Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

भारतीय नागरिकहरूले कुटे नेपाल प्रहरीलाई

Posted by Ram Kumar Shrestha on June 7, 2013


495432916334

पर्सा  २४ जेठ, । नेपालभित्रको खोलाबाट बालुवा लिन रोक लगाएको भन्दै भारतीय नागरिकहरूले नेपाल प्रहरीलाई कुटपिट गर्नुका साथै प्रहरीको एक थान हतियारसमेत लुटेर लगेका छन् ।

पर्साको महादेवपट्टी गाविसको बलुवा गाउँमा पर्ने ओरिया खोलाबाट बुधबार राति बालुवा निकाली रहेका भारतीय नागरिकलाई रोक्न गएका इलाका प्रहरी सेढवाका प्रहरीमाथि हमला गरी एक थान थ्री–नट–थ्री राइफल लुट्नुका साथै प्रहरी जवान सुनिल रिमाललाई कुटपिट गरी घाइते बनाएका थिए ।

भारतीय गाउँ भङ्गहाका बासिन्दाहरूले बालुवा निकाल्न लागेको सूचना पाएपछि इलाका प्रहरी चौकी सेढवाका प्रहरी नायब निरीक्षक गोपाल थामीको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीलाई घेरा हाली कुटपिट गर्दा प्रहरी जवान रिमालको हात भाँच्चिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।

बालुवा निकासी रोक्न पुगेका प्रहरीलाई करिब २०० को सङ्ख्यामा रहेका भङ्गहावासीले घेरा हाली कुटपिट गरेका थिए । उनीहरूले प्रहरी जवान रिमालले बोकेको राइफलसमेत लुटेको श्री खतिवडाले बताउनुभयो ।

नेपाली सीमाक्षेत्रमा रहेको ओरिया खोलाबाट विगतदेखिनै लुकिछिपी भङ्गहावासीले बालुवा गिट्टी निकाल्दै आएका थिए । यसैबीच, भारतीय प्रहरीले लुटिएको हतियार नेपाल प्रहरीलाई फिर्ता गरेको छ । भारत र नेपालको सीमाक्षेत्रका सुरक्षा अधिकारीको बिहिबार बसेको बैठकले सीमा क्षेत्रको दशगजामा दुवै पक्षबाट कुनै गतिविधि नगर्ने सहमति भएको नायब उपरीक्षक खतिवडाले बताउनुभयो ।

समाज, पर्सा मा प्रकासित भएको

One Response to “भारतीय नागरिकहरूले कुटे नेपाल प्रहरीलाई”

  1. prabha said

    This is really too much for Nepali. We need to stand together to face with this unacceptable behaviour.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: