Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

बुद्ध बर्न इन नेपाल बनाउँदै छु

Posted by Ram Kumar Shrestha on March 1, 2013


रमित ढुंगाना, अभिनेता
आफ्नो देशको माया त जहाँ भए पनि लागिहाल्छ नि । तर, प्रवासमा बस्दा अझ बढी लाग्ने रहेछ । हरेक नेपाली एकपटक विदेश जान जरुरी छ, तब मात्रै उसले आफ्नो देश चिन्छ । मेरो अमेरिका बसाइको अनुभव हो यो । 

अमेरिकामा घुम्दा भेटिएका विदेशीले सोध्थे, ‘तिमी कहाँको ?’ उनीहरूलाई भन्थेँ, ‘नेपाल’ । चिन्दैनथे, उनीहरूलाई चिनाउन सगरमाथाको देश क्या भन्थेँ । ‘ए चाइना’ भन्थे । ‘बुद्ध जन्मेको देश थाहा छैन’ भनेर सोध्दा ‘ओ इन्डिया’ भन्थे । उदाहरण जति दिए पनि अधिकांश विदेशी थाहा नभएको संकेत दिँदै टाउको हल्लाउँथे । म अचम्ममा पर्थें, कतिपयलाई सगरमाथा र बुद्ध जन्मेको देश पनि थाहा रहेनछ । पछि, यहाँका नेपालीले नै भनेपछि थाहा पाएँ, अमेरिकाका युनिभर्सिटीमै बुद्ध जन्मिएको देश ‘भारत’ भनेर पढाइँदो रहेछ । रेस मरहठ्ठाले पनि आफूले युनिभर्सिटीमा बुद्ध जन्मिएको देश भारत भनेर पढेको बताएका थिए । संसारलाई सत्य कुरा बताउन ‘बुद्ध बर्न इन नेपाल’ बनाउन लागेको हुँ ।

ramitअभिनेता रमित ढुंगाना केही समययता परिवारसहित अमेरिका बस्दै आएका छन् । त्यहाँका ‘ग्रीनकार्ड होल्डर’ रमित त्यहाँ ‘बुद्ध बर्न इन नेपाल’ नामक फिल्म निर्माणको तयारीमा लागेका छन् । वेलावेला स्वदेश आउने गरेका उनीसँग स्काइपमा गरिएको कुराकानी :

अमेरिकामा के गर्दै हुनुहुन्छ ?
यहाँ कलाकारिताबाहेक केही गर्दिनँ । प्रेमराजा महत, गौरी मल्ल, विक्रान्त बस्नेतसँग मेरो सुमधुर सम्बन्ध छ । उहाँहरूसँगै कार्यक्रमहरूमा जान्छु । यहाँ नेपाली कलाकारको संघ नै छ । संघले बृहत् कार्यक्रम गरिरहन्छ, ती कार्यक्रममा पनि सहभागी हुन्छु । यहीँ मेरा छोराछोरी र भान्जाभान्जी पनि छन् । उनीहरूसँग विभिन्न स्टेट घुम्दै रमाइलोमा दिन बितिरहेछ ।

कलाकारहरू पैसा कमाउनै विदेश जान्छन्, होइन र ?
पैसा त मैले पनि कमाइरहेकै छु नि । यहाँका कार्यक्रममा पारिश्रमिक पाइन्छ । नेपालबाट आउँदा मैले नै अभिनय गरेका फिल्म ल्याउने गरेको छु । ‘पलपलमा’ र ‘जीवनमृत्यु’ फिल्म दुई वर्षसम्म अमेरिकाको २७ वटाभन्दा बढी स्टेटमा देखाएँ । क्यानडामा पनि चलाएँ ।

दर्शक कसरी जुटाउनुहुन्छ त ?
अमेरिकामा नेपाली मिडिया प्रशस्तै छन्, जसका कारण प्रचार-प्रसारको कुनै समस्या छैन । कार्यक्रम हुँदा रेस्टुरेन्टहरूमा पनि ब्यानर झुन्ड्याउँछौँ । सायद आफ्नै भाषाको फिल्मप्रतिको मोहका कारण होला, नेपाली दर्शक फिल्म हेर्न धेरै आउँछन्, मजाको भीड नै हुन्छ । त्यहीँमाथि कतिपय नेपाली दाजुभाइका छोराछोरी नेपाल गएका नै छैनन्, आफ्ना केटाकेटीलाई नेपाली फिल्म देखाउन पाउँदा उनीहरू खुसी हुन्छन् ।
२७ वटा स्टेटमा फिल्म देखाउँदा पैसा त राम्रै कमाइ भयो होला नि ?

टिकटदर १० डलर थियो । नेपाली दाजुभाइको बसोबास धेरै भएका सिटीहरूमा फिल्म देखायौँ । उनीहरूको उपस्थिति पनि सोचेजस्तै पायौँ । जति धेरै दर्शक उति धेरै डलर कलेक्सन हुन्थ्यो । तर, डलर कलेक्सन बढ्ने भयो भन्दा पनि उनीहरूले अब नेपाली फिल्मबारे कस्तो प्रतिक्रिया दिन्छन् भन्ने सोचेर खुसी लाग्दो रहेछ । तर, धेरैपटक छिटै र्फकनुपर्ने बाध्यताले गर्दा ल्याएको फिल्म पनि देखाउन पाएको पनि छैन ।

अमेरिका कसरी पुग्नुभयो ?
अमेरिकामा ‘डिनायल’ नामक फिल्म बन्दै रहेछ । डिनायल इन्टर्नल मुभी थियो, हलमा चलाउने उद्देश्य थिएन । फिल्ममा म्युजिसियन क्यारेक्टरका लागि निर्माता बबले मलाई बोलाए । टेक्सासको डालसमा टाँगिएको नेपाली फिल्मको पोस्टरमा देखेपछि मेरो खोजी सुरु भएको रहेछ । उनले भिसा पठाइदिए, परिवारसहित अमेरिका पुगेँ ।
मेरी दुई दिदीको परिवार १२ वर्षदेखि न्युयोर्कमा छन् । म भने ममी र श्रीमतीसहित अमेरिका पुगेको थिएँ । पहिलोपटक २९ दिन बसेर हामी सँगै फर्कियौँ । त्यो बसाइँमा मैले अमेरिकाको गि्रनकार्ड अप्लाई गरेको थिएँ ।

त्यो फिल्ममा तपाईंको भूमिका ?
डिनायल ४० मिनेटको फिल्म हो, जसमा एउटा गीतसहित मेरो पाँच सिन छ । ‘माया नमार’ फिल्मको ‘मुग्लानपारि तरेर गण्डकी’ गीतको रिमिक्समा ५० जनाभन्दा बढी र्‍यापर र हजारौँ दर्शकको भीडमा मेरो सुटिङ थियो, अहिले पनि त्यो सुटिङ सम्झँदा आनन्दित र प्रफुल्लित हुन्छु ।

नेपाली कलाकार अमेरिका पुगेपछि र्फकनै चाहँदैनन्, तपाईंको सोच के छ ?
भविष्य कसैले देखेको छैन, तर अहिले अमेरिका बसाइँ मेरो कल्पनामै छैन । पहिलोपटक अमेरिका आएको अहिले ठ्याक्कै पाँच वर्ष बितेछ । यो मेरो १०औँ यात्रा हो । प्रायः म ममीलाई पुर्‍याएर र्फकन्छु अनि लिन आउँछु । नेपालमा आफ्नै बिजनेस छ, सिनेमा उद्योगबाट पनि सन्तुष्ट नै छु ।

पहिलोपल्टको अमेरिका यात्रामा नै मैले गि्रनकार्ड पाएको हुँ । मलाई अमेरिकी सरकारले नेपालमै गि्रनकार्ड पठाएको थियो । गि्र्रनकार्ड लिए पनि यतै बस्ने सोच आएन । ममीलाई पुर्‍याउन श्रीमती र म सँगै आउँथ्यौँ र सँगै र्फकन्थ्यौँ पनि । हामी दुवैको अमेरिका बस्ने इच्छै थिएन । त्यति वेला छोराछोरी पनि इन्डियामा पढ्थे । धेरै पछि मात्रै छोराछोरीको उचित शिक्षाका लागि बाध्यताले उनी बसेकी छिन् । उनीहरूको सम्झनाले मात्रै मलाई पटक-पटक अमेरिका ल्याइपुर्‍याउँछ ।

पाँच वर्षमा १० पटक अमेरिका पुगिसक्नुभयो, अमेरिकामा बढी बस्नुहुन्छ कि नेपालमा ?
अमेरिकाबाट तीन/चारपटक एक महिनामै फर्किएको छु । धेरै बस्दा ६ महिनासम्म । तर, यसपटक सात महिना बितिसक्यो, अझै फर्किने चाँजोपाँजो मिलेको छैन ।

त्यहाँ तपाइर्ंलाई के कामले अल्झाइरहेको छ ?
लामो समयपछि फिल्म बनाउँदै छु । ७० प्रतिशत अमेरिकामा खिच्ने लक्ष्य छ, त्यसकै इजाजतको पर्खाइमा छु । यहाँका संघसंस्थाको पनि सहयोग पाएको छु । नेपालमै ‘आइडिया’ फिल्म एगि्रमेन्ट गरेर आएको हुँ, त्यसैले पनि नेपाल फर्किन मलाई हतार छ । तर, अनुमति लिएर मात्रै र्फकन्छु ।

१० महिनामा सय फिल्म रिलिज भए, त्यसमा ९५ फिल्म फ्लप भए, झन् अमेरिकामा फिल्म खिच्दा अवश्य नै लगानी बढ्छ, जोखिम मोलेजस्तो लाग्दैन ?
मैले ‘माया नमार’ फिल्म व्यापारिक दृष्टिकोणबाट बनाएको थिएँ । त्यही फिल्मबाट मैले नायकका रूपमा डेब्यु गरेको हुँ । तर, नयाँ फिल्म व्यापारिक दृष्टिकोणले भन्दा पनि देशभक्तिको भावनाबाट अभिप्रेरित भएर बनाउँदै छु- ‘बुद्ध बर्न इन नेपाल’ । छोरीको नामबाट यतै सागरिका फिल्मस् प्रोडक्सन युएसए दर्ता छ, सोही ब्यानरबाट यो फिल्म बनाउँदै छु । यो फिल्म राष्ट्रप्रति समर्पित हुनेछ ।

विदेश पुगेपछि जागेको त होइन राष्ट्रिय भावना ?
आफ्नो देशको माया त जहाँ भए पनि लागिहाल्छ नि । तर, प्रवासमा बस्दा अझ बढी लाग्ने रहेछ । हरेक नेपाली एकपटक विदेश जान जरुरी छ, तब मात्रै उसले आफ्नो देश चिन्छ । मेरो अमेरिका बसाइको अनुभव हो यो ।

अमेरिकामा घुम्दा भेटिएका विदेशीले सोध्थे, ‘तिमी कहाँको ?’ उनीहरूलाई भन्थेँ, ‘नेपाल’ । चिन्दैनथे, उनीहरूलाई चिनाउन सगरमाथाको देश क्या भन्थेँ । ‘ए चाइना’ भन्थे । ‘बुद्ध जन्मेको देश थाहा छैन’ भनेर सोध्दा ‘ओ इन्डिया’ भन्थे । उदाहरण जति दिए पनि अधिकांश विदेशी थाहा नभएको संकेत दिँदै टाउको हल्लाउँथे । म अचम्ममा पर्थें, कतिपयलाई सगरमाथा र बुद्ध जन्मेको देश पनि थाहा रहेनछ । पछि, यहाँका नेपालीले नै भनेपछि थाहा पाएँ, अमेरिकाका युनिभर्सिटीमै बुद्ध जन्मिएको देश ‘भारत’ भनेर पढाइँदो रहेछ । रेस मरहठ्ठाले पनि आफूले युनिभर्सिटीमा बुद्ध जन्मिएको देश भारत भनेर पढेको बताएका थिए । संसारलाई सत्य कुरा बताउन ‘बुद्ध बर्न इन नेपाल’ बनाउन लागेको हुँ ।

फिल्मबाट के सन्देश दिँदै हुनुहुन्छ त ?
ईशापूर्व ५६३ मा नेपालको लुम्बिनीमा जन्मिएका हुन्, बुद्ध । हो, बुद्धत्व उनले इन्डियाको गयामा प्राप्त गरे र इन्डियामै स्वर्गे भए । तर, जन्मिएको त नेपालमै हो नि । जे कुरा सही हो, त्यही मात्रै पढाउनुपर्‍यो, गलत प्रचार गर्नुभएन । फिल्मको सन्देश यति मात्रै हो । फिल्ममा हामीले भारतलाई पनि नराम्रो भन्नेछैनौँ । आर्नाेल्ड अमेरिकाको हिरो हो, तर ऊ जन्मिएको त अस्टि्रयामा हो नि, अब उसको जन्मस्थान कहाँ भन्ने ?

फिल्म बनाउने हल्ला मात्रै त होइन नि ?
स्त्रिmप्ट रेडी छ । सुरेश अधिकारीको संगीतमा गीत नेपालमै रेकर्डिङ गरिसकेँ । फिल्मका चारवटै गीत न्युयोर्कमै बसिरहेका विकास विष्टले रचेका हुन् । अमेरिकामा भएका सबै संघसंस्था मेरो फिल्मलाई ‘सुटिङ अनुमति’ दिलाइदिन लागिपरेका छन् ।

उसो भए बुद्ध बर्न इन नेपालका टार्गेट अडिअन्स अमेरिकी हुन् ?
अमेरिका मात्र होइन, फिल्म विश्वभरका युनिभर्सिटीमा निःशुल्क वितरण गर्छु । अमेरिकामै ‘रेडकार्पेट’ गरेर व्यापक प्रचार गर्छु । ‘बुद्ध भारतमा जन्मिएका हुन्’ भनेर पढाउने अमेरिकाका युनिभर्सिटीहरूमा फिल्मको विशेष सो देखाउने योजना छ । फिल्मको एउटै उद्देश्य छ- बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ।

अमेरिकामा बसेर नेपाल सम्भि“mदा के-के याद आउने गर्छ ?
मेरी आमालाई तीर्थ धेरै जानुपर्ने, १०/१२ वर्ष हुँदा नै म आमासँगै तीर्थ जान्थेँ । नेपाल हुँदा सोमबार पशुपतिनाथको दर्शन गर्न पुगेकै छु, एकाध हप्ताबाहेक । यता आएपछि पशुपतिनाथ मैले ‘मिस’ गरेको छु । त्यसैले पशुपतिनाथकै सम्झनामा पाखुरामा शिवको ट्याटु खोपेको छु । भक्तको तनमा भगवान्ले बास गरेपछि भक्तले भगवान्सामु धाइरहनुपर्दैन भनेर नै ट्याटु खोपाएको हुँ ।

मेरा गुरु राजेश हमाल दाइ, अमित ढुंगाना दाइ र ससुरा बा, उहाँहरूलाई सधैँ मिस गरिरहन्छु । पिकनिकजस्तै हुने सुटिङका ती दिन सम्झन्छु । मेरो जन्मथलो काठमाडौँ, भक्तपुरका पौराणिक दृश्य, पोखरा सम्झन्छु । कोटेश्वर चोकभित्रको राजेश ढुंगाना दाइको फेन्सी पसलमा हुने जमघटको झल्को आउँछ ।

नेपाल र्फकनेबित्तिकै पहिलो काम के गर्नुहुन्छ ?
अमेरिकामा सबै चिज किन्न पाइने रहेछ, गुन्द्रुकदेखि भट्माससम्म । तर, मलाई तरकारी मीठो लाग्ने चम्सुरको साग भने यहाँ कतै भेटिएन । नेपाल झर्नेबित्तिकै आमाको हातबाट पकाइएको चम्सुरको सागसँग खाना खान्छु ।

त्यहाँ बसेर नेपाल सम्भ“mदा के कुरामा दुःख लाग्छ ?
अमेरिकाले बाटो होइन, बाटोले अमेरिका बनायो भन्छन् । यहाँको जीवनशैली देख्दा कहिले होला हाम्रो नेपाल यस्तो भन्ने लाग्छ । हाम्रा देशका नेताहरू धेरैपटक अमेरिका आउँछन् । यहाँको विकास हेर्छन्, देख्छन् तर फर्केर नेपालमा केही गर्दैनन् । यो संझदाचाहिँ दुःख लाग्छ ।
प्रस्तुति : प्रवीण बुढाथोकी

@Nayapatrika

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: