Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

टनकपुर – टनकपुर- टनकपुर टनकपुर कहाँ पर्छ – भारतमा या नेपालमा?

Posted by Ram Kumar Shrestha on March 11, 2014


Tanakpur
हालै टनकपुर भारतकै भूमि हो भनी भन्नु भएपछि सन्त नेताको रुपमा चिनिनु भएका र प्रधानमन्त्री हुने बेलामा हिन्दूस्तानसंग झुक्तिन्न भन्नु हुने प्रधानमन्त्री सुशिल कोइरालासंग नेपाली जनता झस्कन पुगेका छन र यसबारेमा केही नेता लगायत धेरैको बिरोधका आवाज सुनिनमा आउनु स्वाभाबिकै पनि हो । यस्तो संबेदनशिल बिषयमा सरकारी प्रबक्ता अथवा प्रधानमन्त्रीकै आधिकारिक धारणा यथाशिघ्र आउनु पार्थ्यो, तर आएको छैन र यो पनि स्वाभाबिकै हो हामी राष्ट्रियताको बिषयमा खासै संबेदनशिल हुन नसक्ने भएकोले । यो बिषय राजनीतिक मात्रै नभएर प्राबिधिक पनि हो । यस सम्बन्धमा बरिस्ठ सीमाबिद बुद्धिनारायण श्रेष्ठ के भन्नु हुन्छ त?

टनकपुर – टनकपुर- टनकपुर टनकपुर कहाँ पर्छ – भारतमा या नेपालमा? 

रातो लाइनले टनकपुर ब्यारेजदेखि उत्तर मन्डीसम्म -सीमा स्तम्भ नंं २ देखि १ सम्म- सीमा अंकन गर्दछ । यो लाइनभन्दा पूरव अर्थात दाहिनेतिर नेपाली भूमि चित्रण हुन्छ । - बरिस्ठ सीमाबिद बुद्धिनारायण श्रेष्ठ

रातो लाइनले टनकपुर ब्यारेजदेखि उत्तर मन्डीसम्म -सीमा स्तम्भ नंं २ देखि १ सम्म- सीमा अंकन गर्दछ । यो लाइनभन्दा पूरव अर्थात दाहिनेतिर नेपाली भूमि चित्रण हुन्छ । – बरिस्ठ सीमाबिद बुद्धिनारायण श्रेष्ठ

टनकपुर कहाँ पर्छ – भारतमा या नेपालमा या दुवै देशमा –
प्रधानमन्त्री सुशील कोइराला भन्नुहुन्छ – ‘टनकपुर भारतकै भूमि हो ।’

साच्चै टनकपुर भारतमै पर्छ – के नेपालमा टनकपुर छैन –
छैन, नेपालमा टनकपुर छैन । टनकपुर भारतमा छ । यसै कारण प्रधानमन्त्रीले ‘टनकपुर भारतकै भूमि हो ।’ भनेका होलान् ।

तर बुझनुपर्ने गाँठी कुरा के छ भने प्रधानमन्त्रीले गाउँ, बस्ती, शहर, बजारको नाम टनकपुर भन्नखोज्नु भएको होइन । टनकपुर ब्यारेज र यसले बनाएको जलाशय तथा एफ्लक्स बण्डको भूमि भारतकै हो भन्नुभएको हो । यदि प्रधानमन्त्रीको यस्तै मनसायको अभिव्यक्ति हो भनेचाहिँ अलि कुरा मिलेन कि !

यस मामिला अन्तराष्ट्रिय सीमासँग गाँसिएको छ । सीमाका कुरा प्राविधिक पक्षका हुन्छन् । यस्ता प्राविधिक पक्ष पुराना नक्सा, दस्तावेज, तथ्यांकमा आधारित हुन्छन् । यहाँ प्रश्न उब्जेको छ, के यस्ता पुराना नक्साले टनकपुर ब्यारेज र यसले बनाएको समस्त जलाशयको भूमि भारतकै देखाएको छ – त्यसमाथि पनि भारतकै र्सर्भे अफ् इन्डियाले बनाएको नक्साले टनकपुर ब्यारेजको समस्त संरचना भारतीय भूमिभित्रै परेको देखिन्छ त –

यस प्रश्नको जवाफका लागि यहाँ दर्ुइवटा नक्सा प्रस्तुत गरिएका छन् । एउटा हो, र्सर्भे अफ् इन्डियाले सन् १९२३ मा प्रकाशित गरेको नक्सा । अर्काे हो, सन् २०१४ को सबभन्दा पछिल्लो सेटेलाइट इमेज नक्सा । तपाईं यी दर्ुइ नक्सा दजाँउनुहोस्, ओभरले गर्नुहोस् । आफै बुझनु हुनेछ । अनि तपाईंको बुझाइ प्रधानमन्त्रीलाई भन्नुहोस् । स्मरणीय छ, सन् १९२३ को नक्सामा सीमा स्तम्भ नं. २ ले ब्यारेज अंकित गर्छ । तपाईंले दर्ुइमध्ये एक विवरण भन्नर्ुपर्ने हुन्छ-
१. टनकपुर भारतकै भूमि रहेछ,
२. टनकपुर ब्यारेजको संरचना नेपाली भूमिमा पनि पर्छ ।
यदि नक्सा दजाँउन सक्नुभएन भने कृपया ९८४१-३११६११ को मोबाइलको घन्टी बजाउनु होला ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: