Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

बल्ल राखियो नयाँ झन्डा

Posted by Ram Kumar Shrestha on December 2, 2012


कृष्ण थापा

Flagरसुवा, मंसिर १७ – सीमामा रहेको नेपालको राष्ट्रिय झन्डा च्यातिएको तीन वर्षपछि बल्ल फेरिएको छ । यसबारे समाचार प्रकाशित भएपछि सीमा प्रशासनले नयाँ झन्डा फहराएको हो । ‘नयाँ झन्डा राखियो,’ निमित्त प्रजिअ गौतम रिमालले भने, ‘पहिला पनि राख्ने प्रयास भएको हो तर भीरमा कर्मचारी पठाउन नसकिएकाले झन्डा फेर्न सकिएको थिएन ।’ सीमापारि चीनले खम्बाटारमा आफ्नो झन्डा फहराए पनि सीमामा पुग्ने नेपाली आफ्नो देशको झन्डा नदेख्दा निराश हुन्थे । हालै सीमामा पुगेका जिवजिवेका श्याम पुडासैनीले भने, ‘अहिले झन्डा फेरिएको देख्दा गर्व लागेको छ ।’ सीमास्थित रसुवागढीको पूर्वोत्तर भागको तीन दशकभन्दा बढी जीर्ण भएको पुरानो पुलमा सीमा प्रशासनले झन्डा खरिद गरेर राखेको हो । सीमा घुम्न आएका एक नेपालीले भने, ‘यहींसम्म हो हाम्रो नेपाल ।’ सीमामा आउने हरेक नेपालीले झन्डा देखेर सीमा कहाँसम्म हो भनेर छुट्याउन सक्ने भएका छन् । सीमा प्रशासनले सम्भव भएसम्म नाकामा आवतजावत गर्ने स्थानमा झन्डा राखिने जनाएको छ । विसं १९१२ मा नेपाल- तिब्बत युद्धपछि सम्झौता हुँदा गरिएको बेत्रावती सन्धिले गढीको लेङदेखोला र केरुङ खोला सीमा कायम भएको हो । सीमा कायम गरेपछि आफ्नो देशले वारि र पारि झन्डा राख्दै आएका छन् ।

@ekantipur

 

One Response to “बल्ल राखियो नयाँ झन्डा”

  1. prabha said

    Great job done by CDO. It is appreciated.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: