Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Invention by Nepali Students

Posted by Ram Kumar Shrestha on December 17, 2012


नेपाली विद्यार्थीले बनाए फोनबाटै वत्ति बाल्ने र निभाउने प्रविधी

१ पुस, धनगढी । कैलालीका एक विद्यार्थीले टेलिफोनकै भरमा वत्ति बाल्न र निभाउन सक्ने प्रविधी विकास गरेको दाबी गरेका छन् । भेरी प्रविधिक शिक्षालय नेपालगञ्जमा इलेक्टि्रकल इन्जिनियरिङ तेस्रो बर्षमा अध्यनरत् सुमन पौडेलले ‘काँइचो युनिभर्सल स्वीच’ बनाएका हुन् ।

उनका अनुसार सीमकार्डमा सिस्टम जडान गरेपछि फोनकै भरमा बत्ति अन र अफ गर्न सकिन्छ । यसलाई ढोका लगाउन र खोल्नसमेत प्रयोग गर्न सकिने पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो- ‘विश्वको जुनसुकै ठाउँमा रहे पनि फोन गरेकै भरमा बन्द गर्न र खोल्न सकिन्छ । यसलाई कार, कर कारखाना लगायतमा प्रयोग गर्न सकिन्छ ।’

पौडेलले २ हजार ४ सय ७५ रुपैयाँको उपकरण किनेर १५ दिनमा यो प्रविधि बनाउनुभएको हो । कैलाली घर भएका पौडेलले यसअघि पनि सेन्सर लाइट, होम सेक्युररिटी सन्टेरको सफल प्रयोग गर्नु भएको थियो ।

@Online Khabar

विद्यार्थीले बनाए रोबाट

बाँके, चैत्र ७ – तपाईं नभएका बेला घरभित्रके सामान कसैले छोयो वा उठायो ? कोठाभित्रको बिजुली निभाउन बिर्सिनुभयो ? चिन्ता लिनु पर्दैन, अब ती दिन गए । त्यति मात्रै होइन घरमा कोही आउन थालेको छ भने पनि तपाईं सजिलै जानकारी पाउन सक्नु हुनेछ ।

भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा अध्ययनरत इलेक्टि्रक इन्जिनियरका दुई विद्यार्थीले डिजिटल प्रविधिबाट सूचना दिने रोबोट बनाएपछि यस्ता समस्याबाट छुट्कारा मिल्ने भएको हो ।

कैलालीका सुमन पौडेल र गोरखाका सुमन थापामगरले बनाएको एसएस १४३ नामक रोबोटले सर्वसाधारणको दैनिक जीवनलाई सरल बनाउने दाबी गरिएको छ । उनीहरूले आफ्नो नामको पहिलो अक्षर एस र लक्की नम्बरको आधारमा रोबर्टको नामाकरण गरेका हुन् ।

घरमा रोबोट जडान गरिएपछि त्यसले मानिसझंै बोलेर सूचना दिने विद्यार्थी पौडेलले बताए । ‘मानिसहरू यो जमानामा यति व्यवस्त छन् कि कुनै कुरा हेर्ने फुर्सद छैन । तर, यसले सुनेर सबै सूचना पाउन सकिन्छ,’ उनले रोबोटको महत्त्वबारे सुनाए । भेरी प्राविधिक शिक्षालय नेपालगन्जको १८ औं वाषिर्क उत्सवको अवसरमा उनीहरूले रोबोट प्रदर्शनी गरेका हुन् ।

रोबोट राखिएको स्थानमा छुनासाथ यो जोडले चिच्याउँछ र नछुन निर्देशन दिन्छ । उज्यालो हुनासाथ बिजुली बलेको सूचना बोलेरै दिने गरेको पौडेलले बताए । उक्त रोबोटले अंग्रेजी भाषा बोल्ने गरेको छ । तर, त्यसैलाई नेपाली भाषामा बोलाउने तयारी भइरहेको उनको दाबी छ ।

‘आम नेपालीले बोल्ने भाषा यसले छिट्टै बोल्नेछ,’ विद्यार्थी मगरले भने । रोबोटलाई कुनै पनि सामानमा जडान गर्न सकिने उनको दाबी छ । घर वा अफिसको ढोका, झ्याल, महत्त्वपूर्ण सामान राख्ने दराज लगायतका स्थानमा सजिलै जडान गर्न सकिने मगरले बताए ।

रोबोटको अर्को विशेषता भनेको चुम्बकीय धातुलाई सजिलै छुट्टाउन सक्छ । हिंड्न सक्ने भएकोले साना धातुलाई उठाएर अन्यत्र राख्न सक्छ । त्यसले घरभित्र राखिने फलामको समान बोकेर आवश्यक पर्ने स्थानमा राख्न सहयोग पुर्‍याउने इन्जिनियरका ती विद्यार्थीको भनाइ छ ।

उनीहखले खाजा खर्च बचाएर उक्त रोबोट बनाएको बताए । ढेड महिना समय लगाएर बनाउँदा ९ हजार खर्च भएको विद्यार्थीहरूले बताए । प्लाइउड, चुम्बक र खाली चुरोतका बट्टा लगायतका समानहरूबाट रोबोट तयार गरिएको छ ।

‘भेरी प्राविधिक शिक्षालयले आर्थिक सहयोग नगरेपछि ती सामान खोजेर रोबोट बनाएका हौँ,’ पौडेलले भने, ‘दुई साथीले खाजा खर्च बचाएर राखेको पैसा यसमा खर्च गरेका हौँ । आफूहरू अध्ययनरत शिक्षालय वा अरू कोहीले आर्थिक सहयोग गरे रोबोटलाई परिमार्जित गर्दै लैनाने उनले बताए । ‘सहयोग भए रोबोटको विकास छिट्टै गर्न सहयोग हुन्थ्यो । नभए पनि हामीले सकेसम्म गर्दै जानेछौं,’ उनीहरूको अठोट छ ।

@ekantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: