Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने काम नयाँ चरणमा

Posted by Ram Kumar Shrestha on September 15, 2013


सबैभन्दा महत्वपूर्ण उपलब्धी र भावी रणनीति: बिभिन्न देशको पाठ्य पुस्तकमा नै वुद्धको जन्मस्थल भारत लेखिएकोले करोडौं मानिसले त्यही पढ्ने हुनाले उनीहरुद्धारा सिर्जित कुनै पनि गतिबिधिमा त्यस्को प्रभाव पर्नु स्वाभाबिकै हो तापनि यो कुनियत भने होइन । जाकारीयालाई धेरै दबाब दिंदा पनि आत्मालोचना नगर्नु, ब्रिटिश म्युजियममा डा सोना दत्तको काम, नक्कली लुम्बिनी निर्माण आदि भने कुनियत हुन । यसरी ठूला ठूला बिभिन्न समस्या हुँदाहुँदै पनि समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले अभियानको तर्फबाट तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई कुटनितिक नियोग मार्फत बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाईएको थियो । त्यसैले कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई गर्नु भएको आग्रहपस्चात त्यहाँको सरकारले पाठ्य पुस्तकमा सच्याउने जुन निर्णय गरेको छ त्यो अभियानको लागि कोसेढुंगा हो र अब अन्य देशमा यही कार्यलाई निरन्तरता दिन सकियो भने यो विस्वब्यापी समस्या समाधान कार्य समस्या हुनेछैन ।   

प्रमाणित गर्ने नभएर सिर्जित दिग्भ्रम निस्तेज पार्ने हाम्रो दायित्व: “वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने काम कहाँ पुग्यो?” जस्तो प्रश्न यदाकदा आउने गर्छन् । वुद्धBuddh new logo नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको छ । त्यसैले युनेस्कोले लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेको र जापानले युनेस्को मार्फत पाँच बर्षे परियोजना शुरु गरेको हो भने प्रो केन्जो टांगे र प्रो क्वाकले लुम्बिनीको गुरु योजना तयार पारेका हुन वुद्ध जन्मस्थल बिकास गर्ने हेतुले र यी दुबै गुरु योजना राष्ट्र संघ आन्तर्गतकै काम हुन । हाम्रो मौनता र कम्जोरीको फायदा उठाएर शक्तिको भरमा वुद्धको बिस्वब्यापी महत्वका कारण त्यसबाट लालायितहरुले गलत कुरालाई सही जस्तो देखिने गरी वुद्ध भारतमा जन्मेको भन्ने किसिमले बिभिन्न देशको पाठ्य पुस्तक, ठूला ठूला संग्रहालयहरु, प्रभाबशाली अन्तरास्ट्रिय संस्थाहरु एबं पत्रिकाहरु, नक्कली लुम्बिनी र कपिलवस्तु आदि मार्फत दिग्भ्रमलाई विस्वब्यापी बनाउने जुन काम भएको छ यस्ले नेपालको राष्ट्रियता कम्जोर बनाउने र नतमस्तक हुनु पर्ने अवस्था मात्रै सिर्जना भएको छैन, यस्ले वुद्धप्रति आस्थाबानहरु बुद्ध जन्मस्थल जान चाहनेहरु कि त झुक्किएर कि त झुक्याइएर वर्षेनी हजारौंको संख्यामा नक्कली लुम्बिनी पुग्ने पुर्याइने कामले उनीहरुको मानबाधिकार हनन हुने र उनीहरुको आस्थामा कुठाराघात पुर्याइने काम जस्तो जघन्य आपराधिक काम बुद्धकै नाममा भैराखेकोले सिर्जित दिग्भ्रम निस्तेज पार्दै यी सबै आपराधिक काम रोकथाम गरी भैराखेको विस्व माबाधिकार हनन समाधान कार्यमा योगदान दिनु पनि हो हाम्रो अस्तित्व र प्रतिस्ठालाई धुमिल हुन नदिने काम गर्दै ।

 By रामकुमार श्रेष्ठ

बिशेष अनुरोध: ठूला ग्रुप मेलहरुका कारण यो मेल पाँच हजारभन्दा बढीमा पुग्ने भएको र यो जानकारी दिने प्रयोजनका लागि लेखिएकोले लेख्नै पर्ने नीतिगत कुरामा बाहेक “Reply all” नगरिदिनु हुन बिशेष अनुरोध । फर्किने केही मेलहरुका कारण संधै जस्तै “Reply” भन्दा पनि बरु छुट्टै मेल गर्नु भयो भने मेल प्राप्ती कार्य सहज हुनेछ । मूलत: लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पाँचौं वार्षिकी तयारी, र अहिलेसम्मका मूलभूत उपलब्धिहरुको समिक्षात्मक बिस्लेषण र भावी दिनका प्राथमिकतामा केन्द्रित यो ईमेल केही लामो भएको र यस्मा केही महत्वपूर्ण जानकारीका लिंकहरु समेत राखिएको पूर्व जानकारी गराइन्छ । (Target groups: Political leaders, Diplomatic missions, Movement activists, NRN activists, intellectuals, journalists and public)

१ अभियानको पाँचौं वार्षिकोत्सब का कार्यक्रमहरु: वुद्धको विस्वब्यापी महत्वका कारण लालायितहरुद्धारा नेपालको कम्जोरीको फायदा उठाएर शक्तिका भरमा वुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको विस्वब्यापी दिग्भ्रमलाई निस्तेज पार्ने उद्धेस्यका साथ सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले छोटो समयमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्दै पाँचौ बर्ष प्रबेषको अबसरमा आगामी डिसेम्बर १ मा बिभिन्न देशमा बिशेष रुपमा कार्यक्रम मनाउने तयारीमा छ तपसिलका कार्यक्रमहरुलाई समेटेर:

  • दुई बर्ष अघि नेपालमा आयोजित कार्यक्रममा प्रबिधिको प्रयोग मार्फत अर्को देशको प्रतिनिधिलाई समेत सहभागी गराइएको फरक प्रस्तुतिभन्दा प्राबिधिक दृष्‍टिकोणले अझै परिस्कृत किसिमबाट अस्ट्रेलियाको मेलबर्न र सिडनीमा आयोजित दुई फरक कार्यक्रमहरुलाई एउटै कार्यक्रमको रुपमा सन्चालन गरिने भिन्न प्रस्तुतिलाई टिभिद्धारा प्रत्यक्ष प्रसारणार्थ तयारी हुँदै ।
  • नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउन उल्लेख्य योगदान दिनुहुने अन्तराष्ट्रिय पहिचान कायम गरेका केही बिदेशी एबं राष्ट्रिय स्तरका केही नेपालीहरु लगायतका उपयुक्त थुप्रै स्वदेशी एबं बिदेशीहरुलाई बिभिन्न देशमा सम्मान गरिने । (सम्मान समिति: प्रो डा कविताराम श्रेष्ठ, केदार शाक्य, रामकुमार श्रेष्ठ, ओम गुरुङ, डा हरि कुमार श्रेष्ठ, डा कृष्ण अर्याल)
  • बरिस्ठ साहित्यकार प्रो डा कविताराम श्रेष्ठ, गोर्खापत्रका पूर्व संपादक/ लुम्विनी विस्वविध्यालयका पूर्व रजिस्टार केदार शाक्य र रामकुमार श्रेष्ठको संपादक मण्डल मार्फत अनलाइन स्मारिका प्रकाशित गरिने । संभबत एउटा बिदेशी पत्रिकाको प्रधान संपादकलाई अतिथि संपादकको रुपमा संलग्न गराइने ।
  • नेपाल-बेल्जियम कुटनीतिक सम्बन्धको ५० औं बार्षिकी मनाउने सिलसिलामा बेल्जियमका केही महत्वपूर्ण स्थानहरुमा बुद्ध नेपालमा जन्मनु भएको सन्देश सहितको वुद्धको मूर्ति प्रतिस्थापन गर्ने प्रयास अनुरुप एउटा विस्वविध्यालयमा पत्राचार शुरु भैसकेको ।
  • छिट्टै बिभिन्न समितिहरु गठन गरिने । अभियानमा आबद्ध थुप्रै पत्रकारहरु हुनुहुन्छ र पनि यो अभियान सबैको साझा भएकोले संचार समूहमा बसी सहयोग गर्न इच्छुक पत्रकार साथीहरुले यथाशिघ्र नाम दिनु हुन अनुरोध ।
  • यो महिनादेखि नेपालको लुम्बिनी नै बुद्धको जन्मस्थल हो भन्ने सन्देश जाने किसिमले बिदेशीहरुसंग सामान्य किसिमको अन्तर्वार्ता प्रकाशित गर्न शुरु गरिने र पाँचौं वार्षिकोत्सबको समयमा भने प्रभाबशाली ब्यक्तिहरुसंग लिइने ।

२ अभियान ‘जस’ को पछि नलाग्ने: बिभिन्न देशमा रहेर नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउन लागिपर्नु हुनेहरुको गतिबिधिहरुलाई हामी उच्च प्राथमिकताका साथ प्रचार प्रसार गर्ने गरेका छौं ।

कोरियाको पाठ्य पुस्तकमा बुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउने काम, राष्ट्र संघका महासचिब मून वृहत लुम्बिनी विकास अन्तराष्ट्रिय समितिको संयोजक बस्न राजी भएको समाचार, प्रो. क्वाकले तयार पारेको वृहत लुम्बिनीको गुरु योजना आदिको प्रचार प्रसार गर्ने र हिमालयन भ्वाइसले गरेको काम र नक्कल्ली कपिलवस्तुबारेको समाचार पहिलो पटक प्रकाशित गर्ने अनलाइन खबर प्रसँगलाई हामी बेला बेलामा उठाउने गर्छौं । बिजय ढकालले त्रिभुवन बिमानस्थलमा लुम्बिनी बुद्धको जन्मस्थल भएको जानकारी राख्न खेल्नु भएको भूमिकालाई प्रचार प्रसार गर्यौं । यस्को अर्थ उहाँहरुले गर्नु भएको कामको जस अभियानले लिने प्रयास गरेको नभएर उहाँहरुले गर्नु भएको कामले अभियानको उद्धेस्य प्राप्तीमा आ-आफ्नै किसिमले भूमिका निर्बाह गर्ने भएकोले गर्ने ब्यक्ति र गरिएका कामहरुलाई प्रचार प्रसार गरी अभियानको उद्धेस्य प्राप्तीमा त्यस्तै अथवा अन्य गतिबिधिहरु गर्न वा गर्न लगाउन अभिप्रेरित र उत्प्रेरित गर्नु हो । किनकि अरुले गरेको जति निस्प्रभावी र आफूले गरेको मात्रै प्रभाबकारी भन्दै अरुले गरेका कामलाई छायाँमा पार्न खोज्ने कामले इतिहास तोड मोड गरी भावी पिढिलाई यथार्थबोध हुनबाट बन्चित गर्ने भएकोले यस्लाई जघन्य आपराधिक काम मानिन्छ । समय बलवान छ – आज सानो भएको भोली ठूलो हुन सक्छ भने आज ठूलो भएको भोली सानो ।  आरियाना हफिङटनले कुनै बेला पुस्तक प्रकाशनार्थ थुप्रै प्रकाशकको ढोका ढकढक्याउन पुग्न परेको थियो, तर आज उनैको पत्रिकामा संसारभरका लाखौं मानिस प्रत्येक दिन रमाइरहेका हुन्छन भने उनी बिस्वका ठूला ठूला नेताहरुसंग भलाकुसारी गर्न सहजै पुग्छिन । त्यसैले सकिन्छ सबैलाई उनीहरुले गरेको कामको प्रसंशा गर्दै त्यसबाट सबैलाई अभिप्रेरित र उत्प्रेरित गर्ने हो महाकवी देवकोटाले भने झैं “मै खाउँ मै लाउँ सुख सयल मोज मै गरूँ, मै हाँसु मै नाचूँ अरु सब मरुन दुर्बलहरू “ लाई आँफैमा प्रमाणित गर्ने किन? धेरै पहिला जस्तो आफ्नै देशको समाचार सुन्न झ्यालमा बसेर रेडियोको एरिएल लामो बनाएर बिबिसी सुन्नु पर्ने अबस्थामा नेपाली जनता नभएर दुर्गममा बस्नेहरु पनि तर्क र बिस्लेषण गर्न सक्ने गरी जन चेतना बिकास भैसकेको अवस्था छ अहिले ।

अभियानको तर्फबाट ओबामालाई लेखिएको पत्र को केही दिनमा नै अमेरिकी जुता कंपनीले आफ्नो वेब साइटबाट जुत्ता हटाएको करीब दुई महिनापछि  एमालेको अनुरोधमा सरकारले चिट्ठी लेखेपछि वेब साइटबाट जुत्ता हटाइएको समाचार कान्तिपुरमा र त्यस अघि पनि अभियानले प्राप्त गरेको एउटा महत्वपूर्ण उपलब्धिलाई अभियानले आफ्नो ब्लग ब्रेकिङ न्यूजमा सीमित गरेको केही समयपछि थुप्रै पत्रिकामा अर्कै समाचार आए तापनि अभियान मौन बस्यो । किनकि पहिलो, दायित्वबोध गरेर गरिने कामको नियमितता र निरन्तरताबाट जस्तो यस किसिमको जश चिरस्थायी हुँदैन र दोश्रो, जश लिनकै लागि मात्रै गरिने कामको जशले ढिलो चाँढो ‘भुइंको टिप्दा पोल्टाको पोखिने’ रुप लिन सक्छ । “कर्म गर, तर फलको आश नगर” सन्देशबाट हामी कोही अनभिज्ञ छैनौं ।

यसरी अभियानको उद्धेस्य प्राप्तीमा सहायकसिद्ध सामग्रीहरु सक्दो प्रचार प्रसार गर्नुको तात्पर्य अभियानको उद्धेस्य प्राप्तीमा हुने र हुन सक्ने कुनै पनि काम, कुरोलाई अभिप्रेरित गर्दै ती सबै मार्फत अभियानको उद्धेस्य प्राप्ती कार्यलाई उत्प्रेरित गर्नु हो । यी यथार्थतालाई बुझ्नेहरुले वृहत लुम्बिनी विकास निर्देशक समिति गठनको लागि मन्त्री परिषद निर्णय गरिंदा र राष्ट्र संघका महासचिब बान्की मून उक्त समितिको अन्तराष्ट्रिय समितिको संयोजक बस्न राजी हुँदा समेत हामीलाई बधाई दिए जुन अस्वाभाबिक र असान्दर्भिक देखिए तापनि स्वाभाविक र सान्दर्भिक पनि छ ।

कुरोको चुरो: यो अभियान शुरु हुनु अघि मैले लेखेको सामग्री डा कविताराम श्रेष्ठले प्रचार प्रसार गर्ने क्रममा सो सामग्री उहाँको नाममा छापिएपछि उहाँले लेख्नु भएको थियो, “भाइ, तपाईंको सामग्री मेरो नाममा छापिएछ, के गर्ने?” मैले भनें, “दाइ, दाइको नाममा छापिए पनि मेरो नाममा छापिए पनि अथवा अझ तेश्रो ब्यक्तिको नाममा छापिए पनि मलाई फरक पर्दैन, मुख्य कुरो काम हुनु पर्यो, सो सामग्री बढीभन्दा बढी प्रचार प्रसार हुनु पर्यो अहिलेको अवस्थामा ।” मेरा लेखका अंशहरु कत्तिले स्टाटसको रुपमा राख्दा अथवा भिडिओमा प्रयोग गर्दा आवाज उठाइराख्नु पर्ने देख्दैनौं – आखिर प्रचार प्रसार नै भैराखेकोले । एनआरएनको सिडनी क्षेत्रीय भेलामा लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समितिको लागि पहिला सहमति जनाएर पनि अन्तिम समयमा एक जनाले हाइर्यार्कीको प्रसंग निकाल्नु हुँदा मैले भनेको थिएँ, “हामीहरुको लागि पदभन्दा काम महत्वपूर्ण भएकोले हाम्रो संगठनात्मक ढाँचा पनि सोही अनुरुपको छ ।” यी कर्तब्यपरायणताका आधारशिलाहरु हुन । जो कर्तब्यमुखी हुन्छन उनीहरु अभियानको कुनै निकायमा नभए पनि अभियानमा हुनेहरुभन्दा सकृय पनि छन । कत्तिलाई समाचार पठाउनै पर्दैन अभियानको ब्लग र मेरो स्टाटसबाट नै समाचार राखिसकेका हुन्छन भने कोही कसैलाई अभियानको समाचार नराख्न र आफ्नो आधिकारिक साइटमा अभियानको नामै नराख्न आदेश दिनेहरु पनि छन । र पनि अहिलेसम्मका उपलब्धिहरुका आधारहरुमा बारंबार जोड दिने गरेको “पदमा नहुनेले नागरिकीय र पदमा हुनेले पदीय दायित्वबोध गर्ने” हो भने अब अभियानको उद्धेस्य प्राप्ती कार्य धेरै टाँढा छैन धेरै खुल्नु पर्ने ढोकाहरु खुलिसकेकोले । आखिर यो कसैको लागि नभएर आफ्नो क्षमतानुरुप जस्ले पनि केही न केही गर्न सक्ने माटोको ऋण चुक्ता गर्ने एउटा अबसर हो ।

अभियानको विस्वब्यापी सन्जाल: विस्व कार्य समिति गठनपस्चात अभियानको तेश्रो बार्षिकोत्सब मनाउनु अघि स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिए । नाम परिवर्तन गरिएपस्चात मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन, इजरायल, स्वीटजरल्याण्ड, पोल्याण्ड, नेदरल्याण्डनर्बे गरी राष्ट्रिय समितिको संख्या अठार पुगेको छ । त्यसरी नै नेपालमा पत्रकारहरुको र पर्यटकन ब्यवसायमा संलग्नहरुको र स्थानीय स्तरमा समेत समितिहरु गठन गर्ने काम भए भने स्कटल्याण्ड र मेलबर्नको लाट्रोब युनिभर्सिटीमा बिध्यार्थीहरुको र जर्मन र अस्ट्रेलियामा स्टेट स्तरीय समिति पनि गठन भएका छन । पाँचौं वार्षिकी मनाउनु अघि अमेरिका लगायत केही देशहरुमा राष्ट्रिय समिति गठन गर्ने तयारी भैरहेको छ । अभियानको विस्व कार्य समिति जापान संयोजक एबं जापान एनआरएन तात्कालिन अध्यक्ष ओम गुरुङको मूल संयोजकत्वमा एनआरएनको सिडनी क्षेत्रीय भेलामा लुम्बिनी प्रबर्द्धन अन्तराष्ट्रिय समिति समेत गठन भएको छ जस्लाई हालसम्म सकृय नगराइए तापनि यस्लाई सकृय गराउनु पर्ने उपयुक्त समय आउँदैछ ।

फेसबुकले संसार हल्लाउँदा केही नेपाली अझै आँफै हल्लिंदै: केही भन्ने गर्छन्, “फेसबुकमा मात्रै हल्ला गरेर के हुन्छ र?” पहिलो, अभियानका गतिबिधिलाई नबुझ्नु र अध्ययन नगरिनुको परिणाम हो यो भनाइ । दोश्रो, यसपालीको वुद्ध जयन्तीको एउटा कार्यक्रममा एकजना बिदेशीले भने, “फेसबुकमा नेपालीहरुले वुद्ध नेपालमा  जन्मेको भन्ने सामग्रीको बाढी नै ल्याइदिए” । बिदेशीले समेत देखेको यो बाढी भारतीहरुले नदेख्ने भन्ने कुरै भएन । त्यसैले भारत वुद्ध भारतमा जन्मेको भन्नेबाट वुद्धिज्म भारतमा जन्मेको भन्नेतिर लाग्न पुगे, रामदेव नेपाल आउँदाअमिताभ बच्चनद्धारा सन्चालित प्रसिद्ध टिभी कार्यक्रमकौन बनेंगा करोडपति कार्यक्रममा वुद्ध नेपालमा नै जन्मेको भन्न बिबस भए । तेश्रो, फेसबुकमा सवा मिलियनभन्दा बढी समर्थक भएको पिबिएस, आधा मिलियनभन्दा बढी समर्थक भएको जाकारीया र करीब चार लाख समर्थक भएको व्रिटिश म्युजियमको पेजहरु, दैनिक लाखौंले पढने हफिङ्टन पोस्टमा गएर र केही अंग्रेजी भाषाका लेखकलाई पत्र लेखेर आबस्यक पर्दा हामीले चलाएको छलफल लाखौं बिदेशीहरुबाट छुपेको छैन । त्यसरी नै यही बिषयबस्तुलाई साथ दिने अभिप्रायले फेसबुकमा खोलिएका थुप्रै ग्रुपका गतिबिधिले बिदेशीमा पारेको प्रभाबलाई निस्प्रभावी भन्न सकिन्न ।

अस्ट्रेलियामा हालै अभियानको उद्धेस्य प्राप्ती कार्यमा महत्वपूर्ण उपलब्धी हुने कार्यक्रममा नेपालबाट आउनु भएको बरिस्ठ पत्रकारलाई पनि सहभागी गराउन खोजिंदा भारती नेताहरुले समेत वुद्ध नेपालमा जन्मेको कुरा स्वीकारिसकेको अवस्थामा वुद्ध नेपालमा जन्मेको मुद्धा उठाइराख्नु उपयुक्त नहुने आसयको अभिब्यक्ति दिए । पहिलो कुरो त भारतीय नेतादेखि अन्य बिशिस्ठ ब्यक्तिहरुले किन, कसरी र कत्ति छटपटिपूर्ण तवरबाट स्वीकार्न वाध्य छन भन्ने कुरा स्पस्ट छ । दोश्रो, आवाजविहीनका आवाज उठाउन र नसुनिएका कुरा सुनाउन खोजपूर्ण पत्रकारिताको भूमिका निर्बाह नगर्नेलाई राज्यको चौथो अंग कसरी भन्ने भन्दै फेसबुक जस्ता सामाजिक सन्जाल राज्यको चौथो अंग भनिनु पर्ने आवाज यदाकदा सुन्नमा पनि आउँछन । अन्य देशमा हुन्थ्यो भने सरकारले केही नगरे यस्तो बिषयबस्तुमा संचार जगतले हंगामा मच्चाउँथ्यो, तर हामीकहाँ यो आवाज उठाउनेहरुका लागि लामो समय फेसबुक नै ठूलो सहारा बन्यो र अझै पनि बिदेशबाट सन्चालित संचारका माध्यम नै बढी सहयोगी बनेका छन । यसरी संसार हल्लिंदा अझै बरिस्ठ पत्रकार नै समेत यस्तो संवेदनशील बिषयबस्तुलाई प्राथमिकतामा पार्नु र अध्ययन गर्नुको अलावा पंन्छिन खोज्ने प्रवृति अत्यन्तै दु:खदायी हो । ठूलो र शक्तिशाली छ भन्दैमा हरेक बलमिच्याइँमा देखे नदेखे, सुने नसुने र बुझे नबुझे झैं गरी बस्ने हो भने नेताहरुलाई मात्रै तिर्थस्थल जाने आरोप लगाउनुको अर्थ के त ? बरिस्ठ पत्रकार किशोर नेपालले समेत राजनीतिक पार्टीको मात्रै नभएर ठूला मेडियाको समेत चाबी सीमानापारी छ भन्ने अवस्था सिर्जना भएको यो अवस्थामा अरुले जे गरे पनि मौन बस्ने हो भने देशकै चाबी अन्त पुग्न कत्ति समय लाग्ला र? राष्ट्रियता जस्तो संबेदनशिल बिषयमा अलिकति चुक्दा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको ब्यक्ति भनिनेहरुले सामना गर्न परेको असहज परिस्थिति हामीबाट छिपेको छैन । र पनि जुन भू-राजनितिक अबस्थाका कारण नेपालको आन्तरिक मामला कम्जोर देखिन्छ त्यही नै नेपालको अस्तित्व सहजै गुम्न नसक्ने कारण पनि बन्न पुगेको छ । तेश्रो, कतिपयले यस्लाई भारत बिरोधीको रुपमा लिएर आफ्नो गौरबशाली ईतिहासलाई बिर्संदै खुट्टा कमाउने गर्छन्, तर यो त सत्यको प्रतिरक्षाको लागि हो, झुक्केर वा झुक्याइएर वुद्ध जन्मस्थल जान चाहनेहरु बर्षेनी हजारौंलाई भारत पुर्याइने कामले उनीहरुको मानबाधिकार हनन हुनबाट जोगाउँदै उनीहरुको आस्थामा कुठाराघात हुन नदिने महान काम हो । न त अभियानले ओबामालाई पत्र लेख्दा न त कोरियाका राष्ट्रपतिलाई तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको पाठ्यक्रम सच्याउन लेख्दा भारतको बिरोध गर्न परेको छ । भारतको बिरोध नगरेरै पनि काम गर्न सकिन्छ र पनि सानो भन्दैमा जे पनि सहन गर्न सक्ने क्षमता स्वाभिमानी नेपालीमा कसरी संभब होला र?

हेग ब्रिटिश म्युजियम प्रसंग: विश्वकै ख्याति प्राप्त ब्यक्तिहरुको पूर्ण तथा अर्धकदका प्रतिमाहरु रहेको अन्तर्राष्ट्रिय न्यायालयको एक कक्षमा शान्तिका प्रतिमूर्ति बुद्धको प्रतिमा राख्न नेपाल सरकार मार्फत प्रकृया अगाडि बढाइएकोमा न्यायालयले न्यायाधिशहरु बस्ने कोठा अगाडि बुद्धको मूर्ति राख्न अनुमति दिएपस्चात वुद्धको मूर्ति प्रतिस्थापनको साथसाथै वुद्ध नेपालमा जन्मिनु भएको सन्देश छुटाउन नहुने कुरामा मैले जोड दिएँ । छोटो समयमा नै ब्रिटिश म्युजियममा सिर्जना गरिएको ब्यापक जन दबाबका कारण ब्रिटिश म्युजियमले वुद्धको जन्मस्थल बिषयमा भएको जानकारी सच्याउने निर्णय गरे तापनि दक्षिण एशिया हेर्ने क्युरेटर भारती भएको कारण सच्याउने क्रममा गोलमटोल भाषा प्रयोग गरी सच्याउनुको कुनै अर्थ नहुने गरी सच्याएकोले ब्रिटिश म्युजियम जस्तो बिस्व स्तरीय म्युजियमले आफ्नो निर्णय स्पस्ट भाषामा स्पस्ट किसिमबाट सच्याउने काम नभएकोले आफ्नो निर्णय सबैलाई स्वीकार्य हुने किसिमले पुन: सच्याइनु पर्छ भनी पेटिशन मार्फत पुन: दबाब दिनु परेको अनुभव हामीसंग छ । हेगमा मैले जोड दिएको कुरो नगरिएको भए त्यहाँ कार्यरत भारती न्यायाधिशले जे जस्तो किसिमबाट कुरा गरे त्यसबाट ब्रिटिश म्युजियममा जस्तै भारतीले आफ्नै किसिमले फायदा लिने काम पुन: दोहोरिन सक्ने स्पस्ट संभावना देखियो ।

हेगमा वुद्धको मूर्ति प्रतिस्थापन कार्यले वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज नै भएको हो कि भन्ने किसिमका अभिब्यक्तिहरु पनि आएको पाइयो । समस्याको स्वरुप र, समस्याको जडबारे जानकारी नहुनु र भएको कामको विस्वब्यापी प्रभाब आदि कुराको बिस्लेषण नगरिनुको परिणति हो यस किसिमको अभिब्यक्ति । समस्या समाधानका क्रम चम्चा, गाग्री र ट्यान्करमा बिकास हुँदै आएको छ र समाधान गरिनु पर्ने कार्यको बिकराल रुप अझै हाम्रो सामू छ ।

प्रमाणित गर्ने नभएर सिर्जित दिग्भ्रम निस्तेज पार्ने हाम्रो दायित्व: “वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने काम कहाँ पुग्यो?” जस्तो प्रश्न यदाकदा आउने गर्छन् । वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको छ । त्यसैले युनेस्कोले लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेको र जापानले युनेस्को मार्फत पाँच बर्षे परियोजना शुरु गरेको हो भने प्रो केन्जो टांगे र प्रो क्वाकले लुम्बिनीको गुरु योजना तयार पारेका हुन वुद्ध जन्मस्थल बिकास गर्ने हेतुले र यी दुबै गुरु योजना राष्ट्र संघ आन्तर्गतकै काम हुन । हाम्रो मौनता र कम्जोरीको फायदा उठाएर शक्तिको भरमा वुद्धको बिस्वब्यापी महत्वका कारण त्यसबाट लालायितहरुले गलत कुरालाई सही जस्तो देखिने गरी वुद्ध भारतमा जन्मेको भन्ने किसिमले बिभिन्न देशको पाठ्य पुस्तक, ठूला ठूला संग्रहालयहरु, प्रभाबशाली अन्तरास्ट्रिय संस्थाहरु एबं पत्रिकाहरु, नक्कली लुम्बिनी र कपिलवस्तु आदि मार्फत दिग्भ्रमलाई विस्वब्यापी बनाउने जुन काम भएको छ यस्ले नेपालको राष्ट्रियता कम्जोर बनाउने र नतमस्तक हुनु पर्ने अवस्था मात्रै सिर्जना भएको छैन, यस्ले वुद्धप्रति आस्थाबानहरु बुद्ध जन्मस्थल जान चाहनेहरु कि त झुक्किएर कि त झुक्याइएर वर्षेनी हजारौंको संख्यामा नक्कली लुम्बिनी पुग्ने पुर्याइने कामले उनीहरुको मानबाधिकार हनन हुने र उनीहरुको आस्थामा कुठाराघात पुर्याइने काम जस्तो जघन्य आपराधिक काम बुद्धकै नाममा भैराखेकोले सिर्जित दिग्भ्रम निस्तेज पार्दै यी सबै आपराधिक काम रोकथाम गरी भैराखेको विस्व माबाधिकार हनन समाधान कार्यमा योगदान दिनु पनि हो हाम्रो अस्तित्व र प्रतिस्ठालाई धुमिल हुन नदिने काम गर्दै ।

महत्वपूर्ण उपलब्धिहरु: अभियानको उद्धेस्य प्राप्तीमा अनपेक्षित तवरबाट निकै महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन । कुनै बेला गुगलमा प्राप्त भएको सफलतामा खुशीयाली मनाएकोमा हाल गुगलमा बुद्धको जन्मस्थल खोज्दा अथाह सामग्री हाम्रो अनुकूल प्राप्त हुने बातावरण तयार हुनु, ब्रिटिश म्युजियमलाई त्यहाँ भएको गल्ती सच्याउने निर्णय गर्न लगाइनु, वृहत लुम्बिनी विकास निर्देशक समिति गठन, राष्ट्र संघका महासचिब बान्की मून उक्त समितिको अन्तराष्ट्रिय समितिको संयोजक बस्न राजी, कोरियाको पाठ्य पुस्तकमा जानकारी सच्याउने सरकारी निर्णय, चिनिया प्रतिनिधिहरुले चिनमा पनि त्यहाँको पाठ्यक्रममा भएको गलत जानकारी सच्याउन माथिल्लो तहमा कुरा चलाउने कुरा गर्नु, दक्षिणी गोलार्द्धकै सबैभन्दा ठूलो बुद्ध मन्दिर मानिने सिडनीकोनान टी यान टेम्पलमा भएको गलत जानकारी सच्चिनु, अस्ट्रेलियाका तात्कालिन प्रधानमन्त्री जुलिया गिलार्डलाई वुद्धको जन्मभूमिको तर्फबाट शान्तिका प्रतिमूर्तिको रुपमा अस्ट्रेलियाको बिकासको साथमा शान्तिको कामना सहित वुद्धको मूर्ति उपहार दिइनु र सो उपहार प्रधानमन्त्रीको कार्यकक्षमा राखिनु, नेदरल्याण्डको हेगमा अबस्थित अन्तराष्ट्रिय न्यायालयमा वुद्ध नेपालमा जन्मनु भएको जानकारी सहित वुद्धको मूर्तिको प्रतिस्थापन गरिनु, सामाजिक सन्जालमा धेरै नेपालीहरु स्वत: स्फूर्त रुपमा नागारिकिय बोध गरी बिभिन्न किसिमबाट सकृय हुनु, अभियान शुरु भएपस्चात बिभिन्न देशमा वुद्ध जयन्ती मनाउने क्रममा बिभिन्न संस्थाहरु संयुक्त रुपमा वुद्ध नेपालमा जन्मनु भएको हो भन्ने सन्देशलाई वुद्ध जयन्तीकै अंशको रुपमा मनाउने किसिमको नयाँ संस्कारको बिकास हुनु, रमित ढुंगानाद्धारा Buddha born in Nepal फिल्म अंग्रेजी भाषामा समेत जानकारी राखिने गरी निर्माण कार्य शुरु हुनु आदि अभियानको उद्धेस्य प्राप्तीका लागि भएका उल्लेख्य उपलब्धिहरु हुन । त्यस्तै नेपालमा लुम्बिनी गेटको लागि बिध्यार्थी खाजा खर्चबाट रु १ अभियानमा ऐक्यबद्धता जनाउँदै अस्ट्रेलिया निवासी पूजा श्रेष्ठ र पुरक श्रेष्ठले जनही ५० अस्ट्रेलियन डलरका दरले १०० अस्ट्रेलियन डलर प्रदान गर्ने बाल निर्णयलाई महत्व नदिनु न्यायोचित नठहर्ला ।

सबैभन्दा महत्वपूर्ण उपलब्धी भावी रणनीति: बिभिन्न देशको पाठ्य पुस्तकमा नै वुद्धको जन्मस्थल भारत लेखिएकोले करोडौं मानिसले त्यही पढ्ने हुनाले उनीहरुद्धारा सिर्जित कुनै पनि गतिबिधिमा त्यस्को प्रभाव पर्नु स्वाभाबिकै हो तापनि यो कुनियत भने होइन । जाकारीयालाई धेरै दबाब दिंदा पनि आत्मालोचना नगर्नु, ब्रिटिश म्युजियममा डा सोना दत्तको काम, नक्कली लुम्बिनी निर्माण आदि भने कुनियत हुन । यसरी ठूला ठूला बिभिन्न समस्या हुँदाहुँदै पनि समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले अभियानको तर्फबाट तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई कुटनितिक नियोग मार्फत बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाईएको थियो । त्यसैले कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई गर्नु भएको आग्रहपस्चात त्यहाँको सरकारले पाठ्य पुस्तकमा सच्याउने जुन निर्णय गरेको छ त्यो अभियानको लागि कोसेढुंगा हो र अब अन्य देशमा यही कार्यलाई निरन्तरता दिन सकियो भने यो विस्वब्यापी समस्या समाधान कार्य समस्या हुनेछैन ।

अस्ट्रेलियाको प्रधानमत्रीलाई बुद्ध नेपालमा जन्मनु भएको सन्देश सहित वुद्धको मूर्ति उपहार दिने जुन काम भयो त्यस्लाई अन्य देशमा पनि निरन्तरता दिने र समाचार नेपालीमा भन्दा अंग्रेजी वा स्थानीय भाषामा प्रकाशित/ प्रसारित गर्न लगाउन सकियो भने यस्को बहुआयामिक महत्व हुनेछ । यसैले यो समाचार नेपालीमा बनाउँदै बनाइएन र बिदेशी पत्रिका मार्फत पनि राम्रो सर्कुलेशन भएको देखिन्छ । न्यूज ब्लिजका प्रधान संपादकबाट प्राप्त जानकारी अनुसार अस्ट्रेलियाली नेता लगायत अन्यका बीच यस्लाई लैजान आँफै सकृय भएकोले औषत नेपाली पत्रिकामा भन्दा बढी सर्कुलेशन भएको देखिन्छ  अत्यन्तै महत्वपूर्ण सामाजिक सन्जालहरु मार्फत समेत ।

नेपाल चिन दौत्य सम्बन्धको ५८ वर्ष पुगेको अबसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सुनिल प्रजापतिले चिनको पाठ्यक्रममा बुद्ध भारतमा जन्मेको कुरा लेखिएकोले त्यस्लाई सुधार गर्न र बुद्ध नेपालमा जन्मिएको लेख्न आग्रह गर्नु भएकोमा चिनिया प्रतिनिधिहरुले चिनमा यसबारे माथिल्लो तहमा कुरा चलाउने बताएका थिए । बुद्धिस्ट चिनियाहरुमा नै पनि झन्डै ९० प्रतिशतले वुद्ध भारतमा जन्मेको बताउने कुरा प्रकाशमा आएकोले विस्वको झन्डै २०% जनता भएको चिनमा यो समस्या समाधान गरिनु भनेको संसारको झन्डै २०% जनता बीचमा भएको समस्या समाधान मानिनु पर्ने हुन्छ । झन्डै २०% जनता भएको भारत अब बिस्तारै पछाडि हटदैछ । यसैले बिभिन्न देशको पाठ्य पुस्तकमा पनि चिनको पाठ्य पुस्तकको समस्या समाधान अभियानको सर्बाधिक प्राथमिकताको बिषय हो । अन्य देशको पाठ्य पुस्तकमा भएको समस्याबारे यत्ति धेरै चिन्ता लिंदा आफ्नै देशमा समेत त्यही समस्या भएको कुरो उल्लेख गर्नुको पिडाबाट समेत हामी मुक्त हुन सकेका छैनौं – बिडम्बना ।

एनआरएनको नयाँ पहिचान बन्न सक्थ्यो: १ डिसेम्बर २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा मनाउने निर्णय हुने बित्तिकै तात्कालिन रुपमा एनआरएनले कार्यक्रमलाई आधिकारिक रुपमा समर्थन गरोस र दीर्घकालीन रुपमा एनआरएनले राष्ट्रियताको बिषयमा आवाज नउठाएको ब्यापक जन गुनासो पाइएकोले यो संबेदनशील बिषयलाई एनआरएनको राष्ट्रियता जस्तो बिभाग अन्तर्गत राखेर काम गरियोस भन्ने आशयको पत्राचार शुरु गरें । बर्तमान अध्यक्ष एबं तात्कालिन उपाध्यक्ष जीवा लामिछानेले तात्कालिन संरक्षक उपेन्द्र महतो लगायतलाई मस्कोमा छलफलको लागि आव्हान गर्दै जानकारी सहितको पत्र पठाउनु भयो । त्यसपछि एउटा संबेदनशील डकुमेण्ट्रीको लागि संभाबित सहयोगबारे लेखें । तर उहाँहरुको दोहोरो नागरिकता र लगानीकै बिषयबस्तुमा भएको ब्यस्तताले यस्मा ध्यान दिन नसक्नु भएको बुझिएकोले शुरु गरिएको कार्यलाई निरन्तरता दिंदै उठान गरिएको मुद्धालाई टुङोमा पुर्याउने प्रयास गर्न एउटा छुट्टै अभियानको सूत्रपात गरियो । एनआरएनको तयार भैसकेको सन्जाल मार्फत यस्लाई अगाडि बढाउन पाएको भए अझ ठूला र उल्लेख्य उपलब्धिहरु हासिल गर्न सकिने र एनआरएनबारे उठेका जन गुनासोलाई यस कार्यले सन्तुलनमा ल्याइ यो मुद्धा यस्को थप पर्याय बनी एनआरएनको छबिलाई उच्च बनाउन सहयोगी बन्न सक्ने कुरामा सन्देह थिएन, तर नयाँ सन्जाल सिर्जना गरिनु पर्ने, अगाडि ठीक्क पछाडि दिक्क मात्रै नभएर कत्ति त अगाडि नै समेत दिक्क पार्ने अनेकन अबरोध, ब्यबधान जस्ताका बाबजुद पनि प्राप्त भएका उल्लेख्य उपलब्धिहरुलाई एनआरएनको पूँजिगत लगानी र अभियानको राष्ट्रियताको भावना र गतिबिधिको लगानीलाई एकै ठाउँमा ल्याएर सशक्त रुपमा अगाडि बढन सकिन्छ कि भन्ने आशयले एनआरएनको सिडनी भेला हुनुभन्दा करीब दुई महिना अघिदेखि गरिएको गृहकार्यमा पछिल्लो समयमा देखा परेका असहज बातावरणका बाबजुद “लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति” गठन गरियो । २००९ मा मैले गरेको आग्रहको करीब पाँच महिनापस्चात एनआरएनको पहिलो नेपाल प्रबर्द्धन टास्क फोर्स मिटिङमा गरिएका निर्णयहरुमा छैटौं बुँदामा Campaign Adoption for Nepal Promotion: Buddha Nepal Campaign उल्लेख गरिएको स्मरण गराउनु पनि सान्दर्भिक नै ठहर्ला ।

ब्रिटिश म्युजियमको बिषयमा वेलायतबासीहरुलाई बिशेष आग्रह: हजारौं नेपालीको दबाबका कारण ब्रिटिश म्युजियमले वुद्ध जन्मस्थल बिषयको जानकारी सच्याउन गरेको निर्णयलाई त्यहाँ कार्यरत दक्षिण एशियाको जिम्मेवारी पाएको क्युरेटर डा सोना दत्त भारती भएका कारण त्यस्लाई उपेक्षा गर्दै खेलबाड गर्ने दुस्साहस गरेकाले वेलायत छाडेर अस्ट्रेलिया आउने बेलामा विस्व स्तरीय म्युजियमले आफ्नो निर्णयको कार्यन्वयन गर्नु पर्ने कुरामा जोड दिंदै पेटिशन पोस्ट गरेर आएको थिएँ । वेलायत बस्ने नेपालीले ब्रिटिश म्युजियमका निर्देशक Neil MacGregor लाई नै भेटेर कुरा गर्ने हो भने यो मुद्धा टुङिनेछ । दूताबासको पनि पूर्ण सहयोग हुने यो कार्यमा यो अभियानमा बिभिन्न किसिमबाट आबद्ध काजी शेर्पा, संगिता मरहट्टा, सुरेन्द्र श्रेष्ठ, बिकल आचार्य, र अभियानको त्यहाँका पदेन सल्लाहकार (एनआरएनका बर्तमान र पूर्व अध्यक्ष) हरु सबैलाई केही घण्टा खर्चेर यो मुद्धालाई टुङो लगाउन बिशेष आग्रह छ । सो बिषयको कान्तिपुरको समाचारमा मेरो भनाइ पढनु भएकोले नेपालबाट आउने बित्तिक्कै राजदूतले फोन गरेर नेपाल सरकारको प्रतिनिधिको हैसियतमा जस्तोसुकै सहयोग पनि गर्न तयार भएको बताउनु भएको थियो भने पछि पनि म्युजियमले आफ्नो सच्याउने निर्णय कार्यन्वयन नगरेको बिषयमा कुरा भएका थिए । त्यसैले राजदूत र डा कबिताराम श्रेष्ठलाई समेत लिएर जानु भयो टिममा भने यो मुद्धा टुङो लाग्ने कुरामा शंका छैन । नागरिकीय र पदीय दायित्व पुरा गर्न पछि किन पर्ने ?

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सिडनी आउनुन भएको बेला लुम्बिनीको बिकासलाई उच्च प्राथमिकता दिने बान्की मून जस्तो बुद्धिस्ट राष्ट्र संघका महासचिबकै कार्यकालमा लुम्बिनीको बिकास कार्यलाई तिब्रताका साथ अगाडि बढाउन वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा बस्न राजी हुनु भएका मूनको संयोजकत्वमा अन्तराष्ट्रिय समिति गठन कार्यलाई शिघ्रातिशिघ्र अगाडि बढाएर लुम्बिनीको बहुप्रतिक्षित बिकासलाई शिघ्रातिशिघ्र सार्थक रुप दिंदै नेपालको बिकास र बिस्व शान्तिलाई उत्प्रेरित गर्ने कार्यलाई अगाडि बढाइयोस भन्ने आग्रह सहितको पत्र अभियानका तर्फबाट डा भट्टराई मार्फत वृहत लुम्बिनी विकास निर्देशक समितिका संयोजक पुष्प कमल दाहाल प्रचन्डलाई पठाइएको कुरा जानकारी दिनु शायदै असान्दर्भिक ठहर्ला ।

अभियानको उद्धेस्य प्राप्ती कार्यलाई सहज् बनाउने धेरै ढोका खुलिसकेको अवस्थामा सबैले आ-आफ्नो क्षमतानुरुप नागरीकिय र पदीय दायित्व बोध गरी यो अभियानको उद्धेस्य प्राप्ती कार्यमा लाग्ने हो भने उद्धेस्य प्राप्ती लक्षमा केन्द्रित भएर अभियानको दशौं बार्षिकोत्सब बिशेष रुपमा मनाउने तयारी नगर्नु पर्ने अवस्था पनि आउन सक्ने भएकोले त्यो बातावरण तय गर्न सबैको सहयोग प्राप्त हुने कुरामा अभियान आशाबादी छ । हजारौंमा शेयर हुने पोस्टिङ् थुप्रै भएको, तर चिनिएका ५% पनि नदेखिने वास्तबिकताले खुट्टा कमाउने, भाँड्ने र पलायन हुने जस्ता कार्यले अभियानको उद्धेस्य अधुरो रहने संभावना बिल्कुलै देखिंदैन । भारतीहरु पछाडि हटन थालेको र थुप्रै अन्तराष्ट्रिय ब्यक्ति र संस्थाहरु लुम्बिनीलाई विस्व शान्ति शहर बनाउन लालायित भएको यो सुबर्ण अबसरमा नेपालीहरुको अब थोरै प्रयासले वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज गर्न सकिन्छ । नत्र “रात रहे अग्राख पलाए” हुन सक्छ । यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं भन्ने जस्तो बिदेशीको भनाइको सामू हामी नेपाली नामर्दी भएर कतिन्जेल बसिरहने?

Published Links:

Buddha born in Nepal
A1Nepal
Brussel Nepal
Ramkshrestha
Complete Nepal

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: