Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेदरल्याण्डको द हेगमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको सत्रौं राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on June 27, 2013


Netherland National Committee

२४ जुन, २०१३ हेग, नेदरल्याण्ड, दामोदरप्रसाद आचार्य:  विश्वमा शान्तिका अग्रदुत र एसियाको प्रकाशको रुपमा परिचित गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको विषयमा कतिपय देशका जनतामा रहेको भ्रम र पाठ्यपुस्तकहरुमा समेत रहेको गलत जानकारीहरुलाई सच्याउन प्रयास गर्ने उद्धेश्यका साथै छिमेकी मुलुक भारतले विहार राज्यको पिपरहवामा नक्कली लुम्बिनी कपिलवस्तुको निर्माण कार्य अन्तिम चरणमा पुर्याएर विश्वभर शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी कपिलवस्तु नेपालमा भएको शास्वत सत्यलाई दिग्भ्रमित बनाउदै गएको परिवेशमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान (कपिलवस्तु दिवस अभियान) को सूत्रपात भएको हो ।

बुद्धकै जन्मस्थलका तर्फबाट अन्तराष्ट्रियस्तरमा सिर्जित दिग्भ्रम र दुष्प्रचारलाई निराकरण गरी बुद्धको जन्मस्थल नेपालमा रहेको सत्यलाई दृढताका साथ स्थापित गर्ने प्रयास गरेको अवस्था नदेखेपछि अन्तत: विदेशमा छरिएर रहेका नेपालीहरुले जनस्तरबाट सन् १ डिसेम्वर २००९ ईतिहासमा  पहिलो पटक कपिलवस्तु दिवसको नामबाट १ डिसेम्वरलाई विश्व दिवसको रुपमा विश्वभर बुद्धको जन्मस्थल नेपालमा रहेको तथ्यलाई स्थापित गर्न विभिन्न कार्यक्रम गरि मनाउने कार्यको थालनी भयो । 

सन् १ डिसेम्वर २०११ मा यस अभियानको काठमान्डौमा भएको अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीले अभियानको नाम परिमार्जन गरि “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” नामाकरण गरियो । अभियानको तेश्रो बार्षिकोत्सब मनाउनु अघि स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिए । नाम परिवर्तन गरिएपस्चात मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन, इजरायल, स्वीटजरल्याण्ड र पोल्याण्डमा राष्ट्रिय समिति गठन भएपछि राष्ट्रिय समितिको संख्या सोर्ह पुगेको छ । त्यसरी नै नेपालमा पत्रकारहरुको र पर्यटकहरुको समिति गठन गर्ने र स्थानीय स्तरमा समेत समितिहरु गठन गर्ने काम भए भने स्कटल्याण्ड र मेलबर्नको लाट्रोब युनिभर्सिटीमा बिध्यार्थीहरुको र जर्मन र अस्ट्रेलियामा स्टेट स्तरीय समिति पनि गठन भएका छन ।

सन् २४ जुन २०१३ मा नेदरल्याण्डको द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय परिसरको पिस प्यालेसमा बुद्धको प्रतिमा प्रतिस्थापन कार्यक्रममा अभियानको तर्फबाट प्रतिनिधित्व गर्नुभएका अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको सहभागिता र सक्रियताका साथै अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ र विश्व समिति सल्लाहकार प्रो. डा. कविताराम श्रेष्ठको सल्लाह र सुझाव अनुरुप उक्त ऐतिहासिक अवसरको सन्दर्भमा पछि विस्तार गर्न सकिने गरि हाललाई सात सदस्यीय तथा ३ सल्लाहकारसहितको अभियानको १७ औं लुम्बिनी-कपिलवस्तु दिवस अभियान राष्ट्रिय समिति, नेदरल्याण्ड गठन गरिएको छ । राष्ट्रिय समिति गठनको अबसरमा अभियानका बिस्व कार्य समितिका बेल्जियम संयोजक सन्तोष न्यौपानेको पनि उपस्थिति थियो ।

उक्त समितिको राष्ट्रिय संयोजकमा नेपाली जनसम्पर्क समिति, नेदरल्याण्डका संस्थापक उपाध्यक्ष कृष्णराज अधिकारी चयन हुनुभएको छ । अन्य संयोजकहरुमा पत्रकार दिनेश खरेल, समाजसेवी गोविन्दप्रसाद घिमिरे, अन्तर्राष्ट्रिय कलाकार मंच, नेदरल्याण्डको अध्यक्ष श्रीमती सावी रिजाल, एरो इन्जिनियर विद्यार्थी अभय सेन अधिकारी, व्यवसायी श्रीमती सीता चुडाल, एनआरएन राष्ट्रिय समन्वय परिषद, नेदरल्याण्डका सदस्य उत्तम कंडेल रहनु भएको छ । राष्ट्रिय समिति सल्लाहकारहरुमा एनआरएन नेदरल्याण्डका पूर्व अध्यक्षद्धय हरि पौडेल र शसि पौडेल र एनआरएन नेदरल्याण्डका अध्यक्ष नारायणप्रसाद आचार्य रहनु भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: