Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

यो इण्डिया हो कि विराटनगर ?

Posted by Ram Kumar Shrestha on April 26, 2013


१२ बैशाख, बिराटनगर । झट्ट हेर्दा यो दृश्य भारतको कुनै सरकारी कार्यालय परिसरको हो कि जस्तो लाग्न सक्छ । तर, वरिपरि तारजाली लगाइएको र भारतीय झण्डा फहराइएको यो महल कुनै भारतीय भूमिको नभई मोरंग जिल्लाको विराटनगर १७ मलाया रोडमा रहेको छ । र, यो त्यही घर हो, जसलाई वैद्य माओवादी समूहले तत्कालै हटाउन नेपाल सरकार र भारतीय दूताबाससँग बारम्बार माग गर्दै आएको छ ।

news-pic

भारतीय झण्डा फहराई कडा सुरक्षा दिइएको यस घरलाई भारतीय दूताबासको फिल्ड अफिस नाम दिइएको छ । तर, यो कार्यालय हटाउन अघिल्लो सरकारका पालामा नेपाल सरकारले दूताबासलाई लिखित पत्राचार गरिसक्दा पनि भारतले यसलाई अटेर गरेर राखिरहेको छ । अझ केही व्यक्तिहरुलाई उचालेर भारतीय पक्षले उक्त कार्यालय हटाए नेपालकै अहित हुने लविङसमेत भइरहेको छ ।

भारतमा बेलायती साम्राज्यले शुरुमा व्यापारका लागि इष्ट इण्डिया कम्पनी खोलेर त्यसैका माध्यमबाट सिंगै देश कब्जा गरेझैं विराटगरमा खोलिएको फिल्ड कार्यालयको कथा पनि ठ्याक्कै यस्तै छ । सन् २००८ मा कोशी नदीका बाढी पीडितका लागि भनेर यो कार्यलय स्थापना गरिएको हो । सामान्य टेबल र कुर्सी राखेर खडागरिएको कार्यालय नेपाल सरकारले सन् २०११ मै हटाउन निर्देशन दिएको थियो । तर, परराष्ट्र मन्त्रालयले दुई वर्ष पहिले नै कार्यालय हटाउन दुतावासलाई पत्र लेखे पनि भारतीय दूताबासले नेपाल सरकारको आग्रहलाई पूरै बेवास्ता मात्रै गरेन, कार्यालयलाई विस्तार गरेर अधिकृत स्तरको कर्मचारी राख्नुका साथै बरगाछीबाट कार्यालय सारेर मुख्य बजारमा पुर्यायो । दुतावासले अटेर गरेपछि गत फागुन दोस्रो साता तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुतावासलाई फील्ड कार्यालय हटाउन अर्को पत्र लेखे । तैपनि दुतावासले नेपाल सरकारको पटक पटकको निर्देशनलाई बेवास्ता गर्दै अहिलेसम्म कार्यालय हटाउन चासो दिएको छैन ।

कोशी पूर्व भारतीयहरुले कार्यालय स्थापना गरेर नेपालको विकास निर्माण एवं अन्य राजनीतिक मामिलामा चर्को हस्तक्षेप गर्दै आएका छन् भने मिथिला क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन गरेर ढुंगा, गिटी र बालुवा भारत ओसार्ने काम गरिएको छ । भारतको सडक विस्तारसँगै नेपालको प्राकृतिक सम्पदामाथि ठूलो दोहन भारतीय पक्षबाट भइरहेको छ । यस विषयमा राष्ट्रपति डा रामवरण यादवले पनि चिन्ता प्रकट गर्दै आइरहनुभएको छ ।

सरकारी अधिकारीसमेत हैरान

पूर्वी नेपालका हरेक आन्तरिक गतिविधिमाथि भारतीय कार्यालयका कर्मचारीले हस्तक्षेप र निगरानी बढाएर हैरान बनाएको सरकारी अधिकारीहरुले समेत गुनासो गरेका छन् । च्याङथापुबाट चीनलाई जोड्ने बाटो बनाउँदा समेत सो कार्यालयका भारतीयहरुले सोधेर हैरान पार्ने गरेका छन् । ‘केही गर्नै हुन्न, दबाव आइहाल्छ ।’- पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका एक अधिकारीले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा अनलाइनखबरसँग भने-’बिराटनगरमा खोलिएको वाणिज्य अफिसका नाममा भारतीयहरुले नेपालको आन्तरिक मामिमालामा बढ्ता हस्तक्षेप गर्न थालेका हुन् ।’

कोशी नदीमा बाढी आएपछि भारतले आफ्नो भूमि हुँदै पूर्वपश्चिम आवत जावत गर्ने नेपाली यात्रुका लागि भनेर बिराटनगरको बरगाछी चौकमा सामान्य कार्यालय खोलेको थिए । पछि सोही कार्यालयलाई मलाया रोडमा सारेर नेपाली मामिलामाथि कडा निगरानी गर्न थालिएको हो ।

कोशी नदीमा भारतले उच्चकोशी बाँध परियोजना सञ्चालन गर्न खोजिरहेको र नेपालका केही राजनीतिक समूहले चर्को विरोध गरिरहेको अवस्थामा भारतले यहाँका बाटो निर्माणदेखि अन्य विकास कार्यमासमेत चासो बढाएको स्थानीय विश्लेषकहरु बताउँछन् । ‘कहिले कोशी नदीमा दर्जनौं ट्याक्टर लगेर बालुवा उधिनिरहेको देखिन्छ, के गरेको भनेर सोध्यो भने बाढी नियन्त्रणका लागि भन्ने जवाफ आउँछ ।’-सुनसरी निवासी एक स्थानीयले भने ।

बिराटनगरमा खोलिएको भारतीय कार्यालय गैरकानूनी भएको भन्दै वैद्यपक्षीय माओवादी एवं विभिन्न जातीय संगठनहरुले विरोध जनाउँदै आएका छन् । कार्यालय हटाउन माग गर्दै वैद्य पक्षको ३३ दलले भारतीय दूतावास घेर्नेसम्मको कार्यक्रम तय गरेको छ ।

भारतसँग कारोवार गर्ने, विशेष गरी भारतीय मूलका केही उद्योगी, व्यापारी एवं नेपाली काँग्रेसका केन्द्रीय नेताहरुले भने सो फिल्ड कार्यालय हटाइए जनताको सुविधा खोसिने भन्दै यसको बचाऊ गर्दै आएका छन् । काँग्रेस नेता महेन्द्र यादवले खुलेरै भारतीय दुतावासको समर्थन लाग्नुभएको छ ।

प्रचण्डले गर्लान् त पहल ?

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले १५ गतेबाट भारतको भ्रमण गर्दै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले भारतबाट लगानी भित्र्याउन आग्रह गर्ने बताइरहनुभएको छ । तर, विराटनगरमा खोलिएको यो भारतीय कार्यालय हटाउन उहाँलाई दिल्लीलाई आग्रह गर्नुहोला भन्ने कसैले विश्वास गरेका छैनन् । यद्यपि नेपालभित्र अनधिकृतरुपमा खोलिएको भनिएको भारतीय कार्यालय हटाउन प्रचण्डले आफ्नो दिल्ली भ्रमणमा भारतीय नेताहरुसँग आग्रह गर्ने अनुमान केहीले लगाएका छन् ।

यो इण्डिया हो कि विराटनगर ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: