Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

आमाको काख खोजेको रैछु त्यो कहिल्यै जानिन

Posted by Ram Kumar Shrestha on December 1, 2012


डा कविताराम श्रेष्ठ, वेलायतkavitaram-shrestha

(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि वेलायतबाट डा कविताराम श्रेष्ठबाट प्राप्त कविता)

विश्वको उच्च शीखर सगरमाथाले गर्वकासाथ उदघोष गरिरहेछ, म त्यस माटोबाट निर्मित छु जुन माटोमा मानव सभ्यताका शिखरपुरुष महामानव गौतम बुद्धले जन्म लिएका थिए । मलाई पनि गर्व छ म पनि त्यही माटोमा जन्मिएँ जुन माटोमा पृथ्वीका उच्च शिखर अवस्थित छ र जहाँ पृथ्वीको उच्च मानवशीखर पुरुषले जन्म लिएका थिए । सन्दर्भ हो, यस्तो स्वाभिमान सिर्जित गर्ने प्रतिक गौतम बुद्ध नेपाली भूमिमा जन्मेका हुन् – यो वास्तविकता नै छायाँमा पर्न जानुको पीडाको, सन्दर्भ हो यसै पीडाको कारणबाट जिन्मिएको लुम्विनी – कपिलवस्तु दिवश विश्व अभियानको, जसले सन् २००९ डिसेम्बर १ देखि आज सन् २०१२ डिसेम्बर १ सम्म विश्वभर आफ्नो संजाल फैलाएर अनेकन सफलता पनि हासिल गरिसकेको छ र जसले हामीलाई अरु बढी आन्दोलित हुन उत्साह र उर्जा प्रदान गरेको छ । हामी त्यस माटोको प्रवर्द्धन गर्दैछौँ जुन माटोले बुद्धजस्तो महान विभूतिलाई जन्म दियो र उनलाई महानतम बुद्धत्व प्राप्त गर्ने प्रज्ज्वलित सँस्कार प्रदान गर्यो ।

व्यक्तिको व्यक्तित्व विकासमा जन्मभूमीको अहम भूमिका हुने गर्दछ । कुनैपनि चेतनशील व्यक्तिले माटोको यो ऋणलाई यसरी बुझ्दछ । बुद्धजस्तो महान व्यक्तिले कसरी यो भुल्दथे ? ज्ञान प्राप्त गरेपछि त्यस माटोलाई कृतज्ञतापूर्ण ढोग दिन उनी कपिलवस्तु आएका थिए । म कल्पन्छु, कपिलवस्तु टेक्ने वित्तिकै उनले माटोमा निधार विसाउँदै लुम्बिनीलाई हात जोडेर यसरी कृतज्ञता ज्ञापन गरेका थिए –

जुन माटोले यो देह दियो त्यो माटोलाई नमस्कार
जुन हावाले यो प्राण दियो त्यो हावालाई नमस्कार
जुन पानीले यो रगत दियो त्यो पानीलाई नमस्कार
जुन पर्यावरणले यो संस्कार दियो त्यो पर्यावरणलाई नमस्कार
जननीजन्मभूमीश्च स्वर्गादपि गरियसी ।

यतिखेर म त्यस क्षणलाई सम्झदैछु जहिले म आफ्नो जन्मभूमी ओखलढुंगामा २५ वर्षको अन्तरालमा पुगेको थिएँ र भावविह्वल भएर एउटा गीति कविता रचेको थिएँ । मलाई लाग्छ मलाई जे भएको थियो त्यसबखत बुद्धलाई पनि त्यस्तै सुखद मनस्थिति भएको थियो । आज म यहाँहरुसमक्ष त्यही गीति कविता प्रस्तुत गर्दैछु । यो गीति कवितालाई म आफैले संगीतमा ढालेर रेकर्ड पनि गरेको छु । यसमा कवितावाचन म आफैले र गायन मेरा मीत्र डम्बर ढकालले गरेका थिए । यो मेरो सांगीतिक अल्बम माटो बोल्छमा समाहित छ । यसको बोल छ –

यो मेरो तातो धुकधुकी भन्छ
गाउँमात्र आइनं
गाउँको काख अतितमा आएँ
त्यो पत्तै पाईन
त्यो पाखा पर्वत खोला र नाला
अतितलाई बोकेर
जहाँको तहीँ बसेको रैछ
यो ज्यानलाई पर्खेर
बालख कालको त्यो मेरो क्षितिज
त्यो सानो आकाश
झलझली आयो आँखाको सामु
सजिलो आभास
जिन्दगी भर के खोजें मैले
क्यै पत्तो पाइन
आमाको काख खोजेको रैछु
त्यो कहिल्यै जानिन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: