Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

‘विश्वले चिन्ने छ नेपाल’ कार्यक्रम समिक्षा

Posted by Ram Kumar Shrestha on April 21, 2013


भारतीय राजदूत मात्रै नभएर दोहोरो भूमिका निर्बाह गर्न खप्पिस भारतीय बरिस्ठ नेताहरुले नै पनि पेटिशनमा हस्ताक्षर गर्ने र बुद्ध नेपालमा जन्मेको भन्दैमा समस्या निमिट्यान्नै हुने होइन – आफ्नो किताबमा एकथोक लेख्ने र नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गर्ने दोहोरो भूमिका निर्बाह गर्ने स्वामी रामदेब नै हामीसंग राम्रो दोहोरो भूमिकाको प्रमाणको रुपमा छन यस्को लागि । नक्कली लुम्बिनी र नक्कली कपिलवस्तु जस्ता अत्यन्तै ठूलो परियोजना निजी तवरबाट निर्माण गर्न लगाइनुको पछाडि ठूलो चलाखयाइं छ भन्ने कुरा बुझ्न गार्हो छैन र त्यस्लाई स्पस्ट रुपमा बुझिनु आबस्यक छ ।

धेरै देशमा भएको समस्यालाई बुझाउँदा समेत त्यस्लाई विश्वाश नगरी युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पारेको कारण बुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा अझै पनि धेरै नेपाली नरहेका होइनन । त्यसैले थोपा थोपा मिलेर समुद्र बन्ने भएकोले यस्ता थोपाहरु धेरै आबस्यक पर्न्र कुरामा हामी स्पस्ट हुनुपर्छ । प्राप्त उपलब्धी प्रसंशनीय छ र पनि यी कुराहरुमा ध्यान दिन सकिएको भए उपलब्धिको गुणात्मक पक्ष अझ अत्यन्तै प्रसंशनीय हुन सक्थ्यो भन्ने कुरामा सन्देह छैन ।

रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक

ram‘विश्वले चिन्ने छ नेपाल’मूल नाराका साथ सञ्चारकर्मी रवि लामिछानेले विश्वकै सबैभन्दा लामो ६० घन्टे अन्तर्वार्ता कार्यक्रम समयाबधिका दृष्टिकोणले र केही हदसम्म कार्यक्रमको नारानुरुप आफ्नो उद्धेस्य पुरा गर्न सफल भएको छ । गिनिज बुक आफ द वर्ल्ड रेकर्डका लागि काठमाडौँस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट बिहिबार बिहान १०:३० बजे शुरु गरिएको उक्त टक शो शनिबार राती १०:३० बजे ६० घन्टा पुगेपछि सम्पन्न भएको हो । उक्त टक शोको शुरुवात एकीकृत माओवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसंगको कुराकानीबाट शुरु भएको थियो । विश्वकै लामो टक शोको उद्धेश्य ‘बुद्ध नेपालमा जन्मिएका हुन र सगरमाथा नेपालको हो’ भन्ने सन्देश विश्वभर फैलाउन गरिएको बताइएको थियो । विश्व रेकर्डमा यस अघि ५२ घन्टाको टक शो रहेको छ, जुन सन् २०११ मा युक्रेनका पाभ्लो कुज्जेयभ र टेटियाना डन्यालेन्कोले संयुक्त रुपमा गरेका थिए । रवी लामिछानेले भने एक्लै ६० घन्टा लामो टक शो गरेका हुन् ।

कार्यक्रम संपन्न भैसकेपछि कार्यक्रमका बारेमा सामान्य रचनात्मक टिप्पणी गरिनु पर्ने आवश्यकता महसूस भयो यस कार्यक्रमबारे केहीद्धारा उठाइेएको जिज्ञासा अनुरुप ता कि भबिस्यमा यस किसिमका कार्यक्रम आयोजना गरिंदा परिमाणात्मकभन्दा बढी गुणात्मक उपलब्धि समेत हासिल गर्न सकियोस ।

कार्यक्रमको नाम ‘विश्वले चिन्ने छ नेपाल’र कार्यक्रमको उद्धेस्य ‘बुद्ध नेपालमा जन्मिएका हुन र सगरमाथा नेपालको हो’ भन्ने सन्देश विश्वभर फैलाउने दुबै अत्यन्तै सान्दर्भिक छन । किनकि नेपाललाई बिस्वमा परिचय दिने यी मुख्य दुई आधारहरु हुन । स्कूल पढदा सबैले सगरमाथा र बुद्धको देश भनेपछि संसारले चिन्छ भनेर पढे तापनि बिदेश गएपछि कत्तिले त नेपाल नै थाहा नपाउने र थाहा पाउनेहरु अधिकांशको मुखबाट बुद्ध भारतमा जन्मिएको कुरा सुन्न पर्दाको पीडाको परिणाम हो बिदेशमा बस्नेहरु नै नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउन लागि परेको देखिनुको कारण ।

बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले १ डिसेम्बर २००९ मा ईतिहासमा पहिलो पटक बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले केही बिदेशीहरुको समेत ऐक्यबद्धतामा ‘कपिलवस्तु दिवस बिस्व दिवस’को रुपमा मनाएर कार्यक्रमको भावनालाई निरन्तरता दिन लुम्बिनी-कपिलवस्तु दिवस अभियान (पहिला कपिलवस्तु दिवस अभियान) को सूत्रपात नै गरे र यो आफ्नै किसिमले अगाडि बढिरहेको छ बिभिन्न उल्लेखनीय कामहरु गर्दै । बिश्व शन्तिका लागि बुद्ध शिक्षा एवम बुद्ध जन्मस्थल लुम्बिनी नेपालको प्रबर्द्धन उदेश्यका साथ ६० मुलुक भ्रमण गर्न लुम्बिनीबाट शुरु गरी बिभिन्न मुलुक भ्रमण गरिराख्नु भएका भिक्षु मगर (नारायण बहादुर मगर)को विश्व शान्ति यात्रा होस वा अमेरिका निबासी अभिनेता रमित ढुंगानाको ‘बुद्ध बर्न इन नेपाल’फिल्म बनाउने तयारी होस अथवा अमेरिका निवासी प्रेम गुरागाईं पेटिशन मार्फत नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउन, त्यस्तै चीन र हङकङमा तवला बादकका रुपमा परिचित हङकङ निवासी हरी श्रेष्ठ हरेक कार्यक्रममा नेपाली, अंग्रेजी र चिनिया भाषामा “बुद्ध वाज बर्न इन नेपाल” लेखिएको ब्यानरलाई गुरु मन्त्रको रुपमा जहाँ पुगे पनि एकछिन पनि साथ नछोडेको होस अथवा जापानको नागोयामा रेष्टुरेण्ट ब्यबसाय गरिरहेका बिष्णुप्रसाद घिमिरेले चपस्टिकको खोलमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ लेखिएको चपस्टिक प्रयोग गर्न शुरु गरेको, त्यसरी नै अमेरिका निवासी पत्रकार रबी लामिछाने “बिस्वले चिन्नेछ नेपाल”कार्यक्रम मार्फत गिनिज बुकमा रेकर्ड कायम गर्न लागुन अथवा बिस्व साइकल यात्री सौरभ दाहाल बिभिन्न देशमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउन – सबैको श्रोत हो बिदेशमा नेपाललाई बुद्ध जन्मेको देशमा रुपमा नचिनिनुको पीडा ।

ब्यापक जन दबाबका कारण जानकारी सच्याए पनि गुगल र वर्षेनी विश्वभरका करिव ६० लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने लन्डनस्थित ब्रिटिश संग्रहालयले पनि वुद्धलाई भारतीय परिचय दिएको, लाखौं बुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तै सम्मानित मानिने रिङपोछेद्धारा समेत विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइन पत्रिका हफिङ्टन पोस्टमा बुद्धबारे भ्रामक जानकारी सहित लेखहरु प्रकाशित गरिएको, मासिक संसारभरिका ११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल पिबिएसले “द बुद्ध” फिल्ममा उहाँलाई भारती परिचय दिएको, थुप्रै देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएको, न्यूजवीकका पूर्व संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीया जस्ता ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती भनिएको जस्ता यथार्तताले बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रम विस्वब्यापी समस्या बनिसकेको प्रमाणित हुन्छ ।

तर अफसोच राज्यका महत्वपूर्ण अंगहरुबाट समेत यस्तो संबेदनशील बिषय प्राथमिकतामा नपर्नाले कैयौं नेपाली युनेस्कोले समेत लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेकोले बुद्ध नेपालमा जन्मिनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा छन ।

यस्तो जटिल तीतो यथार्थताको बीच सत्यलाई सत्य हो भन्दै सन्देश फैलाउन पर्ने अस्वाभाबिक वास्तबिकता छ, परिस्थिति छ । यसरी सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्न लागि पर्नु परेको बेलामा आएको यो कार्यक्रम मूलत: दुई कुरामा केन्द्रित भएको देखियो – पूर्व निर्धारित गिनिज रेकर्ड तोडने र बुद्ध नेपालमा जन्मनु भएको हो र सगरमाथा नेपालमा पर्छ भन्ने पेटिशनमा हस्ताक्षर गर्न अनुरोध गर्नु । खर्च गरिएको समय र पैसाकै सीमाभित्र रहेरै पनि थोरै मात्र ध्यान दिन सकिएको भए सोही कार्यक्रमलाई कार्यक्रमकै उद्धेस्यनुरुप धेरै सान्दर्भिक र उपलब्धिमूलक बनाउन सकिन्थ्यो । कार्यक्रम प्रस्तुतिको प्रकृति हेर्दा गिनिज वर्ल्ड रेकर्ड तोडनु र पेटिशनमा उद्धेस्यनुरुप हस्ताक्षर संकलन गर्न सफल हुनु नै बिध्यमान समस्या समाधानको उपाय हो भन्ने रुपमा आयोजको बुझाइ हो कि भन्ने धेरैले बुझे । वास्तबमा एउटा उद्धेस्य पुरा भैसकेको र बाँकी अर्को पनि पुरा भएको खण्डमा पनि यस्ले समस्या समाधानमा खेल्ने भूमिका भनेको पूर्ण नभएर अंशिक मात्रै हुनेछ र बिध्यमान समस्याको स्वरुपका कारण समस्या समाधानको लागि यस्ता धेरै प्रयासहरुको आवश्यकता पर्नेछन – यो स्पस्ट रुपमा बुझ्नु जरुरी छ ।

साठ्ठी घण्टाको कार्यक्रम गरिंदा उद्धेस्य अनुरुपको बिषयबस्तुमा नगन्य रुपमा मात्रै समय खर्चिएको पाइयो । नेपालमा बस्ने धेरैले बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी समस्यालाई समस्याको रुपमा मानिरहेका छैनन जसरी हामी नेपाल छाडनु अघि मान्दैनथियौं । त्यसैले यो कार्यक्रमलाई यो समस्याबारे जानकारी दिने जन-चेतना कार्यक्रमको रुपमा पनि सोचिनु आबस्यक थियो । त्यस्तै समान उद्धेस्य प्राप्तीमा पहिलादेखि संघर्षरत ब्यक्ति र संस्थाहरुले गरेका गतिबिधि, उनीहरुले प्राप्त गरेका उपलब्धि र सामना गरेका समस्या आदिलाई बिशेष रुपमा छलफल गर्न सकिएको भए ततसम्बन्धमा ज्ञान र जानकारीहरुको छलफलले समस्या समाधानका नयाँ संभाबनाहरु देखा पर्न सक्थ्यो । र यस्लाई यस कार्यमा काम गर्नेहरुको संभाबित नयाँ सन्जाल सिर्जना गर्ने माध्यम बनाउन प्रयास गरिनु पर्थ्यो । साथै सान्दर्भिक बिषयका बिज्ञहरु र उपयुक्त बिदेशीहरुलाई समेत कार्यक्रममा सहभागी गराउन सकिएको भए कार्यक्रमको गरिमा अझ बढने मात्रै नभएर कार्यक्रमपछि पनि गरिनु पर्ने बिस्तृत कार्य योजनामा महत्वपूर्ण ठोस योगदान प्राप्त हुन सक्थ्यो यो कार्यक्रम । समस्याको जरो पकड्न सकिएन भने समाधानका उपायहरु फितलो हुनु स्वाभाबिकै हो । बिकसित देशमा आधारभूत मानिने स-साना कुराहरुलाई कत्ति ठूलो महत्व दिने गरिन्छ – त्यसबाट शिक्षा लिन सकेको देखिएन कार्यक्रमले जस्ले गर्दा ६० घण्टाको समय सकिएपछि पनि पेटिशनको उपलब्धि अझैसम्म निर्धारित उद्धेस्यको २% पनि हात पर्न सकेको छैन । पेटिशनकर्ताहरुलाई अभियानका तर्फबाट गरिएका सहयोग र सुझाबलाई सो ६० घण्टाको बीचमा सामान्य भाषामा बेला बेलामा दोहोर्याउने गरिएको भए हस्ताक्षरकर्ता धेरै बढन सक्थ्यो, अन्यथा सानो उपलब्धिको लागि धेरै शक्ति खर्चनु पर्ने कार्यले निरन्तरता पाइरहनेछ ।

भारतीय राजदूत मात्रै नभएर दोहोरो भूमिका निर्बाह गर्न खप्पिस भारतीय बरिस्ठ नेताहरुले नै पनि पेटिशनमा हस्ताक्षर गर्ने र बुद्ध नेपालमा जन्मेको भन्दैमा समस्या निमिट्यान्नै हुने होइन – आफ्नो किताबमा एकथोक लेख्ने र नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गर्ने दोहोरो भूमिका निर्बाह गर्ने स्वामी रामदेब नै हामीसंग राम्रो दोहोरो भूमिकाको प्रमाणको रुपमा छन यस्को लागि । नक्कली लुम्बिनी र नक्कली कपिलवस्तु जस्ता अत्यन्तै ठूलो परियोजना निजी तवरबाट निर्माण गर्न लगाइनुको पछाडि ठूलो चलाखयाइं छ भन्ने कुरा बुझ्न गार्हो छैन र त्यस्लाई स्पस्ट रुपमा बुझिनु आबस्यक छ । हामीले जतिसुकै हल्लीखल्ली गर्न सक्यौं भन्ने ठाने पनि दश लाख हस्ताक्षर उद्धेस्य राखिएको पेटिशनमा अझै पनि दुई प्रतिशत पनि उद्धेस्य पुरा नहुनुबाटै कति प्रतिशत बिदेशीहरुको बीचमा यो जानकारी पुग्ला र कार्यक्रमको परिणामको प्रभाब कति पर्ला सहजै अनुमान गर्न सकिन्छ । त्यसो त धेरै देशमा भएको समस्यालाई बुझाउँदा समेत त्यस्लाई विश्वाश नगरी युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पारेको कारण बुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा अझै पनि धेरै नेपाली नरहेका होइनन । त्यसैले थोपा थोपा मिलेर समुद्र बन्ने भएकोले यस्ता थोपाहरु धेरै आबस्यक पर्न्र कुरामा हामी स्पस्ट हुनुपर्छ । प्राप्त उपलब्धी प्रसंशनीय छ र पनि यी कुराहरुमा ध्यान दिन सकिएको भए उपलब्धिको गुणात्मक पक्ष अझ अत्यन्तै प्रसंशनीय हुन सक्थ्यो भन्ने कुरामा सन्देह छैन ।

थुप्रै देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएकोले करोडौं मानिसहरुले त्यही पढने गर्छन् । त्यसैले डा आरजु देउवा राणा, पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीप कुमार उपाध्याय, प्रो डा कबिताराम श्रेष्ठ र अभियानका केही सदस्यहरु सहितको प्रतिनिधि मण्डलद्धारा तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई बुझाईएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानको बिस्व संयोजकद्धारा हस्तारक्षित ज्ञापन-पत्रमा दिइएको जोड ‘विभिन्न देशका पाठ्यपुस्तकमा बुद्धको जन्मस्थलको बारेमा भएका भ्रम निवारण गर्न कुटनीतिक नियोगहरु मार्फत् सम्बन्धित देशका सम्बन्धित निकायसँग कुराकानी अगाडि बढाउनु पर्छ ।’ ले सार्थक रुप नलिंदासम्म अन्य समस्या समाधानका उपलब्धीको आफ्नै महत्व हुँदाहुँदै पनि त्यस्को प्रभाबकारिता अंशिक मात्रै हुनेछ । कोरियाको पाठ्य पुस्तकमा भएको त्यस्तै गल्तीलाई सच्याउन कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई यसबारे चिठ्ठी लेखेपछि कोरिया सरकारले त्यहाँको पाठ्य पुस्तकमा भएको गल्ती सच्याउने निर्णय गरेको छ । अभियानले सरकारलाई बुझाएको ज्ञापनपत्रमा जोड दिइएको कुरालाई नेपाल सरकारले कार्यन्वयन नगर्दामा नै कोरियामा भएको यो उपलब्धी ऐतिहासिक हो ।

बुद्धको बिस्वब्यापी महत्वका कारण सीमित स्वार्थका लागि शक्तिका भरमा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गरेर बुद्ध जन्मस्थलबारे बिभिन्न उपायद्धारा देखा पारिएको समस्याले बिस्वब्यापी रुप लिएको सन्दर्भमा कोरियाको पाठ्यक्रममा बुद्ध जन्मस्थलबारेको जानकारी सच्याउने जस्तो अत्यन्तै महत्वपूर्ण कार्यलाई अन्य देशमा पनि निरन्तरता दिन सकिएको खण्डमा यो नै बिस्वब्यापी यो समस्या समाधान गर्ने आधार हुने कुरामा सन्देह छैन । त्यसो नहुँदासम्म झुटोलाई दिन दहाडै बिभिन्न रुपमा बिभिन्न तवरबाट साँचो हो भन्नेहरुकै जटील प्रभाबकारी कार्यले निरन्तरता पाइरहेको बेलामा बहादुरहरुकै देशमा वास्तबिक सत्यलाई सत्य भन्ने बहादुरहरु पनि बिभिन्न कारणबश खटकिएको महसूस गरिएकोले पदमा बस्नेले पदीय दायित्व र पदमा नहुनेले नागरिकीय दायित्वको रुपमा वास्तबिक सत्यलाई सत्यको रुपमा चिनाउने कार्यमा सबै स्वत: स्फूर्त रुपमा लाग्नु पर्ने देखिन्छ । यस्तो गरिनु नेपालीको हैसियतमा मात्रै नभएर बिस्व नागरिकको हैसियतमा काम गरेको रुपमा लिइनु पर्ने हुन्छ बर्षेनी बुद्ध जन्मस्थल जान चाहनेहरु या त झुक्किएर या त झुक्याइेएर हजारौंको संख्यामा गलत लुम्बिनी पुग्ने वा पुर्याइने भएकोले उनीहरुको मानबाधिकार संरक्षण गरिने भएकोले । लुम्बिनी-कपिलवस्तु दिवस अभियान, रबी लामिछाने र अन्यद्धारा तयार गरिएका जस्ता थोपाहरु अझै हजारौं आबस्यक पर्न सक्छन बुद्ध जन्मस्थल बिषयको सत्यलाई सत्यकै रुपमा संसारभरी सहज रुपमा लिने बातावरण तय गर्नका लागि कोरियामा प्राप्त ऐतिहासिक उपलब्धिलाई अन्य देशहरुमा पनि निरन्तरता दिन नसकिंदासम्म ।

Omram2002@gmail.com Australia

BiswoKhabar: ‘विश्वले चिन्ने छ नेपाल’ कार्यक्रम समिक्षा.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: