Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

अस्ट्रेलियाको जिलोङमा पहिलो पटक दशैं कार्यक्रम भब्यताका साथ मनाइयो

Posted by Ram Kumar Shrestha on October 17, 2013


Group photo

नेपाली नगन्य रुपमा रहेको अस्ट्रेलियाको जिलोङमा नेपालीहरुले पहिलो पटक दशैं भब्यताका साथ मनाएका छन । लुम्बिनी-कपिलवस्तु दिवस अभियान र जिलोङ नेप्लिज असोशियसनको सकृयतामा भएको सो दशैं कार्यक्रममा नेपालकै बिषयबस्तुमा पिएचडी गर्नु हुने कलिन रोल्स, नेपालको बिभिन्न सामुदायिक बिकासमा बिभिन्न किसिमबाट योगदान दिनुहुने ब्राड क्लार्क लगायत थुप्रै बिदेशीहरुको समेत सहभागिता थियो । जिलोङमा आयोजना गरिएको दुई दिने दशैं कार्यक्रममा मेलबर्नबाट समेत आएर थुप्रै नेपाली र बिदेशीले सहभागिता जनाएर दशैंको शुभ-कामना आदान प्रदान गरे । अस्टमीको दिन लारा निवासी रिक मल्लको घरमा कार्यक्रम आयोजना गरिएको थियो भने दशमीको दिन लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको घरमा । जिलोङ्मा बसोबास गर्ने सबै नेपालीले श्रेष्ठबाट टीका ग्रहण गरे । मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहले समेत मेलबर्नदेखि आएर श्रेष्ठबाट टीका ग्रहण गर्नु भयो भने अस्ट्रेलियन ब्राड क्लार्क र पन्जाबका बिकास कुमार नायकले समेत श्रेष्ठबाट टीका ग्रहण गरेका थिए ।  मधुकर केसीले दशैंसम्बन्धी कविता बाचन गर्नु भएको थियो ।        

Brad with Tika

स्मरण रहोस लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठकै सकृयतामा अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने पाको फेस्टामा जिलोङमा नै नेपालीहरु खासै नभएकोले बिभिन्न शहरबाट नेपालीहरु आएर पहिलो पटक नेपाललाई वुद्ध सगरमाथाको देशको रुपमा चिनाउने काम भएको थियो । सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर, मार्फत परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम भयो । मिस नेपाल अस्ट्रेलिया २०१२ सुश्री दीपाश्री शाहले कुमारी न्रित्य प्रदर्शन गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल टुरिज्म बोर्डका अध्यक्ष एबं संस्कृति, पर्यटन एबं सिभिल एभियसन मन्त्रालयका सचिब सुशिल घिमिरे, भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन र साउथ अस्ट्रेलियाका अबैतनिक महाबाणिज्य दूत महामहिम दीपक धमलाको पनि उक्त कार्यक्रममा सहभागिता थियो ।

Some more photos:

Tika

 

Mahesh

 

 

Small group

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: