुको अर्थ के हुन सक्ला त ? यी सबै अब सुधार्न नसकिने किसिमले ईतिहास बनिसकेकोले अब बर्तमानको जटील अबस्थाबाट देशलाई कसरी निकास दिने भन्नेतिर नै सबैको ध्यान केन्द्रित हुनुपर्दछ अर्थहीन आरोप प्रत्यारोपमा समय बर्बाद गर्नुभन्दा पनि । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

 
%d bloggers like this: