Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

पुराना पत्रिकाबाट महिलाले बनाए पेन्सिल

Posted by Ram Kumar Shrestha on March 27, 2013


१४ चैत, काठमाडौं । पछिल्लो समय मुलुकभित्र रोजगारीको अवसर भएन, उद्यम गर्ने वातावरण भएन भन्दै दैनिक १५ सयभन्दा बढी यूवाहरु रोजगारी खोज्दै विदेशी भूमिमा पुगिरहेका छन् । तर, विमन्स डि्रम्सका महिलाहरुले पुराना पत्र-पत्रिका र प्लाष्टिकको प्रयोग गरेर स्वदेशमै पेन्सिल उत्पादन गर्न थालेका छन् ।पेन्सिल उद्योग सञ्चालन गरिरहेका १५ महिलाले नेपालमा अवसर पाइएन भनेर विदेशिने युवा र घरको काममा सीमित महिलाहरुलाई मात्रै पाठसिकाएका छैनन्, ७५ वटै जिल्लामा पेन्सिल उद्योग खोलेर भारतीय पेन्सिललाई विस्थापित गर्ने महत्वाकांक्षी योजनासमेत अघि सारेका छन् । नेपालमा दैनिक डेढलाख पेन्सिल खपत हुने गरेकाले यसको बजार राम्रो रहेको महिला उद्यमीहरुको ठहर छ ।

pencil

विमन्स डि्रम्सले पेन्सिल उद्योग काठमाडौं फुटुङमा सञ्चालन गरेको छ भने विक्री वितरण महाराजगञ्जबाट गर्दै आएको छ । ‘नेपालमा अहिलेसम्म पेन्सिल उत्पादन गर्ने उद्योग खासै छैनन्’ विमन्स डि्रम्सकी अध्यक्ष सुधा बस्नेतले भन्नुभयो- ‘हामीले पुराना पत्रिका, प्लाष्टिक र कागजबाट नेपालमै पहिलोपटक व्यवसायिक रुपमा पेन्सिल बनाउन सुरु गर्यौं ।’ पुराना पेपरबाट पेन्सिल बनाउने काम चुनौतिपूर्ण भएपनि दृढ विश्वास राखेर काम गरिरहेको उहाँको भनाइ छ ।विमन्स डि्रम्सले पेन्सिल बनाउन सुरु गरेको ६ महिना पनि पुगेको छैन । ‘अहिले हामी पेन्सिलको बजार विस्तार गर्ने क्रममा छौं’ अध्यक्ष बस्नेतले अनलाइनखबरसँग भन्नुभयो- ‘छिट्टै नै हामीले नेपाली पेन्सिललाई देशव्यापी प्रयोगमा ल्याउँछौं । स्वदेशमै पेन्सिल बनाउन सकेमा बजारको कुनै समस्या नभएको उहाँले बताउनुभयो ।

नेपालमा दैनिक डेढ लाख पेन्सिल खपत

अहिले नेपालमा दैनिक करिव डेढ लाख पेन्सिलको खपत हुँदै आएको छ । ‘डेढ लाख पेन्सिलको तीन रुपैयाँका दरले हिसाब गर्दा पनि वाषिर्क ५४ लाख रुपैयाँको पेन्सिल नेपालमा खपत हुने देखिन्छ ।’-बस्नेतले भन्नुभयो- ‘उक्त रकम बाहिरिनबाट रोक्न सक्यौं भने पनि ठूलो उपलब्धि हुनेछ ।’ पत्रिकाबाट बनाएका पेन्सिलहरुको ५ रुपैयाँ र प्लाष्टिकबाट बनाएका पेन्सिल प्रतिगोटा ८ रुपैयाँ मूल्य राखिएको छ ।

‘अहिले पेन्सिलहरु हातहातै बिक्री भइरहेकाले प्याकेजिङ गरेका छैनौं’ उहाँले भन्नुभयो- ‘दर्जन लैजानेहरुलाई क्रमशः ५५ रुपैयाँ र ९० रुपैयाँमा बिक्री गर्दै आएका छौं । २०/२५ स्कुलहरुले स्वदेशी पेन्सिलबाट प्रभावित भएर पेन्सिल अर्डर गरिसकेका छन् । उद्योगमा सम्पर्क गर्ने स्कुलहरुको संख्या बढ्दै गएको उहाँको भनाइ छ । बजारको चिन्ताभन्दा पनि बजार माग पूरा गर्न सकिन्छ कि सकिँदैन भनेर चिन्ता लिनुपर्ने अबस्था रहेको बस्नेतको भनाइ छ ।

यसरी बनाइन्छ पेन्सिल

पेपरबाट पेन्सिल बनाउने काम झन्झटिलो भएको बस्नेतको अनुभव छ । पेन्सिल बनाउनका लागि सबैभन्दा पहिला पेपर कटिङ गरेर घाममा सुकाउनुपर्छ । सुकिसकेको पेपरमा पेन्सिलको लिड टाँसेर फेरि घाममा सुकाउनुपर्छ । अनि पेपर र लिडलाई मेसिनमा राखेर रोल गरिन्छ । रोललाई १ दिन घाम तथा ओभानोमा राखेर सुख्खा बनाएपछि साईज मिलाएर कटिङ गरिन्छ । अन्त्यमा फिनिसिङ मेसिनमा राखेर पेन्सिललाई आकर्षक बनाइन्छ ।

७५ जिल्लामै उद्योग राख्ने

विदेशी पेन्सीलहरुको आयात प्रतिस्थापन गर्न ७५ जिल्लामै पेन्सिल बनाउने मेसिन राख्ने तयारी गरिरहेको बस्नेतले बताउनुभयो । ७५ वटा जिल्लामा उद्योग स्थापना गर्न सकेमा देशभर स्वदेशी पेन्सिलको प्रयोग बढाउन सकिने अपेक्ष विमन्स डि्रम्सका महिलाहरुको छ ।

पन्ध्र लाखमा उद्योग चलाउन सकिने

पेन्सिल बनाउने मेसिनको मूल्य १२ देखि १५ लाखसम्म पर्ने बस्नेतले बताउनुभयो । ‘हामीले चिनबाट मेसिन झिकाएका हौं’ उहाँले भन्नुभयो- ‘पेन्सिल बनाउने सीप पनि मेसिन ल्याएको कम्पनीबाटै आएर सिकाएका हुन् ।’ एउटा मेसिनबाट प्रत्यक्ष रुपमा ५ जनालाई रोजगारी दिन सकिने उहाँले बताउनुभयो । ‘नेपालमा अवसरै अवसर छन् ति अवसर पहिल्याउन सक्यौं भने आफुलाई मात्र होइन अरुलाई पनि रोजगारी दिन सकिन्छ’ उहाँले भन्नुभयो ।यदि तपाईहरु स्वदेशमै बसेर केही गरौं भन्ने भावना राख्नुहुन्छ भने अवसरहरुले तपाईलाई कुरेर बसेका छन् । मुलुकभित्र रोजगारी र उद्यमशीलताको अवसर भएन भन्नेहरुको जमात बढ्दै गएका बेला विमन्स डि्रम्समा आवद्ध महिलाहरुले भने उदाहरणीय काम गरेर देखाएका छन् ।

पुराना पत्रिकाबाट महिलाले बनाए पेन्सिल ::

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: