Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

अभियानको नेपाल कार्यक्रमको लागि अभियानका विस्व संयोजकको शुभ-कामना

Posted by Ram Kumar Shrestha on December 28, 2013


वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले विस्वब्यापी रुप लिएको सन्दर्भमा त्यस्लाई निस्तेज पार्नका लागि कतैबाट आवाज नउठेका कारण नागरिकस्तरबाट सुत्रपात भएर विश्वव्यापी रुपमा आवाज उठाईरहेको लुम्बिनी–कपिलवस्तु दिवस अभियानले यही पौष १३ गते शनिवार दिउँसो १ बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाण्डौमा माननीय पर्यटन मन्त्रीज्यूको प्रमुख आतिथ्यता र धेरै पार्टीका बरिस्ठ ब्यक्तिहरुको उपस्थितिमा  ‘बुद्ध जन्मस्थलबारे दिग्भ्रमः पाठ्यपुस्तक सुधारका उपाय एवं प्रयासहरु’ विषयक वृहत अन्र्तकृया कार्यक्रममा अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा प्रेषित शुभकामना । शुभ-कामना सन्देश ऐक्यब्द्धता एबं संसारन्यूजकी संपादिका मिना शर्माले वाचन गर्नु भएको थियो । शुभ-कामना सन्देशमा जानकारीमूलक महत्वपूर्ण कुराहरु भएकोले जानकारीको लागि प्रकाशइत गरिएको छ ।

शुभ-कामनाको पूर्ण विवरण:

शुभ-कामना!!!

Marker stone marking the exact spot of Lord Buddha's birth inside Mayadevi ...

Marker stone marking the exact spot of Lord Buddha’s birth inside Mayadevi …

वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले बिस्वब्यापी रुप लिंदासम्म पनि देखा परेको सर्बपक्षीय मौनताका कारण सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायलेRam Kumar Shrestha बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा २००९ डिसेम्बर १ मा अन्तरास्ट्रिय सन्जाल र बिभिन्न गतिबिधि मार्फत बिस्वब्यापी रुपमा ‘कपिलवस्तु दिवस विस्व दिवस’ को रुपमा कार्यक्रम गरी त्यस्लाई निरन्तरता दिनका लागि २०१० मा बिस्व कार्य समिति गठनबाट संस्थागत भएर सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले आफ्नो पाँचौं बार्षिकी मनाउने तयारी गर्दासम्म यो छोटो समयाबधिमा १९ राष्ट्रिय समिति र अन्य थुप्रै समिति गठन गरी अनपेक्षित उल्लेखनीय उपलब्धिहरु हासिल गर्न सफल भएको छ ।

बिभिन्न देशको पाठ्य पुस्तक एबं अन्तराष्ट्रिय स्तरका संग्रहालय, साइट, पुस्तक, सन्जाल आदिमा भएका वुद्ध जन्मस्थलबारे गलत जानकारीका कारण विस्वका करोडौंका बीच तदनुरुपको गलत जानकारी प्रबाह हुने भएकोले अभियानले बिभिन्न तवरबाट सामाजिक सन्जाल, आफ्नो ब्लग, सन्चारका माध्यमहरु र बिभिन्न किसिमका कार्यक्रमहरु मार्फत जन चेतना जगाउने काममा छोटो समयमा उल्लेखनीय उपलब्धी हासिल गरेको छ ।

यो अभियानको शुरुको समयमा गुगलमा वुद्ध जन्मस्थल बिषयमा प्राप्त भएको सफलतामा नेपालीले खुशीयाली मनाएकोमा हाल गुगलमा बुद्धको जन्मस्थल खोज्दा थुप्रै सामग्री हाम्रो अनुकूल प्राप्त हुने बातावरण तयार भएको छ यो अभियान शुरु भएको यो छोटो समयमा नै । दशौं लाख फ्यान भएका मासिक ११५ मिलियनभन्दा बढी मानिसका बीच आफ्ना सामग्री लैजाने ३५० भन्दा बढी स्थानीय टिभिहरुको सन्जाल पिबिएस, लाखौं फ्यान भएका न्यूजविकका प्रधान संपादक एबं सिएनएनका कार्यक्रमा प्रस्तोता फारिद जाकारीया र ब्रिटिश म्युजियमका फेसबुकका पेजहरुमा गएर उनीहरुले बुद्ध जन्मस्थल बिषयमा दिएका गलत जानकारी सच्याउन दबाब दिने जस्ता महत्वपूर्ण कामहरु भए । यही सामाजिक सन्जालमा बुद्धको जन्मस्थल बिषयमा सही जानकारी दिने अभिप्रायले थुप्रै साना ठूला पेज र ग्रुपहरु खोलिएका छन । यी सबैबाट करोडौं बिदेशीहरु समेत अनभिज्ञ छैनन । त्यसैले होला मेलबर्नको ला ट्रोब बिस्वबिध्यालयमा बुद्ध जयन्ती मनाउने क्रममा नेपालको पिछडिएको ग्रामीण भेकका जनतालाई सहयोग गर्ने काममा लागि परेका मार्क पिनोलीले नेपालीहरुले अन्तराष्ट्रिय सन्जाल फेसबुकमा बुद्ध नेपालमा जन्मिएको कुराको बाढी नै ल्याएको देखेर आफू प्रभाबित भएको बताए । यसरी यो अभियानले छोटो समयमा वुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रम निस्तेज पार्ने काममा सीमित साधन र श्रोतका बाबजुद गुगल र फेसबुकमा क्रान्ति नै ल्याएको छ ।

बिभिन्न देशको पाठ्य पुस्तकमा नै वुद्ध जन्मस्थलबारे गलत जानकारी हुनु नै वुद्ध जन्मस्थलबारे विस्वब्यापी दिग्भ्रम सनस्याको जरो भएकोले अभियानको तर्फबाट तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई कुटनितिक नियोग मार्फत बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन पर्ने कुरामा जोड दिंदै पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीप कुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कबिताराम श्रेष्ठ सहितको प्रतिनिधि मण्डलद्धारा ज्ञापन पत्र बुझाईएको थियो । त्यसैले कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई गर्नु भएको आग्रहपस्चात त्यहाँको सरकारले पाठ्य पुस्तकमा सच्याउने जुन निर्णय गरेको छ त्यो अभियानको लागि कोसेढुंगा हो र अब अन्य देशमा यही कार्यलाई निरन्तरता दिन सकियो भने यो विस्वब्यापी समस्या समस्या हुनेछैन ।

त्यसरी नै ब्रिटिश म्युजियमलाई त्यहाँ भएको गल्ती सच्याउने निर्णय गर्न लगाइनु, वृहत लुम्बिनी विकास निर्देशक समिति गठन गरिनु, राष्ट्र संघका महासचिब बान्की मून उक्त समितिको अन्तराष्ट्रिय समितिको संयोजक बस्न राजी हुनु, चिनिया प्रतिनिधिहरुले चिनमा पनि त्यहाँको पाठ्यक्रममा भएको गलत जानकारी सच्याउन माथिल्लो तहमा कुरा चलाउने कुरा गर्नु, दक्षिणी गोलार्द्धकै सबैभन्दा ठूलो बुद्ध मन्दिर मानिने सिडनीकोनान टी यान टेम्पलमा भएको गलत जानकारी सच्चिनु, अस्ट्रेलियाका तात्कालिन प्रधानमन्त्री जुलिया गिलार्डलाई वुद्धको जन्मभूमिको तर्फबाट शान्तिका प्रतिमूर्तिको रुपमा अस्ट्रेलियाको बिकासको साथमा शान्तिको कामना सहित वुद्धको मूर्ति उपहार दिइनु र सो उपहार प्रधानमन्त्रीको कार्यकक्षमा राखिनु, नेदरल्याण्डको हेगमा अबस्थित अन्तराष्ट्रिय न्यायालयमा वुद्ध नेपालमा जन्मनु भएको जानकारी सहित वुद्धको मूर्तिको प्रतिस्थापन गरिनु, सामाजिक सन्जालमा धेरै नेपालीहरु स्वत: स्फूर्त रुपमा नागारिकिय बोध गरी बिभिन्न किसिमबाट सकृय हुनु, पूजा आजा, भजन किर्तन र प्रबचनका साथ मनाइने गरिएको वुद्ध जयन्ती यो अभियान शुरु भएपस्चात बिभिन्न देशमा वुद्ध जयन्ती मनाउने क्रममा बिभिन्न संस्थाहरु संयुक्त रुपमा वुद्ध नेपालमा जन्मनु भएको हो भन्ने सन्देशलाई वुद्ध जयन्तीकै अंशको रुपमा मनाउने किसिमको नयाँ संस्कारको बिकास हुनु, रमित ढुंगानाद्धारा Buddha born in Nepal फिल्म अंग्रेजी भाषामा समेत जानकारी राखिने गरी निर्माण कार्य शुरु हुनु, रबी लामिछानेद्धारा ‘विश्वले चिन्ने छ नेपाल’कार्यक्रम मार्फत गिनिज बुकमा रेकर्ड कायम गरिनु आदि अभियानको उद्धेस्य प्राप्तीका लागि भएका उल्लेख्य उपलब्धिहरु हुन । बुझ्नै पर्ने एउटा अत्यन्तै महत्वपूर्ण कुरो के हो भने यो अभियान भनेको अभियानको बिभिन्न तहमा काम गर्नेहरुको समूह नभएर अभियानको उद्धेस्य हो ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सिडनी आउनुन भएको बेला लुम्बिनीको बिकासलाई उच्च प्राथमिकता दिने बान्की मून जस्तो बुद्धिस्ट राष्ट्र संघका महासचिबकै कार्यकालमा लुम्बिनीको बिकास कार्यलाई तिब्रताका साथ अगाडि बढाउन वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा बस्न राजी हुनु भएका मूनको संयोजकत्वमा अन्तराष्ट्रिय समिति गठन कार्यलाई शिघ्रातिशिघ्र अगाडि बढाएर लुम्बिनीको बहुप्रतिक्षित बिकासलाई शिघ्रातिशिघ्र सार्थक रुप दिंदै नेपालको बिकास र बिस्व शान्तिलाई उत्प्रेरित गर्ने कार्यलाई अगाडि बढाइयोस भन्ने आग्रह सहितको पत्र अभियानका तर्फबाट डा भट्टराई मार्फत वृहत लुम्बिनी विकास निर्देशक समितिका संयोजक पुष्प कमल दाहाल प्रचन्डलाई पठाइएको छ ।

त्रिभुवन विश्वविद्यालयको अंग्रेजी दोस्रो वर्षको पाठ्यक्रममा भएको एउटा पुस्तकमा “बुद्ध उत्तरी भारतामा जन्मिएको एउटा राजकुमार थिए” भनी Doren, Charles Van को पुस्तकमा उल्लेख गरिएकोले सो पुस्तक त्रिबिबिको पाठ्यक्रमबाट हटाउनका लागि अभियानले उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ ।

लुम्बिनी कपिलवस्तु दिवस अभियानले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई जीटिभिद्धारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियलभित्र हुन सक्ने संभावित गल्ती सच्याउन सरकारी पहल गरिनु पर्ने र धेरै देशको पाठ्य पुस्तकमा नै वुद्ध जन्मस्थलबारे गलत जानकारी भएको पाइएकोले नेपाल सरकारद्धारा कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरियोस भनी अभियानको ज्ञापन पत्र तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई बुझाएको स्मरण गराउँदै कोरियाको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थलबारे जानकारी सच्याउने निर्णय त्यहाँको सरकारी स्तरबाट नै भैसकेको र चिनमा सच्याउन माथिल्लो स्तरमा कुराकानी अगाडि बढेको सन्दर्भमा बाँकी देशहरुमा समेत नेपाल सरकारले कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरी विस्व जनतालाई सही जानकारी पाउने मानबाधिकार दिलाइयोस भनी अनुरोध गर्दै पत्र लेख्नु भएपस्चात उक्त टेलिसेरियलको पहिलो भागमा “बुद्धको जन्म उत्तर भारतमा भारतवर्ष मगद साम्राज्यको कपिलबस्तु राज्यको लुम्बिनीमा भएको उल्लेख” भएको पाइएकोले उक्त टेलिसिरियल हालमा नेपालमा देखाउन नपाईने ब्यबस्था गरी सो जानकारी सच्याउन लगाउन सरकारी स्तरबाट अबिलम्ब पहल गरियोस भनी अभियानका तर्फबाट अनुरोधात्मक पत्र पुन: लेखिएको छ ।

प्रमाणित गर्ने नभएर सिर्जित दिग्भ्रम निस्तेज पार्ने हाम्रो दायित्व: वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको छ । त्यसैले युनेस्कोले लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेको र जापानले युनेस्को मार्फत लुम्बिनीमा प्रो कनिङ्हामको नेतृत्वमा अत्याधुनिक पुरातात्विक अनुसन्धानात्मक परियोजना शुरु गरेको हो भने प्रो केन्जो टांगे र प्रो क्वाकले लुम्बिनीको गुरु योजना तयार पारेका हुन वुद्ध जन्मस्थल बिकास गर्ने हेतुले र यी दुबै गुरु योजना राष्ट्र संघ आन्तर्गतकै काम हुन । हाम्रो मौनता र कम्जोरीका कारण वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले विस्वब्यापी रुप लिने जुन काम भएको छ यस्ले नेपालको राष्ट्रियता कम्जोर बनाउने र नतमस्तक हुनु पर्ने अवस्था मात्रै सिर्जना भएको छैन, यस्ले वुद्धप्रति आस्थाबानहरु बुद्ध जन्मस्थल जान चाहनेहरु कि त झुक्किएर कि त झुक्याइएर वर्षेनी हजारौंको संख्यामा गलत ठाउँमा पुग्ने पुर्याइने कामले उनीहरुको मानबाधिकार हनन हुने र उनीहरुको आस्थामा कुठाराघात पुर्याइने काम जस्तो काम बुद्धकै नाममा भैराखेकोले हाम्रो अस्तित्व र प्रतिस्ठालाई धुमिल हुनबाट जोगाउँदै र सिर्जित दिग्भ्रम निस्तेज पार्दै यस्ता अनौठा गतिबिधि रोकथाम गरी भैराखेको विस्व मानबाधिकार हनन समाधान कार्यमा योगदान दिनु पनि हो हाम्रो दायित्व यो अभियान मार्फत ।

“पदमा नहुनेले नागरिकीय र पदमा हुनेले पदीय दायित्वबोध गर्ने” हो भने अब अभियानको उद्धेस्य प्राप्ती कार्य धेरै टाँढा छैन धेरै खुल्नु पर्ने ढोकाहरु खुलिसकेकोले । आखिर यो कसैको लागि नभएर आफ्नो क्षमतानुरुप जस्ले पनि केही न केही गर्न सक्ने माटोको ऋण चुक्ता गर्ने एउटा अबसर हो । थुप्रै अन्तराष्ट्रिय ब्यक्ति र संस्थाहरु लुम्बिनीलाई विस्व शान्ति शहर बनाउन लालायित भएको यो सुबर्ण अबसरमा नेपालीहरुको अब थोरै प्रयासले वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज गर्न सकिन्छ । नत्र “रात रहे अग्राख पलाए” हुन सक्छ । यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं भन्ने जस्तो बिदेशीको भनाइको सामू हामी नेपाली नामर्दी भएर कतिन्जेल बसिरहने? अभियानको उद्धेस्य प्राप्ती र यस्लाई उत्प्रेरित गर्ने कार्यलाई लक्षित गरी अभियानको पाँचौं वार्षिकी मनाउने क्रममा नेपालमा हुन गैरहेको यो दोश्रो कार्यक्रमले उल्लेख्य उपलब्धिहरु हासिल गर्ने कुरामा बिस्वस्त छु र यस्को पूर्ण सफलताको कामना गर्दछु ।

रामकुमार श्रेष्ठ
लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व संयोजक  

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: