Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

कस्तुरी र हामी नेपालीमा फरक के त ?

Posted by Ram Kumar Shrestha on December 15, 2013


10150271606462238

अत्यन्तै मीठो वासना आफ्नै नाभीमा बोकेर त्यही बासना अन्यत्रै खोज्दै हिडने कस्तुरी र हामी नेपालीमा तात्विक फरक पाउन कठीन यस कारण छ कि हामीभित्रै भएका अथाह संभाबनाहरुलाई वास्तै नगरी टाँढाका ठूला ठूला कुरा गर्नमा मात्रै नभएर केही गर्न खोज्नेको पनि सहयात्री बन्नेभन्दा पनि बिभिन्न बहानामा भाँडन, ब्यबधान सिर्जना गर्न, प्राथमिकतामा पर्न नसकेको भन्न र देखाउन र टिका टिप्पणी गरी गर्बानुभूति गर्नमा हामी माहिर देखिन्छौं । नेपालको सबैभन्दा महत्वपूर्ण कस्तुरीको रुपमा मानिएको विस्वब्यापी मह्त्वको वुद्धको जन्मस्थल लुम्बिनीको बिकासको लागि विस्वब्यापी महत्व राख्ने ब्यक्ति र संस्थाहरु लागि पर्दा हामी नेपाली भने या त मौनता प्रदर्शन गर्छौं या त कसैले केही गर्न खोज्यो भने पनि अनेक बहानामा ब्यबधान सिर्जना गर्ने, भाँड्ने, जस लिनमा तछाड मछाड गर्ने, अनाबस्यक भ्रम सिर्जना गर्ने किसिमका काम कुरो उठाउने जस्ता काममा सामान्यदेखि लिएर राष्ट्रिय स्तरका ब्यक्ति भनिनेहरु समेत लागि पर्ने गर्छन् या त स्वार्थबस या त संकुचित मानसिकताका कारण र जनस्तरबाट प्राप्त हुन थालेको आदर र समर्थनलाई तिलान्जली दिन्छौं – बिगतका केही ब्यक्तिका गतिबिधिले यो प्रमाणित गरिसकेछ ।

Shrilanka

राष्ट्र संघ अन्तर्गत प्रो केन्जो टांगेले तयार गर्नु भएको लुम्बिनीको गुरु योजना सात बर्षमा पुरा गर्नु पर्नेमा झन्डै चार दशक हुँदा समेत त्यो पुरा हुन नसक्तै राष्ट्र संघ मार्फत नै अर्का प्रो क्वाकले त्योभन्दा ठूलो गुरु योजना तयार गर्ने काम पुरा गरिसकेका छन, तर आपसी झै झगडालाई थांती राखेर हरेक देशमा राष्ट्रियताको बिषयमा सबै एकजुट हुने गरेको पाईदा हामी नेपाली नेपाली भएर सोच्नुभन्दा पनि कि त ए/माओबादी, या त काङ्रेस या त एमाले भएर सोंचेर आफू सम्बद्ध नेताले गल्ती नै बोले पनि आँखा चिम्लेर समर्थन गर्नेहरुका गतिबिधिका कारण यो गुरु योजना पनि पुरा हुने हो कि होइन शंकै छ । देशलाई धरासायी बनाउने प्रमाणित भैसकेका नेताहरुकै बहकाउमा नलागी सबै पार्टीभन्दा माथि उठेर नेपाली भएर नसोंच्ने हो भने लुम्बिनीको बिषयमा अगाडि ठीक्क पारे पनि पछाडि पछाडिबाट दिक्क पार्न लुम्बिनीको बिकासमा केही हुन नदिनेकै कार्यलाई सहयोग पुर्याइरहेका हुनेछौं ।

Dance

बार्बिक्यु र नाचगानको कार्यक्रममा जसरी पनि फुर्सद निकालेर भिड लाग्न सक्ने नेपाली स्वत: स्फूर्त रुपमा नागरिकीय दायित्वबोध गरेर बुद्ध र लुम्बिनीको कार्यक्रममा सकृय र शरिक हुनुभन्दा पनि निम्तोकै अपेक्षा राख्ने, निमन्रणा नै पठाए पनि अनेक बहानामा नआउने र आउने पनि रचनात्मक र सुहाउँदोभन्दा पनि नसुहाउने टिका टिप्पणी गर्ने जस्ता कार्यले गर्दा वुद्ध जन्मस्थलको विस्वब्यापी महत्वका कारण लालायितहरुले कत्ति ठूलो संभाबित अन्तरास्ट्रिय चुनौतिलाई बुझ्दा बुझ्दै अरबौं खर्चेर बिभिन्न गतिबिधी अगाडि बढाइरहँदा समेत हामी नेपालीहरु भने त्यही बिस्वब्यापी महत्वको हिरालाई किरा जस्तो व्यबहार गरिरहेका छौं ।

Participants

यो फोटो २०११ मा लण्डनमा आयोजना गरिएको २६०० औं सम्बुद्ध जयन्तीको हो जस्मा बिभिन्न देशबाट आएका बिशिस्ठ ब्यक्तिहरु र श्रीलन्काका कुटनितिज्ञहरु समेतको उपस्थितिमा खचाखच भरिएको त्यत्ति ठूलो हलमा नेपाली खोज्न आँखा डुलाउँदा एक दर्जन नेपाली पनि भेटिएन । श्रीलन्काका राष्ट्रपतिले कार्यक्रमको लागि शुभ-कामना पठाएका थिए सो कार्यक्रमको लागि । सोही बर्ष राष्ट्र संघमा २५५५ औं बुद्ध जयन्ती राष्ट्र संघका लागि श्रीलंकाली स्थायी नियोगले आयोजना गरेको कार्यक्रममा राष्ट्र संघको महासचिव वान की मुन प्रमुख अतिथि थिए भने नेपाली स्थायी प्रतिनिधि अतिथि बनेर गएका थिए । मेलबर्नमा यो बर्ष सय जनाको हाराहारीको उपस्थितिमा बुद्ध जयन्ती मनाइरहँदा बेन्डिगोमा भने हजारौं बिदेशीहरु जम्मा भएर धुमधामसंग बुद्ध जयन्ती मनाइरहेका थिए । यी यस्ता तथ्यहरु हुन जस्लाई गम्भीर भएर गम्भीर रुपमा सोंच्ने हो भने बिस्वब्यापी महत्व भएका आफ्नै देशमा जन्मिएका बुद्धप्रति नेपालीले प्रदर्शन गरेको एक किसिमको यो सर्बपक्षीय महत्वहीनतालाई यसरी नै निरन्तरता दिने हो भने वुद्ध जन्मनु भएकै देशका कारण नेपालीले गर्बभन्दा पनि हिनताबोध गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । हामी कस्तुरी नेपालीहरु, सबैलाई चेतना भया !!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: