Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

बुद्धकै देशमा बुद्धप्रतिको श्रृंखलाबद्ध बेवास्ता र अनादर?

Posted by Ram Kumar Shrestha on June 11, 2013


बौद्ध गुम्बा अथवा बौद्धमार्गीहरुमाथि संसारको कुनै पनि कुनामा हुने आक्रमण स्थानीय समस्याको रुपमा सीमित नहुने बर्तमान बिस्व सन्दर्भमा लुम्बिनीको बिकासमा झन्डै साँढे चार दशक बिभिन्न अन्तराष्ट्रिय ब्यक्ति र संस्थाहरु अथकित तवरबाट लागिपर्दा पनि बुद्धकै देशका तर्फबाट भने खासै चासो नदर्शाइनुले नतमस्तक हुनु पर्ने अवस्था सिर्जना भैरहेकोमा सुर्खेतको  दु:खद घटनाले विश्वको सामू अझै नतमस्तक हुनु पर्ने अवस्था सिर्जना गरिदिएको छ । हामीले पस्किने आदर्शहरु र स्पष्टिकरणहरु मात्रै व्याबहारिक रुपमा हाम्रो नतमस्तकको औषधी बन्न नसक्ने भैसकेको छ ।

रामकुमार श्रेष्ठ

Ramराष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमण गरेपस्चात १९७० मा राष्ट्र संघमा एउटा अन्तराष्ट्रिय समिति गठन गराए र संयुक्त राष्ट्र बिकास कार्यक्रमले जापानी आर्किटेक्ट प्रो। केन्जो टाङेलाई लुम्बिनिको बिकासको विस्तृत कार्य योजना बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो १९८५ मा संपन्न गरिने लक्ष अनुरुप, तर साँढे तीन दशक बितिसक्ता पनि त्यस्ले पूर्णता नपाउँदै प्रो योङ हून क्वाकद्धारा अझ ठूलो गुरु योजना बनाउने काम संपन्न भैसकेको छ । १९८१ मा राष्ट्र संघका अर्का महासचिब कुर्त वाल्डहेइमले लुम्बिनीको भ्रमण गरे भने १९८९ मा अर्का महासचिब जाभियर पेरेज डे केलारले । १९९७ मा युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पर्यो । १९९८ मा बिस्व बुद्धिस्ट भेलाले लुम्बिनीलाई “Fountain of World Peace” घोषणा गर्योा भने १९९९ मा राष्ट्र संघले प्रो क्वाकलाई “Fountain of World Peace”  अबधारणानुरुप लुम्बिनी बिकास कार्य योजना तयार गर्ने जिम्मा दियो । २००४ को बिस्व बुद्धिस्ट भेलाले लुम्बिनीलाई “बिस्व शान्ति शहर” को रुपमा घोषणा गरे । २००८ मा राष्ट्र संघका बर्तमान महासचिब बान्की मूनले लुम्बिनीको भ्रमण गरे भने २०१२ मा उन्को दोश्रो नेपाल भ्रमणको तयारीलाई बिस्व जनमानसलाई आस्चर्य चकित तुल्याउँदै केही नेपालीद्धारा नै तुहाउने काम भयो । २००९ मा श्रीलंकाका रास्ट्रपति महिन्दा राजापाक्सले नेपाल भ्रमण गर्दा औपचारिक भ्रमण शुरु गर्नु अघि बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणलाई प्राथमिकतामा पारे । त्यसरी नै बहुचर्चित एपेक र युनिडो आफ्नै किसिमले कृयाशिल छन लुम्बिनी बिकासको लागि । यसरी अन्तराष्ट्रिय स्तरका संस्थाहरु र ब्यक्तिहरु करोडौंका आस्थाका केन्द्र शान्तिका अग्रदूत बुद्धको जन्मस्थल लुम्बिनी बिकासमा उच्च प्राथमिकताका साथ निरन्तर लागिरहँदा बुद्धकै देशका नेपाली भने अरुले गरेका सहयोग कार्यन्वयनलाई समेत प्राथमिकतामा पार्न नसक्ने, आफूले पनि केही नगर्ने र अरुले केही गर्न लाग्दा समेत उल्टो बिभिन्न बहानामा ब्यबधान र भ्रम सिर्जना गर्ने गरेर नेपालको लुम्बिनी बिकासलाई पूर्णता दिन नचाहनेहरुको सपनालाई साकार पार्ने कामले गर्दा बिस्वब्यापी महत्वका बुद्धको देशका भनेर गर्ब गर्न सकिन्छ बिदेशमा भन्ने मानसिकता कतै नतमस्तक हुनुपर्ने अवस्थामा परिणत हुने त होइन भन्ने चिन्ता देखिन थालेको छ धेरैमा आजकाल ।

विश्वमा झन्डै पचास करोड बुद्धिस्ट छन् भने बुद्धिज्मलाई धर्मभन्दा पनि बिज्ञानको रुपमा मान्नेहरु पनि लाखौं भएकाले लुम्बिनीमा पर्यटनको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा बर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिने देखिन्छ जुन नेपालको बिकासमा कायापलट ल्याउन सहायकसिद्ध हुन सक्छ । ब्यबस्थित तवरबाट बुद्धका सन्देशहरु प्रचार प्रसार गर्ने र योगा ध्यान गराउने हो भने यस्ले राष्ट्र संघको बिस्व शान्ति उद्धेस्य प्राप्तीमा उल्लेख्य योगदान दिन सक्छ । यसैले ठूला ठूला अन्तराष्ट्रिय संस्थाहरु र ब्यक्तिहरु समेत लुम्बिनीलाई मेक्का, मेदिना र भ्याटिकन सिटि जस्तै बनाउन लालायित देखिन्छन । लुम्बिनीलाई विश्वका धेरैले भ्रमण गर्ने क्षेत्रका रूपमा विकास गर्ने गुरुयोजनाको सार अनुरुपको गुरुयोजना प्रो क्वाकले हालै तयार गरिसकेका छन । पूर्वप्रधानमन्त्री दाहालको अध्यक्षतामा गठन गरिएको बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशक समितिले राष्ट्रसंघका महासचिव बानलाई बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशक समितिको अन्तराष्ट्रिय समितिको संयोजकको भूमिका निर्बाह गर्न राजी गराएको लामो समय ब्यतित हुँदा समेत उक्त अन्तराष्ट्रिय समिति गठन कार्य अगाडि नबढाइकोले लुम्बिनीको बिकासलाई उच्च प्राथमिकता दिने उहाँ जस्तो बुद्धिस्ट राष्ट्र संघका महासचिबकै कार्यकालमा लुम्बिनीको बिकास कार्यलाई तिब्रताका साथ अगाडि बढाउन मूनको संयोजकत्वमा अन्तराष्ट्रिय समिति गठन कार्यलाई शिघ्रातिशिघ्र अगाडि बढाएर लुम्बिनीको बहुप्रतिक्षित बिकासलाई छिटोभन्दा छिटो सार्थक रुप दिंदै नेपालको बिकास र बिस्व शान्तिलाई उत्प्रेरित गर्ने कार्यलाई अगाडि बढाइयोस भन्ने आग्रहका साथ लुम्बिनी-कपिलवस्तु दिवस अभियानका तर्फबाट पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सिडनी आउनु भएको बेला उहाँ मार्फत प्रचन्डलाई पत्र पठाइएको छ ।

लुम्बिनी बिकासका सकारात्मक संभाबनाहरु बन्दै आएको सन्दर्भमा कुनै पनि बहाना र नाटक नगरी लुम्बिनी बिकासमा आ-आफ्नो क्षमता र स्तर अनुसारको योगदान दिंदै देश बिकास र बिस्व शान्तिमा योगदान दिने प्राप्त सुबर्ण अबसरलाई अझै पनि केही समूह ब्यक्तिगत र समूहगत स्वार्थभन्दा माथि उठन नसकेको देखिन्छ । त्यसैले बेला बखतमा सुन्न र पढन पाइने बिदेशीको भनाइ र लेखाइ “यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं” ले हामी नेपालीलाई माल पाएर चाल नपाएको रुपमा उपहास गरिरहेको देखिन्छ ।

संसारभरी नै २५५७ औं बुद्ध जयन्ती भब्यताका साथ मनाइरहेको बेलामा बुद्धमार्गीले सुर्खेतको काँक्रेविहारमा बुद्धमूर्ति राख्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गर्यो। झडपमा चार प्रहरी र १७ बुद्धमार्गी घाइते भए। प्रहरी हस्तक्षेपका बाबजुद काँक्रेविहार परिसरको पिपलचौतारीमा राखिएको बुद्धको १७ फिट अग्लो मूर्ति प्रहरीले सोही दिन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पुर्यायो। बौद्ध गुम्बा अथवा बौद्धमार्गीहरुमाथि संसारको कुनै पनि कुनामा हुने आक्रमण स्थानीय समस्याको रुपमा सीमित नहुने बर्तमान बिस्व सन्दर्भमा लुम्बिनीको बिकासमा झन्डै साँढे चार दशक बिभिन्न अन्तराष्ट्रिय ब्यक्ति र संस्थाहरु अथकित तवरबाट लागिपर्दा पनि बुद्धकै देशका तर्फबाट भने खासै चासो नदर्शाइनुले नतमस्तक हुनु पर्ने अवस्था सिर्जना भैरहेकोमा सुर्खेतको  दु:खद घटनाले विश्वको सामू अझै नतमस्तक हुनु पर्ने अवस्था सिर्जना गरिदिएको छ । हामीले पस्किने आदर्शहरु र स्पष्टिकरणहरु मात्रै व्याबहारिक रुपमा हाम्रो नतमस्तकको औषधी बन्न नसक्ने भैसकेको छ ।

लुम्बिनी बिकासमा राष्ट्रिय र अन्तराष्ट्रिय ब्यक्तिको नेतृत्वको कारण देखा पर्दै आएको बर्तमानका सकारात्मक पक्षलाई सदुपयोग गर्न यो वा त्यो बहानामा ब्यबधान खडा गर्नुभन्दा मैले कसरी योगदान सक्छु भनेर नागरिकले नागरिकीय र जिम्मेवार पदमा बस्नेले पदीय दायित्वबोध गर्ने हो भने लुम्बिनी छिट्टै मेक्का मेदिना र भ्याटिकन सिटी जस्तै संसारभरिका पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने कुरामा सन्देह छैन । आफूले केही गर्न नसके पनि केही गर्न खोज्नेको लागि ब्यबधान सिर्जना नगरिदिंदा मात्रै पनि यस्ले सत्यका पर्यायबाची बुद्धमाथि उन्कै नामलाई दुरुपयोग गर्दै उन्को बिस्वब्यापी महत्वबाट लालायितहरुद्धारा बुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको दिग्भ्रमका कारण गरिएको घोर अन्यायको पनि बिस्तारै अन्त्य गर्दै जानेछ । यसो गर्न सकिएमा मात्रै सत्यका पर्यायबाची बुद्धमाथि साँचो अर्थमा आदर गरेको ठहरिनेछ । लुम्बिनी बिकास चुकाइका कारण बिस्व सामू लज्जित हुन पर्ने यावत कारणहरु भैराखेको बेला देखा परेको सुर्खेतको काँक्रेविहार घटना स्थानीय समस्या मात्रै नभएर बिस्व सामू नेपाललाई अरु थप लज्जित बनाउने कलंकित घटनाको रुपमा देखा परेको छ । अतस् समस्या समाधानका लागि उठेका कानूनका कुराहरुलाई व्यबहारसम्मत बनाएर संबन्धित निकायद्धारा शिघ्रातिशिघ्र समस्या समाधानमा अग्रसरता दर्शाइनु पर्छ ।

BiswoKhabar: बुद्धकै देशमा बुद्धप्रतिको श्रृंखलाबद्ध बेवास्ता र अनादररु.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: