Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for November 29th, 2013

लुम्बिनी-कपिलवस्तु दिवस अभियान : हिजो, आज र भोलि

Posted by Ram Kumar Shrestha on November 29, 2013

वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको छ ।……अभियानको उद्धेस्य बुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने नभएर बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्नु हो 

अभियानले गुगल र फेसबुकमा क्रान्ति नै ल्यायो ।

अभियान नयाँ चरणमा प्रबेश गरेको छ ।

यो कसैको लागि नभएर आफ्नो क्षमतानुरुप जस्ले पनि केही न केही गर्न सक्ने माटोको ऋण चुक्ता गर्ने एउटा अबसर हो ।

रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व संयोजक

Ram Kumar Shresthaवुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले बिस्वब्यापी रुप लिंदासम्म पनि वुद्ध जन्मिनु भएकै देशका तर्फबाट भने देखा परेको सर्बपक्षीय मौनताका कारण सीमित साधन र श्रोतका बाबजुद क्षमताले भ्याएसम्म सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले आफ्नो पाँचौं बार्षिकी मनाउने तयारी गर्दासम्म अभियानको उद्धेस्य प्राप्तीका दृष्‍टिकोणले अनपेक्षित तवरबाट उल्लेख्य उपलब्धीहरु हासिल गर्न सफल भएको छ । बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले बिस्व सामू ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो । धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको तेश्रो बार्षिकोत्सब मनाउने क्रममा अभियानको नाम “लुम्बिनी-कपिलवस्तु दिवस अभियान”मा परिवर्तन गरिएको हो ।

कार्यक्रमलाई निरन्तरता दिन संस्थागत गरिनु पर्ने भएका कारण सन २०१० मा दुई चरणमा विश्व कार्य समिति गठन गरेपस्चात यो छोटो समयमा नै स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल, अस्ट्रेलिया, मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन,  इजरायल, स्वीटजरल्याण्ड, पोल्याण्ड, नेदरल्याण्ड, नर्बे गरी अठार देशमा राष्ट्रिय समिति, तीन देशमा स्टेट स्तरीय समिति, स्कटल्याण्ड र मेलबर्नमा बिस्वबिध्यालयहरुमा, नेपालमा पत्रकार र पर्यटन ब्यबसायीको र लुम्बिनीमा स्थानीय समितिहरु गठन भएका छन भने एनआरएनसंग संयुक्त रुपमा लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति पनि गठन भएको छ । अमेरिका र केही युरोपेली देशहरुमा राष्ट्रिय समिति गठनको तयारी भैरहेको छ ।

अभियानको उद्धेस्य प्राप्तीमा प्राप्त भएका उपलब्धिहरुलाई बिस्तृत रुपमा भन्दा संक्षेपमा बुँदागत रुपमा प्रस्तुत गरिनु बढी सान्दर्भिक ठहर्ला ।

१. जन चेतना जगाउने: नक्काली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण कार्य करीब ८०% सम्पन्न भैसकेको खबर अनलाइन खबर पत्रिकाले प्रकाशित गर्दासम्म पनि देखिएको एक किसिमको सर्बपक्षीय मौनताको कारण नेपालीहरु त्यसबारे अनभिज्ञ हुनु स्वाभाबिकै भएकोले अभियानको शुरुका केही बर्ष तात्कालिन रुपमा देखा परेका बिभिन्न समस्या समाधानका खातिर प्रयासरत रहँदै र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले शक्तिका भरमा नाजायज तबरबाट बुद्धको नामबाट फायदा लिन गरेको त्यस किसिमको निर्माण कार्यको बिरोध गर्दै बिभिन्न किसिमबाट जन चेतना जगाउनमा नै केन्द्रित भयो । सामाजिक सन्जाल, आफ्नो ब्लग, सन्चारका माध्यमहरु र बिभिन्न किसिमका कार्यक्रमहरु यस प्रयोजनका लागि साधन बने ।  Read the rest of this entry »

Advertisements

Posted in Uncategorized | Leave a Comment »

 
%d bloggers like this: